Khabar Dabali ४ बैशाख २०८३ शुक्रबार | 17th April, 2026 Fri

जुम्ला र कालिकोटका २१० जना मोतिबिन्दुका बिरामीको निःशुल्क शल्यक्रिया

खबरडबली संवाददाता

काठमाडाैं । नेपाल नेत्रज्योति संघ हिमालय आँखा अस्पताल पोखराको प्राविधिक सहयोगमा जुम्ला र कालिकोट जिल्लामा सम्पन्न विभिन्न आँखा शिबिर मार्फत २१० जना बिरामीको निःशुल्क शल्यक्रिया गरिएको छ ।

विभिन्न पालिकाहरुकाा ९८६ जना बिरामीहरुको आँखा परिक्षण गर्दा २१० जनामा मोतियाबिन्दुको समस्या देखिएको हो ।

मोतियाबिन्दु देखिएका सबै बिरामीहरुको नेपाल नेत्रज्योति संघ एकिकृत आँखा तथा कान स्वास्थ्य कार्यक्रम कर्णाली, आई केयर फाउन्डेशन र रिड्ली फाउन्डेशनको आर्थिक सहयोगमा निःशुल्क शल्यक्रिया गरिएको हो ।

असोज ११ गतेदेखि १४ गतेसम्म नेपाल नेत्रज्योति संघ जिल्ला शाखा जुम्लाको आयोजनामा जुम्लाको खलङ्गामामा सञ्चालन गरिएको शिविरमा ९० जनाको मोतिविन्दुको निशुल्क शल्यक्रिया गरिएको थियो भने ४ सय ११ जनाको निःशुल्क आँखा परीक्षण गरिएको थियो ।

त्यस्तै असोज १५ गतेदेखि १७ गतेसम्म जुम्लाको हिमा गाँउपालिकामा सञ्चालन गरिएको शिविरमा ४३ जनाको मोतिविन्दुको निशुल्क शल्यक्रिया गरिएको थियो भने ३ सय ५० जनाको निःशुल्क आँखा परीक्षण गरिएको थियो ।

त्यसैगरी असोज २० र २१ गते कालिकोटको पलाँता गाँउपालिकामा सञ्चालन गरिएको शिविरमा ७७ जनाको मोतिविन्दुको निशुल्क शल्यक्रिया गरिएको थियो भने २ सय २५ जनाको निःशुल्क आँखा परीक्षण गरिएको थियो ।

नेपाल नेत्रज्योति संघले पैसाको अभावका कारण  कोहि पनि अन्धोपनमा जिवन विताउन  नपरोस भन्ने हेतुले पछिल्लो समय हुने संग लिने र नहुँनेलाई सेवा दिने उद्देश्यले स्थानिय सरकार संगको साझेदारिमा उज्यालो अभियान कार्यक्रम सञ्चालन गदै आएको छ ।

Khabardabali Desk–MB

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँधबिनै बिजुली: कर्णालीमा ‘हाइड्रोकाइनेटिक’ प्रविधिको ऐतिहासिक परीक्षण

काठमाडौँ । नेपालमा जलविद्युत उत्पादन भन्नासाथ ठूला बाँध, सुरुङ र उचाइबाट पानी खसाल्ने परम्परागत मोडेल सम्झिन्छौँ। तर, अब यो धारणा बदलिने संकेत देखिएको...

जेनजी आन्दोलनमा भागेका कैदीबन्दी पक्राउ

पोखरा । हाडनाता जबरजस्ती करणी मुद्दामा २५ वर्ष कैद सजाय पाएर फरार रहेका एक अभियुक्तलाई कास्की प्रहरीले पोखराबाट पक्राउ गरेको छ । रौतहटको डुमरिया गाउँप...

गैरकानुनी अभ्यास गर्ने अध्यागमनका कर्मचारीलाई कारबाही गरिने

काठमाडौं ।   अध्यागमन विभागले कानुनभन्दा बाहिर गई सर्त तोकेर प्रस्थान अनुमति दिने अध्यागमन प्रशासनको कुनै नीति वा निर्णय नभएकाले प्रचलित कानुन र विभाग...

सरकारी अस्पतालमा दुई दिन ओपीडी बन्द: सेवाग्रही मारमा

काठमाडौं । स्वास्थ्य क्षेत्रमा सक्रिय १४ वटा संयुक्त पेसागत संगठनको दबाबपछि सरकारले सरकारी अस्पताल तथा स्वास्थ्य संस्थामा साताको दुई दिन सार्वजनिक बिद...

मूल्यवृद्धिविरुद्ध अर्धनग्न प्रदर्शन, कोहलपुर चौराहामा एक्लै उभिए अभियन्ता

बाँके । समाजमा व्याप्त अन्याय, विकृति र भ्रष्टाचारविरुद्ध निरन्तर आवाज उठाउँदै आएका सामाजिक अभियन्ता भूमबहादुर भण्डारीले पेट्रोलियम पदार्थ तथा दैनिक उ...

विमानस्थल र प्रादेशिक अस्पताल पहिलो प्राथमिकता : सांसद पोखरेल

काठमाडौं । ओखलढुंगाबाट प्रतिनिधिसभामा निर्वाचित सांसद विश्वराज पोखरेलले खिजिदेम्बा विमानस्थल र मानेभञ्ज्याङ गाउँपालिकास्थित प्रादेशिक अस्पताल निर्माणल...

एआई तस्वीरले निम्त्यायो विवाद : ट्रम्पविरुद्ध क्रिस्चियन समाज आक्रोशित

काठमाडाैं । अमेरिकी पूर्वराष्ट्रपति डाेनाल्ट ट्रम्पले आइतबार आफ्नै सामाजिक सञ्जाल  ट्रूथमामा पोस्ट गरेको एआई–निर्मित एक तस्वीरले तीव्र विवाद निम्त्याए...

मालवस्तु ढुवानीमा स्थानीय तहले कर लगाउन नपाउने निर्णय

काठमाडौं । अब एक स्थानीय तहमा उत्पादन भएको वस्तु अर्को स्थानीय तहको भू–भाग हुँदै ढुवानी गर्दा कुनै पनि प्रकारको कर वा शुल्क लगाउन नपाइने स्पष्ट गरिएको...

प्रतिनिधिसभाअन्तर्गत समितिका सदस्य हेरफेर

काठमाडाैं ।  सभामुख डोलप्रसाद अर्यालले प्रतिनिधिसभाका विषयगत समितिमा रहने सदस्यको नामावली हेरफेर गरेका छन् । सभामुखले सङ्घीय संसद्को संयुक्त बैठक र सं...

दिपक खड्कालाई रिहा गर्न सर्वोच्चको आदेश

काठमाडौं । सर्वोच्च अदालतले पूर्वमन्त्री दिपक खड्कालाई रिहा गर्न आदेश दिएको छ।  बिहीबार सर्वोच्च अदालतका कायममुकायम प्रधानन्यायाधीश सपना प्रधान मल्ल र...

अरु धेरै
Salt
Vianet Nepal Internet
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending