Khabar Dabali ११ पुष २०८२ शुक्रबार | 26th December, 2025 Fri
Investment bank

ओखलढुंगाबाट सुत्केरी र गर्भवतीको उद्धार

खबरडबली संवाददाता

ओखलढुंगा । ओखलढुंगाबाट सुत्केरी र गर्भवती महिलाको उद्धार गरीएको छ । जिल्लाको सिद्धिचरण नगरपालिका वडा नं. २ र वडा नं. ५ का दुई महिलाको हेलीकप्टरमार्फत उद्धार गरीएको हो । 

सिद्धिरण नगरपालिका– ५ वर्णालुका राजेन्द्र राईकी ४६ वर्षीय श्रीमती रतनीमाया राई र  सिनपा–२ ठूलाछाप पुष्ष कुमार कट्वालकी श्रीमती उमा बस्नेत (कटवाल) को   राष्ट्रपति महिला उत्थान कार्यक्रम अन्तर्गत हेलिकप्टर मार्फत  उद्धार गरीएको जिल्ला प्रशासन कार्यालय ओखलढुंगाले जनाएको छ ।

ठूलाछापकी गर्भवती उमा बस्नेत कटवाललाई प्रसव पिडा  भए सँगै ओखलढुंगा सामुदायिक अस्पताल ओखलढुंगा लगिएको भए पनि आमा र बच्चाको अवस्था गम्भीर भएको चिकित्स‌कहरूले जानकारी गराएका कारण उनलाई तत्काल उद्धार गरी काठमाडौंको प्रसुती गृह पठाइएको वडाध्यक्ष बसन्त कटुवालले बताए । विपन्न परिवार भएका कारण अर्थिक अवस्थाले पनि तत्काल काठमाडौं जान सक्ने अवस्था नभएका कारण राष्ट्रपति महिला उत्थान कार्यक्रम अन्तर्गत  हेलीकप्टर मगाई पठाइएको उनकाे भनाइ छ । वडाबाट पाँच महिनामा दुई महिलालाई यसरी उद्धार गरी आमा र शिशुको जीवन रक्षा भएको कटवालले बताए । 

यसैगरी  समय नपुगी बच्चा जन्माएकी सिद्धिचरण नगरपालिका–५ वर्णालुकी ४६ वर्षीया रतनीमाया राईको पनि आजै उद्धार गरीएको छ । गर्भरहेको सातौ महिनामा नै अचानक स्वास्थ्यमा समस्या आएर रक्तश्राव भएपछि स्थानीयले उनको तत्काल उद्धार गरि सामुदायीक अस्पताल पुर्याएका थिए । स्वास्थ्यकर्मीको सहयोगमा उनले छोरालाई जन्मदिएकी भए पनि शिशु महिना नपुगी जन्मिएको र बढी रक्तश्राबका कारण आमा र बच्चा दुबैको स्वास्थ्य अबस्था गम्भिर रहेको भन्दै अस्पतालले काठमाडौं लैजान सल्लाह दिएको थियो । 
दुबैजनाको  स्वास्थ्य अबस्था कमजोर भएपछि राष्ट्रपति महिला उत्थान कार्यक्रम अन्तर्गत हेलिकप्टर मार्फत उद्धार गरि काठमाडाैं पठाईएको ओखलढुंगाका जिल्लाका प्रमुख जिल्ला अधिकारी प्रदर्शनी कुमारीले बताईन् । 

Khabardabali Desk–MB

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बालेन–रेशम संवाद चुनावी सहकार्यतर्फ : ‘नयाँ शक्तिहरू एक हुनैपर्छ’

काठमाडौँ । काठमाडौं महानगरपालिकाका मेयर बालेन शाह र नागरिक उन्मुक्ति पार्टी नेपालका संरक्षक रेशम चौधरीबीच आगामी प्रतिनिधिसभा निर्वाचनमा सहकार्यको सम्भ...

अमर्यादित लेखाइ भएका सवारीसाधन नियन्त्रणमा लिन बाँके ट्राफिकको अभियान

नेपालगञ्ज । जिल्ला ट्राफिक प्रहरी कार्यालय, बाँकेले सवारीसाधनमा लेखिएका अमर्यादित, असभ्य तथा सामाजिक मर्यादा विपरीतका भनाइहरू हटाउने अभियान सुरु गरेको...

शीतलहर र हिमपातले जनजीवन कष्टकर बन्दा तत्काल सहयोग गर्न प्रचण्डको अपिल

काठमाडौँ । नेपाली कम्युनिष्ट पार्टीका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ले मौसममा आएको परिवर्तनका कारण तराई–मधेसमा शीतलहर र उच्च पहाडी तथा हिमाली क्षेत्र...

कांग्रेस महामन्त्री विश्वप्रकाशले गरे युवालाई अवसर दिँदै चुनाव नलड्ने घोषणा

काठमाडौँ । नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले आगामी प्रतिनिधिसभा निर्वाचनमा उम्मेदवार नबन्ने घोषणा गरेका छन् । २०७९ को निर्वाचनमा झापा–१...

जेनजी आन्दोलनपछिको राजनीति उथलपुथल: चुनाव नजिकिँदै दलहरू एकता र ध्रुवीकरणको होडमा

काठमाडौँ । जेनजी आन्दोलनपछि बदलिएको मुलुकको राजनीतिक परिस्थिती र आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनलाई केन्द्रमा राख्दै नयाँ तथा पुराना दलह...

प्रतिनिधिसभा निर्वाचन फागुन २१ मै हुन्छ : अर्थमन्त्री खनाल

लहान । अर्थमन्त्री डा. रामेश्वर खनालले आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचन तोकिएकै मितिमा सम्पन्न हुने स्पष्ट पारेका छन् । लहानस्थित रामक...

नेपाली कांग्रेस कार्य सम्पादन समितिको बैठक पुस ११ मा पुनः बस्ने

काठमाडौँ । नेपाली कांग्रेस केन्द्रीय कार्य सम्पादन समितिको बैठक आज बसेको छ । कार्यवाहक सभापति पूर्णबहादुर खड्काको सभापतित्वमा ललितपुरस्थित पार्टीको के...

नेपाली कांग्रेसको ६ लाख ६६ हजारभन्दा बढी क्रियाशील सदस्यता नवीकरण

काठमाडौँ । नेपाली कांग्रेसले हालसम्म ६ लाख ६६ हजारभन्दा बढी क्रियाशील सदस्यताको नवीकरण सम्पन्न भएको जनाएको छ । सदस्यता व्यवस्थापन समितिका सदस्य प्र...

मोरङमा टिपरको ठक्करबाट छोराको मृत्यु, बुबा घाइते

विराटनगर । मोरङको ग्रामथान गाउँपालिका ५ मा टिपरको ठक्करबाट स्कुटरलाई ठक्कर दिँदा छोराको मृत्यु भएको छ भने बुबा घाइते भएका छन् । बिहीबार साँझ विराटच...

वैकल्पिक शक्ति ध्रुवीकरणमा गोपाल हमालको स्पष्ट ‘ब्रेक’– “कार्यकालभरि कुनै दल वा अभियानमा लाग्दिनँ”

काठमाडौं । वैकल्पिक राजनीतिक शक्तिहरूबीच एकता र ध्रुवीकरणको बहस तीव्र भइरहेका बेला धनगढी उपमहानगरपालिकाका मेयर गोपाल हमालले आफू कुनै पनि नयाँ राजनीतिक...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE Salt Trending