Khabar Dabali १० चैत्र २०८२ मंगलवार | 24th March, 2026 Tue
Investment bank

महिलालाई अवसर दिन पुरुषवादी भावना बाधक छ : सांसद गौतम

खबरडबली संवाददाता

काठमाडौँ । नेपाली कांग्रेसकी नेत्री एवं सांसद प्रतिमा गौतम सरकारको नीति तथा कार्यक्रम र बजेटमाथि लामो छलफल हुने तर दिइएका सुझाव सम्बोधन नहुने तथा परिणाम नदिने पुरानो ढर्रालाई परिमार्जन गर्नुपर्ने धारणा राख्छिन् । देश, जिल्ला, निर्वाचन क्षेत्र र जनताका प्राथमिकता एवं आवश्यकताका विषयमा जनप्रतिनिधिले दिने सुझाव नसमेटिने बहसको औचित्य नहुने उल्लेख गर्दै उनी समय धेरै खर्चनुपर्ने तर परिणामशून्य हुने पाटामा सुधारको खाँचो औँल्याउछिन्।

‘सांसदसँग रासस संवाद’ मा नेत्री गौतम भन्छिन्, “संसद्मा यो मेरो पहिलो प्रवेश हो । आफ्ना कुरा राख्ने विषयमा सबैको प्रस्तुति प्रभावकारी देखिन्छ । यसपटक विधेयक निर्माणको काम भने धेरै हुन सकेन । कतिपय विधेयक “रेडिमेड आए, संशोधनमार्फत जानुपर्ने देखियो ।”

नेपाल विद्यार्थी सङ्घबाट राजनीतिक यात्रा थाल्नुभएकी सांसद गौतमसँग यसअघि पद्मकन्या क्याम्पस स्वतन्त्र विद्यार्थी युनियनको सभापति र सङ्घको महामन्त्री भई काम गरेको अनुभव छ । विभिन्न सामाजिक कार्यमा समेत संलग्न गौतम हाल नेपाली कांग्रेस केन्द्रीय सदस्य समेत छन् । जतिसुकै प्रदेश र स्थानीय तह भए पनि विकास निर्माणका विषयमा मतदाताको सङ्घीय सांसदसँग नै बढी अपेक्षा रहेको उल्लेख गर्दै उहाँले सांसदको कानुन निर्माणमा केन्द्रित हुने मुख्य जिम्मेवारीबारे आफूहरूले मतदातालाई बुझाउन नसकेको तथ्य स्वीकारिन् ।

सांसद गौतमले भनिन्, “लामो समयसम्म स्थानीय तह जनप्रतिनिधिविहीन रहनुपरेका बेला विकास निर्माणसहित सम्पूर्ण जिम्मेवारी सांसदले लिएको अनुभव हामीसँग छ, त्यसैले भोट माग्न जाँदा मतदाताले उठाएका समस्या सम्बोधन गर्नुपर्ने बाध्यता हामीलाई छ, यो व्यवहारिक पनि हो ।”

मुख्य जिम्मेवारीमा रहेका सदन र संसदीय समितिका महत्त्वपूर्ण बैठक र छलफलसमेत छाडेर जनताले उठाएका विकास निर्माणका काममा दौडनुपरेका अनुभव सुनाउँदै सांसद गौतमले बजेट बनाउँदा जनप्रतिनिधिका सुझाव र सल्लाह नलिँदा त्यो स्थिति आएको प्रतिक्रिया दिइन्। जनताको काम हुन सकेन भने चुनावमा जनसहभागिता कमजोर हुने पक्षलाई कसैले नजरअन्दाज गर्न नहुने उल्लेख गर्दै सांसद गौतमले मतदाताले उठाएका व्यावहारिक विषय सम्बोधन  गरिएन भने आगामी निर्वाचनमा प्रस्तुत हुन गाह्रो हुने स्पष्ट गरिन् । उनले भनिन्, “सङ्घीय सांसदले कानुन बनाउने र नीतिगतरूपमै काम गर्ने हो भन्नेबारे सबै राजनीतिक दलले मतदातालाई बुझाउन आवश्यक छ ।”

एक फरक प्रसङ्गमा नेत्री गौतमले राष्ट्र र जनतालाई भन्दा मिडियालाई लक्ष्य गरी आमसभामा बोलेझैँ सदनमा हुने प्रस्तुतिले संसद् र जनप्रतिनिधिको ओज कमजोर तुल्याएको प्रतिक्रिया दिइन् । कतिपय पूर्वप्रधानमन्त्रीले घन्टौँ ‘रसविहीन’ भाषण दिनाले दिक्दारी तुल्याउने गरेको प्रसङ्ग उदाहरण दिँदै सांसद गौतमले भनिन् “कतिपय युवा पुस्ताका नवप्रवेशीले समेत मै मात्रै हुँ भन्ने घमण्डसहितको प्रस्तुति दिनाले पनि सांसद र सदनको गरिमा घटाएको छ ।”

संविधानले राज्यका हरेक क्षेत्रमा महिलाको प्रतिनिधित्व सुनिश्चित गरेको उल्लेख गर्दै सांसद गौतमले अवसर प्रदान गर्ने सवालमा अझै पनि राजनीतिक नेतृत्वमा पुरानो मानसिकता र  पुरुषवादी भावनाले काम गरेको देखिने अनुभूति सुनाइन् । भ्रष्टाचारविरुद्धका आवाज बुलन्द गरेसँगै झनै चुलिँदै जाने विषय स्यालको कथाजस्तै सत्य र तथ्य भएको बताउँदै उनले क्यान्सरका रूपमा भ्रष्टाचार बढ्नु छिटो धेरै पैसा कमाउन समाजका सबै क्षेत्र एवं तह र तप्कामा रहेको भावनाको परिणाम भएको प्रतिक्रिया दिइन् ।

कानुन बनाएर मात्र नभई मनभित्रैबाटै ‘म भ्रष्टाचार गर्दिनँ’ भन्ने प्रतिबद्धता आवश्यक रहने धारणा उनले राखिन् । सांसद गौतमले सुन प्रकरणलगायत घटना उजागर भएसँगै अब केही हुन्छ भन्ने लागेको तर अनुसन्धान गर्ने निकायको गहिरो अनुसन्धान र प्रतिबद्धता नभएसम्म भ्रष्टाचार निर्मूलीकरणको विषय चुनौतीकै रूपमा रहने विचार प्रकट गरिन् ।

समाजमा सकारात्मक चेत हराउँदै गएको र पछिल्लो समय सामाजिक सञ्जाल तथा  मिडियाले पनि नकारात्मक पक्षलाई नै प्राथमिकतामा राखेकाले विकृति बढिरहेको विचार उनले राखिन् । सांसद गौतमले भनिन्, “सामाजिक सञ्जालबाट प्रस्तुत भइरहेका कतिपय विषय सत्यतथ्यमा आधारित नभई मिथ्या र भ्रमपूर्ण छन्, समाजलाई गलत र नकारात्मक बाटामा हिँडाउन एउटा तत्व सक्रिय देखिन्छ, यसलाई रोक्नका लागि सकारात्मक सन्देश प्रवाह गर्न आवश्यक छ ।”

सामाजिक सद्भाव र शान्ति सुरक्षामा खलल तुल्याउने भ्रमपूर्ण समाचारलाई रोकेर सही समाचार सम्प्रेषण गर्नेतर्फ सबैको जोड आवश्यक रहेको सांसद गौतमले बताइन् ।

एक अर्को प्रसङ्गमा सांसद गौतमले लामो सङ्क्रमणकालको असर तथा बेरोजगारी, गुणस्तरहीन शिक्षा तथा पारिवारिक सम्बन्ध र सम्पर्कले पनि विद्यार्थी र युवालाई विदेश पलायन हुन बल पुर्याएको विचार प्रकट गरिन् । उनले भनिन्, “हामी  कर्मयोगी पनि हुनुपर्छ, गाउँ खाली छ, कुटोकोदालो नगर्ने भइयो, गाउँका नागरिक सहर, सहरका विदेश जाने प्रवृत्ति बढेको छ, गाउँमै जीवन भर्ने कर्मयोगीको खडेरी छ ।”

मुलुकका जल्दाबल्दा राष्ट्रिय विषयमा सत्तापक्षलगायत सबैको साझा धारणा र प्रतिबद्धताको खाँचो औँल्याउँदै नेत्री गौतमले भनिन्, “सरकारले तपाईँहरू स्वदेशमै बस्नुपर्छ, उद्योग खोल्छौँ, रोजगारी दिन्छौँ, माग पूरा गर्र्न कोसिस गर्छौँ, सरकार स्थिर हुन्छ भनी विश्वास दिलाउने काम तत्काल सुरु गर्नुपर्छ ।”

Khabardabali Desk–RP

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

व्यावसायिक गाईपालनबाट आयआर्जन गर्दै वडाध्यक्ष तामाङ

भोजपुर । पौवादुङमा गाउँपालिका–१ श्यामशिलाका वडाध्यक्ष राजेन्द्र तामाङ जनताको सेवासँगै व्यावसायिक गाईपालनमा व्यस्त छन् । उनी जनप्रतिनिधिको जिम्मेवारीका...

बजारमा कृतिम अभाव- फागुनमा पछिल्लो ३ महिनाकै उच्च ग्यास आयात

काठमाडौं । फागुन महिनामा विगत तीन महिनायता कै सबैभन्दा धेरै एलपी ग्यास आयात भए पनि उपभोक्ताले बजारमा अभावको सामना गर्नुपरेको छ। बढ्दो माग र आपूर्ति अस...

होर्मुज स्ट्रेट खोल्न इरानलाई ४८ घण्टे अल्टिमेटम दिएका ट्रम्पको बेलायतका प्रधानमन्त्रीलाई फोन

काठमाडौं । डोनाल्ड ट्रम्पले ऊर्जा ढुवानीका लागि अत्यन्तै महत्त्वपूर्ण जलमार्ग स्ट्रेट अफ होर्मुज खोल्न इरानलाई ४८ घण्टाको अल्टिमेटम दिएका छन्। यसैबीच ...

के गर्दै छन् बालेन ?

काठमाडौं । पार्टीका नवनिर्वाचित सांसदहरूका लागि आयोजना गरिएको परिचयात्मक तथा अभिमुखीकरण कार्यक्रममा समेत अनुपस्थित भएपछि व्यापक रूपमा खोजी गरिएका राष्...

राष्ट्रपतिले किन ‘होल्ड’ गरे अर्यालको नाम ?

काठमाडौं । राष्ट्रिय सभा सदस्यमा सिफारिस गृहमन्त्री ओमप्रकाश अर्यालको नाम राष्ट्रपति रामचन्द्र पौडेलले एक सातादेखि ‘होल्ड’ मा राखेका छन् । प्रधानमन्त्...

७ अर्ब करछली मुद्दामा वर्ल्डलिंकलाई उन्मुक्ति दिने महान्यायाधिवक्ता भण्डारीको निर्णय

काठमाडौं । जिम्मेवारीबाट बिदा हुन एक साता पनि बाँकी नरहँदा चुनावी सरकारकी महान्यायाधिवक्ता सविता भण्डारीले सात अर्बभन्दा बढी करछलीसम्बन्धी मुद्दा नचला...

नेपाली मूलका नागरिकका लागि विमानस्थलमा अलग्गै डेस्क राखिने

काठमाडौँ । विश्वमा छरिएर रहेका नेपाली मूलका नागरिक एवं गैर आवासीय नेपालीहरुका लागि अब त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थलको आगमन तथा प्रस्थान कक्षमा एउट...

‘फ्लोरा एक्स्पो’ : एक करोड २२ लाखभन्दा बढीको कारोबार

काठमाडौँ । पुष्प व्यवसाय प्रवर्द्धन गर्ने उद्देश्यसहित आयोजना गरिएको २७औँ फ्लोरा एक्स्पो एक करोड २२ लाख रुपैयाँ बढीको कारोबार गर्दै आइतबार सम्पन्न भएक...

सुदूरपश्चिममा वन व्यवस्थापनको नीतिगत अन्योल : करोडौँको काठ जङ्गलमै कुहिँदै

कैलाली । विसं २०७७ सालमा 'वैज्ञानिक वन व्यवस्थापन' कार्यविधि खारेज भएपछि सुदूरपश्चिमका सयौँ सामुदायिक र साझेदारी वनहरू नीतिगत अन्योलको भुमरीमा...

सूर्यविनायक-धुलिखेल सडक विस्तारः तीन वर्षमा ६७ प्रतिशत भौतिक प्रगति

काभ्रेपलाञ्चोक । अरनिको राजमार्गअन्तर्गत भक्तपुरको सूर्यविनायकदेखि काभ्रेपलान्चोकको धुलिखेलसम्म छ लेनमा सडक विस्तार भइरहेको छ । तीन वर्षअघि सुरु गरिएक...

अरु धेरै
Vianet Nepal Internet
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्: