Khabar Dabali ९ चैत्र २०८२ सोमबार | 23rd March, 2026 Mon
Investment bank

चन्दा र श्रमदानबाट कागबेनी लयमा फर्काउँदै मुस्ताङबासी

खबरडबली संवाददाता

मुुस्ताङ । दुुई महिनाअघिको बाढीको पीडा भुुलेर मुुस्ताङको वारागुुङ मुक्तिक्षेत्र गाउँपालिका–४ कागबेनीका बासिन्दा पुुनःनिर्माणमा जुुटेका छन् । गत साउन २८ गते कागखोलामा आएको बाढीले कागबेनीमा भौतिक संरचनामा ठूूलो क्षति पुुर्याएको थियो । 

गाउँपालिका, समुदाय, सुरक्षा निकाय र दाताको श्रम तथा आर्थिक सहयोग जुटाएर बाढी व्यवस्थापन गरी कागबेनीलाई पुरानै लयमा फर्काउन जुटेको कागबेनी बस्ती पुनःस्थापना तथा संरक्षण समितिका संयोजक ढारा गुरुङले बताए । 

“बस्तीमा पसेको बाढीको गेग्रान पन्छाउने काम जारी छ । बाढीले कटान गरेर बस्तीमा पसेको कागखोलालाई पुुरानै धारमा फर्काएर बगाइएको छ । अस्थायी पुल बनाएर आवतजावतको व्यवस्था मिलाइएको छ । खानेपानी र विद्युत् आपूर्ति सहज बनाएका छौँ”, वारागुङ मुक्तिक्षेत्र गाउँपालिकाका पूर्वअध्यक्षसमेत रहेका उनले भने, “बाढी पन्छाएर श्रद्धास्थल पनि बनाएका छौं । यी काम गर्न छिमेकी गाउँका बासिन्दाले आर्थिक सहयोगका साथै श्रमदान गर्नुभएको छ । सुरक्षा निकायले पनि जनशक्ति उपलब्ध गराएका छन् ।

गाउँपालिका, दाता र प्रभावितहरूले रु एक करोडभन्दा बढी चन्दा जुटाएर कागबेनी बजारमा थुप्रिएको गेग्रान उठाएर फाल्ने काम गरिरहेका छन् । छिमेकी गाउँका बासिन्दाका साथै पोखरा, काठमाडौँ र विश्वका विभिन्न देशमा रहेका मुस्ताङवासीले सो सहयोग रकम सङ्कलन गरेर पठाएका हुन् । 

व्यक्तिगत घरभित्र पसेको गेग्रान पन्छाउन घरधनीले मजदुर परिचालन गरेका छन् । चन्दाको रकम परिचालन गरेर चार डोजर, ब्याकुहोलोडर परिचालन गरी खोला र सार्वजनिकस्थलको बाढीको गेग्रान निकालेर टिपरमा राखेर फाल्ने काम भइरहेको उहाँले बताए । 

तिरीगाउँ र कागबेनीमा आवतजावत गर्न तीनवटा अस्थायी पुल बनाएर आवतजावत सहज बनाइएको छ । घर पूर्ण क्षति भएका बाहेकका सर्वसाधारण बाढी पन्छाएर घर र व्यवसायमा फर्किएका छन् । 

बाढीले घर भत्काएपछि करिब एक महिना छिमेकीकोमा आश्रय लिएर बसेकी युनुङ गुरुङले गोठलाई मर्मत गरेर त्यहाँ बस्न थालेको र बाढी पन्छाएपछि घर पुनःनिर्माण गर्ने योजना रहेको बताइन्। 

क्षतिग्रस्त भौतिक संरचनाको मर्मत र बाढी पन्छाएर जनजीवनलाई सामान्य अवस्थामा फर्काउने कामलाई तीव्रता दिएको वारागुङ मुक्तिक्षेत्र गाउँपालिकाका अध्यक्ष रिनजिन गुरुङले बताए । 

“बाढी र कटान नियन्त्रण गर्न तटबन्धको योजनाका लागि प्रदेश र संघीय सरकारसँग पहल गरेका छौँ”, उनले भने,“जोखिमको प्राविधिक अध्ययन गरेर बाढीको दिगो नियन्त्रणको योजना आवश्यक छ ।”

भवनमा बाढी पसेपछि क्षति भएको जनशान्ति माविको भवन स्थानान्तरणको पहल गरिएको सहायक प्रअ मनवीर किसानले बताए। 

कागखोलाको बाढीबाट रु एक अर्बभन्दा बढीको क्षति पुगेको प्रारम्भिक अनुमान गाउँपालिकास्तरीय विपद् व्यवस्थापन समितिले गरेको छ । सडक, मोटरेबल पुल, झोलुङ्गे पुल, गुम्बा, मन्दिर धर्मशाला, सामुदायिक भवन, प्रहरी चौकीको भवन, तटबन्धनमा क्षति गरेको थियो । 

कागखोलाको बाढीबाट रु एक अर्बभन्दा बढीको क्षति पुगेको प्रारम्भिक अनुमान गरिएको छ । नगद सामान र संरचनामा मात्र रु ८१ करोड ८३ लाख बराबरको क्षति भएको छ । सडक, मोटरेबल पुल, झोलुङ्गे पुल, गुम्बा, मन्दिर धर्मशाला, सामुदायिक भवन, प्रहरी चौकीको भवन, तटबन्धनलगायत १४  गरी भौतिक पूर्वाधारतर्फ रु २१ करोड दुई लाख बराबरको क्षति पुगेको थियो । 

व्यक्तिका ५० घरमा रु ५२ करोडभन्दा बढीको क्षति भएको थियो । उक्त बाढीबाट २९ घरमा पूर्ण क्षति पुगेको छ । नौ गोठमा पूर्ण र १५ मा आंशिक क्षति भएको तथा बाढीले बगाउँदा २४  पशु चौपाया पनि मरेका थिए । रासस

Khabardabali Desk–RP

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

व्यावसायिक गाईपालनबाट आयआर्जन गर्दै वडाध्यक्ष तामाङ

भोजपुर । पौवादुङमा गाउँपालिका–१ श्यामशिलाका वडाध्यक्ष राजेन्द्र तामाङ जनताको सेवासँगै व्यावसायिक गाईपालनमा व्यस्त छन् । उनी जनप्रतिनिधिको जिम्मेवारीका...

बजारमा कृतिम अभाव- फागुनमा पछिल्लो ३ महिनाकै उच्च ग्यास आयात

काठमाडौं । फागुन महिनामा विगत तीन महिनायता कै सबैभन्दा धेरै एलपी ग्यास आयात भए पनि उपभोक्ताले बजारमा अभावको सामना गर्नुपरेको छ। बढ्दो माग र आपूर्ति अस...

होर्मुज स्ट्रेट खोल्न इरानलाई ४८ घण्टे अल्टिमेटम दिएका ट्रम्पको बेलायतका प्रधानमन्त्रीलाई फोन

काठमाडौं । डोनाल्ड ट्रम्पले ऊर्जा ढुवानीका लागि अत्यन्तै महत्त्वपूर्ण जलमार्ग स्ट्रेट अफ होर्मुज खोल्न इरानलाई ४८ घण्टाको अल्टिमेटम दिएका छन्। यसैबीच ...

के गर्दै छन् बालेन ?

काठमाडौं । पार्टीका नवनिर्वाचित सांसदहरूका लागि आयोजना गरिएको परिचयात्मक तथा अभिमुखीकरण कार्यक्रममा समेत अनुपस्थित भएपछि व्यापक रूपमा खोजी गरिएका राष्...

राष्ट्रपतिले किन ‘होल्ड’ गरे अर्यालको नाम ?

काठमाडौं । राष्ट्रिय सभा सदस्यमा सिफारिस गृहमन्त्री ओमप्रकाश अर्यालको नाम राष्ट्रपति रामचन्द्र पौडेलले एक सातादेखि ‘होल्ड’ मा राखेका छन् । प्रधानमन्त्...

७ अर्ब करछली मुद्दामा वर्ल्डलिंकलाई उन्मुक्ति दिने महान्यायाधिवक्ता भण्डारीको निर्णय

काठमाडौं । जिम्मेवारीबाट बिदा हुन एक साता पनि बाँकी नरहँदा चुनावी सरकारकी महान्यायाधिवक्ता सविता भण्डारीले सात अर्बभन्दा बढी करछलीसम्बन्धी मुद्दा नचला...

नेपाली मूलका नागरिकका लागि विमानस्थलमा अलग्गै डेस्क राखिने

काठमाडौँ । विश्वमा छरिएर रहेका नेपाली मूलका नागरिक एवं गैर आवासीय नेपालीहरुका लागि अब त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थलको आगमन तथा प्रस्थान कक्षमा एउट...

‘फ्लोरा एक्स्पो’ : एक करोड २२ लाखभन्दा बढीको कारोबार

काठमाडौँ । पुष्प व्यवसाय प्रवर्द्धन गर्ने उद्देश्यसहित आयोजना गरिएको २७औँ फ्लोरा एक्स्पो एक करोड २२ लाख रुपैयाँ बढीको कारोबार गर्दै आइतबार सम्पन्न भएक...

सुदूरपश्चिममा वन व्यवस्थापनको नीतिगत अन्योल : करोडौँको काठ जङ्गलमै कुहिँदै

कैलाली । विसं २०७७ सालमा 'वैज्ञानिक वन व्यवस्थापन' कार्यविधि खारेज भएपछि सुदूरपश्चिमका सयौँ सामुदायिक र साझेदारी वनहरू नीतिगत अन्योलको भुमरीमा...

सूर्यविनायक-धुलिखेल सडक विस्तारः तीन वर्षमा ६७ प्रतिशत भौतिक प्रगति

काभ्रेपलाञ्चोक । अरनिको राजमार्गअन्तर्गत भक्तपुरको सूर्यविनायकदेखि काभ्रेपलान्चोकको धुलिखेलसम्म छ लेनमा सडक विस्तार भइरहेको छ । तीन वर्षअघि सुरु गरिएक...

अरु धेरै
Vianet Nepal Internet
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्: