Khabar Dabali २ पुष २०८२ बुधबार | 17th December, 2025 Wed
Investment bank

आँखा उपचार क्षेत्रको विकासमा नेत्रज्योति संघको भुमिका महत्वपुर्ण छः मन्त्री आचार्य

खबरडबली संवाददाता

काठमाडौं । महिला, बालबालिका तथा जेष्ठ नागरिक मन्त्री माननिय सुरेन्द्र राज आचार्यले नेपालको आँखा उपचार प्रणालीको विकासमा नेत्रज्योति संघको भुमिका महत्वपुर्ण रहेको बताएका छन् । नेपाल नेत्रज्योति संघ र दातृ निकाय सिबिएम ग्लोबलका बिचमा सहकार्यको ४० बर्ष पुगेको अवसरमा सोमबार आयोजित कार्यक्रममा बोल्दै मन्त्री आचार्यले यस्तो बताएका हुन् । 

२०३५ सालमा स्थापना भएको संघले नेपालको आँखा उपचार सेवालाई विश्वमा नै चिनाउन सफल भएको छ, र संघलाई यो उपलब्धि हासिल गर्नमा सहयोग पुर्याउने सिबिएम लगाएत स्वदेशी तथा विदेशी दातृ निकायहरुलाई समेत धन्यवाद दिन चाहान्छु’ मन्त्री आचार्यले भने । नेपाली जनतालाई सर्वसुलभ मूल्यमा देशभर गुणस्तरिय आँखा उपचार सेवा प्रवाह गरेकोमा नेत्रज्योति संघलाई धन्यवाद दिँदै उनले आगामी दिनहरुमा सरकारका तर्फबाट हुनसक्ने सहयोग र सहकार्यका लागि आफ्नो तर्फबाट सहयोग गर्ने प्रतिवद्धता समेत व्यक्त गरे ।

त्यस्तै सोहि कार्यक्रममा बोल्दै राष्ट्रिय योजना आयोगका सदस्य माननिय आर।पी विच्छाले नेत्रज्योति संघले नेपालको आँखा उचार सेवाको विकास र विस्तारमा महत्वपुर्ण भुमिका निर्वाह गरेको बताए । नेपाल नेत्रज्योति संघका अध्यक्ष प्रा।डा चेतराज पन्तले सिबिएम जस्ता दातृ निकायहरुको सहयोग र सहकार्यले नै संघले यो उपलब्धि हासिल गर्न संभव भएको भन्दै सबैलाई धन्यवाद समेत दिए ।

संघले अब नेपाली जनताहरुलाई गुणस्तरिय आँखा उपचार सेवा प्रवाहसंगै नेपाललाई आँखा उपचारको पर्यटकीय गन्तव्य बनाउने योजनाका साथ आफ्ना कार्यक्रमहरु अगाडी बढाइरहेको संघका महासचिव भरतबहादुर चन्दले बताए ।

‘सिबिएम हाम्रो एक पुरानो र महत्वपुर्ण दातृ निकाय हो, नेपालको अन्धोपन र बहिरोपन निवारणमा अहिलेसम्म हामिले जे जति उपलब्धिहरु हाँसिल गर्न सफल भएका छौ त्यसको एक महत्वपुर्ण हिस्सेदार सिबिएम पनि हो’ संघका कार्यकारी निर्देशक डा.शैलेशकुमार मिश्रले भने । सिबिएम ग्लोबलका अन्तराष्ट्रिय निर्देशक रोब डोनेल्लीले नेपालको आँखा तथा कान उपचार क्षेत्रमा नेत्रज्योति संघसंगको सहकार्य जारी रहने प्रतिवद्धता समेत व्यक्त गरे । जग्गा दाता चौधरी परिवारका तर्फबाट बोल्दै पुर्वमन्त्री पद्मनाराय चौधरीले त्यो क्षेत्रका जनताहरुले सहज रुपमा आँखा उपचार सेवा प्राप्त गरुन् भन्ने उद्येश्यले आफ्नो परिवारले अस्पतालको लागि जग्गा दान गरिएको बताए ।

सन् १९८२ सालमा नेत्रज्योति संघको आग्रहमा सिबिएमले जर्मनबाट डा। अल्बर्ट हेनिङ र उनकि श्रीमतिलाई नेपालमा आँखा स्वास्थ्य सेवाको विकास र  विस्तारका लागि नेपाल पठाएसंगै दुईसंस्थाहरुका बिचमा औपचारिक सहकार्यको प्रारम्भ भएको थियो । सिबिएमबाट खटाइएका डा हेनिङको अनवरत प्रयास र मेहनतमा स्थापना भएको नेपाल नेत्रज्योति संघ सगरमाथा चौधरी आँखा अस्पताल र विराटनगर आँखा अस्पताल अहिले विश्वमै सबैभन्दा सर्बसुलभ मूल्यमा गुणस्तरिय आँखा उचार सेवा प्रवाह गर्दै आइरहेका छन् ।

अहिले नेपाल नेत्रज्योति संघ लहान आँखा तथा कान उपचार प्रणाली अन्तरर्गत २ वटा विशिष्टिकृत सेवा सहितका आँखा अस्पताल र ३१ वटा आँखा उपचार केन्द्रहरु संचालनमा छन् । हालसम्म लहान आँखा तथा कान उपचार प्रणाली अन्तरगतका आँखा अस्पताल तथा आँखा उपचार केन्द्रहरुमार्फत १ करोड २० लाख मानिसहरुले आँखा उपचार सेवा सहित २० लाखभन्दा बढि बिरामीहरुको आँखाको शल्यक्रिया गरिएको  लहान आँखा तथा कान उपचार प्रणालीका प्रमुख प्रशासक सुधिर कुमार ठाकुरले बताए ।

सिबिएमको आर्थिक सहयोगमा नेपाल नेत्रज्योति संघले कर्णाली प्रदेशमा एकिकृत आँखा तथा कान स्वास्थ्य कार्यक्रम सञ्चालन गरेको छ । उक्त कार्यक्रमबाट हालसम्म ५ हजार भन्दा बढिकाे आँखाको निःशुल्क शल्यक्रिया गरि ज्योति प्रदान गरिसकिएको छ ।

उक्त कार्यक्रमा सिबिएमको सहयोगमा सञ्चालित कार्यक्रम मार्फत अन्धोपन तथा बहिरोपन न्यूनिकरणमा योगदान गर्ने प्रा।डा रामप्रसाद पोख्रेल, डा अल्बर्ट हेनिङ, मधुसूदन ढकाल, चौधरी दाता परिवार९स्व।सरोवरलाल चौधरी,स्व।छबिलाल चौधरी र श्री रविन्द्रलाल चौधरी०, सुधीरकुमार ठाकुर, डा।सञ्जय कुमार सिं र बिन्देश्वर महतोलाई सम्मानित समेत गरिएको थियो भने नेपालको अन्धोपन र बहिरोपन न्यूनिकरणमा महत्वपुर्ण महत्वपुर्ण सहयोग गरेकोमा नेत्रज्योति संघले सिबिएम ग्लोबल र सिबिएम इन्टरनेशनलाई समेत सम्मानित गरेको छ ।

साथै सोहि अवसरमा ‘दिगो र व्यापक आँखा उपचार सेवा आजको आवश्यकता’ विषयमा बृहत छलफल कार्यक्रम आयोजना गरिएको थियो जसमा नेत्रज्योति संघका डा।शैलेश कुमार मिश्र, आईएपिबिका युद्ध धोज सापकोटा, सिबिएममा सुरज सिग्देल, स्वास्थय तथा जनसंख्या मन्त्रालयका रबिकान्त मिश्र, नेपाल अप्थाल्मीका सोसाइटीकी डा मिनु चौधरी र राष्ट्रिय अपांग महासंघका देविदत्त आचार्य सहभागि थिए भने उक्त छलफलको सहजिकरण संघका कार्यक्रम व्यबस्थापक रन्जन साहले गरेका थिए ।

उक्त कार्यक्रममा समाज कल्याण परिषद्का कोषाध्यक्ष बिनय लामा, गैरसरकारी संस्था महासंघका अध्यक्ष रामप्रसाद सुवेदी, लगायत आँखा स्वास्थ्य सेवासंग सम्बन्धि विभिन्न व्यक्तित्वहरुको उपस्थिती थियो ।

Khabardabali Desk–MB

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

चार लेनको मादी पुल अन्तिम चरणमा

तनहुँ । मुग्लिन–पोखरा सडकअन्तर्गत दमौली बजारमा निर्माणाधीन चार लेनको पुल आगामी वैशाखभित्र सम्पन्न गर्ने गरी कामलाई तीव्रता दिइएको छ । व्यास नगरपालिका–...

अर्बकुना सुन्तला उत्पादन कृषक समूहद्वारा ८७ लाखको सुन्तला बिक्री

स्याङ्जा । स्याङ्जाको एउटै समूहले यस वर्ष ८७ लाख मूल्यको सुन्तला बिक्री गरेको छ । स्याङ्जाको पुतलीबजार नगरपालिका–७ स्थित अर्बकुना सुन्तला उत्पादन कृषक...

मुस्ताङको ऐतिहासिक सांस्कृतिक गाउँ ‘झारकोट’ ओझेलमा

मुस्ताङ । मुस्ताङको वारागुङ मुक्तिक्षेत्र–१ मा अवस्थित हिन्दू तथा बौद्ध धर्मावलम्बीहरूको प्रसिद्ध धार्मिकस्थल मुक्तिनाथ मन्दिर नजिकैको ‘झारकोट’ गाउँ प...

एमाले ११ औँ महाधिवेशन: उम्मेदवारीको अन्तिम नामावली सूचीसहित

काठमाडौँ । नेकपा एमालेको ११औँ महाधिवेशन अन्तर्गत नेतृत्व चयनका लागि उम्मेदवारीको अन्तिम नामावली सार्वजनिक भएको छ। केन्द्रीय निर्वाचन समितिले सार्वज...

रुद्रकली र खगेन्द्रप्रसाद भैरहवा पुगे, भोलि कतार उड्दै

चितवन । नेपाल सरकारले कतार सरकारलाई उपहारस्वरुप पठाउन लागेका दुईवटा हात्ती भैरहवा पुगेका छन् । बुधबार गौतमबुद्ध अन्तरराष्ट्रिय विमानस्थल हुँदै ती हात्...

मङ्गलाघाटमा पाखो सम्याएर खेलमैदान निर्माण

म्याग्दी । बेनी नगरपालिका–७ मङ्गलाघाटमा स्थानीयवासीले सातमुरे पाखो सम्याएर ३५ मिटर लम्बाइ र १५ मिटर चौडाइ भएको खेलमैदान निर्माण गरेका छन्। बेनी नगरपाल...

कोरियाली पर्यटक भित्र्याउन टान–काटा बीच समझदारीपत्रमा हस्ताक्षर

काठमाडौँ ।  ट्रेकिङ एजेन्सिज् एसोसिएसन अफ नेपाल (टान) र कोरिया एसोसिएसन अफ ट्राभल एजेन्ट्स (काटा) बीच द्विपक्षीय पर्यटन प्रवर्द्धन र सहकार्य सुदृढ गर्...

नेकपा (संयुक्त) ले सात प्रदेश सम्मेलन आयोजक संयोजक तोक्यो

घनश्याम भुसाल संयोजक रहेको दस्तावेज लेखन समिति गठन

एमाले महाधिवेशनप्रति भीम रावलको तीखाे प्रहार, ‘ओलीको निरंकुशता अहिले पुष्टि हुँदैछ’

काठमाडौँ । नेपाली कम्युनिस्ट पार्टीका नेता डा. भीम रावलले नेकपा एमालेको जारी ११औँ महाधिवेशनप्रति कडा प्रतिक्रिया दिएका छन्। सामाजिक सञ्जालमार्फत प्रति...

सिँचाइका २२ रुग्ण ठेक्का तोडियो, ठेक्का सम्झौता रकम १४ अर्ब २३ करोड

काठमाडौं । ठेक्का सम्झौता गर्ने तर काम नगरेर वर्षौंदेखि अलपत्र पारेर रुग्ण बनाइएका सिँचाइतर्फका २२ वटा ठेक्का तोडिएको छ । ठेक्का तोडिएका आयोजनाहरुको क...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE Salt Trending