Khabar Dabali ८ माघ २०८२ बुधबार | 21st January, 2026 Wed
Investment bank

भूकम्पले खोसेको गोरख-शोभाको खुसी

खबरडबली संवाददाता

जाजरकोट । जाजरकोटको बारेकोट गाउँपालिका-४ जिरीका गोरख सिंह र शोभा सिंहलाई राहतभन्दा पनि खाइलाग्दो अवस्थाका दुई छोरीको निधनले आहत बनाएको छ।

यही कात्तिक १७ गते शुक्रबार राति ११ः४७ बजे बारेकोट गाउँपालिकाको रामीडाँडा केन्द्रबिन्दु बनाएर गएको ६ दशलमलव ४ रेक्टर स्केलको भूकम्पले सिंह दम्पतीका दुई छोरी उपसना र ऊर्जाको ज्यान गयो।

घटना भएको एक साता बित्न लागेको छ। २१ वर्षीया उपासना र १८ वर्षीया ऊर्जाको निधनले सिंह दम्पतीका आँखा ओभाएका छैनन्।

पछिल्लो समय बाँकेको नेपालगञ्ज उपमहानगरपालिका-१ मा बस्दै आएका सिंह दम्पती दुई छोरीसहित दशैं मनाउन गत असोज २८ गते मात्र बारेकोट गाउँपालिकास्थित जिरीगाउँ उक्लिएका थिए।

दशैं मनाएर बाबाआमासँगै बारेकोटबाट दुवै दिदी-बहिनी यही कात्तिक १० गते जाजरकोट सदरमुकाम फर्केका थिए। बुबाआमा मावली सदरमुकाम खलंगास्थित घरमा बस्दा उपासना र ऊर्जा शुक्रबार सानीआमाको घरमा बास बस्न गएका थिए।

उनीहरूसँगै सानीआमाकी २५ वर्षीया छोरी मेरिना आरसीको पनि शुक्रबार राति भूकम्पमा परेर ज्यान गयो। मेरिना कुसे गाउँपालिका-९ पैंक निवासी सुष्मा र सनत आरसीका कान्छी छोरी हुन्।

सिंह दम्पतीकी जेठी छोरी उपसना ललितपुरको सानेपास्थित एभरेष्ट इन्जिनियरिङ कलेजमा स्नातक तहको पाँचौं सेमेस्टरमा अध्ययनरत थिइन्। उनको सपना थियो उच्च शिक्षा विदेशमा गएर लिने र पुनः नेपाल फर्केर सूचना तथा प्रविधिको पहुँचबाट बञ्चित रहेको दुर्गम कर्णालीका बस्तीमा काम गर्ने। गत कात्तिक १७ गते राति गएको भूकम्पले उनको सपना चकनाचुर बनायो।

सिंह दम्पतीकी कान्छी छोरी ऊर्जाले नेपालगञ्जस्थित स्टी थोमस इङ्लिस माध्यमिक विद्यालयबाट विज्ञान विषयमा कक्षा १२ उत्तीर्ण गरेकी थिइन्। उनी चिकित्सा शिक्षा अध्ययनका लागि अष्ट्रेलिया जाने तयारीमा थिइन्।

उनको सपना थियो चिकित्सक बनेर समाजसेवा गर्ने। त्यसका लागि अष्ट्रेलियाको सबै तयारी गरिँदै थियो। यही डिसेम्बरको अन्तिम साता अष्ट्रेलिया उड्ने ऊर्जाको सपना पनि भूकम्पले खरानी बनायो।

ऊर्जाले यसअघि चिकित्सक बन्न निजी मेडिकल कलेजमा नाम निकाले पनि बुबाआमालाई आर्थिक भारमा पार्न खोजिनन्। महँगो डाक्टरी शुल्क तिरेर बुबाआमाले आफूलाई पढाउन सक्ने अवस्था छैन भन्ने कुरा ऊर्जाले राम्रोसँग बुझेकी थिइन्। घरायसी अवस्थालाई राम्रोसँग बुझेकी उनले आफ्नै बलबुतामा अष्ट्रेलियाको चिकित्सा क्षेत्रको उच्च शिक्षा हासिल गर्ने लक्ष्य राखेकी थिइन्।

सिंह दम्पती आइटी इन्जिनियर बन्ने उपासना र डाक्टर बन्ने ऊर्जाको इच्छा पूरा गर्न जस्तोसुकै जोखिम मोल्न चाहन्थे। त्यसका लागि उनीहरूको उच्च शिक्षा र त्यसमा लाग्ने आर्थिक जोहो गरिरहेका उनीहरू तिहारलगत्तै ऊर्जालाई बाहिर पठाउने ध्याउन्नमा थिए। “सबैथोक भूकम्पसँगै बिलायो, कल्पना नगरेको बज्रपात सहनुपरिरहेको छ”, आँसु झार्दै सिंह दम्पतीले पीडा पोखे।

शोकमा डुबेको परिवारलाई समवेदना प्रकट गर्न आउने र दिवंगत आत्माप्रति श्रद्धाञ्जलि व्यक्त गर्ने आफन्त शुभेच्छुकलाई घरको ढोका अगाडि राखिएका उपासना र ऊर्जाको तस्वीरले धरधरी रुवाउँछ। “घरको कुनाबाट छोरीहरूले बाबा भनेको आवाज मेरो कानमा गुञ्जिरहन्छ”, बुबा गोरखले भने।

सिंह पत्नी शोभा शाह भन्छिन्, “काख रित्तिएको छ। घरमा उपासना गर्ने ऊर्जा समाप्त भएको छ। राति निद्राबाट ब्यूझँदा अगाडि छोरी उभिएको देख्छु तर स्पर्श गर्न पाउँदिन। अनि डाँको छाडेर रुनेबाहेक अरु केही उपाय भेट्दिन। यस्तो पीडा कसैले भोग्नु नपरोस्।”

कठिन दुःख गरेर उच्च शिक्षा पढाउने र छोरीहरू राष्ट्रको अब्बल जनशक्ति बनेर सेवा गरेको खुसी देख्ने चाहना थियो सिंह दम्पतीको। भूकम्पले उनीहरुको आशा र खुसी सदाका लागि खोसेको छ । उपासनाको राति एक्लै पढ्ने बानी थियो। उनी थोरै पढेर धेरै बुझ्ने तेज दिमागकी थिइन्।

ऊर्जा अत्यन्तै मेहनती र इमान्दार थिइन्। बुबाआमाको आर्थिक तथा घरायसी समस्यालाई नजिकबाट बुझ्ने समझदार बानीका कारण एमबिबीएस अध्ययनका लागि छात्रवृत्तिमा नाम निकालेकी उनले आफ्नो पढाइलाई एक वर्षपछि धकेलेकी थिइन्।

यता पोखरा विश्वविद्यालयबाट छात्रवृत्तिमा परी मेरिनाले कलेज अफ इन्जिनियरिङ एण्ड म्यानेजमेन्ट नेपालगञ्जबाट सिभिल इन्जिनियर पूरा गरेकी थिइन्।

देशको अब्बल इन्जिनियर बन्ने उनको सपना ध्वस्त मात्र भएन, आमाबुवाको आशाको दीयो पनि निभ्यो। भूकम्पका कारण आफन्त गुमाएका सयौँ परिवारको पीडा बुझेर सिंह र आरसी दम्पतीले चित्त बुझाएका छन्।

जाजरकोट भूकम्पमा परी जाजरकोट र रुकुमपश्चिममा एक सय ५७ जनाको मृत्यु भएको छ । दुई सय ५० भन्दा बढी व्यक्ति घाइते भएका छन्। रासस

Khabardabali Desk–RP

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

म कांग्रेसको देशभरको पार्टी सभापति हुँ, आफैलाई परीक्षण गर्न सर्लाही ४ रोजेँ : गगन थापा

काठमाडौं । नेपाली कांग्रेसका सभापति गगन थापाले यसपटक आफ्नो निर्वाचन क्षेत्र परिवर्तन गर्दै काठमाडौं–४ छाडेर सर्लाही–४ बाट उम्मेदवारी दिएका छन्। लामो स...

बालकोटको मार्केटिङ फर्मलाई ५० हजार जरिवाना

काठमाडौँ । सूर्यविनायक-२ बालकोटस्थित खिलुङ्गा कालिका मार्केटिङ प्रालि कारबाहीमा परेको छ। वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले गरेको नियमित बज...

धुनियाको व्यापार धरापमा, माघमा पनि माग घट्यो

विराटनगर । माघ महिना लागिसक्दा पनि सिरक र डस्ना बनाउने ‘अर्डर’ शून्यजस्तै भएपछि विराटनगरका धुनिया चिन्तित छन् । जाडो सुरु भएसँगै व्यस्त हुने धुनियाहरू...

उम्मेदवारी दर्तापछि अब पार्टीहरूको ध्यान घोषणापत्रमा, तयारी कस्तो छ ?

काठमाडौं । प्रत्यक्ष चुनावमा लड्न चाहने उम्मेदवारहरूले मङ्गलवार दिनभरि मनोनयनपत्र दाखिला गरेपछि निर्वाचन अब बाँकी डेढ महिनाको अन्तिम चरणमा प्रवेश गरेक...

कुलमान नेतृत्वको उज्यालो नेपाल पार्टीले कहाँ-कहाँ दियो उम्मेदवारी ?

काठमाडौं । उज्यालो नेपाल पार्टीको देशभरका ९० भन्दा धेरै निर्वाचन क्षेत्रमा आफ्नो उम्मेदवारी दिएको छ। ठमाडौंका सबै क्षेत्रमा उम्मेदवार उठाएको पार्टीले ...

काठमाडौं महानगरले भन्यो- नदी दायाँबायाँ भवन निर्माण गर्न लगाएको प्रतिबन्ध हटाइएको छ

काठमाडौं । काठमाडौंं महानगरपालिकाले महानगर क्षेत्रभित्र नदीको दायाँबायाँ भवन निर्माण गर्न लगाइएको प्रतिबन्ध हटाएको छ।  महानगरपालिकाले आज सूचना जारी...

अमेरिकी डलर, अस्ट्रेलियन डलर, युरो, पाउन्ड र दिनारको भाउ थप बढ्यो

काठमाडौं । नेपाल राष्ट्र बैंकले आज (बुधबार) का लागि विदेशी मुद्राहरूको विनिमयदर निर्धारण गरेको छ। आज अमेरिकी डलर, अस्ट्रेलियन डलर, युरो, पाउन्ड, कुवेत...

देउवाको ३४ वर्षे संसदीय यात्रामा विराम

काठमाडौं । आगामी प्रतिनिधिसभा निर्वाचनमा उम्मेदवार नबन्ने भएपछि कांग्रेसका पूर्वसभापति तथा पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाको ३४ वर्षे संसदीय यात्रा...

प्रतिनिधिसभा निर्वाचन- सबैभन्दा बढी रुपन्देही र कम मुस्ताङमा उम्मेदवारी दर्ता

काठमाडौँ । आगामी फागुन २१ मा हुने प्रतिनिधिसभाको निर्वाचनका लागि आज देशभर उम्मेदवारी दर्ता भएको छ । राजनीतिक दल तथा उम्मेदवारले आज निर्धारित समय तालिक...

देशमा पश्चिमी वायुको आंशिक प्रभाव कायम, तराईमा हुस्सु लाग्ने

काठमाडौँ । हाल देशमा पश्चिमी वायुको आंशिक प्रभाव कायम  छ । मौसम पूर्वानुमान महाशाखाका अनुसार आज दिउँसो तराई भू–भागका केही स्थानमा हुस्सु लाग्ने सम्भाव...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE Salt Trending