ओखलढुंगा । ओखलढुंगा सामुदायिक अस्पतालको लापरवाहीका कारण डेढ महिने शिशुको मृत्यु भएको भन्दै पीडित पक्षले शिशुको शव बुझ्न मानेका छैनन् । पीडित पक्षले ओखलढुंगा सामुदायिक अस्पतालका निर्देशक रोशन खरेलको राजीनामा लगायतका ४ बुँदे माग राख्दै शव बुझ्न नमानेका हुन ।
सिद्विचरण नगरपालिका ५ बस्ने डोमप्रसाद दाहालकी डेड महिनाकी छोरीको पिसाब रोकिएर शुक्रबार विहान ७ बजे अस्पतालको इमर्जेन्सी कक्षमा पुर्याइएको थियो । बिहान अस्पतालको इमर्जेन्सी कक्षमा पुर्याएको शिशुलाई शुक्रबार दिउँसो मात्रै ओपीडीबाट इमर्जेन्सीमा पठाएर शिशुको उपचार सुरु गरेको थियो । पिसाब रोकिएको लक्षण भएकी शिशुको उपचारमा ढिलाई भएपछि शुक्रबार राति करिब ९ः४५ बजेतिर मृत्यु भएको हो । इमर्जेन्सी कक्षमा समयमै पुर्याइए पनि शिशुले उपचार नपाएर मृत्यु भएको शिशुका बुबा डोमप्रसाद दाहालको भनाई छ ।
शिशुको मृत्यु भएपछि अस्पताल प्रशासन र पीडित पक्ष बिच भएको वार्ता निष्कर्ष बिहिन भएको छ । पीडित पक्षले अस्पताल निर्देशक खरेलले राजीनामा गर्नुपर्ने, इमर्जेन्सी कक्षमा उपचाररत चिकित्सकमाथि छानबिन र कारबाही गर्नुपर्ने, अस्पतालको इमर्जेन्सी कक्षमा सिकिस्त भएर पुग्ने सबै विरामीलाई ईमर्जेन्सी कक्षमै भर्ना लिएर उपचार गर्ने वातावरण सिर्जना गर्नुपर्ने र अस्पतालले घटनाको विषयमा सार्वजनिक रूपमा क्षमायाचना गर्नुपर्ने लगायतका माग राखेका छन् ।
माग पूरा नभएसम्म शव नबुझ्ने पीडित पक्षको भनाई छ । पिडितले डिउटीमा रहेका डाक्टरलाई घटनाको बारेमा स्पष्ट पार्नका लागि बोलाउन आग्रह गरेका थिए । यता अस्पतालका निर्देशक खरेलले आफु असुरक्षित भएको भन्दै डाक्टरलाई बोलाउन अस्बीकार गरेको शिशुका आफन्तले बताएका छन् । घटनाको बारेमा छानबिनका लागि समिति गठन गरेको र भोली आईतवार समितको बैठक बस्ने अस्पताल प्रशासनले जानकारी दिएको छ ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
श्रावण २९ गते, २०८३ - २२:१३
माग पूरा नभए शिक्षक महासंघले भदौदेखि आन्दोलन चर्काउने
श्रावण २९ गते, २०८३ - २२:०५
काठमाडौँ । नेपाली कांग्रेसको वर्तमान नेतृत्वलाई चुनौती दिँदै पूर्वसभापति शेरबहादुर देउवा र कोइराला समूहले काठमाडौँमा राष्ट्रिय भेला आयोजना गरेका छन् ।...
श्रावण २९ गते, २०८३ - २१:३२
वीरगन्ज । प्रहरीले वीरगन्जमा अनुमति बिना औषधिजन्य वस्तु उत्पादन तथा स्टिकर लेबलिङ गरिरहेको आरोपमा एक जना पक्राउ गरेको छ । वीरगन्ज महानगरपालिका–११ श...
श्रावण २९ गते, २०८३ - २१:२६
चितवन । खाना पकाउने एलपी ग्यासको अभाव भएपछि स्थानीय प्रशासनले चितवन र नवलपरासीका चार ग्यास उद्योगमार्फत उपभोक्तालाई एकै ठाउँबाट ग्यास बिक्रीको व्यवस्थ...
श्रावण २९ गते, २०८३ - ०९:५४
विराटनगर । बाहिरबाट हेर्दा रुख तथा झारले जेलिएको पुरानो संरचना। भित्र पस्दा खिया लागेका मेसिन, माकुराको जालो र ओसको गन्ध। कतै फोहोर र जमेको पानी, कतै ...
श्रावण २९ गते, २०८३ - ०९:३६
बाजुरा । अविरल वर्षापछि आएको पहिरोले घर पुरिँदा बाजुराको त्रिवेणी नगरपालिका–९ ताम्सुमा एक जना बेपत्ता भएका छन् भने दुई जना घाइते भएका छन्। स्थानीय ...
श्रावण २९ गते, २०८३ - ०९:३०
बागलुङ । अविरल वर्षासँगै आएको बाढी तथा पहिरोका कारण बागलुङका दुई प्रमुख राष्ट्रिय राजमार्ग अवरुद्ध भएका छन्। कालीगण्डकी करिडोरको बागलुङ खण्ड र मध्य...
श्रावण २९ गते, २०८३ - ०९:२६
काठमाडौँ । नेपाली कांग्रेसको संस्थापन इतर समूहको राष्ट्रिय भेला आजदेखि काठमाडौँमा सुरु हुँदैछ। सुकेधारास्थित मिराकल पार्टी प्यालेसमा हुने भेलामा कांग्...
श्रावण २९ गते, २०८३ - ०९:२१
काठमाडौँ । नेपालमा विद्युतीय सवारी साधनको आयात र प्रयोग तीव्र गतिमा बढिरहेको भए पनि यसको व्यवस्थापनका लागि आवश्यक पूर्वाधार, दक्ष जनशक्ति र स्पष्ट नीत...
श्रावण २९ गते, २०८३ - ०९:१५
बुटवल । स्वच्छ र सुरक्षित मासु उत्पादनका लागि करिब २२ करोड रुपैयाँ खर्चेर निर्माण गरिएको बुटवलको आधुनिक पशु बधशाला अहिले झाडीले ढाकिएको छ। सञ्चालनमा आ...



प्रतिकृया लेख्नुहोस्: