Khabar Dabali २६ चैत्र २०८२ बिहीबार | 9th April, 2026 Thu

के छ माओवादीले प्रस्ताव गरेको आठ प्रदेशमा ?

\"Prachanda_shirsha\"काठमाडौं । एकीकृत नेकपा माओवादीका अध्यक्ष पुष्कमल दाहाल ‘प्रचण्ड’ले शीर्ष बैठकमा ७ प्रदेशको ठाउँमा आठ प्रदेशको वैकल्पिक प्रस्ताव प्रस्तुत गरेका छन् । मधेशी मोर्चाबाट अलग्गिएर संविधान निर्माणको मूल धारमा सहभागी भएका मधेशी नेता विजयकुमार गच्चछेदारसमेत ७ प्रदेशसँग असन्तुष्ट भएको भन्दै एमाओवादी अध्यक्ष प्रचण्डले सक्दो धेरैको समर्थनमा संविधान जारी गर्ने सोचका साथ ८ प्रदेशको वैकल्पिक प्रस्ताव अघि सारेको एमाओवादीले बताएको छ । कस्तो छ ८ प्रदेशको खाका ? प्रचण्डले अघि सारेको ८ प्रदेशको वैकल्पिक खाका अनुसार कैलालीदेखि नवलपरासीसम्म एउटा अर्को प्रदेश थपेर थारु आन्दोलनलाई सम्बोधन गर्न खोजिएको छ । त्यसैगरी मगर र गुरुङको क्लस्टर मिलाएर अर्को असन्तुष्टी हल गर्न सकिने सम्भावना पनि राखिएको छ ।
गच्छदारले पूर्वका मोरङ, सुनसरी, सप्तरी र सिराहालाई मिलाएर १ प्रदेश भनेपनि पश्चिममा बन्ने थारुहरुको प्रदेशले गच्छदारलाई सन्तुलनमा ल्याउन सकिने एमाओवादीको ठम्याइ
यसो गर्दा मधेशी मोर्चा र गच्छदार अनि थारु सघर्षलाई एकाठाउँमा नपुग्ने र मधेशवादी दलको हठ कमजोर हुन जाने तर्क एमाओवादीको छ । गच्छदारले पूर्वका मोरङ, सुनसरी, सप्तरी र सिराहालाई मिलाएर १ प्रदेश भनेपनि पश्चिममा बन्ने थारुहरुको प्रदेशले गच्छदारलाई सन्तुलनमा ल्याउन सकिने एमाओवादीको ठम्याइ छ । यसरी आठ प्रदेशको विकल्पमा जाँदा संविधानसभाको प्रकृयालाई नै बहिस्कार गरिरहेका मधेशवादी दल बाहेक अरुका माग सम्बोधन हुने हुँदा अधिकतम सहमति मै संविधान जारी हुने र त्यसले अर्को नयाँ वातावरण सृजना हुने प्रचण्डको दावी छ । यसो गर्न नसकिए पूर्वदेखि पश्चिम नेपालको सिमानासम्मका जनता असन्तुष्ट हुनेहुँदा त्यो आन्दोलनले संविधान जारी भएपनि लागू नहुने स्थिति आउन सक्ने माओवादीले बताएको छ । आइतबार भएको चार दलीय शीर्ष बैठकमा एमाओवादीले यस्तो प्रस्ताव गरेपनि प्रधानमन्त्री सुशील कोइरालाले सुन्न समेत नचाहेको एमाओवादी नेता नारायणकाजी श्र्रेष्ठले बताए। आठ प्रदेशको वैकल्पिक प्रस्तावमा फोरम नेता विजय गच्छदारलाई पनि सहमत गराउन सकिने माओवादीको बुझाई छ ।
Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Salt
Vianet Nepal Internet
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending