Khabar Dabali ८ माघ २०८२ बुधबार | 21st January, 2026 Wed
Investment bank

कांग्रेसको कोशी विद्रोह व्यवस्थापन- मीनेन्द्रको महत्व र गगनलाई धक्का

मीनेन्द्रले हातले लेखेको सहमतिको चिर्कटोमा प्रचण्ड, देउवा र शेखरको हस्ताक्षर गराए

खबरडबली संवाददाता

काठमाडौँ । कोशी प्रदेशमा नेपाली कांग्रेसमा भएको विद्रोह २०५१ सालयताको सबैभन्दा ठूलो हो । २०५१ सालमा नेपाली कांग्रेसमा कोइराला परिवारका विरुद्धमा विद्रोह भएको थियो । तर, यसपटक कोइराला परिवारका सदस्य डा. शेखर कोइरालाले सभापति शेरबहादुर देउवाका विरुद्धमा विद्रोह गरेका छन् । 

डा. शेखरको आडमा नेपाली कांग्रेसका नेता केदार कार्कीले नेकपा (एमाले) को समर्थन जुटाएर सरकार गठन गरे । कांग्रेस र एमालेका एक एक जनालाई मन्त्री बनाएर सपथ ग्रहण पनि गरे । योसँगै संघ र अरू प्रदेशमा विपक्षमा रहेको एमाले कोसीमा ‘किङ मेकर’ बन्ने हो कि भन्ने आशंका कांग्रेसवृत्तमा पनि देखिएको छ । वर्तमान गठबन्धन बनेको बेला कोशीको मुख्यमन्त्री कांग्रेसका भागमा परेको थियो । 

कांग्रेसले प्रदेश सभाको संसदीय दलका नेता उद्धव थापालाई मुख्यमन्त्रीको उम्मेदवार बनायो । विडम्बना, थापाले गठन गरेको मन्त्रिपरिषद् दुई पटकसम्म असंवैधानिक ठहरियो । तेस्रो पटक पनि फेरि कांग्रेसको केन्द्रीय नेतृत्वले थापालाई नै मुख्यमन्त्री बनाउने निार्णय गरेपछि कांग्रेसमा यो विद्रोह भएको हो । 

यसपटक सम्भवतः थापा वा अर्को कुनै कांग्रेसलाई नै उम्मेदवार बनाइएको भए केदार कार्कीले मुख्यमन्त्री पदमा यसरी दाबी पनि गर्ने थिएनन् होला । यद्यपि, थापाको सरकार असंवैधानिक ठहर हुने बित्तिकै विकल्प खोजेको भए राजनीतिक नैतिकता पनि देखिने थियो । र, त्यस अवस्थामा स्वाभाविकरूपमा कार्कीको नाम आउन सक्थ्यो ।  

कसरी भयो विद्रोह ? 

कुनै बेला भन्ने गरिन्थ्यो विराटनगरले सोचेको पर्सिपल्ट मात्र त्यो कुरा काठमाडौंले बुझ्छ भनेर । राजनीतिक विद्रोह विराटनगरको पहिचान नै हो । गिरिजाप्रसाद कोइराला बाँच्दासम्म पनि नेपाली राजनीतिको वास्तविक केन्द्र विराटनगरै भएजस्तो लाग्थ्यो । जटिल राजनीतिक निर्णय लिन गिरिजाबाबु विराटनगर जो पुग्थे । अहिले सभापति शेरबहादुर देउवा र नेता कृष्णप्रसाद सिटौलाले विराटनगरको त्यो चेतलाई बुझ्न सकेनन् ।

र, अर्का नेता शेखर कोइराला निकट केदार कार्कीलाई मुख्यमन्त्री बन्न नदिने खेलमा लागे । थापाका पक्षमा समर्थन नजुट्ने देखेपछि देउवा र सिटौला कोइराला निकट कार्कीभन्दा माओवादी नेता इन्द्र आङ्बो मुख्यमन्त्री बनाउन तम्से । कोशी प्रदेश सभामा कसैको पनि बहुमत छैन ।  प्रदेश सभामा नेकपा (एमाले) का सबैभन्दा धेरै ३९ सदस्य छन् भने त्यसपछि नेपाली कांग्रेसको २९ जना । 

नेकपा  (माओवादी केन्द्र) का १३ जना छन् भने अरू दलका पनि केही छन् । राप्रपाले साथ दिए पनि एमालेलाई बहुमत पुग्दैन थियो ।  खासमा विद्रोहको जग त्यही हो । कोशीमा एमालेले एउटै तीरले धेरै शिकार गरेको छ । गठबन्धनभित्र चिसो अविश्वासको बिउ रोपिदियो । कांग्रेसमा दुई चिरा त पहिलेदेखि नै थियो तर गुटबन्दी झन् बलियो बनाइदियो । 

मीनेन्द्रको महत्व र गगनलाई धक्का 

नेपाली कांग्रेसको सभापति शेरबहादुर देउवाले एक्लै केन्द्रीय सदस्यमा मनोनित गरेका नेता हुन् डा. मिनेन्द्र रिजाल । उनी डा. शेखर कोइरालाको समूहबाट महामन्त्री पदको उमेदवार बनेका थिए । तर, पराजीत भए । महामन्त्रीमा दुई युवाहरू गगन र विश्वलाई दाउ लाग्यो । तर, मीनेन्द्रले अहिले त्यो महाधिवेशनमा वाजी मारेका दुई महामन्त्रीलाई नराम्रोसँग धक्का दिएका छन् । कोशी विद्रोहको रणनीतिकार नै डा. मीनेन्द्र हुन् । उनले नै केपी ओलीसँग वार्ता गरेर कोशीमा परिणाम निकालेका हुन् । 

सभापति शेरबहादुर देउवासँग विद्रोह गर्ने भन्ने महामन्त्री गगन थापालाई डा. मीनेन्द्रको रणनीतिले नराम्रो धक्का लागेको छ । डा. मीनेन्द्रको सुझबुझपूर्ण कदमका कारण डा. शेखरले केदार कार्कीलाई मुख्यमन्त्री बनाएर पनि अहिलेको गठबन्धनबाट प्रधानमन्त्री बनेका पुष्पकमल दाहाल प्रचण्डको पनि विश्वास जितेका छन् । 

प्रधानमन्त्री प्रचण्डलाई विश्वासमा लिएर नै मीनेन्द्रको हस्तलिखित चिर्कटोमा प्रचण्ड, देउवा र डा. शेखरको हस्ताक्षर गराए । प्रचण्डलाई गठबन्धन नभत्किने विश्वास दिलाए । मीनेन्द्रले हातले लेखेको सहमतिको चिर्कटोमा अघिल्लो दिन नै हस्ताक्षर भइसकेको थियो ।

तर, त्यो डा. मीनेन्द्र रिजालसँग मात्र थियो । डा. मीनेन्द्रले प्रचण्डलाई विश्वासमा लिएर कोशी प्रदेश प्रमुखकोमा प्रदेशसभा सदस्यलको सनाखत भएपछि मात्र सार्वजानिक भयो । त्यो भन्दा पहिले नै प्रचण्डले केदार कार्की गठबन्धनको उम्मेदवार भएको सार्वजनिक रुपमा भनिसकेका थिए । 

यसले गर्दा अहिलेको गठबन्धनमा र डा. शेखर कोइराला समूहमा डा. मिनेन्द्रको महत्व उचालिएको छ भने यो प्रकरणबाट महामन्त्री गगन थापालाई भने धक्का लागेको छ । कोशी विद्रोहपछि डा. शेखरलाई एक्ल्याउने रणनीतिमा लागेका गगन थापालाई डा. शेखर कोइरालाले सभापति देउवा र प्रधानमन्त्री प्रचण्डसँग गरेको सहमतिले धक्का लागेको छ । थापाको रणनीतिलाई अहिले कांग्रेसभित्र केटौले रणनीतिका रुपमा व्याख्या गर्न थालिएको छ । 

अब के हुन्छ ?

कोशीको विद्रोहले प्रदेशका सरकार र केन्द्रको सरकार के हुन्छ ? नयाँ गठबन्धन बन्छ कि के हुन्छ ? संसदको आयु नै के हुन्छ ? भन्ने अवस्थामा पुगेको थियो । तर, तत्कालका लागि कोशीमा बाहेक अन्यत्रका सरकारहरू परिवर्तन नगर्ने भित्री सहमति डा. शेखर कोइरालाले गरिसकेका छन् । डा. शेखरलाई पार्टीभित्र सम्मानजनक स्थान दिने विषयमा समेत प्रचण्ड, देउवा र डा. शेखरबीच भएको सहमतिमा देउवाले प्रतिवद्धता जनाइसकेका छन् ।

जुन विषयमा साक्षीका रुपमा प्रचण्ड र डा. मीनेन्द्र रहेका छन् । मन्त्रिमण्डल गठन हुँदा डा. शेखरलाई एउटा मन्त्रालय थप गरिदिने र एउटा विकासे मन्त्रालय दिने भित्री सहमति भएको छ । त्यस्तै, कोशीको सरकारमा सुरुमा सहयोग गरे अनुसार एमालेलाई सरकारमा सहभागी गराउने, पछि मुख्यमन्त्रीले कोशी प्रदेश सरकारलाई सहमतिको सरकार बनाउन प्रस्ताव गर्ने र एमालेले सहमतिको सरकार बनाउन नमानेको अवस्थामा एमालेलाई सरकार बाहिर पु¥याउने सहमति भएको छ । 

यो सहमतिको खाका डा. मिनेन्द्र रिजालसँग रहेको डा. शेखर निकट एक नेताले जानकारी दिए । कांग्रेसको भित्रको यो विद्रोहको सेटलमेन्ट सवै प्रधानमन्त्री प्रचण्डका कारण भएकाले पनि अब केन्द्रमा प्रचण्डको सरकार र प्रदेशमा कुनै सरकारलाई यो विद्रोहले कुनै असर नगर्ने बताइएको छ । समयबद्धबाट

Khabardabali Desk–RP

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

म कांग्रेसको देशभरको पार्टी सभापति हुँ, आफैलाई परीक्षण गर्न सर्लाही ४ रोजेँ : गगन थापा

काठमाडौं । नेपाली कांग्रेसका सभापति गगन थापाले यसपटक आफ्नो निर्वाचन क्षेत्र परिवर्तन गर्दै काठमाडौं–४ छाडेर सर्लाही–४ बाट उम्मेदवारी दिएका छन्। लामो स...

बालकोटको मार्केटिङ फर्मलाई ५० हजार जरिवाना

काठमाडौँ । सूर्यविनायक-२ बालकोटस्थित खिलुङ्गा कालिका मार्केटिङ प्रालि कारबाहीमा परेको छ। वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले गरेको नियमित बज...

धुनियाको व्यापार धरापमा, माघमा पनि माग घट्यो

विराटनगर । माघ महिना लागिसक्दा पनि सिरक र डस्ना बनाउने ‘अर्डर’ शून्यजस्तै भएपछि विराटनगरका धुनिया चिन्तित छन् । जाडो सुरु भएसँगै व्यस्त हुने धुनियाहरू...

उम्मेदवारी दर्तापछि अब पार्टीहरूको ध्यान घोषणापत्रमा, तयारी कस्तो छ ?

काठमाडौं । प्रत्यक्ष चुनावमा लड्न चाहने उम्मेदवारहरूले मङ्गलवार दिनभरि मनोनयनपत्र दाखिला गरेपछि निर्वाचन अब बाँकी डेढ महिनाको अन्तिम चरणमा प्रवेश गरेक...

कुलमान नेतृत्वको उज्यालो नेपाल पार्टीले कहाँ-कहाँ दियो उम्मेदवारी ?

काठमाडौं । उज्यालो नेपाल पार्टीको देशभरका ९० भन्दा धेरै निर्वाचन क्षेत्रमा आफ्नो उम्मेदवारी दिएको छ। ठमाडौंका सबै क्षेत्रमा उम्मेदवार उठाएको पार्टीले ...

काठमाडौं महानगरले भन्यो- नदी दायाँबायाँ भवन निर्माण गर्न लगाएको प्रतिबन्ध हटाइएको छ

काठमाडौं । काठमाडौंं महानगरपालिकाले महानगर क्षेत्रभित्र नदीको दायाँबायाँ भवन निर्माण गर्न लगाइएको प्रतिबन्ध हटाएको छ।  महानगरपालिकाले आज सूचना जारी...

अमेरिकी डलर, अस्ट्रेलियन डलर, युरो, पाउन्ड र दिनारको भाउ थप बढ्यो

काठमाडौं । नेपाल राष्ट्र बैंकले आज (बुधबार) का लागि विदेशी मुद्राहरूको विनिमयदर निर्धारण गरेको छ। आज अमेरिकी डलर, अस्ट्रेलियन डलर, युरो, पाउन्ड, कुवेत...

देउवाको ३४ वर्षे संसदीय यात्रामा विराम

काठमाडौं । आगामी प्रतिनिधिसभा निर्वाचनमा उम्मेदवार नबन्ने भएपछि कांग्रेसका पूर्वसभापति तथा पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाको ३४ वर्षे संसदीय यात्रा...

प्रतिनिधिसभा निर्वाचन- सबैभन्दा बढी रुपन्देही र कम मुस्ताङमा उम्मेदवारी दर्ता

काठमाडौँ । आगामी फागुन २१ मा हुने प्रतिनिधिसभाको निर्वाचनका लागि आज देशभर उम्मेदवारी दर्ता भएको छ । राजनीतिक दल तथा उम्मेदवारले आज निर्धारित समय तालिक...

देशमा पश्चिमी वायुको आंशिक प्रभाव कायम, तराईमा हुस्सु लाग्ने

काठमाडौँ । हाल देशमा पश्चिमी वायुको आंशिक प्रभाव कायम  छ । मौसम पूर्वानुमान महाशाखाका अनुसार आज दिउँसो तराई भू–भागका केही स्थानमा हुस्सु लाग्ने सम्भाव...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE Salt Trending