काठमाडौँ। चितवनका विभिन्न बस्तीमा पसेर आतंक मच्चाउँदै आएको जंगली मत्ता (भाले हात्ती) ‘ध्रुबे’को शरीरमा स्याटलाइट कलर जडान गरिएको छ। उसको दाह्रा पनि काटिएको छ।
सोमबार दिउँसो सवा तीन बजेतिर चितवन राष्ट्रिय निकुञ्जको सुखिभार पोष्ट नजिकै ध्रुबेलाई डार्ट (बेहोस बनाउने ओषधि लोड गरिएको बन्दुकले हान्ने) गरिएको थियो। बेहोस भएपछि हात्तीको घाँटीमा स्याटलाइट कलर जोडिएको निकुञ्जका सूचना अधिकारी संरक्षण अधिकृत गणेशप्रसाद तिवारीले जानकारी दिए। दाह्रा बढेको पाइएपछि काटेर छाडिएको उनले बताए।
‘मानवबस्तीमा पसेर आतंक मच्याउन थालेपछि ध्रुबेलाई तिहार अघिबाटै निगरानी बढाएका थियौं। निकै आक्रमक र चलाख रहेकाले पटकपटक प्रयास गर्दा पनि ऊ भाग्न सफल हुँदै आएको थियो। डार्ट गर्न निरन्तर प्रयास गर्दा आज सफल भयौं,’ तिवारीले भने, ‘स्याटलाइट कलर जोडेर एन्टी डोज दिएको केहीबेर ऊ उठिहाल्यो।’
ध्रुबेले दसैंअघिबाट माडी र जगतपुर क्षेत्रमा बस्ती पसेर दुस्ख दिइराखेको थियो। स्याटलाइट कलर जोडेपछि अब ध्रुबे कुन क्षेत्रमा छ भन्नेकुरा थाहा पाउन सकिन्छ। बस्तीतिर पस्न लागेको अवस्थामा तत्काल नियन्त्रण गर्न सकिन्छ।
ध्रुबेलाई स्याटलाइट कलर जोडिएको यो पहिलो पटक भने होइन। २०६९ मंसिर ६ मा उसलाई पहिलो पटक स्याटलाइट कलर जोडिएको थियो। त्यतिखेर उसले निकुञ्ज आसपासका क्षेत्रमा आतंक मच्याएको थियो।
त्यो उसको शरीरबाट झरेपछि दोस्रो पटक २०७७ सालमा कोरोना महामारीको समयमा स्याटलाइट कलर जोडिएको थियो। त्यो पनि झरेपछि नयाँ लगाइएको हो। करिब २ वर्षअघि पनि ध्रुबेलाई नियन्त्रणमा लिएर दाह्रा काटिएको थियो।
‘दाह्रा लामा हुँदा उसबाट क्षति बढी हुनेभयो। त्यसैले काटिएको हो। काटेका दाह्रा निकुञ्ज ल्याइएको छ,’ तिवारीले भने। ध्रुबेले अहिलेसम्म २२ जनाभन्दा बढीको ज्यान लिइसकेको छ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
पौष २९ गते, २०८० - २०:३२
काठमाडौँ। प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले नेपाल र चीन विश्वासिला विकासका साझेदार भएको बताएका छन्। चिनियाँ नयाँ वर्ष तथा वसन्तोत्सवका अवस...
पौष २९ गते, २०८० - २०:१२
काठमाडौँ। नेपालकै पहिलो तथा मौलिक हाँस्य रियालिटि शो कमेडी च्याम्पियनको तेस्रो सिजन छिट्टै प्रसारणमा आउने भएको छ । आयोजकका अनुसार डिजिटल अडिशनबाट आ...
पौष २९ गते, २०८० - १८:५१
काठमाडौँ। सवारी दुर्घटना हुन थालेपछि भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयले पाँच सदस्यीय कार्यदल गठन गरेको छ। भौतिक पूर्वाधार तथा यातायातमन्त्री प...
पौष २९ गते, २०८० - १८:४८
काठमाडौँ। काठमाडौँ महानगरपालिकाको १४औँ नगरसभामा नौ करोड रुपैयाँ बजेट संशोधन प्रस्ताव गरिएको छ। कामपाको प्रमुख बालेन्द्र शाह (बालेन) का अध्यक्षताम...
पौष २९ गते, २०८० - १८:४१
काठमाडौँ। यौनिक तथा लैङ्गिक अल्पसङ्ख्यक समुदायले समानुपातिक समावेशी सिद्धान्तअनुसार राज्यका निकायमा आफूहरुलाई प्रतिनिधित्व गर्न पाउनुपर्ने माग गर्दै स...
पौष २९ गते, २०८० - १८:२९
मकवानपुर। हेटौंडा उपमहानगरपालिका १० बसपार्कबाट करिब ५ किलो अवैध लागूऔषध गाँजासहित एक जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा सर्लाही मलंगवा नगरपालिका...
पौष २९ गते, २०८० - १८:२६
काठमाडौँ। विद्यार्थी संगठनले विद्यालय शिक्षासम्बन्धी कानुनलाई संशोधन र एकीकरण गर्न बनेको विधेयकमा माध्यमिक तहसम्म निःशुल्क पढ्न पाउने विषय निश्चित हुन...
पौष २९ गते, २०८० - १८:२०
चितवन। जिल्लाका विभिन्न अस्पतालमा उपचार गर्न ल्याइएका बिरामीमध्ये स्क्रब टाइफसबाट चार जनाको मृत्यु भएको छ। मृत्यु हुनेमा एकजना चितवनका अन्य बाहिरी जिल...
पौष २८ गते, २०८० - १९:३१
सुदूरपश्चिम। नागरिक उन्मुक्ति पार्टी (नाउपा)ले संस्थापक अध्यक्ष रञ्जिता श्रेष्ठलाई सहअध्यक्षमा मनोनित गर्ने निर्णय गरेको छ । टीकापुरमा सम्पन्न प्रथ...
पौष २८ गते, २०८० - १९:२५
सुदूरपश्चिम। विश्व स्वास्थ्य संगठन (डब्ल्यूएचओ)का एक वरिष्ठ विज्ञले कोभिड–१९ को संक्रमण संसारभर फैलँदै गएकाले जनस्वास्थ्य जोखिम उच्च रहेको बताएकी छन् ...
प्रतिकृया लेख्नुहोस्: