विराटनगर । संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री सुदन किराँतीले भ्रष्टाचारी जोसुकै होस् कानुनको दायरामा ल्याउनुपर्ने बताएका छन् । आइतबार विराटनगरमा आयोजित पत्रकार सम्मेलनमा बोल्दै पर्यटनमन्त्री किराँतीले यस्ताे बताएका हुन् ।
उनले सबै भ्रष्टाचारसम्बन्धी मुद्दामा सुक्ष्म ढंगले अनुसन्धान हुनुपर्ने बताउँदै भ्रष्टाचार मुद्दामा सरकारले व्यवसायिक र कानुनी ढंगले छानबिन गर्नुपर्ने बताए । सबै भ्रष्टाचारी जोसुकै होस् कसैलाई पनि छोड्नुहुने भन्दै उनले 'दूधको दूध पानीको पानी छुट्याउनुपर्ने बताए ।
सुन प्रकरणमा मुछिएका माओवादी केन्द्रका उपाध्यक्ष तथा पृर्वसभामुख कृष्णबहादुर महरालाई सरकारले किन पक्राउ नगरेको भनी पत्रकारले सोधेको प्रश्नमा मन्त्री किराँतीले सुन प्रकरणमा अनुसन्धान जारी रहेकाले पक्राउ गरिहाल्नुपर्ने अवस्था नरहेको प्रतिक्रिया दिए।
'सुन प्रकरणमा संलग्न भए/नभएको पुष्टि गर्न महराको छोरा अनुसन्धानको दायरामा आउनु भएको छ। अनुसन्धान जारी छ,'उनले भने,'अनुसन्धान गर्दै जाँदा म आएपनि मलाई नछोड्नु भनेर प्रधानमन्त्री पुष्पकमल दाहालले बोल्दै हिँड्नु भएको छ। भ्रष्टाचारीलाई छोडिनु हुँदैन। निर्दोष फस्नु हुँदैन।' उनले हल्लाको भरमा नभइ जरैदेखि अनुसन्धान हुनुपर्ने बताए।
तस्करी गरेर ल्याएको सुन छुटाउनका लागि पूर्वसभामुख महरा र उनका छोरा राहुलको संलग्नता रहेको सीआईबीको अनुसन्धानले देखाएको छ । इलेक्ट्रिक सिगरेट (भेप) भित्र ९ किलो सुन लुकाएर ल्याउने तस्करसँग महरा र छोरा राहुलले २५६ पटक संवाद गरेको प्रतिवेदन यसअघि नै सीआईबीले सरकारी वकिलको कार्यालयमा बुझाएको थियो। तर हालसम्म महराविरुद्ध मुद्दा चलाइएको छैन।
सोही प्रकरणमा राहुल पक्राउ परेपनि महरालाई पक्राउ नगरेको विषयमा सरकारको आलोचना भइरहेको छ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
पौष १० गते, २०८२ - २०:२५
काठमाडौँ । काठमाडौं महानगरपालिकाका मेयर बालेन शाह र नागरिक उन्मुक्ति पार्टी नेपालका संरक्षक रेशम चौधरीबीच आगामी प्रतिनिधिसभा निर्वाचनमा सहकार्यको सम्भ...
पौष १० गते, २०८२ - २०:१३
नेपालगञ्ज । जिल्ला ट्राफिक प्रहरी कार्यालय, बाँकेले सवारीसाधनमा लेखिएका अमर्यादित, असभ्य तथा सामाजिक मर्यादा विपरीतका भनाइहरू हटाउने अभियान सुरु गरेको...
पौष १० गते, २०८२ - २०:०३
काठमाडौँ । नेपाली कम्युनिष्ट पार्टीका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ले मौसममा आएको परिवर्तनका कारण तराई–मधेसमा शीतलहर र उच्च पहाडी तथा हिमाली क्षेत्र...
पौष १० गते, २०८२ - १९:५८
काठमाडौँ । नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले आगामी प्रतिनिधिसभा निर्वाचनमा उम्मेदवार नबन्ने घोषणा गरेका छन् । २०७९ को निर्वाचनमा झापा–१...
पौष १० गते, २०८२ - १९:५३
काठमाडौँ । जेनजी आन्दोलनपछि बदलिएको मुलुकको राजनीतिक परिस्थिती र आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनलाई केन्द्रमा राख्दै नयाँ तथा पुराना दलह...
पौष १० गते, २०८२ - १९:३६
लहान । अर्थमन्त्री डा. रामेश्वर खनालले आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचन तोकिएकै मितिमा सम्पन्न हुने स्पष्ट पारेका छन् । लहानस्थित रामक...
पौष १० गते, २०८२ - १९:३०
काठमाडौँ । नेपाली कांग्रेस केन्द्रीय कार्य सम्पादन समितिको बैठक आज बसेको छ । कार्यवाहक सभापति पूर्णबहादुर खड्काको सभापतित्वमा ललितपुरस्थित पार्टीको के...
पौष १० गते, २०८२ - १९:२९
काठमाडौँ । नेपाली कांग्रेसले हालसम्म ६ लाख ६६ हजारभन्दा बढी क्रियाशील सदस्यताको नवीकरण सम्पन्न भएको जनाएको छ । सदस्यता व्यवस्थापन समितिका सदस्य प्र...
पौष १० गते, २०८२ - १९:२४
विराटनगर । मोरङको ग्रामथान गाउँपालिका ५ मा टिपरको ठक्करबाट स्कुटरलाई ठक्कर दिँदा छोराको मृत्यु भएको छ भने बुबा घाइते भएका छन् । बिहीबार साँझ विराटच...
पौष ९ गते, २०८२ - १८:४२
काठमाडौं । वैकल्पिक राजनीतिक शक्तिहरूबीच एकता र ध्रुवीकरणको बहस तीव्र भइरहेका बेला धनगढी उपमहानगरपालिकाका मेयर गोपाल हमालले आफू कुनै पनि नयाँ राजनीतिक...




प्रतिकृया लेख्नुहोस्: