विराटनगर । कोशी प्रदेशमा कूल जनसंख्याको ४० दशमलब पाँच प्रतिशत नागरिक मात्रै स्वास्थ्य बिमा कार्यक्रममा सहभागी भएका छन् । ४९ लाख ६१ हजार ४१२ जनसंख्या रहेको प्रदेशमा ४०.५ प्रतिशत अर्थात् २० लाख ९ हजार ३३३ जनाले मात्र स्वास्थ्य बिमा गराएका छन् ।
नागरिकलाई स्वास्थ्य उपचारमा सहुलियत सेवा प्रदान गर्ने उद्देश्यले शुरू गरिएको बिमा कार्यक्रमको प्रचार र विश्वासको वातावरण बनाउन नसक्दा ठूलो जनसंख्या बिमाको पहुँचमा आउन नसकेको हो ।
२० लाख बढी जनसंख्याले स्वास्थ्य बिमा गराएको भए पनि ९ लाख ७० हजार ९३३ जनाले मात्र नियमित सेवा लिइरहेको स्वास्थ्य बिमा बोर्ड कोशी प्रदेशले जनाएको छ । प्रदेशमा सबैभन्दा बढी बिमा गराउनेहरू झापाका छन् । सोलुखुम्बुमा भने स्वास्थ्य बिमा गराउनेहरू सबैभन्दा कम छन् ।
झापामा सबैभन्दा बढी ६३.५ प्रतिशत अर्थात् ६ लाख ३३ हजार ६५८ जनाले बिमा गराएको बोर्डका कोशी प्रदेश संयोजक अर्जुन पण्डितले जानकारी दिए । उनका अनुसार भोजपुरमा २३.४ प्रतिशत अर्थात् ३६ हजार ८८७, धनकुटामा ३४ हजार २००, इलाममा १ लाख ३८ हजार ५०६ जनाले स्वास्थ्य बिमा गराएका छन् ।
यसैगरी खोटाङमा ५३ हजार ३८५, मोरङमा ४ लाख ५७ हजार ३९७, पाँचथरमा २५ हजार ७२५, संखुवासभामा ३५ हजार १६६, सुनसरीमा ४ लाख ६४ हजार ७४१, ताप्लेजुङमा १३ हजार ७६०, तेह्रथुममा १४ हजार १०२ र उदयपुरमा ४९ हजार ७७३ जनाले स्वास्थ्य बिमा गराएको बोर्डको अभिलेखमा उल्लेख छ ।
प्रदेशमा स्वास्थ्य बिमाको नवीकरण दर ७८ प्रतिशत रहेको छ । बिमा गरेकामध्ये अति गरिब बिमितको संख्या २४ हजार २६०, ज्येष्ठ नागरिक बिमित संख्या १ लाख ९६ हजार ८३८, एचआइभी संक्रमित ३ हजार ४६१, अति अशक्ति अपाङगता भएका ४२ हजार ९१७, कुष्ठरोगी संक्रमित १ हजार ४२ जना रहेका छन् । बिमा गराएकामध्ये सेवा लिने बिमित ४८ प्रतिशत अर्थात् ७ लाख ७० हजार ९३३ जना रहेका छन् । बिमितबाट तीन वर्षमा २ अर्ब ३३ करोड ५२ लाख ३० हजार २६७ रुपैयाँ संकलन भएको बोर्डले जनाएको छ ।
प्रदेशमा ७८ वटा सरकारी अस्पताल, ४ वटा सामुदायिक र २३ निजी अस्पताल गरी १०६ वटा स्वास्थ्य सेवाहरूबाट बिमा गराएका बिरामीले सेवा लिदैं आएका छन् । यी स्वास्थ्य संस्थाहरूबाट सेवा दिएवापत् तीन वर्ष ९ महिनामा १० अर्ब ६५ करोड ६३ लाख ७३ हजार ४३५ रुपैयाँ भुक्तानी लिएको बोर्डको अभिलेखमा देखिन्छ । सरकारले २०७२ बाट औपचारिक रूपमा स्वास्थ्य बिमा कार्यक्रम शुरू गरेको थियो ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
श्रावण २९ गते, २०८३ - २२:१३
माग पूरा नभए शिक्षक महासंघले भदौदेखि आन्दोलन चर्काउने
श्रावण २९ गते, २०८३ - २२:०५
काठमाडौँ । नेपाली कांग्रेसको वर्तमान नेतृत्वलाई चुनौती दिँदै पूर्वसभापति शेरबहादुर देउवा र कोइराला समूहले काठमाडौँमा राष्ट्रिय भेला आयोजना गरेका छन् ।...
श्रावण २९ गते, २०८३ - २१:३२
वीरगन्ज । प्रहरीले वीरगन्जमा अनुमति बिना औषधिजन्य वस्तु उत्पादन तथा स्टिकर लेबलिङ गरिरहेको आरोपमा एक जना पक्राउ गरेको छ । वीरगन्ज महानगरपालिका–११ श...
श्रावण २९ गते, २०८३ - २१:२६
चितवन । खाना पकाउने एलपी ग्यासको अभाव भएपछि स्थानीय प्रशासनले चितवन र नवलपरासीका चार ग्यास उद्योगमार्फत उपभोक्तालाई एकै ठाउँबाट ग्यास बिक्रीको व्यवस्थ...
श्रावण २९ गते, २०८३ - ०९:५४
विराटनगर । बाहिरबाट हेर्दा रुख तथा झारले जेलिएको पुरानो संरचना। भित्र पस्दा खिया लागेका मेसिन, माकुराको जालो र ओसको गन्ध। कतै फोहोर र जमेको पानी, कतै ...
श्रावण २९ गते, २०८३ - ०९:३६
बाजुरा । अविरल वर्षापछि आएको पहिरोले घर पुरिँदा बाजुराको त्रिवेणी नगरपालिका–९ ताम्सुमा एक जना बेपत्ता भएका छन् भने दुई जना घाइते भएका छन्। स्थानीय ...
श्रावण २९ गते, २०८३ - ०९:३०
बागलुङ । अविरल वर्षासँगै आएको बाढी तथा पहिरोका कारण बागलुङका दुई प्रमुख राष्ट्रिय राजमार्ग अवरुद्ध भएका छन्। कालीगण्डकी करिडोरको बागलुङ खण्ड र मध्य...
श्रावण २९ गते, २०८३ - ०९:२६
काठमाडौँ । नेपाली कांग्रेसको संस्थापन इतर समूहको राष्ट्रिय भेला आजदेखि काठमाडौँमा सुरु हुँदैछ। सुकेधारास्थित मिराकल पार्टी प्यालेसमा हुने भेलामा कांग्...
श्रावण २९ गते, २०८३ - ०९:२१
काठमाडौँ । नेपालमा विद्युतीय सवारी साधनको आयात र प्रयोग तीव्र गतिमा बढिरहेको भए पनि यसको व्यवस्थापनका लागि आवश्यक पूर्वाधार, दक्ष जनशक्ति र स्पष्ट नीत...
श्रावण २९ गते, २०८३ - ०९:१५
बुटवल । स्वच्छ र सुरक्षित मासु उत्पादनका लागि करिब २२ करोड रुपैयाँ खर्चेर निर्माण गरिएको बुटवलको आधुनिक पशु बधशाला अहिले झाडीले ढाकिएको छ। सञ्चालनमा आ...



प्रतिकृया लेख्नुहोस्: