काठमाडौं। ईन्जिनिरिङ अध्ययन संस्थानको शुल्कवृद्धिको विरुद्ध अनसन बसेका नेविसंघ पुल्चोक इकाई सभापति सुलभ चापागाईंले पदबाट राजीनामा दिएका छन्।
विभिन्न १२ विद्यार्थी संगठन र त्रिवि पदाधिकारीबीच शुल्क वृद्धि फिर्ता लगायतका विषयमा ५ बुँदे सहमति भएपछि चापागाईंले पदबाट राजनीमा दिएको घोषणा गरेका हुन्।
पाँच बुँदे सहमतिपश्चात् नेविसंघ अध्यक्ष डुजाङ सेर्पाले सुलभको अनसन तोडाएका थिए। लामो समयदेखि शुल्कवृद्धि फिर्ताको माग गर्दै अनसन बसेका सुलभले सहमति हुँदा आफूसँग कुनै सल्लाह नगरेको भन्दै गुनासो गरेको बताएको छ।
अनसनत तोडे लगत्तै सुलभले सामाजिक सञ्जाल फेसबुकमार्फत् इकाइ सभापतिबाट राजीनामा दिएको घोषणा गरेका छन्। सुलभका समर्थकहरुले सुलभ अनसन बसेको र विद्यार्थी संगठनले त्यसको जस लिने काम गरेको भन्दै आलोचना गरेका छन्।
सुरक्षा थ्रेट भन्दै सुरक्षा माग
सभापति पदबाट राजीनामा दिएका चापागाईंले सुरक्षाको माग गरेका छन् ।
इन्जिनियरिङ अध्ययन संस्थानले गरेको शुल्क वृद्धिको विरोधमा ९ दिन उनी आमरण अनशन बसेका थिए।
‘अध्यक्ष दुजाङ शेर्पालाई राख्दै गर्दा डिन लगायत ईअस को कुनै पदाधिकारीको हस्ताक्षर हुँदैन भन्दै वीर हस्पिटलको क्याबिन नं ३०९ मा धम्कीपूर्ण दवाब दिँदै मलाई अनवरत सहयोग गरिरहनुभएका दाईहरू बबिन बस्नेत र रमेश केसीलाई कुटपिट र म स्वयमलाई ९ औँ दिनदेखि सत्याग्रह बसिरहेको सुलभ चापागाईंलाई धम्किपूर्ण गालिगलौजसहित भौतिक दुर्व्यवहार गरी अनशन तोड्ने परिबन्धमा पारियो,’ उनले लेखेका छन् ।
बुधबार त्रिभुवन विश्वविद्यालयका उपकुलपति धर्मकान्त बाँस्कोटा र प्रमुख विद्यार्थी संगठनबीच शुल्क फिर्ता लिने र अनशनलगायतका आन्दोलनका कार्यक्रम फिर्ता लिने निर्णयसम्बन्धी सहमति भएको थियो ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
पौष २९ गते, २०८० - २०:३२
काठमाडौँ। प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले नेपाल र चीन विश्वासिला विकासका साझेदार भएको बताएका छन्। चिनियाँ नयाँ वर्ष तथा वसन्तोत्सवका अवस...
पौष २९ गते, २०८० - २०:१२
काठमाडौँ। नेपालकै पहिलो तथा मौलिक हाँस्य रियालिटि शो कमेडी च्याम्पियनको तेस्रो सिजन छिट्टै प्रसारणमा आउने भएको छ । आयोजकका अनुसार डिजिटल अडिशनबाट आ...
पौष २९ गते, २०८० - १८:५१
काठमाडौँ। सवारी दुर्घटना हुन थालेपछि भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयले पाँच सदस्यीय कार्यदल गठन गरेको छ। भौतिक पूर्वाधार तथा यातायातमन्त्री प...
पौष २९ गते, २०८० - १८:४८
काठमाडौँ। काठमाडौँ महानगरपालिकाको १४औँ नगरसभामा नौ करोड रुपैयाँ बजेट संशोधन प्रस्ताव गरिएको छ। कामपाको प्रमुख बालेन्द्र शाह (बालेन) का अध्यक्षताम...
पौष २९ गते, २०८० - १८:४१
काठमाडौँ। यौनिक तथा लैङ्गिक अल्पसङ्ख्यक समुदायले समानुपातिक समावेशी सिद्धान्तअनुसार राज्यका निकायमा आफूहरुलाई प्रतिनिधित्व गर्न पाउनुपर्ने माग गर्दै स...
पौष २९ गते, २०८० - १८:२९
मकवानपुर। हेटौंडा उपमहानगरपालिका १० बसपार्कबाट करिब ५ किलो अवैध लागूऔषध गाँजासहित एक जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा सर्लाही मलंगवा नगरपालिका...
पौष २९ गते, २०८० - १८:२६
काठमाडौँ। विद्यार्थी संगठनले विद्यालय शिक्षासम्बन्धी कानुनलाई संशोधन र एकीकरण गर्न बनेको विधेयकमा माध्यमिक तहसम्म निःशुल्क पढ्न पाउने विषय निश्चित हुन...
पौष २९ गते, २०८० - १८:२०
चितवन। जिल्लाका विभिन्न अस्पतालमा उपचार गर्न ल्याइएका बिरामीमध्ये स्क्रब टाइफसबाट चार जनाको मृत्यु भएको छ। मृत्यु हुनेमा एकजना चितवनका अन्य बाहिरी जिल...
पौष २८ गते, २०८० - १९:३१
सुदूरपश्चिम। नागरिक उन्मुक्ति पार्टी (नाउपा)ले संस्थापक अध्यक्ष रञ्जिता श्रेष्ठलाई सहअध्यक्षमा मनोनित गर्ने निर्णय गरेको छ । टीकापुरमा सम्पन्न प्रथ...
पौष २८ गते, २०८० - १९:२५
सुदूरपश्चिम। विश्व स्वास्थ्य संगठन (डब्ल्यूएचओ)का एक वरिष्ठ विज्ञले कोभिड–१९ को संक्रमण संसारभर फैलँदै गएकाले जनस्वास्थ्य जोखिम उच्च रहेको बताएकी छन् ...
प्रतिकृया लेख्नुहोस्: