Khabar Dabali १७ माघ २०८२ शुक्रबार | 30th January, 2026 Fri
Investment bank

धेरै तनाव लिँदा शरीरमा हुनसक्छ यी ६ स्वास्थ्य समस्या

खबरडबली संवाददाता

काठमाडौं । तनावका कारण शरीरमा अनेक प्रकारका समस्या हुने गर्छन् । अत्याधिक तनावका कारण लगातार टाउको दुख्ने, अनिद्राको हुने, र पाचनप्रक्रियामा समस्या हुने गर्छ ।

फिजिसियन डा.रोगर हेन्डरसनले तनावका कारण शरीरमा निम्न ६ किसिमका समस्या हुने बताएका छन् ।

आन्द्रामा समस्या

१३ लाख ब्रिटिश र ४५ लाख अमेरिकीहरुमा आन्द्रामा समस्या रहेकाे छ । ७० प्रतिशत डाक्टरले यसलाई साझा पाचन समस्याको रुपमा लिने गरेका छन् । आन्द्रामा समस्या हुँदा कब्जियत र झाडापखालाको समस्या पनि हुनसक्छ । आन्द्रामा समस्या हुँदा पेट सुनिने समस्या हुनसक्छ । ९४ प्रतिशत ब्रिटिश डाक्टरहरु तनावका कारण आन्द्रामा समस्या हुने मान्छन् ।

डा.हेन्डरसनका अनुसार दिमाग र पाचनप्रणाली बीच एकआपसमा सम्बन्धित हुन्छन् ।

अत्याधिक पसिनाको समस्या

तनावमा हुँदाखेरि शरीरमा अत्याधिक पसिना आउने गर्छ । निराशाको अवस्थामा पसिना आउनु स्वभाविक हो । डा. हेन्डरसनका अनुसार मानव शरीरमा ४० लाख पसिना ग्रन्थी हुने गर्छ । धेरैजसो हत्केला, पैताला र कोखामा हुने गर्छ । तनावका कारण पैदा हुने पसिना अलग किसिमको हुने गर्छ ।

तनावमा भएका बेला हाम्रो पसिना ग्रन्थीहरु बढी सक्रिय हुने गर्छ । र, शरीरमा पसिनाको समस्या हुने गर्छ ।

दाँतमा समस्या

अत्याधिक तनाव लिँदा दाँतको समस्या अर्थात बु्रक्सिजम हुने गर्छ । तनावमा हुँदा टाउको दुख्ने गर्छ । टाउको र दाँत एक आपसमा सम्बन्धित हुन्छन् । तनावका कारण अनिद्रा, कान दुख्ने र बङगाराको मांसपेशीमा समस्या हुने आउने गर्छ ।

बंगाराको मांसपेशीमा समस्या हुँदा यसले दाँतमा असर गर्ने गर्छ । फलतः दाँत नमिल्ने र दुख्ने समस्या हुने गर्छ ।

कपाल झर्ने समस्या

अत्याधिक तनावमा हुँदा टाउकोको कपाल समेत झर्ने समस्या हुनसक्छ । अनावश्यक तनाव लिँदा कपाल उम्रने छालाको प्वाल पसिना निस्केर चिसोका कारण बन्द हुने समस्या हुनसक्छ । जसको कारण कपाल झर्ने समस्या हुन्छ । कपाल धुँदाखेरि कपाल झर्ने अधिक रहन्छ ।

निद्रा नलाग्ने समस्या

तनावका कारण कयौं दिन निद्रा नलाग्ने समस्या हुनसक्छ । तनाव लिएर धेरै चिन्तित बन्दा समयमा निदाउन सकिँदैन । समस्याकै बारेमा चाहिनेभन्दा बढी एकोहोरिएर सोचिरहँदा निद्रा नलाग्ने समस्या हुन्छ ।
तनावका कारण शरीरमा रहेको हाइपरोसल हर्मोन कम हुने गर्छ जसले निद्रा नलाग्ने समस्या बढी हुनेगर्छ ।

थकान महशुस हुनु

अत्याधिक तनावबाट शरीरमा चाँडै थकान महशुस हुने गर्छ । प्रायजसो मान्छे रोजगारी र आर्थिक समस्या कारण तनावमा हुने गर्छ । र, आर्थिक समस्या पर्दा शरीरमा काम गर्ने शक्तिको कमी महशुस हुने गर्छ जसले गर्दा शरीरमा बढी थकान महशुस हुनेगर्छ ।

Khabardabali Desk–MB

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

भक्तपुरमा फर्निचर उद्योगमा भीषण आगलागी, ३५ लाखभन्दा बढीको क्षति

भक्तपुर – भक्तपुरमा स्थित एक फर्निचर उद्योगमा आगलागी हुँदा करिब ३५ लाख ८० हजार रुपैयाँ बराबरको सामग्री नष्ट भएको छ। आगलागीले उद्योगसँगै आसपासका पसल र ...

नेविसंघका ८ पूर्वअध्यक्ष कांग्रेसबाट प्रत्यक्षतर्फ प्रतिनिधि सभा उम्मेदवार

काठमाडौँ । नेपाली कांग्रेसको भ्रातृ संगठन ‘नेपाल विद्यार्थी संघ’ (नेविसंघ)का ८ पूर्वअध्यक्ष आगामी फागुन २१ गते हुने प्रतिनिधि सभा निर्वाचनमा प्रत्यक्ष...

परम्परागत दलका पुराना लडाकूले मैदान छाड्दा नयाँ उम्मेदवारले खोटाङमा कब्जा जमाउने

खोटाङ । आगामी फागुन २१ मा खोटाङमा प्रतिनिधिसभा सदस्यको निर्वाचनका लागि विभिन्न दलबाट नयाँ उम्मेदवार चुनावी मैदानमा उत्रिएका छन्। यसपटक उम्मेदवारहरूले ...

कांग्रेस मधेश प्रदेश समितिको बैठक फागुन ७ मा, सभापति थापापनि सहभागी हुने

काठमाडौं । नेपाली कांग्रेस मधेश प्रदेश कार्यसमितिले आगामी फागुन ७ गते जनकपुरमा बैठक बोलाएको छ। मधेश प्रदेश प्रचार विभाग प्रमुख नितिशकुमा गुप्ताले बैठक...

नेपाल प्रहरीको रासन रकम वृद्धि गर्ने सरकारको निर्णय

काठमाडौं । सरकारले नेपाल प्रहरीका लागि रासन स्केल र रासनबापतको दैनिक रकम वृद्धि गर्ने निर्णय गरेको छ। यो निर्णय मन्त्रिपरिषद्को आजको बैठकमा अनुमोदन भए...

बागमतीमा सत्तारुढ दलको निद हराम: ३३ क्षेत्रमा कांग्रेस–एमालेमाथि रास्वपाको कडा दबाब

ललितपुर  । प्रतिनिधिसभा निर्वाचन नजिकिँदै जाँदा बागमती प्रदेशको राजनीति निर्णायक मोडमा पुगेको छ। परम्परागत रूपमा सत्ताको केन्द्र मानिँदै आएको बागमतीमा...

निर्वाचन आयोगको कडा निगरानी: १० दिनमा २१ स्पष्टीकरण, अधिकांश जवाफ बाँकी

काठमाडौँ । निर्वाचन आचारसंहिता, २०८२ लागू भएको १० दिनमै निर्वाचन आयोगले राजनीतिक दल, उम्मेदवार, सरकारी निकाय र सामाजिक संस्थालाई गरी २१ स्पष्टीकरण माग...

निर्वाचन सुरक्षामा कडाइ: कुकुरसहित सेना–प्रहरीको संयुक्त गस्ती

काठमाडौं । आसन्न प्रतिनिधिसभा सदस्य निर्वाचनलाई लक्षित गर्दै जिल्ला प्रहरी परिसर काठमाडौंले कुकुरसहितको संयुक्त गस्ती सुरु गरेको छ। निर्वाचनलाई शान्ति...

ग्रीनल्यान्ड विषयमा अमेरिका–डेनमार्क वार्ता सकारात्मक दिशामा अघि बढ्यो : डेनमार्कका विदेशमन्त्री

ब्रसेल्स ।  डेनमार्कका विदेशमन्त्री लार्स लोके रास्मुसनले ग्रीनल्यान्ड विषयमा संयुक्त राज्य अमेरिकासँग प्राविधिक तहको वार्ता सुरु भएपछि आफू अझ आशावादी...

डेढ लाख घुससहित नगरपालिका इन्जिनियर अख्तियारको फन्दामा

बर्दिया । बारबर्दिया नगरपालिकाअन्तर्गत भवन तथा बस्ती विकास शाखामा कार्यरत एक इन्जिनियर घुस रकम लिँदै गरेको अवस्थामा अख्तियार दुरुपयोग अनुसन्धान आयोगको...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE Salt Trending