Khabar Dabali ३० श्रावण २०८३ शनिबार | 15th August, 2026 Sat
Investment bank

छत्रेश्वरीमा (ख) वर्गका अपांगता भएका भएका परिवारको पनि निःशुल्क स्वास्थ्य विमा हुने

खबरडबली संवाददाता

सल्यान । सल्यानको छत्रेश्वरी गाउँपालिकामा (ख) वर्गको अपांगता भएका व्यक्ति र परिवारका सदस्यहरुको निःशुल्क स्वास्थ्य विमा हुने भएको छ । चालु आर्थिक वर्षको बजेटमै रकमको व्यवस्था गरेर छत्रेश्वरी गाउँपालिकाले (ख) वर्गका अपांगता भएका व्यक्ति र त्यस्ता व्यक्तिको परिवारका सदस्यहरुले बुझाउनुपर्ने विमा योगदान रकमको ५० प्रतिशत रकम तिरिदिनेभएको हो । बाँकी ५० प्रतिशत रकम भने कर्णाली प्रदेश सरकारले नै तिरिदिने छ ।

सोमबार गाउँपालिकामा जनप्रतिनिधीसंग स्वास्थ्य विमा कार्यक्रम बारे अभिमुखिकरण समेत सम्पन्न भएको छ । चालु आर्थिक वर्षको पहिलो बैठकबाट नै (ख) वर्गको अपांगता भएका व्यक्ति र परिवारका सदस्यहरुको निःशुल्क स्वास्थ्य विमा गरिदिने निर्णय भएको जानकारी दिँदै गाउँपालिका अध्यक्ष ओज बहादुर बुढाथोकीले यसको लागि पाँच लाख रुपैयाँ बजेट समेत विनियोजन गरिएको बताए । तत्काल आवश्यक कार्यविधि बनाई यो कार्यक्रमलाई कार्यान्वयन गरिने उनको भनाई छ ।

स्वास्थ्य विमाको महत्व र फाईदाका विषयमा सोमबार जनप्रतिनिधी, स्वास्थ्य शाखाका विचमा स्वास्थ्य विमा बोर्ड सल्यानले अभिमुखिकरण गरेको थियो । स्वास्थ्य विमा कार्यक्रमलाई प्रभावकारी ढंगले सञ्चालन गर्ने सन्दर्भमा महत्वपूर्ण छलफल तथा स्थानीय तह स्वास्थ्य विमा संयोजन समिति गठन गर्ने निर्णय भएको छत्रेश्वरी गाउँपालिकाका प्रवक्ता फौद वहादुर वस्नेतले जानकारी दिए ।

स्वास्थ्य विमा नगरेमा स्वास्थ्य सेवा उपभोगको क्रममा लाग्ने सम्पूर्ण खर्च आफैले व्यहोर्नुपर्ने भन्दै स्वास्थ्य विमा बोर्डका जिल्ला संयोजक लाल बहादुर खड्काले अभिमुखिकरण कार्यक्रममा विमा गर्न आवश्यक रहेकोमा जोड दिएका थिए । उनका अनुसार सल्यान जिल्लामा हाल सम्म स्वास्थ्य विमाबाट विमित हुनेको संख्या १५ हजार बढी पुगिसकेको छ ।

छत्रेश्वरी गाउँपालिकामा मात्रै एक हजार १७९ जना स्वास्थ्य विमा कार्यक्रममा आवद्ध भइसकेका छन् । विमा गर्दा पुर्ण सहुलियत पाउनेको संख्या ६८२ जना रहेको स्वास्थ्य विमा बोर्ड सल्यानका दर्ता अधिकारी सन्दीप पुन मगरले जानकारि दिए । उनका अनुसार जिल्लाको शारदा नगरपालिका, दार्मा र कपुरकोट गाउँपालिकामा पनि स्वास्थ्य विमा सम्बन्धी जनप्रतिनिधीहरुसंग अभिमुखिकरण सम्पन्न भइसकेको छ ।

छत्रेश्वरी गाउँपालिकामा सम्पन्न अभिमुखिकरण कार्यक्रममा गाउँपालिका अध्यक्ष बुढाथोकी सहित उपाध्यक्ष बुद्ध कुमारी खत्री, ७ वटै वडाका वडा अध्यक्ष तथा कार्यपालिका सदस्यहरुको सहभागिता थियो । स्वास्थ्य सेवा उपयोगको क्रममा हुने अनियोजित खर्चको जोखिमलाई अग्रीम ब्यबस्थापन गर्दै बित्तीय संरक्षण प्रदान गर्ने अवधारणा अन्तर्गत सरकारले २०७२ सालमा स्वास्थ्य विमा कार्यक्रम सुरुवात गरेको थियो ।

Khabardabali Desk–MB

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

शिक्षक–सरकार सम्झौता कागजमै सीमित, फेरि आन्दोलनको तयारी

माग पूरा नभए शिक्षक महासंघले भदौदेखि आन्दोलन चर्काउने

देउवा–कोइराला समूहको शक्ति प्रदर्शन, देउवाको सन्देश– ‘कांग्रेस एक हुनुपर्छ’

काठमाडौँ । नेपाली कांग्रेसको वर्तमान नेतृत्वलाई चुनौती दिँदै पूर्वसभापति शेरबहादुर देउवा र कोइराला समूहले काठमाडौँमा राष्ट्रिय भेला आयोजना गरेका छन् ।...

अवैध रूपमा औषधिजन्य वस्तु उत्पादन गर्ने फार्म सञ्चालक पक्राउ

वीरगन्ज । प्रहरीले वीरगन्जमा अनुमति बिना औषधिजन्य वस्तु उत्पादन तथा स्टिकर लेबलिङ गरिरहेको आरोपमा एक जना पक्राउ गरेको छ । वीरगन्ज महानगरपालिका–११ श...

ग्यास अभावपछि चार उद्योगले एकै ठाउँबाट थाले सिलिन्डर बिक्री

चितवन । खाना पकाउने एलपी ग्यासको अभाव भएपछि स्थानीय प्रशासनले चितवन र नवलपरासीका चार ग्यास उद्योगमार्फत उपभोक्तालाई एकै ठाउँबाट ग्यास बिक्रीको व्यवस्थ...

आठ हजारलाई रोजगारी दिएको जुट मिल खण्डहरमा, फेरि ब्युँताउने आशा

विराटनगर । बाहिरबाट हेर्दा रुख तथा झारले जेलिएको पुरानो संरचना। भित्र पस्दा खिया लागेका मेसिन, माकुराको जालो र ओसको गन्ध। कतै फोहोर र जमेको पानी, कतै ...

पहिरोले घर पुरिँदा बाजुरामा एक बेपत्ता, दुई घाइते

बाजुरा । अविरल वर्षापछि आएको पहिरोले घर पुरिँदा बाजुराको त्रिवेणी नगरपालिका–९ ताम्सुमा एक जना बेपत्ता भएका छन् भने दुई जना घाइते भएका छन्। स्थानीय ...

बाढी–पहिरोले बागलुङका दुई प्रमुख राजमार्ग ठप्प, यात्रु बाटोमै अलपत्र

बागलुङ । अविरल वर्षासँगै आएको बाढी तथा पहिरोका कारण बागलुङका दुई प्रमुख राष्ट्रिय राजमार्ग अवरुद्ध भएका छन्। कालीगण्डकी करिडोरको बागलुङ खण्ड र मध्य...

कांग्रेस इतर समूहको राष्ट्रिय भेला आज, देउवा प्रमुख अतिथि

काठमाडौँ । नेपाली कांग्रेसको संस्थापन इतर समूहको राष्ट्रिय भेला आजदेखि काठमाडौँमा सुरु हुँदैछ। सुकेधारास्थित मिराकल पार्टी प्यालेसमा हुने भेलामा कांग्...

पूर्वाधार र स्पष्ट नीतिबिनै बढ्दैछ विद्युतीय सवारीको प्रयोग, अर्बौं लगानी जोखिममा

काठमाडौँ । नेपालमा विद्युतीय सवारी साधनको आयात र प्रयोग तीव्र गतिमा बढिरहेको भए पनि यसको व्यवस्थापनका लागि आवश्यक पूर्वाधार, दक्ष जनशक्ति र स्पष्ट नीत...

२२ करोडको बुटवल बधशाला झाडीमा, करोडौँका उपकरण प्रयोगविहीन

बुटवल । स्वच्छ र सुरक्षित मासु उत्पादनका लागि करिब २२ करोड रुपैयाँ खर्चेर निर्माण गरिएको बुटवलको आधुनिक पशु बधशाला अहिले झाडीले ढाकिएको छ। सञ्चालनमा आ...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending