Khabar Dabali ४ असार २०८३ बिहीबार | 18th June, 2026 Thu
Investment bank

चितवन मेडिकल कलेजमा आध्यात्मिक पुस्तकालय

खबरडबली संवाददाता

चितवन । विद्यार्थीलाई अध्यात्मिक ज्ञान र ध्यानमार्फत उनीहरुमा स्फूर्ति ल्याउने उद्देश्यसहित चितवन मेडिकल कलेजले आध्यात्मिक पुस्तकालय सुरु गरेको छ । कलेजका प्राध्यापक ममता शर्मा न्यौपानेले स्वास्थ्य शिक्षा अध्ययन गर्दै गरेका विद्यार्थीलाई जीवनको बारेमा ज्ञान दिन पुस्तकालय स्थापना गरिएको बताए ।

विद्यार्थीलाई असल चरित्रसँगै स्वास्थ्यसम्बन्धी विज्ञ बनाउन र उनीहरुमा पढाइका क्रममा हुने तनावबाट मुक्ति दिन पुस्तकालय सञ्चालन गरिएको उनको भनाइ छ । पुस्तकालयमा वैदिक सनातन धर्मले दिएको शास्त्रको समेत अध्ययन गराइने छ ।

कलेजका विद्यार्थी, कर्मचारी र प्राध्यापकलाई समेत उपयोगी हुने गरी पुस्तकालय सञ्चालनमा ल्याइएको हो । हरिक दिन बिहान ५:३० बजेदेखि ७:३० बजेसम्म र साँझ ४:३० बजेदेखि ६:३० बजेसम्म पुस्तकालय सञ्चालनमा आउने छ । सो समयमा विद्यार्थीलाई आध्यात्मिक चिन्तनसँगै ध्यान गराइने छ । विशेषज्ञ व्यक्तिले आलोपालो गरी सहजीकरण गर्ने उनले जानकारी दिए । 
 
यससँगै नियमितरुपमा भागवत गीताको कक्षा पनि सञ्चालन हुनेछ । एक पटकमा ७० जनाले पुस्तकालयमा बसेर ज्ञान आर्जन गर्न सक्नेछन् । पुस्तकालयमा बहुउपयोगी पुस्तकसमेत राखिएका छन् । कलेजमा एक हजार एकसय ९२ विद्यार्थी अध्ययनरत छन् । कलेजका शैक्षिक उपनिर्देशक अरुण कोइरालाका अनुसार त्यहाँ स्नातक तहमा आठ वटा, स्नातकोत्तरतर्फ एमडी र एमएसमा १५ वटा, डिएममा छ वटा र एमसिएचमा तीन वटा कार्यक्रम सञ्चालनमा रहेका छन् ।

कलेज भरतपुर महानगरपालिका–५ कैलाशनगरमा छ । कलेजले पुस्तकालय स्थापना हुनुअघि पनि समय समयमा सकारात्मक सोचसँग सम्बन्धित ९मोटिभेसन० कार्यक्रम सञ्चालन गर्दै आएको थियो । मेडिकल कलेजका प्रमुख कार्यकारी निर्देशक प्रताप देवकोटाले मेडिकल शिक्षा लिने विद्यार्थीको मनोविज्ञान बुझेर उनीहरुलाई आध्यात्मिक ज्ञान र ध्यानमा केन्द्रित गर्नसके पढाइमा पनि सफलता मिल्ने बताए ।

उच्च शिक्षा अध्ययनपछि कार्यक्षेत्रमा जाँदै गर्दा सकारात्मक सोचको विकास भएकाहरुले राम्रो सेवा दिन सक्ने उनको भनाइ छ । पछिल्ला वर्षहरुमा नकारात्मक चिन्तनको विकास भएको भन्दै उनले शिक्षालय र घरमा अभिभावकले विद्यार्थीलाई सकारात्मक सोचतर्फ प्रेरित गर्नुपर्ने बताए ।

Khabardabali Desk–PB

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

तीनै तहको सरकारसँग सहकार्य गर्दै स्वदेशमै रोजगारी सिर्जनामा सरकार केन्द्रित छ: श्रममन्त्री यादव

काठमाडौं । युवा, श्रम तथा रोजगारमन्त्री रामजी यादवले संघ, प्रदेश र स्थानीय तहसँगको सहकार्यमा स्वदेशमै रोजगारीका अवसर सिर्जना गर्ने काममा सरकार केन्द्र...

भारतको नयाँ मापदण्डका कारण इलामका चिया उद्योग ठप्प, सरकार मौन रहेको सांसद राईको आरोप

काठमाडौँ । नेपाली कांग्रेसका सचेतक निश्कल राई ले नेपालको चिया उद्योगले वार्षिक ठूलो परिमाणमा तयारी चिया निर्यात गरी अर्थतन्त्रमा महत्त्वपूर्ण योगदान द...

जुम्लाको तातोपानीमा ट्रयाक्टर दुर्घटनामा एकको मृत्यु, एक गम्भीर घाइते

जुम्ला। जुम्लाको तातोपानी गाउँपालिका –३ स्थित लाछुगाउँनजिक कर्णाली राजमार्गको सडक खण्डमा ट्रयाक्टर दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ । अर्का एक जन...

अमेरिकाद्वारा पूर्वी प्रशान्त महासागरमा आक्रमण , एक जनाको मृत्यु

वासिङ्टन। अमेरिकी सैन्य अधिकारीले पूर्वी प्रशान्त महासागरमा मङ्गलबार एउटा डुङ्गामा आक्रमण गर्दा एक जनाको मृत्यु भएको बताको छ । आक्रमण गत सेप्टेम्बरमा ...

अमेरिकाद्वारा पूर्वी प्रशान्त महासागरमा आक्रमण जारी, एक जनाको मृत्यु

वासिङ्टन। अमेरिकी सैन्य अधिकारीले पूर्वी प्रशान्त महासागरमा मङ्गलबार एउटा डुङ्गामा आक्रमण गर्दा एक जनाको मृत्यु भएको बताको छ । आक्रमण गत सेप्टेम्बरमा ...

आफ्नो भुमिकामाथि प्रश्न उठेपछि सभामुख अर्यालले गराए नियमावलीको स्मरण

काठमाडौं । प्रतिनिधिसभामा आफ्नो भूमिकामाथि प्रश्न उठाइएपछि सभामुख डोलप्रसाद अर्यालले त्यसप्रति ध्यानाकर्षण भएको बताएका छन्। नेपाली कांग्रेसका सांसद...

सभामुखको निष्पक्षतामाथि कांग्रेसको प्रश्न, रास्वपाद्वारा अभिव्यक्ति हटाउन माग

काठमाडौं। नेपाली कांग्रेसले सभामुख डोलप्रसाद अर्यालको भूमिकामाथि गम्भीर प्रश्न उठाएको छ। बुधबार प्रतिनिधिसभा बैठकमा बोल्दै कांग्रेस सांसद चन्द्रमोह...

अन्तरजातीय विवाह गर्ने ११ दम्पती नगदसहित सम्मानित

फुङलिङ। ताप्लेजुङको आठराई त्रिवेणी गाउँपालिकाले अन्तरजातीय विवाह गर्ने ११ दम्पतीलाई नगदसहित सम्मान गरेको छ । सामाजिक सद्भाव, समानता र जातीय विभेद अन्त...

बाढीले बगाएको फोक्सिङटार पुल पुनर्निर्माणको पहल

खोटाङ। खोटेहाङ गाउँपालिकाले खोटाङ र उदयपुर जोड्ने सुनकोशीस्थित फोक्सिङटारमा पक्कि पुल निर्माण गर्न जनस्तरबाट पहल सुरु गरेको छ ।  दुई वर्षअघिको बाढी...

कालीमाटी–बल्खु क्षेत्रमा यात्रु हैरानी गर्ने ३५ जना पक्राउ

काठमाडौँ । काठमाडौँको कालीमाटी र बल्खु क्षेत्रमा यात्रुहरूलाई तानातान गर्ने तथा बढी भाडा असुल्न खोज्ने ३५ जनालाई प्रहरीले पक्राउ गरेको छ। उपत्यका ट...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending