Khabar Dabali १२ श्रावण २०८३ मंगलवार | 28th July, 2026 Tue
Investment bank

दशैंः कसैको लागि ‘दशा’ नबनोस्, कसैले सम्पत्ति गुमाउन नपरोस् !

अनुसा थापा
अनुसा थापा

सार्वजनिक सवारी साधनमा पाकेटमारको सङ्ख्या ह्वात्तै बढेको छ । जसका कारण सार्वजनिक यातायातमा यात्रा गर्न डर मर्दो भएको छ । सार्वजनिक यातायातमा कहिले कसको त कहिले कसको सामान चोरी भइरहेको हुन्छन् । कार्यालय समय र बेलुका पाकेटमारहरूको पाकेट मार्ने गर्दछन् । भिडभाड भएको मौका छोपेर उनीहरूले चोरी गर्छन् । त्यस्तै, दसैँको आगमनसँगै चोरीका घटना पनि बढ्न थालेका छन् ।

दसैँ लागेसँगै किनमेल जानेको चहलपहल बढेको छ । बाटोमा हिँडेकै अवस्थामा समेत चोरी भइसकेको हुन्छ । उभिएकै ठाउँमा पनि कतिखेर पाकेट मारिसक्छन्, थाहा नै हुँदैन । बजारमा पनि व्यापक पाकेटमारका घटना घटिरहेका छन् । कसैले तलब थापेर ल्याएका हुन्छन्, त्यो चोरी गरिदिन्छन् ।कोही ऋण धन गरेर घर जानका लागि खर्च तयार पार्छन्, त्यो पनि चोरी भइहाल्छ । 

जहाँ पनि पाकेटमार छन् । सर्वसाधारणलाई दसैँ मान्न घर जान हतारो छ । भनिन्छ नि,‘हतारको काम लतरपतर ।’ उमगंका साथ घर जान आटेका हुन्छन्, चोरले पाकेट मारिँदा तनाव हुन्छ । अहिले मात्र होइन, विगतदेखि नै चाडबाडमा चोरीको घटना बढ्छ । दिनदहाडै चोरी हुन्छ । जताततै भीड हुने भएकाले चोरलाई चोर्न सहज हुने गरेको छ । जसका कारण बाटो हिँड्दा, बसमा यात्रा गर्दासमेत असुरक्षित महसुस हुने गरेको छ । 

कति बेला कहाँ लुटिने हो ? भन्न सकिँदैन । यता, दिउँसै घर फुटाएर चोरेको घटनाहरू पनि बाहिरिन्छन् । सर्वसाधारणले असावधानी नअपनाउने भएकाले पनि चोरी हुने गरेको छ । घर जाने खुसीमा उनीहरू सबै कुरा बिर्सिन्छन् । दसैँ मान्न भनेर झोला बोक्छन् अनि दौडिन्छन् । घरको झ्याल ढोकामा थुनेको छ कि छैन भन्ने पनि थाहा हुँदैन । घर जान लागेको भनेर घरबेटीलाई समेत जानकारी गराउँदैनन् । 

नेपाल प्रहरीले बारम्बार घर जानुअघि घरबेटी, छिमेकी वा प्रहरी कार्यालयमा जानकारी गराउन सुसूचित गराउँदै आएको छ । तर, त्यसरी जानकारी गराएर हिँड्नेको सङ्ख्या न्यून छ । विगतभन्दा अहिले धेरै चोरीका घटना घटिरहेका छन् । चोरीका घटना बढ्नुका धेरै कारण छन् । पहिलो त बढ्दो बेरोजगारी नै हो । रोजगारी छैन । भएकाहरू पनि मुलुकमा आर्थिक मन्दी देखिएसँगै बेरोजगार भएका छन् । 

दसैँ सबैको चाड हो । वर्ष दिनमा आउने चाडमा सबैलाई राम्रै खाऊँ, राम्रै लाऊँ भन्ने हुन्छ । तर, कहाँबाट ल्याउने ? आम्दानीको स्रोत छैन । अनि उनीहरूले चोरी गर्छन् । पछिल्लो केही समययता घरघरमा काम खोज्दै आउनेहरूको सङ्ख्यामा पनि वृद्धि भएको छ । काम त पाइएन, कसैबाट सरसापटी लिऊँ भन्दा पनि पाइँदैन । सहयोगी हातहरू हुने हो भने कसैले चोरी त गर्दैनथे। 

खान नपाएपछि मान्छे चोरीमा संलग्न हुन्छ । आज चोर्छ, भोलि चोर्छ, उसलाई त्यसकै लत लाग्छ । तर, सबैले साथ सहयोग गर्ने हो भने यी घटनामा कमी आउन सक्छ । घरधनी, छरछिमेक, आफन्तको यसमा ठुलो भूमिका छैन । आम्दानी नभएकाले सहयोग गर्नुपर्छ । भोलि उसले जहिले सक्छ, तैले तिर्छ । मान्छेले सबैभन्दा थेग्न नसक्ने भोक हो । भोक लागेपछि हात फैलाइन्छ । 

भोक लाग्दा कसैले खान दियो भने उसले चोर्दैन । भोक सहनै नसक्ने भएपछि अनि उसले चोर्छ । चोरेर खानु कसैको रहर होइन । आम्दानी हुने, व्यापार व्यवसाय हुनेले त चोर्दैनन् । जनसङ्ख्या बढेको बढ्यै छ । जनसङ्ख्या बढ्नु भनेको खाने मुख बढ्नु हो । जनताको सङ्ख्या बढिरहेको छ तर सरकारले रोजगारीको सुनिश्चितता गर्न सकेको छैन । सरसापट पाउनेहरू कामका लागि खाडी छिरिरहेका छन् । 

बलले सक्नेहरू धमाधम विदेशिरहेका छन् । केही समय अघिसम्म मजदुरीको काम पनि  पाइन्थ्यो । इट्टा बोक्ने, बालुवा चाल्ने, रंगरोगन गर्नेहरूले राम्रै आम्दानी गरिरहेका थिए । अहिले त्यो पनि पाइँदैन । मन्दीले गर्दा घर बनाउने छाडिएपछि मजदुरी गर्नेहरू मर्कामा परेका छन् । घरायसी काम गर्नेहरूलाई समेत भटाभट कामबाट निकालिएको छ । होटेल, रेस्टुरेन्ट, बैङ्क तथा वित्तीय संस्था, सङ्घसंस्था र पसलमा काम गर्नेबाट पनि रोजगारी खोसिएको छ । 

सर्वसाधारणको चुल्हो निभ्न लागिसकेको छ । एकातिर काम छैन, अर्कोतिर महँगी बढेको बढ्यै छ । अनि कहाँबाट ल्याएर छाक टार्नु ? काम पाउँदा उनीहरूलाई त्यति समस्या हुँदैन । व्यापार व्यवसाय सुकेपछि व्यापारीहरू पनि मर्कामा परेका छन् । दिनभर बोनी गर्न पनि समस्या परेको व्यापारीहरूको गुनासो छ । व्यापार नहुँदा पेसाबाटै हात धुनुपर्ने अवस्था आएको गुनासो उनीहरूले गरिरहेका छन् । 
यहाँ बस्नै नसक्ने भएपछि धेरै आफ्नो गाउँ ठाउँ फर्किसकेका छन् । कोठा भाडा तिर्न, बिहान बेलुका छाक टार्न र छोराछोरी पढाउनै नसक्ने स्थिति सिर्जना भएपछि उनीहरू गाउँ फर्किएका छन् ।

अधिकांश ठाउँमा टुलेको पोस्टर टाँसेको देखिन्छ । यो सङ्ख्या दसैँपछाडि झनै बढ्ने अनुमान लगाइएको छ । देशको अर्थतन्त्र डामाडोल छ । सबैको व्यापार व्यवसाय  ठप्प बनेको छ । जसले मुलुकमा चोरी, ठगी, डकैतीको आतङ्क ल्याउने निश्चित छ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ लाई कुनै मतलब नै छैन  । रोजगारीको सिर्जना कसरी गर्ने ? जनताको पेट कसरी भर्ने ? डामाडोल बनेको अर्थतन्त्रलाई कसरी सुधार गर्ने ? उनीसँग यसको उत्तर नै छैन । सर्वसाधारणले कर तिर्न छाडेका छन् । बिहान बेलुका खानलाई छैन, केको कर तिर्नु ? सरकारले निकै न्यून राजश्व उठाइरहेको छ । 

प्रधानमन्त्री प्रचण्डलाई बजारको अवस्था के छ ? थाहा छैन । उनले कहिले सडकमा आएर जनताको अवस्था बुझेका छन् ? न उनले सञ्चारकर्मी र उद्योग व्यवसायीले बोलेका कुरालाई मनन गर्छन् । सरकारले भन्दा बढी रोजगारी निजी क्षेत्रले दिएको छ । यहाँ सरकारी जागिर खानेको सङ्ख्या कति नै छ र ? व्यक्तिहरूले आफ्नै लगानीमा व्यवसाय गरेका छन् । राज्यलाई राजश्व तिरेका छन्, रोजगारी पनि दिएका छन् । 
तर, ती व्यवसायी डुबेसँगै धेरै बेरोजगार भए । लगानीकर्ता डुब्नु भनेको उसलाई मात्र घाटा  हुनु होइन । उसको व्यवसाय डुब्ने बित्तिकै उसबाट रोजगारी पाइरहेका बेरोजगार हुन्छन् । राज्यले राजश्व पाउँदैन । उद्योग व्यवसायी महासङ्घका अध्यक्ष चन्द्र ढकालले देशको अर्थतन्त्र ध्वस्त भइसकेको घोषणा गरेका छन् । विडम्बना, सरकार आँखा चिम्लेर र कानमा तेल हालेर बसेको छ । 

रोजगारीको सुनिश्चित गर्नु राज्यको दायित्व हो । जनताले रोजगारी देऊ भनिरहेका छन् ।  सबैले रोजगारी पाउने हो भने कसले चोर्छ ? सरकारी कर्मचारीलाई मात्रै भोक लाग्छ, महँगी पनि उनीहरूलाई मात्र बढ्छ जस्तो गर्छ, सरकार । जनताको विषयमा सोच्न राज्य सञ्चालकहरूसँग समय नै छैन । जनता खान नपाएर भोक भोकै तड्पिएका छन् । सरकारलाई कुनै फरक परेको होइन । 

जनताको विषयमा सरकार नै गम्भीर छैन अनि आपराधिक घटना बढ्नु त स्वाभाविकै हो । यता, गृहमन्त्री नारायणकाजी श्रेष्ठ पनि जनताप्रति जिम्मेवार भएको देखिदैन् । गृहमन्त्री श्रेष्ठले आपराधिक क्रियाकलाप रोक्न कुनै योजना अघि सारेका छैनन् । न मुलुकभरका जिल्ला प्रशासन र प्रहरी कार्यालयलाई सुरक्षा कडाइका लागि परिपत्र गरेका छन् । बैङ्क तथा वित्तीय संस्थाबाट पैसा निकाल्दा उनीहरू चनाखो हुँदैनन् । 

चाडबाडमा चोरहरू बैङ्क तथा वित्तीय संस्थाबाहिर ढुकेर बस्छन् । अहिले पनि गहना लगाएर देखाउने क्रम जारी नै छ । सरकारले घरैपिच्छे सुरक्षा दिन सक्दैन । नागरिक आफैँ सचेत हुनुपर्छ । जबसम्म नागरिक जिम्मेवार हुँदैनन् तबसम्म यस्ता घटना घट्छन् । दसैँ कसैको लागि दशा नबनोस् । दसैँ मनाउने नाममा कसैको सम्पत्ति नगुमोस् । यसमा सरकार र सर्वसाधारण नै सचेत बनुन् ।

 

Khabardabali Desk–MB

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

सरकारसँग ७ बुँदे सहमति, डा. गोविन्द केसीले तोडे अनसन

काठमाडौं । सरकार र डा. गोविन्द केसीबीच सात बुँदे सहमति भएपछि डा. केसीले आफ्नो सत्याग्रह (अनसन) अन्त्य गरेका छन्। सोमबार भएको सहमतिपछि स्वास्थ्य तथा खा...

देवानगञ्ज घटनापछि मुख्यमन्त्री कार्कीको अपिल : अफवाहमा नलाग्न र सामाजिक सद्भाव जोगाउन आग्रह

विराटनगर । कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले सुनसरीको देवानगञ्ज गाउँपालिकामा भएको हिंसात्मक घटनाप्रति दुःख व्यक्त गर्दै नागरिकलाई संयमित...

८० महिनापछि सपना पूरा : आजदेखि सञ्चालनमा आउँदै नागढुङ्गा सुरुङमार्ग

काठमाडौं । नेपालको सडक पूर्वाधार विकासमा नयाँ अध्याय थप्दै बहुप्रतीक्षित नागढुङ्गा सुरुङमार्ग आजदेखि औपचारिक रूपमा सञ्चालनमा आउने भएको छ। निर्माण सुरु...

म्याग्दीमा पहिरोका कारण दुई घर पुरिए, एक जनाको मृत्यु, सडकसमेत अवरुद्ध

म्याग्दी । अविरल वर्षापछि म्याग्दीमा गएको पहिरोले दुई घर पुरिँदा एक जनाको मृत्यु भएको छ भने प्रमुख सडकहरू अवरुद्ध भएका छन्। जिल्ला प्रहरी कार्यालय ...

अविरल वर्षापछि लालबकैया नदीमा बाढीको जोखिम, सतर्क रहन विभागको आग्रह

काठमाडौं । मकवानपुरसहित मध्य पहाडी क्षेत्रमा अविरल वर्षा भइरहेपछि जल तथा मौसम विज्ञान विभागले लालबकैया नदीमा बाढी आउन सक्ने चेतावनी दिएको छ। विभागक...

'अहिल्यै पार्टी एकता होइन, पहिले सहकार्य सफल बनाऔँ' : ओलीको प्रचण्डलाई सन्देश

काठमाडौं । प्रदेश सरकारमा सहकार्य गर्ने तीनबुँदे समझदारीपछि नेकपा (एमाले) र नेकपाबीच भविष्यमा पार्टी एकताको सम्भावनाबारे चर्चा सुरु भएको छ। तर दुवै दल...

'अन्तिम भोज'सँग तुलना गर्दै गोकुलको कटाक्ष : ओली–प्रचण्ड गठबन्धनले देउवालाई मात्रै फाइदा !

काठमाडौं । नेकपा (एमाले) का नेता गोकुल बास्कोटाले एमाले र नेकपाबीच भएको नयाँ सत्ता सहकार्यप्रति असन्तुष्टि जनाउँदै त्यसलाई विजय मल्लको चर्चित नाटक ‘अन...

गोलीकाण्डपछि सुनसरीका पाँच क्षेत्रमा अनिश्चितकालीन कर्फ्यु

सुनसरी । देवानगञ्ज गाउँपालिका–३ कप्तानगञ्जमा भएको झडपका क्रममा प्रहरीको गोली लागेर एक जनाको मृत्यु भएपछि जिल्ला प्रशासन कार्यालय सुनसरीले जिल्लाका पाँ...

सुनसरीमा मध्यरातको हिंसा : प्रहरीको गोली लागेर युवाको मृत्यु, १६ जना घाइते

सुनसरी । सुनसरीको देवानगञ्ज गाउँपालिका–३ कप्तानगञ्जमा दुई समूहबीच भएको झडप नियन्त्रणका क्रममा प्रहरीले चलाएको गोली लागेर एक युवाको मृत्यु भएको छ। घटना...

प्रदेशमा सत्ता सहकार्यका लागि एमाले–नेकपाबीच ३ बुँदे सहमति, पाँच प्रदेशको नेतृत्व बाँडफाँट

काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी (एमाले) र नेपाली कम्युनिस्ट पार्टीबीच प्रदेश सरकार गठन तथा सत्ता सहकार्यका विषयमा तीनबुँदे सहमति भएको छ। शनिबार ...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending