Khabar Dabali ३० श्रावण २०८३ शनिबार | 15th August, 2026 Sat
Investment bank

किन आउँछ श्वासबाट दुर्गन्ध ? नआउन के गर्ने ?

खबरडबली संवाददाता

काठमाडौं । चुम्बन, मुस्कान र स्वस्थ श्वास । तपाईंलाई सबैभन्दा बढी कुन मन पर्छ ? तपाईंको रोजाइमा अवश्य पनि ताजा सास नै होला । यति हुँदाहुँदै पनि अधिकांशमा श्वाससम्बन्धी समस्या पाइन्छ । दुर्गन्धित सासले तपाईंलाई मात्र होइन, तपाईँ वरपर बस्नेलाई पनि असर गरेको हुन्छ ।

श्वास दुर्गन्धित हुने कारण

तपाईंको मुखभित्र ब्याक्टेरिया भएमा पनि श्वास गन्हाउँछ । ससाना ब्याक्टेरिया तपार्इंका दाँत र जिब्रोमुनि लुकेका हुन सक्छन् । यी ब्याक्टेरिया मुखभित्र रहेर अन्य ब्याक्टेरिया उत्पादन गर्नुका साथै निरन्तर दुर्गन्ध छाडेका हुन्छन्, जसका कारण हाम्रो मुख नराम्ररी गन्हाउँछ ।

तपाईंको टन्सिल फराकिलो र वरपर ससाना छिद्र छन् भने पनि सास गन्हाउँछ । बिहान–बेलुका खाएका खानेकुरा र चिल्लो पदार्थ यस्ता टन्सिल वरपरको छिद्रामा जम्मा हुँदा दुर्गन्ध आउँछ ।

तीक्ष्ण खाना जस्तै स् प्याज, लसुन, चाउचाउको धुलो, सुप र माछाका परिकार खाँदा मुख पनि गन्हाउँछ । तसर्थ यी खानेकुरा खाएपछि तत्कालै दाँत सफा गर्नुपर्छ ।

मानिसहरुका केही खराब बानी जस्तै ल् चुरोट पिउदा, सूर्ती चपाउँदा पनि श्वास गन्हाउछ । कतिपय अवस्थामा आन्द्रा वा पेटमा समस्या हँुदा पनि मुख गन्हाउँछ । पेटको अल्सर भएमा यस्तो समस्या आउँछ । त्यस्तै, कार्बोहाइड्रेड न्यून भएका भोजन खाँदा पनि श्वास गन्हाउँछ । यस्ता खानाले केटोन नामक दुर्गन्ध फाल्ने भएकाले श्वास गन्हाउँछ ।

केही उपाय

श्वास गन्हाउने समस्या भएमा दिनमा दुई पटकसम्म दाँत माझ्नुहोस् । विहान उठ्नेबित्तिकै र बेलुकी खाना खाएपछि दाँत ब्रस गर्दा यो समस्याबाट मुक्ति पाउन सकिन्छ । दाँत माझ्दा जिब्रोलाई पनि राम्रोसँग घोट्नुहोस् । ब्रसले घोट्दा जिब्रोमा अल्झिएका व्याक्टेरिया बाहिर आई केही हदसम्म दुर्गन्धबाट मुक्ति पाउनुहुनेछ । विशेष गरी जिब्रोको टुप्पो र टन्सिल रहेको ठाँउमा यस्ता व्याक्टेरिया रहेका हुन्छन् । एक अध्ययनअनुसार जिब्रोलाई ब्रसले घोट्दा मात्रै मुखको दुर्गन्ध ७० प्रतिशतले घट्छ ।

ताजा श्वासका लागि दैनिक फ्ल्स लिनुहोस । नियमित फ्ल्स लिँदा दाँतभित्र अड्किएका र मुखमा टाँसिएका तथा लुकेका खाद्यान्न र कतिपय अवस्थामा व्याक्टेरिया समेत मुखबाहिर फाल्न सहयोग पुग्छ । मुखमा फ्ल्स लिदा मुखसँग सम्बन्धित अन्य रोगबाट पनि बच्न सकिन्छ ।

सकभर नुनिलो टुथपेस्ट प्रयोग गर्नुहोस् । यस्ता टुथपेस्ट दाँतलाई बचाउने मात्र होइन, मुखको दुर्गन्ध पनि हटाउन सहयोगी सिद्ध भएका छन् । विशेष गरी ब्रसमा एक चिम्टी नुन राखेर जिब्रो घोट्दा तपाई यस समस्याबाट छिट्टै मुक्ति पाउनुहुन्छ । पर्याप्त पानी पिउनुहोस् । मुख सुख्खा भयो भने पनि श्वास गन्हाउँछ । बिहान उठ्नेबित्तिकै ताजा र चिसो पानी पिउनुहोस् । समय समयमा थोरै थोरै पानी पिउँदा यो समस्याबाट मुक्त मिल्छ ।

पर्याप्त दही खानुहोस् । दहीले नराम्रो व्याक्टेरिया मारिदिने भएकाले खाना खाइसकेपछि नियमित दही खाँदा पनि श्वासको दुर्गन्धबाट मुक्ति मिल्छ ।

श्वासलाई स्वच्छ बनाउन चुइगम, सुकमेललगायतका चिज पनि चवाउन सकिन्छ । त्यस्तै हर्बल टी र दालचिनीको सेवनले पनि केही हदसम्म मुक्त पाउन सकिन्छ । ताजा स्वच्छ फलफूल स्याउ, केरा, सुन्तला, गाँजर र काँक्रो खानुहोस् । कतिपय अवस्थामा दाँतको कारण मुख गन्हाउने भएकाले कम्तीमा छ महिनाको एकपटक दन्त चिकित्सककहाँ जानुहोस् ।

Khabardabali Desk–MB

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

शिक्षक–सरकार सम्झौता कागजमै सीमित, फेरि आन्दोलनको तयारी

माग पूरा नभए शिक्षक महासंघले भदौदेखि आन्दोलन चर्काउने

देउवा–कोइराला समूहको शक्ति प्रदर्शन, देउवाको सन्देश– ‘कांग्रेस एक हुनुपर्छ’

काठमाडौँ । नेपाली कांग्रेसको वर्तमान नेतृत्वलाई चुनौती दिँदै पूर्वसभापति शेरबहादुर देउवा र कोइराला समूहले काठमाडौँमा राष्ट्रिय भेला आयोजना गरेका छन् ।...

अवैध रूपमा औषधिजन्य वस्तु उत्पादन गर्ने फार्म सञ्चालक पक्राउ

वीरगन्ज । प्रहरीले वीरगन्जमा अनुमति बिना औषधिजन्य वस्तु उत्पादन तथा स्टिकर लेबलिङ गरिरहेको आरोपमा एक जना पक्राउ गरेको छ । वीरगन्ज महानगरपालिका–११ श...

ग्यास अभावपछि चार उद्योगले एकै ठाउँबाट थाले सिलिन्डर बिक्री

चितवन । खाना पकाउने एलपी ग्यासको अभाव भएपछि स्थानीय प्रशासनले चितवन र नवलपरासीका चार ग्यास उद्योगमार्फत उपभोक्तालाई एकै ठाउँबाट ग्यास बिक्रीको व्यवस्थ...

आठ हजारलाई रोजगारी दिएको जुट मिल खण्डहरमा, फेरि ब्युँताउने आशा

विराटनगर । बाहिरबाट हेर्दा रुख तथा झारले जेलिएको पुरानो संरचना। भित्र पस्दा खिया लागेका मेसिन, माकुराको जालो र ओसको गन्ध। कतै फोहोर र जमेको पानी, कतै ...

पहिरोले घर पुरिँदा बाजुरामा एक बेपत्ता, दुई घाइते

बाजुरा । अविरल वर्षापछि आएको पहिरोले घर पुरिँदा बाजुराको त्रिवेणी नगरपालिका–९ ताम्सुमा एक जना बेपत्ता भएका छन् भने दुई जना घाइते भएका छन्। स्थानीय ...

बाढी–पहिरोले बागलुङका दुई प्रमुख राजमार्ग ठप्प, यात्रु बाटोमै अलपत्र

बागलुङ । अविरल वर्षासँगै आएको बाढी तथा पहिरोका कारण बागलुङका दुई प्रमुख राष्ट्रिय राजमार्ग अवरुद्ध भएका छन्। कालीगण्डकी करिडोरको बागलुङ खण्ड र मध्य...

कांग्रेस इतर समूहको राष्ट्रिय भेला आज, देउवा प्रमुख अतिथि

काठमाडौँ । नेपाली कांग्रेसको संस्थापन इतर समूहको राष्ट्रिय भेला आजदेखि काठमाडौँमा सुरु हुँदैछ। सुकेधारास्थित मिराकल पार्टी प्यालेसमा हुने भेलामा कांग्...

पूर्वाधार र स्पष्ट नीतिबिनै बढ्दैछ विद्युतीय सवारीको प्रयोग, अर्बौं लगानी जोखिममा

काठमाडौँ । नेपालमा विद्युतीय सवारी साधनको आयात र प्रयोग तीव्र गतिमा बढिरहेको भए पनि यसको व्यवस्थापनका लागि आवश्यक पूर्वाधार, दक्ष जनशक्ति र स्पष्ट नीत...

२२ करोडको बुटवल बधशाला झाडीमा, करोडौँका उपकरण प्रयोगविहीन

बुटवल । स्वच्छ र सुरक्षित मासु उत्पादनका लागि करिब २२ करोड रुपैयाँ खर्चेर निर्माण गरिएको बुटवलको आधुनिक पशु बधशाला अहिले झाडीले ढाकिएको छ। सञ्चालनमा आ...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending