काठमाडाैं । नेपाल नेत्रज्योति संघ हिमालय आँखा अस्पताल पोखराको प्राविधिक सहयोगमा जुम्ला र कालिकोट जिल्लामा सम्पन्न विभिन्न आँखा शिबिर मार्फत २१० जना बिरामीको निःशुल्क शल्यक्रिया गरिएको छ ।
विभिन्न पालिकाहरुकाा ९८६ जना बिरामीहरुको आँखा परिक्षण गर्दा २१० जनामा मोतियाबिन्दुको समस्या देखिएको हो ।
मोतियाबिन्दु देखिएका सबै बिरामीहरुको नेपाल नेत्रज्योति संघ एकिकृत आँखा तथा कान स्वास्थ्य कार्यक्रम कर्णाली, आई केयर फाउन्डेशन र रिड्ली फाउन्डेशनको आर्थिक सहयोगमा निःशुल्क शल्यक्रिया गरिएको हो ।
असोज ११ गतेदेखि १४ गतेसम्म नेपाल नेत्रज्योति संघ जिल्ला शाखा जुम्लाको आयोजनामा जुम्लाको खलङ्गामामा सञ्चालन गरिएको शिविरमा ९० जनाको मोतिविन्दुको निशुल्क शल्यक्रिया गरिएको थियो भने ४ सय ११ जनाको निःशुल्क आँखा परीक्षण गरिएको थियो ।
त्यस्तै असोज १५ गतेदेखि १७ गतेसम्म जुम्लाको हिमा गाँउपालिकामा सञ्चालन गरिएको शिविरमा ४३ जनाको मोतिविन्दुको निशुल्क शल्यक्रिया गरिएको थियो भने ३ सय ५० जनाको निःशुल्क आँखा परीक्षण गरिएको थियो ।
त्यसैगरी असोज २० र २१ गते कालिकोटको पलाँता गाँउपालिकामा सञ्चालन गरिएको शिविरमा ७७ जनाको मोतिविन्दुको निशुल्क शल्यक्रिया गरिएको थियो भने २ सय २५ जनाको निःशुल्क आँखा परीक्षण गरिएको थियो ।
नेपाल नेत्रज्योति संघले पैसाको अभावका कारण कोहि पनि अन्धोपनमा जिवन विताउन नपरोस भन्ने हेतुले पछिल्लो समय हुने संग लिने र नहुँनेलाई सेवा दिने उद्देश्यले स्थानिय सरकार संगको साझेदारिमा उज्यालो अभियान कार्यक्रम सञ्चालन गदै आएको छ ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
मंसिर ३० गते, २०८२ - १०:१८
काठमाडौँ । नेकपा एमालेको ११औँ महाधिवेशनमा केही चर्चित युवा नेताहरू केन्द्रीय सदस्यको सूचीमा स्थान बनाउन लागेका छन्। प्रतिनिधि मनोनयन पश्चात् यी नयाँ अ...
मंसिर ३० गते, २०८२ - १०:१०
मकवानपुर । मकवानपुरको मनहरी–६ सिस्नेरी पाखामा सिकार खेल्न गएका दुईजनामध्ये एक जनाको लडाइँबाट अन्यको मृत्यु भएको छ। राक्सिराङ–८ राजराङका ४५ वर्षीय ग...
मंसिर ३० गते, २०८२ - १०:०६
महासचिवमा प्रदीप ज्ञवालीको अडान, ओली–पोखरेल भिडन्त जारी
मंसिर ३० गते, २०८२ - १०:००
ईश्वर पोखरेल अध्यक्ष, महासचिवमा सुरेन्द्र पाण्डे तय
मंसिर ३० गते, २०८२ - ०९:४५
सिन्धुपाल्चोक । बाह्रबिसे–कोदारी राजमार्गअन्तर्गत पर्ने इको पहिरो दुई महिनाभित्र दीर्घकालीन रूपमा नियन्त्रण गरी बस्ती संरक्षणको काम थाल्ने सहमति भएपछि...
मंसिर ३० गते, २०८२ - ०९:३०
भोजपुर । भोजपुरका किसानका लागि सुन्तला खेती भरपर्दो आम्दानीको आधार बन्दै गएको छ। व्यावसायिक रूपमा सुन्तला उत्पादन गर्दै आएका किसानले बजार विस्तार र रा...
मंसिर ३० गते, २०८२ - ०९:१०
भत्किएका संरचना, स्क्र्याब र फुटपाथ अतिक्रमणले दुर्घटनाको जोखिम बढ्दो
मंसिर ३० गते, २०८२ - ०९:०५
खाेटाङ । राजनीति गर्दैमा अरू कुनै पेसा गर्न नहुने भन्ने मान्यता छैन। बरु राजनीतिलाई मात्रै पेसा बनाउँदा देशमा भ्रष्टाचार बढेको आरोप लाग्दै आएको छ। यही...
मंसिर ३० गते, २०८२ - ०८:४०
काठमाडौँ । सरकारले आगामी फागुन २१ गते प्रतिनिधिसभा निर्वाचन घोषणा गरेसँगै देशभर चुनावी माहोल तातेको छ। नेपाली कांग्रेस, नेकपा (एमाले) र नेकपा लगायत दल...
मंसिर ३० गते, २०८२ - ०८:२५
काभ्रेपलाञ्चोक । इलाका प्रहरी कार्यालय मंगलटारको हिरासतभित्र रहेको शौचालयमा झुण्डिएको अवस्थामा एक युवक मृत फेला परेका छन्। भ्रेपलाञ्चोकको रोशी गाउँपाल...




प्रतिकृया लेख्नुहोस्: