Khabar Dabali १ पुष २०८२ मंगलवार | 16th December, 2025 Tue
Investment bank

चाडपर्व नजिकिएसँगै बजार अनुगमनको तयारी

खबरडबली संवाददाता

काठमाडौं  । सरकारले नेपालीका चाडपर्व नजिकिएसँगै चाडपर्वलक्षित बजार अनुगमनका लागि तयारी थालेको छ । वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले चाडपर्वका बेला चाडपर्वलक्षित अनुगमन गर्नका लागि कर्मचारीको माग गरेको छ । 

सामान्य अवस्था तीन(चार वटा टोलीले अनुगमन गर्दै आएकामा चाडपर्वका बेलामा आठ नौ वटा टोलीले छुट्टाछुट्टै वस्तुको अनुगमन गर्ने तयारी भएको विभागले जनाएको छ । विभागका महानिर्देशक गजेन्द्रकुुमार ठाकुरले हाल बजार अनुगमनका लागि विभागसँग सीमित मात्रै जनशक्ति भएकाले सामान्य प्रशासनबाट आवश्यक जनशक्ति पठाउने सहमति भइसकेको जानकारी दिए । चाडपर्वलक्षित बजार अनुुगमन कहिलेबाट गर्ने भन्ने मितिका विषयमा यही साता उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयका सचिवसँग बैठक बसेर टुङ्गो लगाउने उनको भनाइ छ ।

विभागका अनुसार चाडपर्वलक्षित अनुगमनमा सो बेलामा खपत हुने खाद्यान्न, इन्धन, लत्ताकपडा, माछामासु, तरकारी, फलफूललगायतका थोक तथा खुद्रा पसलमा अनुगमन गरिने छ । चाडपर्वको समयमा व्यापारीले जथाभाबी मूल्य लिने, म्याद गुज्रिएका अखाद्य वस्तुलाई बेच्नेलगायतका समस्या देखिने गरेकाले विभागले अनुगमनलाई सव्रिmय रूपमा अगाडि बढाउँदै आएको छ । विभागले सबै अनुगमन टोलीलाई वस्तु र क्षेत्र नै तोकेर अनुगमन सुरु गर्न निर्देशन दिइएको विभागका महानिर्देशक ठाकुरले बताए । 

त्यस्तै विषयत विभागहरू खाद्य प्रविधि तथा गुण नियन्त्रण विभाग, नेपाल गुणस्तर तथा नापतौल विभाग, मुलकभरका सबै जिल्ला प्रशासन कार्यालयका बजार अधिकृत, प्रदेश र पालिकासमेतलाई बजारमा उपस्थिति बढाउन विभागले पत्राचार गरिसकेको जनाएको छ । 

बजार अनुगमन व्यवसायीलाई आतङ्क फैलाउने र तत्काल जरिबाना गरेर तर्साउने उद्देश्यले नभएर बढी मूल्य लिने, मूल्य सूची नराख्ने, गुणस्तरीय वस्तु बिक्रीवितरण नगरी उपभोक्ता ठग्ने व्यापारीलाई मात्र अनुगमनका क्रममा कारबाहीको दायरामा ल्याउनमा लक्षित हुुने महानिर्देशक ठाकुरको भनाइ छ । 

Khabardabali Desk–MB

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

सुनिता डङ्गोलदेखि अब्दुस मियाँसम्म एमाले केन्द्रीय सदस्य बन्दै

काठमाडौँ । नेकपा एमालेको ११औँ महाधिवेशनमा केही चर्चित युवा नेताहरू केन्द्रीय सदस्यको सूचीमा स्थान बनाउन लागेका छन्। प्रतिनिधि मनोनयन पश्चात् यी नयाँ अ...

मकवानपुरमा सिकार दुर्घटना: एकको मृत्यु, एक पक्राउ

मकवानपुर । मकवानपुरको मनहरी–६ सिस्नेरी पाखामा सिकार खेल्न गएका दुईजनामध्ये एक जनाको लडाइँबाट अन्यको मृत्यु भएको छ। राक्सिराङ–८ राजराङका ४५ वर्षीय ग...

एमाले महाधिवेशनमा ओलीपक्षभित्रै तँछाडमछाडकाे अवस्था

महासचिवमा प्रदीप ज्ञवालीको अडान, ओली–पोखरेल भिडन्त जारी

एमाले पदाधिकारी भिडन्तको खाका तयार

ईश्वर पोखरेल अध्यक्ष, महासचिवमा सुरेन्द्र पाण्डे तय

इको पहिरो दीर्घकालीन नियन्त्रणको सहमति, दुई महिनापछि खुल्यो तातोपानी नाका सडक

सिन्धुपाल्चोक । बाह्रबिसे–कोदारी राजमार्गअन्तर्गत पर्ने इको पहिरो दुई महिनाभित्र दीर्घकालीन रूपमा नियन्त्रण गरी बस्ती संरक्षणको काम थाल्ने सहमति भएपछि...

सुन्तला खेतीले उज्यालिँदै भोजपुरका किसानको आर्थिक अवस्था

भोजपुर । भोजपुरका किसानका लागि सुन्तला खेती भरपर्दो आम्दानीको आधार बन्दै गएको छ। व्यावसायिक रूपमा सुन्तला उत्पादन गर्दै आएका किसानले बजार विस्तार र रा...

काम रोकेर छोडियो: दुर्घटनाको पर्खाइमा हेटौँडा बजार

भत्किएका संरचना, स्क्र्याब र फुटपाथ अतिक्रमणले दुर्घटनाको जोखिम बढ्दो

राजनीतिसँगै उद्यमशीलता : दुर्गाजयन्ती राईको कृषिजन्य उत्पादनमा उदाहरणीय यात्रा

खाेटाङ । राजनीति गर्दैमा अरू कुनै पेसा गर्न नहुने भन्ने मान्यता छैन। बरु राजनीतिलाई मात्रै पेसा बनाउँदा देशमा भ्रष्टाचार बढेको आरोप लाग्दै आएको छ। यही...

जेनजी आन्दोलनको प्रभाव : अनुभवी नेताहरूको चुनावबाट स्वैच्छिक अवकाश

काठमाडौँ । सरकारले आगामी फागुन २१ गते प्रतिनिधिसभा निर्वाचन घोषणा गरेसँगै देशभर चुनावी माहोल तातेको छ। नेपाली कांग्रेस, नेकपा (एमाले) र नेकपा लगायत दल...

चोरीको आरोपमा समातिएका युवकको प्रहरी हिरासतमा मृत्यु

काभ्रेपलाञ्चोक । इलाका प्रहरी कार्यालय मंगलटारको हिरासतभित्र रहेको शौचालयमा झुण्डिएको अवस्थामा एक युवक मृत फेला परेका छन्। भ्रेपलाञ्चोकको रोशी गाउँपाल...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE Salt Trending