काठमाडौँ। नेपाल सुपर लिग (एनएसएल)मा ललितपुर सिटी एफसीले लगातार तेस्रो खेलमा बराबरी गरेको दिन वीरगञ्ज युनाइटेड एफसीले भने अंकको खाता खोलेको छ। त्रिपुरेश्वरस्थित दशरथ रगंशालामा मगंलबार भएको खेलमा ललितपुर र विरगञ्जले २–२ को बराबरी गर्दै अंक बाँडे।
पहिलो खेलमा जित निकालेको ललितपुरले त्यसपछिका तीन खेलमा लगातार बराबरी गरेको हो।
यता वीरगञ्जले भने तेस्रो खेलमा आएर अंकको खाता खोलेको हो। अंक तालिकाको पुछारमा रहेको विरगञ्ज १ अंकमा तालिकाको पुछारमा छ।
खेलको पहिलो हाफमा २–१ ले पछि परेको वीरगञ्जले दोस्रो हाफमा गोल फर्काउँदै ललितपुरसँग अंक खोसेको हो। सुरुवातमा पछि परेको ललितपुरले वीरगञ्जविरुद्ध अग्रता बनाएपनि त्यसलाई जोगाउन नसक्दा अंक बाँड्न बाध्य भयो।
खेलको ५२ औँ मिनेटमा विरगञ्जले बराबरी गोल फर्कायो। विलियम ओपुकुको फ्रिकीक प्रहार क्रसबारमा लाग्दै बाहिरिदा त्यसकै रिवाउण्डमा कृपाकान्त महतो थारुले सुन्दर गोल गरे।
५७ औँ मिनेटमा विरगञ्जका जय गुरुङको सशक्त प्रहार सेकेण्डबारमा लाग्दै फर्किदा अग्रता बनाउने मौका गुमायो।
पहिलो हाफको १० औँ मिनेटमा विलियम ओपुकु आसिडुको गोलमा विरगञ्जले सुरुआती अग्रता बनाएको थियो।
तर त्यसको चार मिनेटमा नै ललितपुरले बराबरी गोल फर्कायो। खेलको १४ औँ मिनेटमा एमोन इजिकेलको गोलमा ललितपुर खेलमा फर्किएको थियो। एमोनले विरगञ्जका डिफेन्डरलाई छल्दै अघि बढाएको बललाई गोलरक्षक दिप कार्कीलाई विट गर्दै बललाई पोष्टको जाली चुमाए।
२८ औँ मिनेटमा निखिल सुरेशराओको गोलमा ललितपुरले अग्रता दोब्बर पार्यो।
त्यसअघि खेलको पाँचौ मिनेटमा नै ललितपुरका कप्तान अञ्जन विष्टको हेडर वीरगञ्जका गोलरक्षक दिप कार्कीले बचाए। २४ औँ मिनेटमा विवेक पौडेलको क्रसमा निखिल सुरेशराओको फितलो प्रहार पोष्टको नजिकबाट बाहिरिदा ललितपुरले अग्रता बनाउन सकेन।
लिगमा भोलि स्पोर्टिङ इलाम एफसी र पोखरा थन्डर्स भिड्नेछन्। सो खेल साँझ ५ बजे सुरु हुनेछ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
पौष २९ गते, २०८० - २०:३२
काठमाडौँ। प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले नेपाल र चीन विश्वासिला विकासका साझेदार भएको बताएका छन्। चिनियाँ नयाँ वर्ष तथा वसन्तोत्सवका अवस...
पौष २९ गते, २०८० - २०:१२
काठमाडौँ। नेपालकै पहिलो तथा मौलिक हाँस्य रियालिटि शो कमेडी च्याम्पियनको तेस्रो सिजन छिट्टै प्रसारणमा आउने भएको छ । आयोजकका अनुसार डिजिटल अडिशनबाट आ...
पौष २९ गते, २०८० - १८:५१
काठमाडौँ। सवारी दुर्घटना हुन थालेपछि भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयले पाँच सदस्यीय कार्यदल गठन गरेको छ। भौतिक पूर्वाधार तथा यातायातमन्त्री प...
पौष २९ गते, २०८० - १८:४८
काठमाडौँ। काठमाडौँ महानगरपालिकाको १४औँ नगरसभामा नौ करोड रुपैयाँ बजेट संशोधन प्रस्ताव गरिएको छ। कामपाको प्रमुख बालेन्द्र शाह (बालेन) का अध्यक्षताम...
पौष २९ गते, २०८० - १८:४१
काठमाडौँ। यौनिक तथा लैङ्गिक अल्पसङ्ख्यक समुदायले समानुपातिक समावेशी सिद्धान्तअनुसार राज्यका निकायमा आफूहरुलाई प्रतिनिधित्व गर्न पाउनुपर्ने माग गर्दै स...
पौष २९ गते, २०८० - १८:२९
मकवानपुर। हेटौंडा उपमहानगरपालिका १० बसपार्कबाट करिब ५ किलो अवैध लागूऔषध गाँजासहित एक जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा सर्लाही मलंगवा नगरपालिका...
पौष २९ गते, २०८० - १८:२६
काठमाडौँ। विद्यार्थी संगठनले विद्यालय शिक्षासम्बन्धी कानुनलाई संशोधन र एकीकरण गर्न बनेको विधेयकमा माध्यमिक तहसम्म निःशुल्क पढ्न पाउने विषय निश्चित हुन...
पौष २९ गते, २०८० - १८:२०
चितवन। जिल्लाका विभिन्न अस्पतालमा उपचार गर्न ल्याइएका बिरामीमध्ये स्क्रब टाइफसबाट चार जनाको मृत्यु भएको छ। मृत्यु हुनेमा एकजना चितवनका अन्य बाहिरी जिल...
पौष २८ गते, २०८० - १९:३१
सुदूरपश्चिम। नागरिक उन्मुक्ति पार्टी (नाउपा)ले संस्थापक अध्यक्ष रञ्जिता श्रेष्ठलाई सहअध्यक्षमा मनोनित गर्ने निर्णय गरेको छ । टीकापुरमा सम्पन्न प्रथ...
पौष २८ गते, २०८० - १९:२५
सुदूरपश्चिम। विश्व स्वास्थ्य संगठन (डब्ल्यूएचओ)का एक वरिष्ठ विज्ञले कोभिड–१९ को संक्रमण संसारभर फैलँदै गएकाले जनस्वास्थ्य जोखिम उच्च रहेको बताएकी छन् ...
प्रतिकृया लेख्नुहोस्: