बागलुङ । फल लागेको कागतीका बोट मर्न थालेपछि बागलुङका किसान चिन्तित भएका छन्।
ढुसीको प्रकोप देखिएपछि पछिल्लो दुई महिनायता कागतीका बोट मर्न थालेका हुन्।
सयौं किसानका हजारौं बोट कागती मर्दा लाखौंको क्षति भएको छ। किसानले लगाएको कागतीमा ढुसी र गवारो रोग लाग्दा बोट मर्न थालेको कृषि ज्ञान केन्द्र बागलुङका सूचना अधिकारी कुमार पुन मगरले बताए।
गवारो रोगले कागतीका बोटको टुप्पो सुक्दै जाने र बोटनै मर्ने गरेको पुन मगरको भनाइ छ।
किसानले तत्काल सुक्न थालेका हाँगालाई समयमै काटेर फाले बोट मर्नबाट जोगिने उनले बताए।
प्राय: कागतीमा लाग्ने यो रोग समय–समयमा देखा पर्ने हुँदा किसानले प्राविधिक परामर्श लिएर यसको रोकथाम गर्न सकिने उनको सुझाव छ।
‘ढुसी र काण्डको गवारो रोग लाग्दा कागतीका हाँगा मर्ने गर्दछ, यसको रोकथामका लागि किसानहरु पनि सजक हुनुपर्छ । सुक्न थालेका हाँगा बेलामै काट्नुपर्ने हुन्छ । यो समस्या अहिले जिल्लाको निसीखोला र यसको आसपासका ठाउँमा देखिएको छ,’ उनले भने।
निसीखोला गाउँपालिकाका नरबहादुर बुढा मगरले बगैँचामा लगाएको ६० बोटमध्ये ३४ बोट मर्न थालेको बताए।
टिप्ने बेलाको कागतीका दाना खस्नुका साथै बोटनै मरेको बुढा मगरले बताए।
अघिल्लो वर्ष लगाएका विरुवा समेत मर्न थालेको उनको भनाइ छ।
दुई वर्षदेखि व्यावसायिक रुपमा कागती खेती सुरु गरेको बताउने उनले आफ्नो करिब तीन लाखको क्षति हुने बताए।
‘बारीमा छरसात वर्ष पहिले लगाएका कागतीका रुख थिए। सुरुमा ती रुखका हाँगा मर्न थाले र पछि साना बोटमा पनि यो समस्या देखियो,’ उनले भने, ‘यसरी बोटनै मर्दै गए भने त मेरो लाखौँको लगानी डुब्छ, कसरी सुरक्षा दिने होलारु’
स्थानीय पूर्णबहादुर क्षेत्रीले ९० बोटमध्ये ७० भन्दा बढी बोटमा रोग देखिएको बताए।
आफूले सुक्न थालेका सबै बोटका हाँगा काट्न सुरु गरेको उनी बताउँछन्। अघिल्लो वर्ष भने कुनै समस्या नदिएको उनको भनाइ छ।
बागलुङ जिल्लामा हाल ४५ हेक्टर क्षेत्रफलमा कागती खेती छ। पछिल्लो समय कागती खेतीतर्फ किसानको आकर्षण बढ्दै गएको कृषि ज्ञान केन्द्रले जनाएको छ।
ज्ञान केन्द्रका अनुसार हाल जिल्लामा २२ हेक्टर जमिनबाट कागती उत्पादन भइरहेको छ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
पौष ६ गते, २०८२ - १२:३८
काठमाडौँ । प्रधानमन्त्री सुशीला कार्कीले आफ्नो परम्परा र संस्कृति बिर्सन नहुने बताएकी छन्। संस्कृतिभित्र रहेका केही हानिकारक प्रथाहरू क्रमश: हटाउँदै ज...
पौष ६ गते, २०८२ - १२:१६
ताप्लेजुङ। बारुद भरेका बेला भरुवा बन्दुक पड्किँदा यहाँ एक युवकको मृत्यु भएको छ । जिल्ला प्रहरी कार्यालयका प्रमुख वेदप्रसाद गौतमका अनुसार मैवाखोला ...
पौष ६ गते, २०८२ - १२:०७
काठमाडौँ। शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री महावीर पुनले योग र ध्यानलाई समाजमा फैलाउन सके भ्रष्टाचार हट्नसक्ने बताएको छन् । विश्व ध्यान दिवसको अवसरमा...
पौष ६ गते, २०८२ - ११:४९
पश्चिम नवलपरासी। पश्चिम नवलपरासीको स्थलगत भ्रमणमा रहनुभएका ऊर्जा, सिँचाइ तथा सहरी विकास मन्त्री कुलमान घिसिङलाई आइतबार सुस्तावासीको समस्याबारे जानकारी...
पौष ६ गते, २०८२ - ११:२३
काठमाडौँ। संयुक्त राष्ट्रसंघको घोषणाअनुसार आइतबार विभिन्न कार्यक्रमको आयोजना गरी ‘विश्व ध्यान दिवस’ मनाइएको छ । यस अवसरमा आज बिहान शिक्षा, विज्ञान ...
पौष ६ गते, २०८२ - ११:११
काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी ९रास्वपा० केन्द्रीय समिति बैठक बोलाउने विषयमा आन्तरिक छलफलमा जुटेको छ। सहकारी ठगी मुद्दामा पुर्पक्षका लागि जेलमा...
पौष ६ गते, २०८२ - १०:५६
काठमाडौं । राजनीतिक दलहरूले प्रतिनिधि सभा निर्वाचनअन्तर्गत समानुपातिक प्रणालीतर्फका उम्मेदवारको बन्दसूची बुझाउने समय नजिकिँदै गर्दा समावेशी प्रतिनिधित...
पौष ६ गते, २०८२ - १०:४७
मुस्ताङ। मुस्ताङका पाँचवटै स्थानीय तहमा दुर्लभ हिउँ चितुवाको सङ्ख्या गणना गर्न ९५ वटा क्यामेरा जडान गरिएको छ । जिल्लाभर हिउँ चितुवाको एकिन तथ्याङ्क नभ...
पौष ६ गते, २०८२ - १०:४०
सप्तरी। सप्तरीको कञ्चनरुप नगरपालिका वडा नम्बर ११ गोरपारमा आगलागी र त्यसपछि उत्पन्न विवादका क्रममा खुकुरी तथा चुलेसी प्रहार हुँदा दुई जना घाइते भएका छन...
पौष ६ गते, २०८२ - १०:३४
विराटनगर। विराटनगरस्थित नोबेल मेडिकल कलेज शिक्षण अस्पतालको भवनबाट खसेर एक जना प्रशिक्षार्थी (इन्टर्न) चिकित्सकको मृत्यु भएको छ । आइतबार बिहान अस्पतालक...




प्रतिकृया लेख्नुहोस्: