Ntc summer Offer
Khabar Dabali २० बैशाख २०८१ बिहीबार | 2nd May, 2024 Thu
NIMB

किन आउँछ श्वासबाट दुर्गन्ध ? नआउन के गर्ने ?

खबरडबली संवाददाता

काठमाडौं । चुम्बन, मुस्कान र स्वस्थ श्वास । तपाईंलाई सबैभन्दा बढी कुन मन पर्छ ? तपाईंको रोजाइमा अवश्य पनि ताजा सास नै होला । यति हुँदाहुँदै पनि अधिकांशमा श्वाससम्बन्धी समस्या पाइन्छ । दुर्गन्धित सासले तपाईंलाई मात्र होइन, तपाईँ वरपर बस्नेलाई पनि असर गरेको हुन्छ ।

श्वास दुर्गन्धित हुने कारण

तपाईंको मुखभित्र ब्याक्टेरिया भएमा पनि श्वास गन्हाउँछ । ससाना ब्याक्टेरिया तपार्इंका दाँत र जिब्रोमुनि लुकेका हुन सक्छन् । यी ब्याक्टेरिया मुखभित्र रहेर अन्य ब्याक्टेरिया उत्पादन गर्नुका साथै निरन्तर दुर्गन्ध छाडेका हुन्छन्, जसका कारण हाम्रो मुख नराम्ररी गन्हाउँछ ।

तपाईंको टन्सिल फराकिलो र वरपर ससाना छिद्र छन् भने पनि सास गन्हाउँछ । बिहान–बेलुका खाएका खानेकुरा र चिल्लो पदार्थ यस्ता टन्सिल वरपरको छिद्रामा जम्मा हुँदा दुर्गन्ध आउँछ ।

तीक्ष्ण खाना जस्तै स् प्याज, लसुन, चाउचाउको धुलो, सुप र माछाका परिकार खाँदा मुख पनि गन्हाउँछ । तसर्थ यी खानेकुरा खाएपछि तत्कालै दाँत सफा गर्नुपर्छ ।

मानिसहरुका केही खराब बानी जस्तै ल् चुरोट पिउदा, सूर्ती चपाउँदा पनि श्वास गन्हाउछ । कतिपय अवस्थामा आन्द्रा वा पेटमा समस्या हँुदा पनि मुख गन्हाउँछ । पेटको अल्सर भएमा यस्तो समस्या आउँछ । त्यस्तै, कार्बोहाइड्रेड न्यून भएका भोजन खाँदा पनि श्वास गन्हाउँछ । यस्ता खानाले केटोन नामक दुर्गन्ध फाल्ने भएकाले श्वास गन्हाउँछ ।

केही उपाय

श्वास गन्हाउने समस्या भएमा दिनमा दुई पटकसम्म दाँत माझ्नुहोस् । विहान उठ्नेबित्तिकै र बेलुकी खाना खाएपछि दाँत ब्रस गर्दा यो समस्याबाट मुक्ति पाउन सकिन्छ । दाँत माझ्दा जिब्रोलाई पनि राम्रोसँग घोट्नुहोस् । ब्रसले घोट्दा जिब्रोमा अल्झिएका व्याक्टेरिया बाहिर आई केही हदसम्म दुर्गन्धबाट मुक्ति पाउनुहुनेछ । विशेष गरी जिब्रोको टुप्पो र टन्सिल रहेको ठाँउमा यस्ता व्याक्टेरिया रहेका हुन्छन् । एक अध्ययनअनुसार जिब्रोलाई ब्रसले घोट्दा मात्रै मुखको दुर्गन्ध ७० प्रतिशतले घट्छ ।

ताजा श्वासका लागि दैनिक फ्ल्स लिनुहोस । नियमित फ्ल्स लिँदा दाँतभित्र अड्किएका र मुखमा टाँसिएका तथा लुकेका खाद्यान्न र कतिपय अवस्थामा व्याक्टेरिया समेत मुखबाहिर फाल्न सहयोग पुग्छ । मुखमा फ्ल्स लिदा मुखसँग सम्बन्धित अन्य रोगबाट पनि बच्न सकिन्छ ।

सकभर नुनिलो टुथपेस्ट प्रयोग गर्नुहोस् । यस्ता टुथपेस्ट दाँतलाई बचाउने मात्र होइन, मुखको दुर्गन्ध पनि हटाउन सहयोगी सिद्ध भएका छन् । विशेष गरी ब्रसमा एक चिम्टी नुन राखेर जिब्रो घोट्दा तपाई यस समस्याबाट छिट्टै मुक्ति पाउनुहुन्छ । पर्याप्त पानी पिउनुहोस् । मुख सुख्खा भयो भने पनि श्वास गन्हाउँछ । बिहान उठ्नेबित्तिकै ताजा र चिसो पानी पिउनुहोस् । समय समयमा थोरै थोरै पानी पिउँदा यो समस्याबाट मुक्त मिल्छ ।

पर्याप्त दही खानुहोस् । दहीले नराम्रो व्याक्टेरिया मारिदिने भएकाले खाना खाइसकेपछि नियमित दही खाँदा पनि श्वासको दुर्गन्धबाट मुक्ति मिल्छ ।

श्वासलाई स्वच्छ बनाउन चुइगम, सुकमेललगायतका चिज पनि चवाउन सकिन्छ । त्यस्तै हर्बल टी र दालचिनीको सेवनले पनि केही हदसम्म मुक्त पाउन सकिन्छ । ताजा स्वच्छ फलफूल स्याउ, केरा, सुन्तला, गाँजर र काँक्रो खानुहोस् । कतिपय अवस्थामा दाँतको कारण मुख गन्हाउने भएकाले कम्तीमा छ महिनाको एकपटक दन्त चिकित्सककहाँ जानुहोस् ।

Khabardabali Desk–MB

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

जीबी राईको हत्या भएको दाबी गर्ने डिल्लीराम खनाल पक्राउ

काठमाडौं । सहकारी घोटालामा संलग्न आरोपमा फरार गितेन्द्रबावु (जीबी) राईको ‘हत्या’ भइसकेको दाबी गर्ने डिल्लीराम खनाललाई प्रहरीले पक्राउ गरेको छ । उनलाई ...

ह्वात्तै बढ्यो सुनको मूल्य, कतिमा हुँदै छ कारेबार ?

काठमाडौं । नेपाली बजारमा आज सुनको मूल्य ह्वात्तै बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुन तोलामा २ हजार रुपैयाँले बढेको हो । बुधबार...

सूचना-प्रविधिलाई 'लिडिङ फ्याक्टर' को रूपमा आत्मसात गरौँ- प्रधानमन्त्री प्रचण्ड

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम एवं बजेटमा नवप्रवर्तन कोष स्थापना गरिने बताएका छन् । सा...

पत्रकार यादव मृत्यु शंकास्पद, ज्यान मार्ने धम्की आएको भन्दै प्रहरीमा १५ दिन अघि नै दिएका थिए निवेदन

जनकपुर ।  मोटरसाइकल दुर्घटनामा मृत्यु भएका पत्रकार विनयकुमार यादवको दुर्घटना शंकास्पद देखिएको छ । गत वैशाख ११ गते रेडियो धनुषाधामका सञ्चालक समेत रहेका...

घरको भित्तामा मोटरसाइकल जोत्तिदा दुई युवाको मृत्यु

काठमाडौं । चितवनको रत्ननगर नगरपालिकामा मोटरसाइकल दुर्घटनाहुँदा दुई युवाको मृत्यु भएको छ । तिब्र गतिमा रहेको मोटरसाइकल अनियन्त्रित भई मध्यराति घरमा ...

मैथलीफिल्म ‘लेबर’ घोषणा

काठमाडौं ।  ‘इतिहास, उपलब्धि र आगामी बाटो’ भन्ने नाराकासाथ विश्वभर मानाइदै गरेको एक सय ३५ औँ अन्तर्राष्ट्रिय श्रमिक दिवसको अवसर पारेर निर्देशक  पुर्णे...

धादिङमा भएको आगलागीमा वृद्ध दम्पतीको मृत्यु, गोरखामा ६ घरगोठ जले

काठमाडाैं। धादिङको थाक्रे गाउँपालिका–५ पुरानडाँडास्थित घट्टेखोला भन्ने ठाउँको एक घरमा आगलागी हुँदा वृद्ध दम्पतीको मृत्यु भएको छ ।  गएराति ७० वर्षीय ते...

डा. आयुष्नोभाको पोल्टामा ‘मिस इन्टरकन्टिनेन्टल नेपाल’को ताज

काठमाडौं । डाक्टर आयुष्नोभा ढुंगाना ‘मिस इन्टरकन्टिनेन्टल नेपाल २०२४’ घोषित भएकी छन् । बुधबार साँझ नेपाल प्रज्ञा प्रतिष्ठानमा आयोजित ‘मिस्टर एन्ड मिस ...

सूचना प्रविधि क्षेत्रमा लगानी बढाउन सरकार दृढतापूर्वक लागेको छः मन्त्री शर्मा

काठमाडौं ।  सञ्चार तथा सूचना प्रविधि मन्त्री रेखा शर्माले सूचना प्रविधिको क्षेत्रमा लगानी वृद्धि गर्ने गरी आवश्यक नीति, कानुन र पूर्वाधार विकासका लागि...

मादी नदीमा धमाधम पुल निर्माण हुँदै

तनहुँ । मुग्लिन–पोखरा सडकखण्ड अन्तर्गत तनहुँको व्यास नगरपालिका–४ र ५ जोड्ने मादी नदीमा धमाधम पुल निर्माण भइरहेको छ ।  सवारी साधन सञ्चालन गर्न मिल्न...

अरु धेरै
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending Alphabet Education Consultancy Pioneer Software Technologies