Khabar Dabali ३ पुष २०८२ बिहीबार | 18th December, 2025 Thu
Investment bank

क्यान्सर डाइग्नोसिस सेन्टर स्थापनार्थ अर्बुद रोग निवारण संस्थाले पदयात्रा गर्ने

खबरडबली संवाददाता

काठमाडौं । क्यान्स रोगीको संख्या बढ्दिै गइरहेका बेला त्यस्ता बिरामीको उपचारमा सहयोग पुर्याउने उद्धेश्यका साथ पदयात्रा कार्यक्रमको आयोजना हुने भएको छ । नेपाल अर्बुद रोग निवारण संस्थाले आफ्नो ४१ औं वार्षिकोत्सवको अवसरमा क्यान्सर रोग सम्बन्धि सचेतना जगाउने उद्धेश्यका साथ भदौ ३० गते शनिबार पदयात्रा कार्यक्रमको आयोजना गर्न लागेको हो । 

“क्यान्सर रोगवाट बच्ने उपाय र विधि बारेमा चेतना जगाउने, पीडित परिवारका सदस्यहरुको व्यवस्थापनमा सहयोग गर्नुका साथै देशव्यापी अभियानका रुपमा क्यान्सर रोगबाट बच्नका लागि अपनाउनु पर्ने सावधानीका साथै उपचारमा सहयोग प्रदान गर्ने कार्यक्रमको लक्ष्य छ,” संस्थाका अध्यक्ष महेश श्रेष्ठले भने । 

इभेण्ट सोलुसन प्रालिको व्यवस्थापनमा आयोजना हुने उक्त पदयात्रा काठमाण्डौंको खुल्लामञ्चबाट सुरु भई भद्रकाली, सिंहदरबार, माइतीघर, थापाथली, टेकू, परोपकार, काष्ठमण्डप, दरबार स्क्वायर, न्यूरोड गेट, रानी पोखरी, दरबार मार्ग हुँदै ७ किलोमिटरको यात्रा पछि खुल्लामञ्चमा नै समापन हुनेछ ।

विभिन्न किसिमका रोग र यसवाट बच्न अपनाउनु पर्ने सावधानी तथा रोकथामका विषयमा स्वास्थ्य परामर्श दिने, रक्तदान जस्ता कार्यक्रम समेत समेत आयोजना हुने संस्थाका अध्यक्ष श्रेष्ठले जानकारी दिए । कार्यक्रममा विभिन्न किसिमका स्वास्थ्य परीक्षण पनि गराइनेछ ।

“स्टेपिङ फरवार्ड फर क्यान्सर फ्री फ्युचर” भन्ने नारा साथ आयोजना हुने पदयात्रा कार्यक्रमबाट आर्थिक सहयोग संकलन गरी संस्थाको कार्यालय रहेको स्थानमा क्यान्सर डाइग्नोसिस सेन्टर स्थापनाको काम सुरु गर्ने उनले जानकारी दिए ।

५ हजार जनाको सहभागिता रहने अनुमान गरिएको कार्यक्रमका सहभागीबाट सहयोग स्वरुप संकलित रकम संस्थाको निर्माणधीन भवनमा क्यान्सर डाइग्नोसिस सेन्टरको पुर्वाधार निर्माणमा लगानी हुनेछ । पदयात्रामा सहभागी हुनेहरुले प्रतिव्यक्ति १ हजार रुपैयाँ सहयोग उपलब्ध गराउँदा टीशर्ट, क्याप, र फूड प्याकेज पाउनेछन् ।

कार्यक्रमको पेमेण्ट पार्टनर आईएमई पे मा लगइन गरेर पदयात्रामा सहभागि हुनका लागि टिकट खरिद गर्न सकिने इभेण्ट सोलुसनले जनाएको छ ।  समाज सेवाको यो अभियानमा सहभागि भई आर्थिक सहयोग उपलब्ध गराउन संस्थाका अध्यक्ष श्रेष्ठले आम नागरिक, सम्बद्ध संघ संस्था लगायतलाई आग्रह गरेका छन् । 

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको संरक्षकत्व तथा काठमाण्डौं महानगरपालिकासँगको सहकार्यमा आयोजना हुन लागेको कार्यक्रमलाई सेरो ल्याब ग्रुपले शीर्ष प्रायोजन गरेको छ भने ३ दर्जन बढी संस्थाहरुले सहयोग गरेका छन् ।  

नेपाल अर्बुद रोग निवारण संस्थाले नेपालमा क्यान्सर रोगको रोकथामका लागि चेतना अभिवृद्धी सम्वन्धी कार्यक्रमका साथै क्यान्सर रोगीको उपचारमा सहयोग पुर्याउँदै आएको छ । विगत ४१ बर्ष अर्थात २०३९ सालदेखि गैर नाफामूलक र समुदायमा आधारित राष्ट्रिय तहको सामाजिक संस्थाका रुपमा स्थापित यस संस्थाले देशका ४५ जिल्लामा शाखा विस्तार गरिसकेको छ । 

नेपालमा सुर्तीजन्य पदार्थको नियन्त्रण र रोकथामका लागि नेतृत्वदायी भूमिका निर्वाह गरेको नेपाल अर्बुद रोग निवारण संस्थाले सूर्तिजन्य पदार्थहरुको रोकथाम र नियन्त्रणमा नेपाल सरकारलाई सहयोग पुर्याउँदै आएको छ ।

विषेशतः सूर्तिजन्य पदार्थको रोकथाम र नियन्त्रण, खानपान रहनसहन र दिनचर्यालाई गतिशिल र चलायमान बनाउनु पर्ने कुरा, पोषणयुक्त खानपानको उपभोग जस्ता कुराहरुलाई पनि कार्यक्रममा एकाकार गर्दै लगिएको संस्थाले जनाएको छ ।

Khabardabali Desk–MB

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

एमाले पदाधिकारी पदमा मतगणना जारी – १,१३९ मत गन्दा कसले पाए कति ?

काठमाडौँ । नेकपा एमालेको ११औँ महाधिवेशन अन्तर्गत बिहीबार बिहान सम्पन्न मतदानको मतगणना जारी छ। हालसम्म २,२७० भन्दा बढी मतमध्ये १,१३९ मत गनिसकिएको प्रार...

एमाले उपमहासचिवमा लेखराज भट्टको धमाकेदार अग्रता, विष्णु रिमाल शीर्ष तीनमा अटाउन असफल

काठमाडौँ । नेकपा एमालेको ११औँ महाधिवेशनअन्तर्गत उपमहासचिव पदको मतगणना जारी छ। प्रारम्भिक नतिजाअनुसार लेखराज भट्टले ४४० मत ल्याएर स्पष्ट अग्रता लिएका छ...

एमाले महासचिवमा शंकर पोखरेलको अग्रता कायमै, २४९ मत प्राप्त

 काठमाडौँ । नेकपा एमालेको ११औँ महाधिवेशनअन्तर्गत भृकुटीमण्डपमा जारी मतगणनामा महासचिव पदमा शंकर पोखरेलले स्पष्ट अग्रता लिएका छन्। पछिल्लो मतपरिणाम अ...

शिक्षामन्त्री पुनको आक्रोश : ‘कछुवाको गतिलाई पनि कृपावादी पापी समूहहरूले अल्झाए’

काठमाडौँ । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री महावीर पुनले नेपालको प्रशासनिक कार्यशैलीप्रति कडा असन्तुष्टि जनाउँदै सामाजिक सञ्जालमार्फत आक्रोश व्यक्त...

ईश्वर पोखरेलको भविष्यलाई लिएर उठेका प्रश्नः एमालेमा दोहोरिन्छ कि भिम रावलको इतिहास ?

काठमाडौं । नेकपा एमालेको ११औँ महाधिवेशनसँगै पार्टीभित्र नेतृत्व चयनको प्रतिस्पर्धा मात्रै होइन, भविष्यको राजनीतिक हैसियतबारे पनि गम्भीर बहस सुरु भएको ...

एमाले महासचिवमा निर्णायक भिडन्त, मतगणनामा पोखरेल ९ मतले अगाडि

काठमाडौं । नेकपा (एमाले)को ११औँ महाधिवेशनअन्तर्गत नयाँ नेतृत्व चयनका लागि जारी मतगणनामा महासचिव पदमा कडा प्रतिस्पर्धा देखिएको छ। मतगणनाको सुरुवाती चरण...

वागमतीमा पुँजीगत खर्च ४.४७ प्रतिशतमात्र

मकवानपुर । वागमती प्रदेशले चालु आर्थिक वर्षको प्रथम पाँच महिनामा ४.४७ प्रतिशतमात्र पुँजीगत खर्च गरेको छ । आर्थिक मामिला तथा योजना मन्त्रालयका अनुसा...

ओली–पोखरेल समूहबीच मतदानको जोश, भृकुटीमण्डपमा व्यस्त माहोल

विद्युतीय मतदानसहित एमाले नेतृत्व चयन प्रक्रिया सुरु

नागढुंगा–नौबिसे सडक खण्ड आजबाट केही दिन खुला रहने

काठमाडौँ । नागढुंगा–नौबिसे सडक खण्ड आजबाट केही दिनका लागि खुला रहने भएको छ। नागढुंगा–पिप्लामोड खण्डको साँघुरो भागमा दोस्रो तहको कालोपत्रको काम सकिएको ...

ट्रम्प प्रशासनले थप पाँच देशमाथि अमेरिका प्रवेशमा रोक लगायो

काठमाडौँ । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको प्रशासनले आफ्नो यात्रा प्रतिबन्धको दायरा विस्तार गर्दै थप पाँच देशमाथि अमेरिका प्रवेशमा रोक लगाएको छ। य...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE Salt Trending