Khabar Dabali २४ मंसिर २०८२ मंगलवार | 9th December, 2025 Tue
Investment bank

अमेरिकी हवाई आक्रमण र झडपमा ७३ को मृत्यु

\"plane\"बग्दाद । इराकभरी भएको अमेरिकासँग आवद्ध हवाई आक्रमण र इराकको पश्चिमी प्रान्त अन्बारलयागत अन्य इलाकामा इस्लामिक स्टेट आतङ्ककारी र सैनिकबीच भएको भडपमा परी आइतबार ७३ व्यक्तिको मृत्यु भएको प्रान्तीय सुरक्षा  स्रोतले जानकारी दिएको छ । अन्तर्राष्ट्रिय संयुक्त गठबन्धनले इराकको विभिन्न इलाकालाई लक्ष्यगरी गरिएको १६ वटा हवाई आक्रमणमा ४२ जनाको मृत्यु भएको जनाइएको छ । साथै यस आक्रमणबाट आइएस कब्जा गरेको ४३ वटा स्थान ध्वस्त गरिएको बताइएको छ । यस हवाई आक्रमणमा आइएस आतङ्ककारी समूहको चार वटा सवारी साधन समेत ध्वस्त भएको पनि जनाइएको छ । यद्यपी इराकी युद्धक विमान र सेनाको हेलिकोप्टरद्धारा गरिएको ३७ वटा हवाई आक्रमणबाट इराकको विभिन्न इलाकामा रहेको आइएसले कब्जा गरेको  स्थानहरु ध्वस्त भएको बताइएको छ । तर सेनाद्धारा जारी यस विज्ञप्तिमा आइएस लडाकूको थप हताहत भने प्रष्ट  पारेको छैन । यसैबीच अन्बार प्रान्तमा इराकी सुरक्षा बल र  आइएस आतङ्ककाराबीच झडप जारी रहेको बताइएको छ ।  सो सहरमा सैनिकले  दर्जनौ सडककिनारको बम निष्क्रिय बनाएको जनाइएको छ । यसैगरी रमादी सहरदेखि उत्तरपश्चिमीमा पर्ने तवाइ र अल्बु जलेइबमा आइएस आतङ्ककारी र सैनिकबीच भएको झडपमा १८ सुरक्षाबलको मृत्यु हुनुको साथै अन्य ३० घाइते भएका छन । आतङ्ककारीतर्फ पनि १३ आइइस लडाकू मारिनुको साथै अन्य आठ घाइते भएका जनाइएको  छ ।
Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE Salt Trending