Khabar Dabali ३० मंसिर २०८२ सोमबार | 15th December, 2025 Mon
Investment bank

छत्रेश्वरीमा (ख) वर्गका अपांगता भएका भएका परिवारको पनि निःशुल्क स्वास्थ्य विमा हुने

खबरडबली संवाददाता

सल्यान । सल्यानको छत्रेश्वरी गाउँपालिकामा (ख) वर्गको अपांगता भएका व्यक्ति र परिवारका सदस्यहरुको निःशुल्क स्वास्थ्य विमा हुने भएको छ । चालु आर्थिक वर्षको बजेटमै रकमको व्यवस्था गरेर छत्रेश्वरी गाउँपालिकाले (ख) वर्गका अपांगता भएका व्यक्ति र त्यस्ता व्यक्तिको परिवारका सदस्यहरुले बुझाउनुपर्ने विमा योगदान रकमको ५० प्रतिशत रकम तिरिदिनेभएको हो । बाँकी ५० प्रतिशत रकम भने कर्णाली प्रदेश सरकारले नै तिरिदिने छ ।

सोमबार गाउँपालिकामा जनप्रतिनिधीसंग स्वास्थ्य विमा कार्यक्रम बारे अभिमुखिकरण समेत सम्पन्न भएको छ । चालु आर्थिक वर्षको पहिलो बैठकबाट नै (ख) वर्गको अपांगता भएका व्यक्ति र परिवारका सदस्यहरुको निःशुल्क स्वास्थ्य विमा गरिदिने निर्णय भएको जानकारी दिँदै गाउँपालिका अध्यक्ष ओज बहादुर बुढाथोकीले यसको लागि पाँच लाख रुपैयाँ बजेट समेत विनियोजन गरिएको बताए । तत्काल आवश्यक कार्यविधि बनाई यो कार्यक्रमलाई कार्यान्वयन गरिने उनको भनाई छ ।

स्वास्थ्य विमाको महत्व र फाईदाका विषयमा सोमबार जनप्रतिनिधी, स्वास्थ्य शाखाका विचमा स्वास्थ्य विमा बोर्ड सल्यानले अभिमुखिकरण गरेको थियो । स्वास्थ्य विमा कार्यक्रमलाई प्रभावकारी ढंगले सञ्चालन गर्ने सन्दर्भमा महत्वपूर्ण छलफल तथा स्थानीय तह स्वास्थ्य विमा संयोजन समिति गठन गर्ने निर्णय भएको छत्रेश्वरी गाउँपालिकाका प्रवक्ता फौद वहादुर वस्नेतले जानकारी दिए ।

स्वास्थ्य विमा नगरेमा स्वास्थ्य सेवा उपभोगको क्रममा लाग्ने सम्पूर्ण खर्च आफैले व्यहोर्नुपर्ने भन्दै स्वास्थ्य विमा बोर्डका जिल्ला संयोजक लाल बहादुर खड्काले अभिमुखिकरण कार्यक्रममा विमा गर्न आवश्यक रहेकोमा जोड दिएका थिए । उनका अनुसार सल्यान जिल्लामा हाल सम्म स्वास्थ्य विमाबाट विमित हुनेको संख्या १५ हजार बढी पुगिसकेको छ ।

छत्रेश्वरी गाउँपालिकामा मात्रै एक हजार १७९ जना स्वास्थ्य विमा कार्यक्रममा आवद्ध भइसकेका छन् । विमा गर्दा पुर्ण सहुलियत पाउनेको संख्या ६८२ जना रहेको स्वास्थ्य विमा बोर्ड सल्यानका दर्ता अधिकारी सन्दीप पुन मगरले जानकारि दिए । उनका अनुसार जिल्लाको शारदा नगरपालिका, दार्मा र कपुरकोट गाउँपालिकामा पनि स्वास्थ्य विमा सम्बन्धी जनप्रतिनिधीहरुसंग अभिमुखिकरण सम्पन्न भइसकेको छ ।

छत्रेश्वरी गाउँपालिकामा सम्पन्न अभिमुखिकरण कार्यक्रममा गाउँपालिका अध्यक्ष बुढाथोकी सहित उपाध्यक्ष बुद्ध कुमारी खत्री, ७ वटै वडाका वडा अध्यक्ष तथा कार्यपालिका सदस्यहरुको सहभागिता थियो । स्वास्थ्य सेवा उपयोगको क्रममा हुने अनियोजित खर्चको जोखिमलाई अग्रीम ब्यबस्थापन गर्दै बित्तीय संरक्षण प्रदान गर्ने अवधारणा अन्तर्गत सरकारले २०७२ सालमा स्वास्थ्य विमा कार्यक्रम सुरुवात गरेको थियो ।

Khabardabali Desk–MB

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

चितवनका गाईभैँसीमा खोरेत रोगको समस्या

चितवन । चितवनमा गाईभैँसीमा खोरेत रोगको समस्या देखिएको छ । पूर्वी चितवनको रत्ननगर नगरपालिका र भरतपुर महानगरमा पालिएका पशुमा खोरेतको समस्या देखिएको हो ।...

एमालेको ११औं महाधिवेशन: बन्दसत्र १ बजे सुरु हुने गरी फेरि सारियो

काठमाडौं। नेकपा एमालेको ११औं महाधिवेशनको बन्दसत्र फेरि सारिएको छ। बिहानै सुरु गर्ने तयारी गरिएको यस बन्दसत्र सवा १२ बजेलाई सारिएको थियो भने, अब दिउ...

विश्वम्भरको जर्बुटा कला: प्रकृतिसँगको अनौठो संवाद

ललितपुर  ।  सिन्धुलीको कमलामाई नगरपालिका वड नं ७ मा अवस्थित विश्वम्भर लामिछानेको निवास मात्र एउटा घर होइन, यहि घरमा अवस्थित उनको निजी सङ्ग्रहालय नै दे...

जनप्रतिनिधिमार्फत शासन सञ्चालन हुने अवस्था छिटो स्थापित गर्न साझा प्रतिबद्धता जरूरी’ : उपसभामुख राना

काठमाडौँ । उपसभामुख इन्दिरा रानाले संसद्को सर्वोच्चता कायम राख्दै संविधानले परिकल्पना गरेअनुसार छिटो जनप्रतिनिधिमार्फत शासन सञ्चालन हुने अवस्था स्थापि...

संसदीय अभ्यासले राजनीतिक परिपाटी निर्माणमा महत्वपूर्ण योगदान पुर्‍याएको छः उपाध्यक्ष घिमिरे

काठमाडौँ । राष्ट्रियसभाकी उपाध्यक्ष विमला घिमिरेले संसदीय अभ्यासले वर्तमान राजनीतिक परिपाटी निर्माण गर्न महत्वपूर्ण योगदान पुर्‍याएको बताएकी छिन् । सं...

भृकुटीमण्डपको सुरक्षा कडा, एमाले बन्दसत्र केही ढिलो हुने

काठमाडौँ । नेकपा एमालेको ११औँ राष्ट्रिय महाधिवेशनको दोस्रो दिन आज भृकुटीमण्डपमा बन्दसत्रको तयारी सुरु भएको छ । उच्च सुरक्षा व्यवस्थाका बीच सञ्चालन हुन...

बेलढुङ्गा घरबासमा पाहुनाको रोजाइ ‘कोदोको सेलरोटी’

बागलुङ । पछिल्लो समय बागलुङको काठेखोला गाउँपालिका–३ धम्जा ओखलेस्थित बेलढुङ्गा सामुदायिक घरबासमा आन्तरिक पर्यटकको चहलपहल बढ्दै गएको छ । यहाँ पुग्ने पाह...

धान उत्पादन घटेसँगै मूल्यमा पनि गिरावट

मोरङ । बेमौसमी वर्षाका कारण यस वर्ष मोरङ जिल्लामा धान उत्पादन घटेको छ । धान उत्पादनका हिसाबले देशकै प्रमुख जिल्लामध्ये एक मानिने मोरङमा गत वर्षको तुलन...

एमालेको ११औँ महाधिवेशनको बन्दसत्र आजदेखि

काठमाडौं । नेकपा एमालेको ११औँ राष्ट्रिय महाधिवेशनअन्तर्गत आज आइतबारदेखि काठमाडौंको भृकुटीमण्डपमा बन्दसत्र सुरु हुँदैछ । पार्टीको नयाँ नेतृत्व चयन र मह...

एमालेले नेतृत्व चयन सहज बनाउन केन्द्रीय कमिटी बैठक आह्वान

काठमाडौँ । नेकपा एमालेले पार्टीको नेतृत्व चयन प्रक्रियालाई सहज बनाउने उद्देश्यसहित केन्द्रीय कमिटी बैठक आह्वान गरेको छ । भृकुटीमण्डपमा जारी महाधिवेशनक...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE Salt Trending