मनहरी । बागमती प्रदेशका मुख्यमन्त्री शालिकराम जम्कट्टेलले प्रदेशमा बसोबास गर्ने चेपाङ समुदायले न्वाँगी पर्व मनाइरहँदा यसले विशिष्टीकृत सांस्कृतिक पहिचान स्थापित गरेको बताएका छन् ।
आज एक शुभकामना सन्देश जारी गर्दै उनले चेपाङ समुदायले मनाउँदै आएको न्वाँगी (छोनाम) पर्वले सामाजिक सद्भाव कायम गर्दै राष्ट्रियता, लोकतन्त्र र गणतन्त्रलाई सुदृढ गरी समाजवादको लक्ष्य हासिल गर्न सबै एकताबद्ध भई अगाडि बढ्न प्रेरणा प्रदान गर्ने जनाएका छन् ।
परम्परागत मूल्य मान्यता प्राप्त गरेको आफूलाई महसुस भएको उल्लेख गर्दै सन्देशमा मुख्यमन्त्री जम्कट्टेलले प्रदेश सरकार प्रदेशभित्र बसोबास गर्ने जातजातिका संस्कृतिको संरक्षण तथा प्रवर्द्धन गर्दै तिनको विकासका लागि आवश्यक सहयोग गर्न सदैव तयार रहेकोसमेत जनाएका छन् ।
प्रकृति पूजक अति सीमान्तकृत चेपाङ जातिले हरेक वर्ष भदौ २२ गते मनाउने यो पर्वले अनेकतामा एकता कायम गर्ने भन्दै उनले नेपाल बहुजातीय, बहुभाषिक, बहु सांस्कृतिक, बहु धार्मिक विशेषताले भरिएको सुन्दर देश यही भएर भएको बताएका छन् ।
“अनेकतामा एकता र राष्ट्रिय स्वाभिमान हाम्रा साझा पहिचान हुन, यहाँका प्रत्येक जातजाति र समुदायको आआफ्नै सांस्कृतिक महत्त्व बोकेको मौलिक परम्परा रहेका छन्”, मुख्यमन्त्री जम्कट्टेलले भनेका छन्, “बहुजातीय, बहुभाषिक, बहु धार्मिक र बहु सांस्कृतिक राष्ट्रका रूपमा रहेको हाम्रो मुलुकको राष्ट्रिय संस्कृतिको एक महत्त्वपूर्ण अङ्गका रूपमा चेपाङ संस्कृति रहेको छ ।” उनले चेपाङ जातिको यो पर्वमा यस वर्ष पनि प्रदेश सरकारले सार्वजनिक बिदा दिएर सम्मान प्रकट गरेको शुभकामना सन्देशमा भनिएको छ ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
पौष ४ गते, २०८२ - १६:५३
काठमाडौं । जिल्ला कारागार कार्यालय कञ्चनपुरमा तनाव उत्पन्न भएको छ। कारागारभित्र रहेका कैदीबन्दीबीच विवाद भएपछि अवस्था तनावग्रस्त बनेको हो। तनाव भएक...
पौष ४ गते, २०८२ - १६:४८
काठमाडौं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले पार्टीका शीर्ष तहका चार नेतालाई छलफलका लागि बोलाएका छन्। शनिबार बिहान ९ बजे बैठक बस्ने गरी उनले ...
पौष ४ गते, २०८२ - १६:३१
काठमाडौँ । जेनजी युवा पुस्ताको आन्दोलनको रिपोर्टिङका क्रममा घाइते भएका पत्रकारको उपचार खर्च सरकारले व्यहोर्ने भएको छ । शुक्रबार घाइते पत्रकारलाई न...
पौष ४ गते, २०८२ - १६:१७
काठमाडौँ। नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले एमालेको काँधमा अहिले असाधारण जिम्मेवारी रहेको बताएको छन्। ११ औँ महाधिवेशनबाट निर्वाचित नयाँ केन...
पौष ४ गते, २०८२ - १६:०४
काठमाडौँ । अमेरिकाले अवैध रूपमा बसोबास गर्दै आएका तथा कानुनको पालना नगरेका ७५ जना नेपालीलाई एकै दिन डिपोर्ट गरेको छ। उनीहरूलाई बिहीबार दिउँसो चार्टर्ड...
पौष ४ गते, २०८२ - १५:४२
एमाले राष्ट्रिय झन्डा ओढेर सिंहदरबार जलाउने जस्तो नक्कली आवरणको पार्टी होइन
पौष ४ गते, २०८२ - १५:२४
काठमाडौँ। सञ्चार तथा सूचना प्रविधिमन्त्री जगदीश खरेलले जेनजी आन्दोलनका क्रममा घाइते भएका पत्रकारलाई सम्मान गरेको छने । शुक्रबार मन्त्रालयमा विशेष क...
पौष ४ गते, २०८२ - १५:१०
चितवन । चितवनको भरतपुरबाट रास्वपा सभापति रवि लामिछानेलाई अहिले रुपन्देहीतर्फ लगिँदैछ। भैरहवा विमानस्थलमा घना हुस्सु ९कुहिरो०का कारण उडान नखुलेपछि उनी ...
पौष ४ गते, २०८२ - १४:५०
काठमाडौँ। ऊर्जा, जलस्रोत तथा सिँचाइ, भौतिक पूर्वाधार तथा यातायात र शहरी विकासमन्त्री कुलमान घिसिङले बाँसवाट निर्माण हुने संरचनाको डिजाइन सम्बन्धी मार...
पौष ४ गते, २०८२ - १४:४२
काठमाडौँ । अमेरिकाले ‘ग्रीन कार्ड लटरी’ योजना अस्थायी रूपमा स्थगित गरेको छ। यो निर्णय ब्राउन युनिभर्सिटीमा दुई जनाको ज्यान जाने गोलीकाण्डपछि अमेरिकी र...




प्रतिकृया लेख्नुहोस्: