Khabar Dabali ५ पुष २०८२ शनिबार | 20th December, 2025 Sat
Investment bank

चितवन मेडिकल कलेजमा आध्यात्मिक पुस्तकालय

खबरडबली संवाददाता

चितवन । विद्यार्थीलाई अध्यात्मिक ज्ञान र ध्यानमार्फत उनीहरुमा स्फूर्ति ल्याउने उद्देश्यसहित चितवन मेडिकल कलेजले आध्यात्मिक पुस्तकालय सुरु गरेको छ । कलेजका प्राध्यापक ममता शर्मा न्यौपानेले स्वास्थ्य शिक्षा अध्ययन गर्दै गरेका विद्यार्थीलाई जीवनको बारेमा ज्ञान दिन पुस्तकालय स्थापना गरिएको बताए ।

विद्यार्थीलाई असल चरित्रसँगै स्वास्थ्यसम्बन्धी विज्ञ बनाउन र उनीहरुमा पढाइका क्रममा हुने तनावबाट मुक्ति दिन पुस्तकालय सञ्चालन गरिएको उनको भनाइ छ । पुस्तकालयमा वैदिक सनातन धर्मले दिएको शास्त्रको समेत अध्ययन गराइने छ ।

कलेजका विद्यार्थी, कर्मचारी र प्राध्यापकलाई समेत उपयोगी हुने गरी पुस्तकालय सञ्चालनमा ल्याइएको हो । हरिक दिन बिहान ५:३० बजेदेखि ७:३० बजेसम्म र साँझ ४:३० बजेदेखि ६:३० बजेसम्म पुस्तकालय सञ्चालनमा आउने छ । सो समयमा विद्यार्थीलाई आध्यात्मिक चिन्तनसँगै ध्यान गराइने छ । विशेषज्ञ व्यक्तिले आलोपालो गरी सहजीकरण गर्ने उनले जानकारी दिए । 
 
यससँगै नियमितरुपमा भागवत गीताको कक्षा पनि सञ्चालन हुनेछ । एक पटकमा ७० जनाले पुस्तकालयमा बसेर ज्ञान आर्जन गर्न सक्नेछन् । पुस्तकालयमा बहुउपयोगी पुस्तकसमेत राखिएका छन् । कलेजमा एक हजार एकसय ९२ विद्यार्थी अध्ययनरत छन् । कलेजका शैक्षिक उपनिर्देशक अरुण कोइरालाका अनुसार त्यहाँ स्नातक तहमा आठ वटा, स्नातकोत्तरतर्फ एमडी र एमएसमा १५ वटा, डिएममा छ वटा र एमसिएचमा तीन वटा कार्यक्रम सञ्चालनमा रहेका छन् ।

कलेज भरतपुर महानगरपालिका–५ कैलाशनगरमा छ । कलेजले पुस्तकालय स्थापना हुनुअघि पनि समय समयमा सकारात्मक सोचसँग सम्बन्धित ९मोटिभेसन० कार्यक्रम सञ्चालन गर्दै आएको थियो । मेडिकल कलेजका प्रमुख कार्यकारी निर्देशक प्रताप देवकोटाले मेडिकल शिक्षा लिने विद्यार्थीको मनोविज्ञान बुझेर उनीहरुलाई आध्यात्मिक ज्ञान र ध्यानमा केन्द्रित गर्नसके पढाइमा पनि सफलता मिल्ने बताए ।

उच्च शिक्षा अध्ययनपछि कार्यक्षेत्रमा जाँदै गर्दा सकारात्मक सोचको विकास भएकाहरुले राम्रो सेवा दिन सक्ने उनको भनाइ छ । पछिल्ला वर्षहरुमा नकारात्मक चिन्तनको विकास भएको भन्दै उनले शिक्षालय र घरमा अभिभावकले विद्यार्थीलाई सकारात्मक सोचतर्फ प्रेरित गर्नुपर्ने बताए ।

Khabardabali Desk–PB

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

जिल्ला कारागार कञ्चनपुरमा कैदीबन्दीबीच झडप, अवस्था तनावग्रस्त

काठमाडौं । जिल्ला कारागार कार्यालय कञ्चनपुरमा तनाव उत्पन्न भएको छ। कारागारभित्र रहेका कैदीबन्दीबीच विवाद भएपछि अवस्था तनावग्रस्त बनेको हो। तनाव भएक...

देउवाले उपसभापति र महामन्त्रीलाई छलफलमा बोलाए

काठमाडौं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले पार्टीका शीर्ष तहका चार नेतालाई छलफलका लागि बोलाएका छन्। शनिबार बिहान ९ बजे बैठक बस्ने गरी उनले ...

जेनजी आन्दोलनका घाइते पत्रकारको उपचार सरकारले गर्छ : सञ्चारमन्त्री खरेल

काठमाडौँ । जेनजी युवा पुस्ताको आन्दोलनको रिपोर्टिङका क्रममा घाइते भएका पत्रकारको उपचार खर्च सरकारले व्यहोर्ने भएको छ ।  शुक्रबार घाइते पत्रकारलाई न...

केन्द्रीय कमिटीमा ओलीले भने : पार्टी भित्रका असन्तुष्टि मिडियामा गएर नपोख्नु

काठमाडौँ। नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले एमालेको काँधमा अहिले असाधारण जिम्मेवारी रहेको बताएको छन्।  ११ औँ महाधिवेशनबाट निर्वाचित नयाँ केन...

अमेरिकाले एकै दिन गर्याे ७५ नेपाली डिपोर्ट

काठमाडौँ । अमेरिकाले अवैध रूपमा बसोबास गर्दै आएका तथा कानुनको पालना नगरेका ७५ जना नेपालीलाई एकै दिन डिपोर्ट गरेको छ। उनीहरूलाई बिहीबार दिउँसो चार्टर्ड...

बैठकको नेताको मोबाइल फोन बज्दा ओलीले आपत्ति

एमाले राष्ट्रिय झन्डा ओढेर सिंहदरबार जलाउने जस्तो नक्कली आवरणको पार्टी होइन

जेनजी आन्दोलनका घाइते पत्रकारलाई सम्मान

काठमाडौँ। सञ्चार तथा सूचना प्रविधिमन्त्री जगदीश खरेलले जेनजी आन्दोलनका क्रममा घाइते भएका पत्रकारलाई सम्मान गरेको छने । शुक्रबार मन्त्रालयमा विशेष क...

रवि लामिछालाई भरतपुरबाट गाडिमा रुपन्देही लगिँदै

चितवन । चितवनको भरतपुरबाट रास्वपा सभापति रवि लामिछानेलाई अहिले रुपन्देहीतर्फ लगिँदैछ। भैरहवा विमानस्थलमा घना हुस्सु ९कुहिरो०का कारण उडान नखुलेपछि उनी ...

बाँसलाई निर्माण सामाग्रीको रुपमा प्रयोग गरौँ : मन्त्री घिसिङ

काठमाडौँ। ऊर्जा, जलस्रोत तथा सिँचाइ, भौतिक पूर्वाधार तथा यातायात र  शहरी विकासमन्त्री कुलमान घिसिङले बाँसवाट निर्माण हुने संरचनाको डिजाइन सम्बन्धी मार...

अमेरिकाले स्थगित गर्याे ‘ग्रीन कार्ड लटरी’

काठमाडौँ । अमेरिकाले ‘ग्रीन कार्ड लटरी’ योजना अस्थायी रूपमा स्थगित गरेको छ। यो निर्णय ब्राउन युनिभर्सिटीमा दुई जनाको ज्यान जाने गोलीकाण्डपछि अमेरिकी र...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE Salt Trending