काठमाडौं । ओखलढुंगाको मानेभञ्ज्याङ गाउँपालिका ८ राघवपुरका बिरामी देवी माया दर्जीलाई राघवपुर युवा क्लबले आर्थिक सहयोग गरेको छ । उपचार खर्च अभाव झेली रहेकी सुत्केरी दर्जीलाई जिबिएस समस्या देखिए युवा क्लवले आर्थीक सहयोग गरेको हो ।
दर्जीको उपचार सहयोगका लागि युवा क्लबले केही हप्ता देखि सहयोग अभियान चलाएको थियो । क्लबले अभियान कार्यक्रमबाट ३ लाख ३४ हजार १ सय ६६ रुपैयाँ संकलन भएको जानुका रुचालले बताइन् । अभियान चलाउन अघि नै संकलित रकम मध्येबाट १० प्रतिशत रकम क्लबमा राखी यस्तै विपद आईपरेका व्यक्तिलाई सहयोग गर्ने निर्णय क्लबले गरेको थियो । त्यसै अनुरुप संकलन भएको रकम मध्येबाट ९० प्रतिशत अर्थात ३ लाख ७ सय ५० रुपैयाँ क्लबका सचिव टेक बहादुर थापा मगर लगायतका सदस्यद्धारा बिरामीका श्रीमान दान बहादुर दर्जीलाई शनिबार हस्तान्तरण गरिएकोउनको भनाइ छ ।
क्लबका सबै सदस्यहरुले गाउँघरमा र वैदेशिक रोजगारीको क्रममा रहेका नेपालीहरुबाट रकम संकलन गरिएको रुचालले बताईन । दुःख परेको समयमा क्लबले पुर्याएको सहयोगले ठूलो टेवा मिलेको बिरामीका श्रीमान दान बहादुर दर्जीले बताए । ३ हप्ता बिति सक्दा पनि बिरामी श्रीमतीमा साखै सुधार नआएको उनको भनाइ छ । अस्पतालले श्रीमतीलाई फिजियो थेरापी पद्धतीको उपचार आवश्यक रहेकोले डिस्चार्ज दिने बताएको दर्जीले बताए ।
भाद्र ३ गते सुत्केरी भएकी उनमा नशा सम्बन्धिको समस्याले दुवै खुट्टामा पक्षघात देखिए पछि ओखलढुंगा सामुदायिक अस्पतालले रिफर गरेको र भदौ ५ गते थप उपचारका लागि महिला उत्थान कार्यक्रम अन्तर्गत हेलिकप्टर मार्फत काठमाडौंको टिचिङ अस्पतालमा लगिएको थियो ।
जिबिएस रोग कुनै पनि मानिसमा हुन सक्ने र यस रोगले मानिसको खुट्टा वा हातमा कम्जोरी भई झनझन हुने र पक्षघात हुने चिकीत्सकहरुको भनाइ छ । यस्तो किसिमको रोग निको हुन शुरु भएको ३ हप्ता देखि केही वर्षसम्म लाग्ने बताईएको छ । हाल दर्जीको काठ्माण्डौ स्थित टिचिङ अस्पतालमा उपचार भईरहेको छ ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
श्रावण २९ गते, २०८३ - २२:१३
माग पूरा नभए शिक्षक महासंघले भदौदेखि आन्दोलन चर्काउने
श्रावण २९ गते, २०८३ - २२:०५
काठमाडौँ । नेपाली कांग्रेसको वर्तमान नेतृत्वलाई चुनौती दिँदै पूर्वसभापति शेरबहादुर देउवा र कोइराला समूहले काठमाडौँमा राष्ट्रिय भेला आयोजना गरेका छन् ।...
श्रावण २९ गते, २०८३ - २१:३२
वीरगन्ज । प्रहरीले वीरगन्जमा अनुमति बिना औषधिजन्य वस्तु उत्पादन तथा स्टिकर लेबलिङ गरिरहेको आरोपमा एक जना पक्राउ गरेको छ । वीरगन्ज महानगरपालिका–११ श...
श्रावण २९ गते, २०८३ - २१:२६
चितवन । खाना पकाउने एलपी ग्यासको अभाव भएपछि स्थानीय प्रशासनले चितवन र नवलपरासीका चार ग्यास उद्योगमार्फत उपभोक्तालाई एकै ठाउँबाट ग्यास बिक्रीको व्यवस्थ...
श्रावण २९ गते, २०८३ - ०९:५४
विराटनगर । बाहिरबाट हेर्दा रुख तथा झारले जेलिएको पुरानो संरचना। भित्र पस्दा खिया लागेका मेसिन, माकुराको जालो र ओसको गन्ध। कतै फोहोर र जमेको पानी, कतै ...
श्रावण २९ गते, २०८३ - ०९:३६
बाजुरा । अविरल वर्षापछि आएको पहिरोले घर पुरिँदा बाजुराको त्रिवेणी नगरपालिका–९ ताम्सुमा एक जना बेपत्ता भएका छन् भने दुई जना घाइते भएका छन्। स्थानीय ...
श्रावण २९ गते, २०८३ - ०९:३०
बागलुङ । अविरल वर्षासँगै आएको बाढी तथा पहिरोका कारण बागलुङका दुई प्रमुख राष्ट्रिय राजमार्ग अवरुद्ध भएका छन्। कालीगण्डकी करिडोरको बागलुङ खण्ड र मध्य...
श्रावण २९ गते, २०८३ - ०९:२६
काठमाडौँ । नेपाली कांग्रेसको संस्थापन इतर समूहको राष्ट्रिय भेला आजदेखि काठमाडौँमा सुरु हुँदैछ। सुकेधारास्थित मिराकल पार्टी प्यालेसमा हुने भेलामा कांग्...
श्रावण २९ गते, २०८३ - ०९:२१
काठमाडौँ । नेपालमा विद्युतीय सवारी साधनको आयात र प्रयोग तीव्र गतिमा बढिरहेको भए पनि यसको व्यवस्थापनका लागि आवश्यक पूर्वाधार, दक्ष जनशक्ति र स्पष्ट नीत...
श्रावण २९ गते, २०८३ - ०९:१५
बुटवल । स्वच्छ र सुरक्षित मासु उत्पादनका लागि करिब २२ करोड रुपैयाँ खर्चेर निर्माण गरिएको बुटवलको आधुनिक पशु बधशाला अहिले झाडीले ढाकिएको छ। सञ्चालनमा आ...



प्रतिकृया लेख्नुहोस्: