Ntc summer Offer
Khabar Dabali ८ असार २०८१ शुक्रबार | 21st June, 2024 Fri
NIMB

सर्लाहीमा जलाउन लागिएको युवतीको शव बरामद, पतिसहित ३ जना पक्राउ

खबरडबली संवाददाता

जनकपुरधाम । सर्लाहीको रामनगर गाउँपालिका १ खैर्वाकामा जलाउन लागिएको एक विवाहित युवतीको शव चिताबाट बरामद गरिएको छ ।

प्रहरीले सुनिल साहकी श्रीमती २१ वर्षीया मनिषा साहको शव बुधबार दिउँसो मनुषमारा घाटमा जलाउन ठिक्क पारेको अवस्थामा चिताबाट नियन्त्रणमा लिएको जिल्ला प्रहरी कार्यालय सर्लाहीका प्रवक्ता डीएसपी दीपेन्द्र पंजियारले जानकारी दिए ।

घटना शंकास्पद देखिएपछि घाटबाटै प्रहरीले युवतीका पतिसहित परिवारका तीन जना सदस्यलाई पनि नियन्त्रणमा लिएको छ ।

पति सुनिल, ससुरा रामेश्वर र देवर रामबाबुलाई पक्राउ गरी जिल्ला प्रहरी कार्यालयको हिरासतमा राखेर अनुसन्धान गरिरहेको डिएसपी पंजियारले बताए ।

परिवारका सदस्यले छारे रोगकी बिरामी मनिषाले आत्महत्या गरेको दाबी गरेका छन् । डिएसपी पंजियारका अनुसार पासो लागेर आत्महत्या गरेको जस्तो देखिएको छ र संकलित प्रमाणको आधारमा घटनाको अनुसन्धान भइरहेकोछ ।

Khabardabali Desk–PB

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

गृहमन्त्री लामिछानेविरुद्धको रिट न्यायाधीशद्वय मल्ल र सुवेदीको इजलासमा

काठमाडौँ । उपप्रधान तथा गृहमन्त्री  रवि लामिछानेलाई निलम्बन माग गर्दै दायर रिटको आज सुनुवाइका लागि पेसी तोकिएको छ । आज यो रिट न्यायाधीशद्वय सपना प्रधा...

रास्वपाले आज दोस्रो स्थापना दिवस मनाउदै, पार्टी कार्यालयमा चियापान गर्दै

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले आज आफ्नो दोस्रो स्थापना दिवस मनाउँदै छ । स्थापना दिवसको अवसरमा रास्वपाले बालाजुस्थित पार्टी कार्याल...

प्रतितोला १९ सयले बढ्यो सुनको मुल्य, तोलाको कति पुग्यो ?

काठमाडौं । आज नेपाली बजारमा सुनचाँदीको मूल्य बढेको छ । शुक्रबार सुन प्रतितोला १९ सयले बढेर १ लाख ४४ हजार ७ सय रुपैयाँमा कारोबार भएको छ ।  यस अघि वि...

स्रोत नखुलेको रकमसहित पक्राउ परेका भारतीय युवक गौर भन्सारबाटै फरार

रौतहट । सशस्त्र प्रहरीको चरम लापारवाहीका कारण स्रोत नखुलेको रकमसहित पक्राउ परेका एक जना भारतीय नागरिक गौर भन्सार कार्यालयबाटै बेपत्ता भएकाछन् । सशस्त्...

अमेरिकी सांसदहरूले हिमाचलमा दलाई लामालाई भेटेपछि भारतको भूमिकामा प्रश्न

काठमाडौँ । अमेरिकी तल्लो सदन हाउस अफ रेप्रिजेनटेटिभको प्रतिनिधिमण्डलले बुधबार हिमाचल प्रदेशको धर्मशालामा तिब्बती धर्मगुरु दलाई लामासँग भेट गरेको छ । स...

आजदेखि उपत्यकामा मेलम्चीको पानी बन्द

काठमाडौँ । आजदेखि काठमाडौँ उपत्यकामा मेलम्चीको खानेपानी बन्द हुने भएको छ । मेलम्ची खानेपानी विकास समितिका अनुसार बर्खायाममा मेलम्ची नदीमा पानीको बहाव ...

नेपालको फिल्डिङ र ब्याटिङमा कमजोरी भएको कप्तान पौडेलले स्वीकारे, आगामी दिनमा सुधार गर्ने प्रतिबद्धता

रोहितकुमार पौडेलले अमेरिका र वेस्ट इण्डिजको मैदान नै बलिङमैत्री रहेकाले ब्याट्सम्यानलाई दोष दिन नमिल्ने बताएका छन्। बिहीबार टी- २० विश्वकपमा सहभागी...

जबरजस्ती करणी गरेको अभियोगमा ललितपुरबाट एक जना पक्राउ

काठमाडौँ । १४ वर्षीया बालिकालाई जबरजस्ती करणी गरेको अभियोगमा ललितपुरको कोञ्ज्योसोम गाउँपालिका-४ नल्लु बस्ने ४० वर्षीय कुमार केसीलाई बुधबार दिउँसो प्रह...

वर्षा नहुँदा जुम्ली किसानलाई सास्ती

जुम्ला । वर्षा नहुँदा यहाँका किसानलाई सास्ती भएको छ । यहाँका किसानको यो याम भनेको खेतबारीमा कोदो लगाउनेदेखि अन्य कृषि क्षेत्रमा रातदिन लाग्ने समय हो ।...

गर्भवती दीपिकालाई लिएर लन्डन गए रणवीर

काठमाडौँ । बलिउडको पावर जोडी रणवीर सिंह र दीपिका पादुकोण बिहीबार बिहान मुम्बई एयरपोर्टमा देखिए । यहाँ रणवीर पहिले कारबाट ओर्लिए र त्यसपछि उनले ६ महिना...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Right Path
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending Alphabet Education Consultancy Pioneer Software Technologies