Ntc summer Offer
Khabar Dabali ४ आश्विन २०८१ शुक्रबार | 20th September, 2024 Fri
NIMB

स्रोतकेन्द्र विस्तार गर्दै राष्ट्रिय बाख्रा अनुसन्धान केन्द्र

खबरडबली संवाददाता

तनहुँ । तनहुँको बन्दीपुर गाउँपालिकास्थित राष्ट्रिय बाख्रा अनुसन्धान केन्द्रले स्थानीय खरी प्रजातीका बाख्रा  प्रबद्र्धनमा जोड दिँदै आएको छ । केन्द्रले नेपालको हावापानी अनुकूल, रोगसँग प्रतिरोधात्मक क्षमता बढी, बधुवा तथा चरिचरण गरी पाल्न सहज हुने भएकाले सो प्रजातिको बाख्रालाई प्राथमिकता दिएको हो । 

अनुसन्धान केन्द्रले खरी, बोयर, बारबारी, सिन्हान र सानन जातका बाख्रामा अनुसन्धान गर्दै आएको छ । अनुसन्धानले खरी र साननमा क्रस गरी उत्पादित वर्णशङ्कर जातका बाख्राले बढी उत्पादन र उत्पादकत्व दिएको अनुसन्धान केन्द्रका संयोजक राजु कंडेलले जानकारी दिए । 

सानन वर्णशङ्कर बाख्राले दूध र मासु उत्पादन वृिद्ध भएको अध्ययन अनुसन्धानले देखाएको उनको भनाइ छ । शुद्ध सानन बाख्राले दैनिक चार लिटर दूध उत्पादन गर्ने र खरी वर्णशङ्कर बाख्राले दैनिक दुई लिटर दूध दिँदै आएको केन्द्रको भनाइ छ । 

अनुसन्धान केन्द्रले प्राथामिकताका आधारमा बाख्रा सम्बन्धी मार्गचित्र तयार गरी अनुसन्धान, प्राविधिक विकास र प्रबद्र्धन गर्दै आएको छ । रैथाने स्थानीय र लोपोन्मुख बाख्राका जातहरुको संरक्षण, सम्बद्र्धन र प्रयोग गर्दै आइएको केन्द्रका संयोजक कंडेलले बताए ।

त्यस्तै बाख्रा सम्बन्धी नीति तथा कार्यक्रम तयार गर्न सम्बन्धित निकायलाई आवश्यक प्राविधिक सहयोग गर्ने र उन्नत नश्लका बाख्राहरुको उत्पादन गरी देशभरका अगुवा किसानहरुलाई वितरण गर्दै आएको उनको भनाइ छ । उनले भने, “अनुसन्धान केन्द्रले व्यावसायीक बाख्रापालक अगुवा किसानहरुको ज्ञान, सीप र क्षमता अभिवृद्धि गर्न तालिम समेत सञ्चालन गरिरहेको छ ।”

अनुसन्धान केन्द्रमा खरी जातका माउ तथा पाठा पाठी एक सय ७१ , सिन्हान ३१ , जमुना पारी माउ बाख्रा तीन , उन्नत जातको शुद्ध बोयर एक सय ९१ , ९८ प्रतिशतको एक वटा बीउ बोका, बोयर ९३ प्रतिशतको ३८ , ८६ प्रतिशतको ८३ , ७५ प्रतिशतको ८९ , ५० प्रतिशतको ८३ , बारबारी शुद्ध २४ , सानान शुद्ध २४ वटा बाख्रा रहेका छन् ।

बाख्रा अनुसन्धान केन्द्रबाट उत्पादित भएका बीउ बोका ५० प्रतिशत वर्णशङ्कर बीउ बाख्राको जिउँदो तौल प्रति केजी रु आठ सय र ७५ प्रतिशत वर्णशङ्कर बीउ बाख्राको जिउँदो तौल प्रति केजी रु एक हजारमा किसानहरुलाई बिक्री गर्दै आएको छ । बीउ पाठापाठी किसानको माग अनुसार अनुसन्धान केन्द्रले उत्पादन गर्न नसकेको बताइएको छ । 

बाख्राको अनुसन्धानको लागि केन्द्रले विभिन्न ठाउँमा स्रोतकेन्द्र स्थापना गरेको छ । केन्द्रका अनुसार जिल्लाको भानु नगरपालिकास्थित बरभज्याङ, आँबुखैरेनी गाउँपालिकास्थित बरादीमा, घिरिङमा, गोरखाको बक्राङ, स्याङ्जाको पेखुथाना र धादिङको निलकण्ठमा बाह्य अनुसन्धान केन्द्र स्थापना भएका छन् । 

केन्द्रमा बाख्राहरुलाई चरिचरणको घाँसहरुमा बाह्य जनावरबाट क्षति हुने गर्दा समस्या हुने गरेको छ । त्यस्तै हिउँद तथा सुख्खा मौसममा बाख्रालाई घाँसको कमी हुँदै आएको छ । त्यसका लागि सरपानी तथा आले गाउँमा जमिन सम्याई घाँस लगाइएको छ । कूल ८० हेक्टर क्षेत्रफलमा फैलिएको केन्द्रमा बाख्राको लागि आवश्यक पर्ने डालेघाँस, भुइँघाँसको खेती गरिएको छ । बाख्रालाई विशेष गरेर नेपियर, मोलाटो, सेटारिया, सिग्नल घाँस, किम्भु खनायो लगायतका घाँस खुवाउने गरिएको छ । 

देशका विभिन्न जिल्लाबाट केन्द्र भ्रमणका लागि आउने गरेका छन् । कृषि, पशुपालन, वनविज्ञानका विद्यार्थी अध्ययन तथा अवलोकन भ्रमण लागि आउने गरेको केन्द्रमा मन्त्री, सांसद लगायत विभिन्न पार्टीका नेताहरुले समेत अवलोकन गर्ने गरेका छन् ।

Khabardabali Desk–MB

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

तनहुँमा पनि स्ट्रबेरीखेती

तनहुँ ।  तनहुँको ऋषिङ गाउँपालिकाले परीक्षणका रूपमा स्ट्रबेरीखेती थालेको छ। गाउँपालिका–७ पुरानोथोकमा ऋषिङ साना किसान कृषि सहकारीसँगको सहकार्यमा पालिकाल...

फिल्म ‘रंगी’ को गीत ‘छ नि माया’ रेकर्ड

काठमाडौं । सलोन सलिना फिल्मस् प्रालिको व्यानरमा निर्माण हुने फिल्म ‘रंगी’ को गीत ‘छ नि माया’ रेकर्ड गरिएको छ । काठमाडौंको स्टुडियो डाइनामिकमा रेकर्ड ग...

ट्रंकलाइन बक्यौता तिर्न कात्तिक ८ को अल्टिमेटम

काठमाडौं । नेपाल विद्युत् प्राधिकरणले डेडिकेटेड तथा ट्रंकलाइन बक्यौतो रकम तिर्न डेढ महिनाको अल्टिमेटमसहित उद्योगीलाई पुनः पत्र पठाएको छ । प्राधिकरणका ...

मोटरसाईकल दुर्घटनामा एकजनाको मृत्यु

रौतहट । रौतहटको कटहरियामा गएराती भएको मोटरसाइकल दुर्घटनामा परेर एकजना युवकको मृत्यु भएको छ । कटहरिया बजारदेखि पश्चिम लालबकैया पुल पारी कटहरिया गम्ह...

लगातार घटेको सुनको मूल्य शुक्रबार बढ्यो

काठमाडौं। नेपाली बजारमा लगातार घटेको सुनको मूल्य शुक्रबार बढेको छ । शुक्रबार सुन तोलामा १५ सयले बढेको हो । बढेको मुल्य अनुसार आज सुन प्रतितोला १ ला...

बागलुङका स्वास्थ्य संस्थामा डेंगी परीक्षण किट अभाव

बागलुङ ।  धौलागिरि अस्पताल, गलकोट र बुर्तिवाङका प्राथमिक स्वास्थ्य केन्द्रमा डेंगी परीक्षण गर्ने किट अभाव भएको छ । धौलागिरि अस्पतालकी सूचना अधिकारी...

संविधान जारी भएपछि प्रदेशमा थुप्रै उपलब्धिहरू भएका छन् : मुख्यमन्त्री लामा

हेटौंडा । विभिन्न आन्दोलन तथा संघर्षबाट मुलुकमा संघीय लोकतान्त्रिक गणतन्त्रात्मक शासन व्यवस्था कार्यान्वयनमा आएको छ। जनताबाट निर्वाचित प्रतिनिधिले ...

अखिल (क्रान्तिकारी) को २३ औं राष्ट्रिय सम्मेलन असोज १० खि काठमाडौंमा हुने

काठमाडौं। माओवादी केन्द्रको विद्यार्थी संगठन अखिल (क्रान्तिकारी)  को २३ औं राष्ट्रिय सम्मेलन यही असोज १० देखि सुरु हुने भएको छ। असोज १० देखि १२ गते...

गायक यश कुमारले ल्याए मर्मस्पर्शी गीत ‘आँखा बन्द गरेर’

काठमाडौं । गायक यश कुमारले आज बिहीबार परेको संविधान दिवसको पूर्वसन्ध्यामा आफ्नो नयाँ गीत ‘आँखा बन्द गरेर’ बजारमा ल्याएका छन् । बुधबार राजधानीमा आयोजित...

दरबारमार्गको कन्सर्टमा पाँच हजार सुरक्षाकर्मी परिचालन

काठमाडौं ।  संविधान दिवसका अवसरमा काठमाडौंको दरबारमार्गमा आयोजित ‘नेसनल डे कन्सर्ट’ कार्यक्रममा पाँच हजार बढी सुरक्षाकर्मी परिचालन गरिएको छ । ‘नेसन...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Right Path
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending Alphabet Education Consultancy