Khabar Dabali ३० श्रावण २०८३ शनिबार | 15th August, 2026 Sat
Investment bank

क्यान्सर डाइग्नोसिस सेन्टर स्थापनार्थ अर्बुद रोग निवारण संस्थाले पदयात्रा गर्ने

खबरडबली संवाददाता

काठमाडौं । क्यान्स रोगीको संख्या बढ्दिै गइरहेका बेला त्यस्ता बिरामीको उपचारमा सहयोग पुर्याउने उद्धेश्यका साथ पदयात्रा कार्यक्रमको आयोजना हुने भएको छ । नेपाल अर्बुद रोग निवारण संस्थाले आफ्नो ४१ औं वार्षिकोत्सवको अवसरमा क्यान्सर रोग सम्बन्धि सचेतना जगाउने उद्धेश्यका साथ भदौ ३० गते शनिबार पदयात्रा कार्यक्रमको आयोजना गर्न लागेको हो । 

“क्यान्सर रोगवाट बच्ने उपाय र विधि बारेमा चेतना जगाउने, पीडित परिवारका सदस्यहरुको व्यवस्थापनमा सहयोग गर्नुका साथै देशव्यापी अभियानका रुपमा क्यान्सर रोगबाट बच्नका लागि अपनाउनु पर्ने सावधानीका साथै उपचारमा सहयोग प्रदान गर्ने कार्यक्रमको लक्ष्य छ,” संस्थाका अध्यक्ष महेश श्रेष्ठले भने । 

इभेण्ट सोलुसन प्रालिको व्यवस्थापनमा आयोजना हुने उक्त पदयात्रा काठमाण्डौंको खुल्लामञ्चबाट सुरु भई भद्रकाली, सिंहदरबार, माइतीघर, थापाथली, टेकू, परोपकार, काष्ठमण्डप, दरबार स्क्वायर, न्यूरोड गेट, रानी पोखरी, दरबार मार्ग हुँदै ७ किलोमिटरको यात्रा पछि खुल्लामञ्चमा नै समापन हुनेछ ।

विभिन्न किसिमका रोग र यसवाट बच्न अपनाउनु पर्ने सावधानी तथा रोकथामका विषयमा स्वास्थ्य परामर्श दिने, रक्तदान जस्ता कार्यक्रम समेत समेत आयोजना हुने संस्थाका अध्यक्ष श्रेष्ठले जानकारी दिए । कार्यक्रममा विभिन्न किसिमका स्वास्थ्य परीक्षण पनि गराइनेछ ।

“स्टेपिङ फरवार्ड फर क्यान्सर फ्री फ्युचर” भन्ने नारा साथ आयोजना हुने पदयात्रा कार्यक्रमबाट आर्थिक सहयोग संकलन गरी संस्थाको कार्यालय रहेको स्थानमा क्यान्सर डाइग्नोसिस सेन्टर स्थापनाको काम सुरु गर्ने उनले जानकारी दिए ।

५ हजार जनाको सहभागिता रहने अनुमान गरिएको कार्यक्रमका सहभागीबाट सहयोग स्वरुप संकलित रकम संस्थाको निर्माणधीन भवनमा क्यान्सर डाइग्नोसिस सेन्टरको पुर्वाधार निर्माणमा लगानी हुनेछ । पदयात्रामा सहभागी हुनेहरुले प्रतिव्यक्ति १ हजार रुपैयाँ सहयोग उपलब्ध गराउँदा टीशर्ट, क्याप, र फूड प्याकेज पाउनेछन् ।

कार्यक्रमको पेमेण्ट पार्टनर आईएमई पे मा लगइन गरेर पदयात्रामा सहभागि हुनका लागि टिकट खरिद गर्न सकिने इभेण्ट सोलुसनले जनाएको छ ।  समाज सेवाको यो अभियानमा सहभागि भई आर्थिक सहयोग उपलब्ध गराउन संस्थाका अध्यक्ष श्रेष्ठले आम नागरिक, सम्बद्ध संघ संस्था लगायतलाई आग्रह गरेका छन् । 

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको संरक्षकत्व तथा काठमाण्डौं महानगरपालिकासँगको सहकार्यमा आयोजना हुन लागेको कार्यक्रमलाई सेरो ल्याब ग्रुपले शीर्ष प्रायोजन गरेको छ भने ३ दर्जन बढी संस्थाहरुले सहयोग गरेका छन् ।  

नेपाल अर्बुद रोग निवारण संस्थाले नेपालमा क्यान्सर रोगको रोकथामका लागि चेतना अभिवृद्धी सम्वन्धी कार्यक्रमका साथै क्यान्सर रोगीको उपचारमा सहयोग पुर्याउँदै आएको छ । विगत ४१ बर्ष अर्थात २०३९ सालदेखि गैर नाफामूलक र समुदायमा आधारित राष्ट्रिय तहको सामाजिक संस्थाका रुपमा स्थापित यस संस्थाले देशका ४५ जिल्लामा शाखा विस्तार गरिसकेको छ । 

नेपालमा सुर्तीजन्य पदार्थको नियन्त्रण र रोकथामका लागि नेतृत्वदायी भूमिका निर्वाह गरेको नेपाल अर्बुद रोग निवारण संस्थाले सूर्तिजन्य पदार्थहरुको रोकथाम र नियन्त्रणमा नेपाल सरकारलाई सहयोग पुर्याउँदै आएको छ ।

विषेशतः सूर्तिजन्य पदार्थको रोकथाम र नियन्त्रण, खानपान रहनसहन र दिनचर्यालाई गतिशिल र चलायमान बनाउनु पर्ने कुरा, पोषणयुक्त खानपानको उपभोग जस्ता कुराहरुलाई पनि कार्यक्रममा एकाकार गर्दै लगिएको संस्थाले जनाएको छ ।

Khabardabali Desk–MB

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

शिक्षक–सरकार सम्झौता कागजमै सीमित, फेरि आन्दोलनको तयारी

माग पूरा नभए शिक्षक महासंघले भदौदेखि आन्दोलन चर्काउने

देउवा–कोइराला समूहको शक्ति प्रदर्शन, देउवाको सन्देश– ‘कांग्रेस एक हुनुपर्छ’

काठमाडौँ । नेपाली कांग्रेसको वर्तमान नेतृत्वलाई चुनौती दिँदै पूर्वसभापति शेरबहादुर देउवा र कोइराला समूहले काठमाडौँमा राष्ट्रिय भेला आयोजना गरेका छन् ।...

अवैध रूपमा औषधिजन्य वस्तु उत्पादन गर्ने फार्म सञ्चालक पक्राउ

वीरगन्ज । प्रहरीले वीरगन्जमा अनुमति बिना औषधिजन्य वस्तु उत्पादन तथा स्टिकर लेबलिङ गरिरहेको आरोपमा एक जना पक्राउ गरेको छ । वीरगन्ज महानगरपालिका–११ श...

ग्यास अभावपछि चार उद्योगले एकै ठाउँबाट थाले सिलिन्डर बिक्री

चितवन । खाना पकाउने एलपी ग्यासको अभाव भएपछि स्थानीय प्रशासनले चितवन र नवलपरासीका चार ग्यास उद्योगमार्फत उपभोक्तालाई एकै ठाउँबाट ग्यास बिक्रीको व्यवस्थ...

आठ हजारलाई रोजगारी दिएको जुट मिल खण्डहरमा, फेरि ब्युँताउने आशा

विराटनगर । बाहिरबाट हेर्दा रुख तथा झारले जेलिएको पुरानो संरचना। भित्र पस्दा खिया लागेका मेसिन, माकुराको जालो र ओसको गन्ध। कतै फोहोर र जमेको पानी, कतै ...

पहिरोले घर पुरिँदा बाजुरामा एक बेपत्ता, दुई घाइते

बाजुरा । अविरल वर्षापछि आएको पहिरोले घर पुरिँदा बाजुराको त्रिवेणी नगरपालिका–९ ताम्सुमा एक जना बेपत्ता भएका छन् भने दुई जना घाइते भएका छन्। स्थानीय ...

बाढी–पहिरोले बागलुङका दुई प्रमुख राजमार्ग ठप्प, यात्रु बाटोमै अलपत्र

बागलुङ । अविरल वर्षासँगै आएको बाढी तथा पहिरोका कारण बागलुङका दुई प्रमुख राष्ट्रिय राजमार्ग अवरुद्ध भएका छन्। कालीगण्डकी करिडोरको बागलुङ खण्ड र मध्य...

कांग्रेस इतर समूहको राष्ट्रिय भेला आज, देउवा प्रमुख अतिथि

काठमाडौँ । नेपाली कांग्रेसको संस्थापन इतर समूहको राष्ट्रिय भेला आजदेखि काठमाडौँमा सुरु हुँदैछ। सुकेधारास्थित मिराकल पार्टी प्यालेसमा हुने भेलामा कांग्...

पूर्वाधार र स्पष्ट नीतिबिनै बढ्दैछ विद्युतीय सवारीको प्रयोग, अर्बौं लगानी जोखिममा

काठमाडौँ । नेपालमा विद्युतीय सवारी साधनको आयात र प्रयोग तीव्र गतिमा बढिरहेको भए पनि यसको व्यवस्थापनका लागि आवश्यक पूर्वाधार, दक्ष जनशक्ति र स्पष्ट नीत...

२२ करोडको बुटवल बधशाला झाडीमा, करोडौँका उपकरण प्रयोगविहीन

बुटवल । स्वच्छ र सुरक्षित मासु उत्पादनका लागि करिब २२ करोड रुपैयाँ खर्चेर निर्माण गरिएको बुटवलको आधुनिक पशु बधशाला अहिले झाडीले ढाकिएको छ। सञ्चालनमा आ...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending