Ntc summer Offer
Khabar Dabali २० बैशाख २०८१ बिहीबार | 2nd May, 2024 Thu
NIMB

दुबै खुट्टामा पक्षघात देखीएकी दर्जीलाई ३ लाख आर्थिक सहयोग

खबरडबली संवाददाता

काठमाडौं । ओखलढुंगाको मानेभञ्ज्याङ गाउँपालिका ८ राघवपुरका बिरामी देवी माया दर्जीलाई राघवपुर युवा क्लबले आर्थिक सहयोग गरेको छ । उपचार खर्च अभाव झेली रहेकी सुत्केरी दर्जीलाई जिबिएस समस्या देखिए युवा क्लवले आर्थीक सहयोग गरेको हो ।

दर्जीको उपचार सहयोगका लागि युवा क्लबले केही हप्ता देखि सहयोग अभियान चलाएको थियो । क्लबले अभियान कार्यक्रमबाट ३ लाख ३४ हजार १ सय ६६ रुपैयाँ संकलन भएको  जानुका रुचालले बताइन् । अभियान चलाउन अघि नै संकलित रकम मध्येबाट १० प्रतिशत रकम क्लबमा राखी यस्तै विपद आईपरेका व्यक्तिलाई सहयोग गर्ने निर्णय क्लबले गरेको थियो । त्यसै अनुरुप संकलन भएको रकम मध्येबाट ९० प्रतिशत अर्थात ३ लाख ७ सय ५० रुपैयाँ क्लबका सचिव टेक बहादुर थापा मगर लगायतका सदस्यद्धारा बिरामीका श्रीमान दान बहादुर दर्जीलाई शनिबार हस्तान्तरण गरिएकोउनको भनाइ छ ।

क्लबका सबै सदस्यहरुले गाउँघरमा र वैदेशिक रोजगारीको क्रममा रहेका नेपालीहरुबाट रकम संकलन गरिएको  रुचालले बताईन । दुःख परेको समयमा क्लबले पुर्याएको सहयोगले ठूलो टेवा मिलेको बिरामीका श्रीमान दान  बहादुर दर्जीले  बताए । ३ हप्ता बिति सक्दा पनि बिरामी श्रीमतीमा साखै सुधार नआएको उनको भनाइ छ ।  अस्पतालले श्रीमतीलाई फिजियो थेरापी पद्धतीको उपचार आवश्यक रहेकोले डिस्चार्ज दिने बताएको दर्जीले बताए  ।

भाद्र ३ गते सुत्केरी भएकी उनमा नशा सम्बन्धिको समस्याले दुवै खुट्टामा पक्षघात देखिए पछि ओखलढुंगा सामुदायिक अस्पतालले रिफर गरेको र भदौ ५ गते थप उपचारका लागि महिला उत्थान कार्यक्रम अन्तर्गत हेलिकप्टर मार्फत काठमाडौंको टिचिङ अस्पतालमा लगिएको थियो ।

जिबिएस रोग कुनै पनि मानिसमा हुन सक्ने र यस रोगले मानिसको खुट्टा वा हातमा कम्जोरी भई झनझन हुने र पक्षघात हुने चिकीत्सकहरुको भनाइ छ ।  यस्तो किसिमको रोग निको हुन शुरु भएको ३ हप्ता देखि केही वर्षसम्म लाग्ने  बताईएको छ । हाल दर्जीको काठ्माण्डौ स्थित टिचिङ अस्पतालमा उपचार भईरहेको छ । 

 

Khabardabali Desk–MB

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

जीबी राईको हत्या भएको दाबी गर्ने डिल्लीराम खनाल पक्राउ

काठमाडौं । सहकारी घोटालामा संलग्न आरोपमा फरार गितेन्द्रबावु (जीबी) राईको ‘हत्या’ भइसकेको दाबी गर्ने डिल्लीराम खनाललाई प्रहरीले पक्राउ गरेको छ । उनलाई ...

ह्वात्तै बढ्यो सुनको मूल्य, कतिमा हुँदै छ कारेबार ?

काठमाडौं । नेपाली बजारमा आज सुनको मूल्य ह्वात्तै बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुन तोलामा २ हजार रुपैयाँले बढेको हो । बुधबार...

सूचना-प्रविधिलाई 'लिडिङ फ्याक्टर' को रूपमा आत्मसात गरौँ- प्रधानमन्त्री प्रचण्ड

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम एवं बजेटमा नवप्रवर्तन कोष स्थापना गरिने बताएका छन् । सा...

पत्रकार यादव मृत्यु शंकास्पद, ज्यान मार्ने धम्की आएको भन्दै प्रहरीमा १५ दिन अघि नै दिएका थिए निवेदन

जनकपुर ।  मोटरसाइकल दुर्घटनामा मृत्यु भएका पत्रकार विनयकुमार यादवको दुर्घटना शंकास्पद देखिएको छ । गत वैशाख ११ गते रेडियो धनुषाधामका सञ्चालक समेत रहेका...

घरको भित्तामा मोटरसाइकल जोत्तिदा दुई युवाको मृत्यु

काठमाडौं । चितवनको रत्ननगर नगरपालिकामा मोटरसाइकल दुर्घटनाहुँदा दुई युवाको मृत्यु भएको छ । तिब्र गतिमा रहेको मोटरसाइकल अनियन्त्रित भई मध्यराति घरमा ...

मैथलीफिल्म ‘लेबर’ घोषणा

काठमाडौं ।  ‘इतिहास, उपलब्धि र आगामी बाटो’ भन्ने नाराकासाथ विश्वभर मानाइदै गरेको एक सय ३५ औँ अन्तर्राष्ट्रिय श्रमिक दिवसको अवसर पारेर निर्देशक  पुर्णे...

धादिङमा भएको आगलागीमा वृद्ध दम्पतीको मृत्यु, गोरखामा ६ घरगोठ जले

काठमाडाैं। धादिङको थाक्रे गाउँपालिका–५ पुरानडाँडास्थित घट्टेखोला भन्ने ठाउँको एक घरमा आगलागी हुँदा वृद्ध दम्पतीको मृत्यु भएको छ ।  गएराति ७० वर्षीय ते...

डा. आयुष्नोभाको पोल्टामा ‘मिस इन्टरकन्टिनेन्टल नेपाल’को ताज

काठमाडौं । डाक्टर आयुष्नोभा ढुंगाना ‘मिस इन्टरकन्टिनेन्टल नेपाल २०२४’ घोषित भएकी छन् । बुधबार साँझ नेपाल प्रज्ञा प्रतिष्ठानमा आयोजित ‘मिस्टर एन्ड मिस ...

सूचना प्रविधि क्षेत्रमा लगानी बढाउन सरकार दृढतापूर्वक लागेको छः मन्त्री शर्मा

काठमाडौं ।  सञ्चार तथा सूचना प्रविधि मन्त्री रेखा शर्माले सूचना प्रविधिको क्षेत्रमा लगानी वृद्धि गर्ने गरी आवश्यक नीति, कानुन र पूर्वाधार विकासका लागि...

मादी नदीमा धमाधम पुल निर्माण हुँदै

तनहुँ । मुग्लिन–पोखरा सडकखण्ड अन्तर्गत तनहुँको व्यास नगरपालिका–४ र ५ जोड्ने मादी नदीमा धमाधम पुल निर्माण भइरहेको छ ।  सवारी साधन सञ्चालन गर्न मिल्न...

अरु धेरै
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending Alphabet Education Consultancy Pioneer Software Technologies