Khabar Dabali २६ चैत्र २०८२ बिहीबार | 9th April, 2026 Thu

चीनमा पढ्ने डाक्टरको बिजोग भएपछि .....

काठमाडौं । सरकारी छात्रवृत्तिमा एमबीबीएस पढ्न चीन गएका विद्यार्थी सरकारी लापरबाही र समन्वय अभावले अलपत्र परेका छन्। आजको अन्नपूर्ण पोष्ट दैनिकमा खबर छ शिक्षा मन्त्रालयले आह्वान गरेको खुला प्रतिस्पर्धामा छानिएर चीनको तोङ्जी विश्वविद्यालयमा पढ्न गएका विद्यार्थी अध्ययन सकेर आएको १३ महिनासम्म पनि नेपाल मेडिकल काउन्सिलको परीक्षामा सामेल हुन पाएका छैनन्।पाँच वर्षको अध्ययन सकेर नेपाल फर्किएका विद्यार्थीलाई काउन्सिलले पढाइको अवधि नपुगेको भन्दै पुनः अध्ययनका लागि चीन जान सुझाव दिएको छ। चीनमा ६ महिना पुनः इन्टर्नसिप गरेर आएपछि काउन्सिलले लाइसेन्स परीक्षामा सहभागी गराउने जनाएको छ। उक्त विश्वविद्यालयले भने विद्यार्थीलाई अध्ययन पूरा गरिसकेको सम्पूर्ण प्रमाणपत्र दिएर पठाइसकेको छ। विद्यार्थीले विश्वविद्यालयबाट दिइएका शैक्षिक प्रमाणपत्र तथा इन्टर्नसिप गरेको प्रमाणसमेत अन्नपूर्णलाई उपलब्ध गराएका छन्। ‘हामीलाई विश्वविद्यालयले पढाइसकेको सबै प्रमाणपत्र र आवश्यक कागजात दिएको छ। अब हामी कहाँ गएर किन इन्टर्नसिप गर्नेरुु पीडित विद्यार्थीमध्येकी एक श्रद्धा चुडालले भनिन्, ‘पढाइ सकेर फर्किएको विश्वविद्यालयमा फेरि कसरी इन्टर्नसिपमा जाने हो ? इन्टर्नसिपको प्रमाणपत्र पनि दिइसकेको छ।’ मेडिकल काउन्सिल र शिक्षा मन्त्रालयको समन्वयमै सरकारले विश्वविद्यालय छनोट गरी पाँच वर्षका लागि विद्यार्थी चीन पठाएको हो। अर्की पीडित विद्यार्थी वन्दना अधिकारीले अध्ययनका लागि चीन गइसकेपछि बनाइएको नियम आफूहरूलाई लागू नहुने बताइन्। उनले भनिन्, ‘हामी पढ्न जाँदा जेजे नियम र प्रावधान थिए, सबै पूरा गरेका छौं।’ काउन्सिलले सन् २००८ जुलाई १६ देखि लाइसेन्सको परीक्षामा सामेल हुनका लागि नयाँ निर्देशिका ल्याएको थियो। नयाँ निर्देशिकामा पढाइको अवधि साढे पाँच वर्ष हुनुपर्ने उल्लेख छ। तर यी विद्यार्थी यो निर्देशिका आउनुअघि नै चीन गएका हुन्। समस्या भोगिरहेका नेपाली विद्यार्थीसँगै उक्त विश्वविद्यालयमा पढाइ सकेर फर्किएका बंगलादेश, भुटान र श्रीलंकाली विद्यार्थीले भने मेडिकल अभ्यास थालिसकेका छन्।नेपाल मेडिकल काउन्सिलका अध्यक्ष धर्मकान्त बास्कोटाले भने चीनबाट फर्किएका विद्यार्थीले इन्टर्नसिप नै नगरेको दाबी गरे। उनले भने, ‘हाम्रो निर्देशिकाअनुसार इन्टर्नसिप गरेको भेटिएन । यो प्रमाणपत्र हामी मान्दैनौं।ु बास्कोटाले थप एक वर्ष चिनियाँ विश्वविद्यालयमै इन्टर्नसिप गर्नुको विकल्प नभएको तर्क गरे।
Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Salt
Vianet Nepal Internet
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending