काठमाडौँ। सत्तारुढ नेकपा एकीकृत समाजवादी वर्तमान चौतर्फी संकटप्रति सचेत रहन ध्यानाकर्षण गर्दै प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई ज्ञापनपत्र बुझाएको छ।
शनिबार साँझ प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा एकीकृत समाजवादीका अध्यक्ष माधव कुमार नेपालसहितको टोलीले ज्ञापन पत्र बुझाउँदै सो ध्यानाकर्षण गराएको हो।
अहिलेको संकटको गम्भीरताप्रति ध्यान दिँदै आवश्यक आर्थिक वित्तिय तथा मौद्रिक कदम चाल्न सो पार्टीले प्रधानमन्त्रीको ध्यानाकर्षण गराएको हो।
‘देशमा देखिएको चौतर्फी संकट समाधान गर्न सरकारले आवश्यक गम्भीर कदम नचाल्ने हो भने परिस्थिति झन् खराब हुन सक्छ। त्यसैले अहिलेको सङ्कटको गम्भीरताप्रति सरकारको ध्यान जाओस् र आवश्यक आर्थिक, वित्तीय तथा मौद्रिक कदम चालियोस् भन्ने ध्यानाकर्षण गर्न चाहन्छौं,’ प्रधानमन्त्रीलाई बुझाइएको ज्ञापनपत्रमा भनिएको छ।
मुलुक आर्थिक मन्दीबाट आक्रान्त भएको हुँदा समाजमा निराशा, कुण्ठा अराजकता विस्तारित भएको विज्ञप्तिमा उल्लेख छ।
त्यस्तै, चाडपर्वको मौका पारेर कालाबजारीहरूले मनपरी गर्न थालेको उल्लेख गर्दै यी समस्याको समाधान गर्न सरकारको ध्यानाकर्षण गराइएको छ।
‘यसरी मुलुकले दशकौंदेखिको दुश्चक्रलाई तोड्न सकेन। आज हाम्रो बिग्रदो अर्थतन्त्र, राजनीतिक अन्योल र सामाजिक अन्तरराविरोधलाई त्यसै दुश्चक्रको परिणामका रुपमा बुझ्नु पर्छ,’ ज्ञापनपत्रमा भनिएको छ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
मंसिर २३ गते, २०८० - २०:४९
काठमाडौं। नेपाल सुपर लिग एनएसएलमा शनिबार बुटवल लुम्बिनीले काठमाडौं रेजर्सलाई हराएको छ । दशरथ रंगशालामा शनिबारको दोस्रो खेलमा बुटवलले साविक विजेता ...
मंसिर २३ गते, २०८० - २०:३८
बागलुङ। बागलुङमा एकै रात छ घरमा चोरी भएको छ । जिल्लाको बडिगाड गाउँपालिका–५ खौलार बजारमा छ घरमा घरबाट सुनसहित रु पाँच लाख बराबरको चोरी भएको हो । गाउ...
मंसिर २३ गते, २०८० - २०:२१
काठमाडौं। भक्तपुरमा पहिलोपटक साइबेरियन दुर्लभ पंक्षी स्वेतमाथा कलहाँस अर्थात् ग्रेटर ह्वाइट फेन्टेट गुज भेटिएको छ। पंक्षी संरक्षण तथा अन्वेषणकर्ता ...
मंसिर २३ गते, २०८० - १९:४०
काठमाडौं।राष्ट्रियसभा निर्वाचन प्रयोजनका लागि निर्वाचन आयोगले दल दर्ता आह्वान गरेको छ। आउँदो माघ ११ गते बिहीबार सम्पन्न हुने राष्ट्रियसभा सदस्य निर...
मंसिर २३ गते, २०८० - १९:३२
काठमाडौं। प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’को स्वकीय सचिवालयले तथ्य प्रमाणबिना झुट्टा प्रचार नगर्न सम्बन्धित सबैमा आग्रह गरेको छ। केहीदिन अघि...
मंसिर २३ गते, २०८० - १९:०६
काठमाडौं। आम जनता पार्टी (आजपा)का अध्यक्ष प्रभु साहले देश बनाउन भ्रष्टाचारीलाई जनकारबाही गरिनुपर्ने धारणा राखेका छन्। उनले आज देशमा भ्रष्टाचार एक ...
मंसिर २३ गते, २०८० - १८:३८
काठमाडौं। नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले सङ्कल्प यात्राका क्रममा प्राप्त सुझावलाई सम्बोधन गरिने बताएका छन् । पार्टीको ‘झुलाघाट–चिवाभञ्ज्याङ...
मंसिर २३ गते, २०८० - १८:२९
काठमाडौं। लेबनान–इजराइल सीमामा शुक्रबार भएको भिडन्तमा चार हिजबुल्लाह लडाकु र प्यालेस्टिनी इस्लामिक जिहाद पिआइजे अभियानका दुई सदस्य मारिएको लेबनानी सैन...
मंसिर २३ गते, २०८० - १८:१६
काठमाडौं। राप्रपा नेपाल केन्द्रीय कार्य सम्पादन समितिको बैठक आज बसेको छ । बैठकले भोलि देखि काठमाडौँमा सुरु हुने केन्द्रीय समितिको बैठकको एजेन्डा सङ...
मंसिर २३ गते, २०८० - १७:४५
काठमाडौं। पूर्वराष्ट्रपति विद्यादेवी भण्डारी अस्पतालमा रहेका उपप्रधानमन्त्री तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठलाई भेट्न पुगेकी छन् । गत मंगलबार रात...
प्रतिकृया लेख्नुहोस्: