भादगाउँ । भाद्र शुल्क पूर्णिमाको अवसरमा भक्तपुरको धार्मिक तीर्थस्थल इन्द्रदह (सिद्धपोखरी) बिहानैदेखि दर्शनार्थीको भिड लागेको छ । हरेक वर्ष इन्द्रजात्राका भोलिपल्ट यहाँ ठूलो मेला लाग्ने गर्दछ ।
इन्द्रजात्राको दिन राति खौमास्थित इन्द्रायणी देवीलाई विभिन्न बाजागाजासहित इन्द्रदह पु¥याएर तान्त्रिक विधिपूर्वक पूजा र भोगवली चढाउन रातभर त्यही राख्ने परम्परा रहेको छ ।
सोहीअनुसार बिहीबार राति इन्द्रायणी देवीलाई इन्द्रदह पु¥याएको थियो । इन्द्रदहमा नुहाएर इन्द्रायणी देवीको दर्शन गर्ने आज भक्तजनको भीड लागेको हो ।
देवराज इन्द्रले स्नान गरेको दहको प्रतीकको रुपमा लिने भएकाले स्थानीयले यसलाई इन्द्रदहको रुपमा समेत लिने गरेको छ । इन्द्रदहमा स्नान गरी इन्द्रायणी देवीको पूजाआराधना गरे ठूलो पूण्य प्राप्ति हुनुका साथै पारिवारिक सुख समृद्धि मिल्ने जनविश्वास रहेको छ ।
इन्द्रदहमा वासुकी नागको बसोबाससमेत रहेको विश्वास गरिन्छ । त्यसैले अनावृष्टि भएको बेला भक्तपुरका स्थानीय बासिन्दा इन्द्रदहमा आई तान्त्रिक विधिद्वारा वासुकी नागको पूजा गर्ने प्रचलन छ ।
इन्द्रदह परिसरमा लिच्छविकालिनदेखि मल्लकालसम्मका शैव, शक्ति, बौद्ध, वैष्णव, सम्प्रदायका देवी देवताका मूर्तिहरु रहेका छन् । त्यहाँ रहेको शिवलिङ्गमा जल चढाई पिएमा घाँटी दुखेको रोग निको हुन्छ भन्ने जनविश्वास रही आएको छ ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
पौष १९ गते, २०८१ - ०९:३६
काठमाडौँ । विमानको आपतकालीन ढोका खोल्ने दुई यात्रुलाई जरिवाना तिराइएको छ । बुद्ध एयरको दुई उडानका क्रममा ढोका खोल्ने यात्रुलाई रु एक÷एक लाख जरिवाना त...
पौष १९ गते, २०८१ - ०९:२८
ठगीमा संलग्न पोखरेललाई गएको निर्वाचनमा एमालेले गरेको थियो उम्मेदवार सिफारिस
पौष १९ गते, २०८१ - ०९:१६
काठमाडौं । मुगुमा भूकम्प गएको छ। आज बिहान मुगुको लुमा आसपास केन्द्रबिन्दु भएर भूकम्प गएको राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्र लैनचौरका वरि...
पौष १९ गते, २०८१ - ०८:५७
म्याग्दी । १५० भन्दा बढी घरपरिवारको बसोबास रहेको बेनी नगरपालिका- २ खबरा गाउँभरि केराखेती गरिएको छ। तर उत्पादन भएको केराले बजार पाएको छैन। हिउँदयाम...
पौष १९ गते, २०८१ - ०८:४५
काठमाडौँ । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) नेपालले प्रथम महाधिवेशनको टुङ्गो लगाउन केन्द्रीय कार्य समिति बैठक बोलाएको छ । आज बस्ने बैठकमा मु...
पौष १९ गते, २०८१ - ०८:४२
पर्सा । चालु आर्थिक वर्षको पाँच महिनामा वीरगञ्जबाट धानचामलको आयात बढेको छ । वीरगञ्ज भन्सार कार्यालयका अनुसार पाँच महिनामा रु तीन अर्ब ९३ करोड ६३ लाख २...
पौष १९ गते, २०८१ - ०८:४०
बझाङ । मष्टा गाउँपालिका–१ कोटदेवलमा जीप दुर्घटना हुँदा चालकको मृत्यु भएको छ । मष्टा गाउँपालिका–१ रनाडाका ४२ वर्षीय धर्म थापाका मृत्यु भएको जिल्ला प्रह...
पौष १९ गते, २०८१ - ०८:३७
बैतडी । प्रधानमन्त्री कप महिला टि–२० सुदूरपश्चिम प्रदेशस्तरीय छनोट क्रिकेट प्रतियोगिता शुक्रबारदेखि हुँदैछ। बैतडीको दशरथचन्द क्रिकेट मैदान सुन्दरखालीम...
पौष १९ गते, २०८१ - ०७:४३
काठमाडौं । विधानको व्यवस्थाअनुसार नेपाली कांग्रेसको १५औं महाधिवेशन अबको एक वर्षभित्र हुनुपर्नेछ। कांग्रेसभित्रको तयारी र विगतको अभ्यास हेर्दा १५औं महा...
पौष १९ गते, २०८१ - ०७:३४
काठमाडौँ । वैदेशिक रोजगारमा लिथुआनिया पठाउने भन्दै रु ११ लाख ठगी गरेको अभियोगमा प्रहरीले एक जनालाई पक्राउ गरी आज सार्वजनिक गरेको छ । पक्राउ पर्नेम...
प्रतिकृया लेख्नुहोस्: