काठमाडौँ। जिल्ला प्रशासन कार्यालय काठमाडौंले माइतीघर मण्डलदेखि नयाँ बानेश्वर चोकसम्म निषेधित क्षेत्र तोकेको छ।
सोमबार काठमाडौंका प्रमुख जिल्ला अधिकारी जितेन्द्र बस्नेतले काठमाडौंको माइतीघर मण्डलदेखि नयाँ बानेश्वरसम्म ३० दिनका लागि निषेधित क्षेत्र घोषणा गरेका छन्।
नेकपा एमाले निकट युवा संघ मंसिर ७ गते माइतीघरमा प्रदर्शन गर्ने तयारी थियो ।।
एकैदिन दुई पक्षको प्रदर्शन हुँदा शान्ति सुरक्षामा समस्या आउने भन्दै प्रशासनले माइतीघर मण्डलदेखि नयाँ बानेश्वरसम्म स्थानीय प्रशासन ऐन, २०२८ को दफा ६ को उपदफा ३९क० बमोजिम आदेश जारी गरेको हो।
पद्मोदय मोडदेखि सिंहदरबार पश्चिम गेट, सर्वोच्च अदालत हुँदै माइतीघर मण्डलको चारैतर्फ र माइतीघर मण्डलदेखि बबरमहल, बिजुलीबजार पुल हुँदै नयाँ बानेश्वर चोकसम्म निषेधित क्षेत्र तोकिएको हो।
‘एक वा सोभन्दा बढी समूहद्वारा एकै मिति, समय र स्थानमा भेला जम्मा भई अनसन, धर्ना, घेराउ र विरोध प्रदर्शन जस्ता कार्यक्रमहरू आयोजना गर्दा विभिन्न समूहबीच आपसी विवाद, झैझगडा, मुठभेड एव भिडन्त भई शान्ति सुरक्षा भंग हुनसक्ने तथा हुलदंगा वा अशान्ति हुनसक्ने भई समग्र रूपमा शान्ति सुरक्षामा प्रत्यक्ष असर पर्छ,’ प्रमुख जिल्ला अधिकारी बस्नेतले जारी गरेको आदेशमा भनिएको छ।
जिल्ला सुरक्षा समिति काठमाडौंको सिफारिसको आधारमा सोमबारदेखि ३० दिनसम्मका लागि ५ जना भन्दा बढी व्यक्ति भेला भएर जुलुस, प्रदर्शन, धर्ना, घेराउ, अनसन लगायत विरोध प्रदर्शन गर्न निषेध गरेको हो।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
मंसिर २३ गते, २०८० - २०:४९
काठमाडौं। नेपाल सुपर लिग एनएसएलमा शनिबार बुटवल लुम्बिनीले काठमाडौं रेजर्सलाई हराएको छ । दशरथ रंगशालामा शनिबारको दोस्रो खेलमा बुटवलले साविक विजेता ...
मंसिर २३ गते, २०८० - २०:३८
बागलुङ। बागलुङमा एकै रात छ घरमा चोरी भएको छ । जिल्लाको बडिगाड गाउँपालिका–५ खौलार बजारमा छ घरमा घरबाट सुनसहित रु पाँच लाख बराबरको चोरी भएको हो । गाउ...
मंसिर २३ गते, २०८० - २०:२१
काठमाडौं। भक्तपुरमा पहिलोपटक साइबेरियन दुर्लभ पंक्षी स्वेतमाथा कलहाँस अर्थात् ग्रेटर ह्वाइट फेन्टेट गुज भेटिएको छ। पंक्षी संरक्षण तथा अन्वेषणकर्ता ...
मंसिर २३ गते, २०८० - १९:४०
काठमाडौं।राष्ट्रियसभा निर्वाचन प्रयोजनका लागि निर्वाचन आयोगले दल दर्ता आह्वान गरेको छ। आउँदो माघ ११ गते बिहीबार सम्पन्न हुने राष्ट्रियसभा सदस्य निर...
मंसिर २३ गते, २०८० - १९:३२
काठमाडौं। प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’को स्वकीय सचिवालयले तथ्य प्रमाणबिना झुट्टा प्रचार नगर्न सम्बन्धित सबैमा आग्रह गरेको छ। केहीदिन अघि...
मंसिर २३ गते, २०८० - १९:०६
काठमाडौं। आम जनता पार्टी (आजपा)का अध्यक्ष प्रभु साहले देश बनाउन भ्रष्टाचारीलाई जनकारबाही गरिनुपर्ने धारणा राखेका छन्। उनले आज देशमा भ्रष्टाचार एक ...
मंसिर २३ गते, २०८० - १८:३८
काठमाडौं। नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले सङ्कल्प यात्राका क्रममा प्राप्त सुझावलाई सम्बोधन गरिने बताएका छन् । पार्टीको ‘झुलाघाट–चिवाभञ्ज्याङ...
मंसिर २३ गते, २०८० - १८:२९
काठमाडौं। लेबनान–इजराइल सीमामा शुक्रबार भएको भिडन्तमा चार हिजबुल्लाह लडाकु र प्यालेस्टिनी इस्लामिक जिहाद पिआइजे अभियानका दुई सदस्य मारिएको लेबनानी सैन...
मंसिर २३ गते, २०८० - १८:१६
काठमाडौं। राप्रपा नेपाल केन्द्रीय कार्य सम्पादन समितिको बैठक आज बसेको छ । बैठकले भोलि देखि काठमाडौँमा सुरु हुने केन्द्रीय समितिको बैठकको एजेन्डा सङ...
मंसिर २३ गते, २०८० - १७:४५
काठमाडौं। पूर्वराष्ट्रपति विद्यादेवी भण्डारी अस्पतालमा रहेका उपप्रधानमन्त्री तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठलाई भेट्न पुगेकी छन् । गत मंगलबार रात...
प्रतिकृया लेख्नुहोस्: