धनकुटा । नेकपा एमालेको ‘झुलाघाट चिवाभञ्ज्याङ समृद्धिका लागि संकल्प यात्रा’ को टोलीले माझ किरातमा रक्षात्मक देखीएको भए पनि पल्लाे किरातमा जनसभा गर्ने भएकाे छ ।बिहीबार धनकुटा पुग्ने भएको टाेलीले धनकुटाका विभिन्न स्थानका कार्यक्रम पश्चात तेर्हथुमकाे बसन्तपुरमा जनसभा गर्ने भएकाे हाे ।
एमाले अध्यक्ष केपी शर्मा ओलीले मंसिर १४ गते बैतडीको झुलाघाटमा राष्ट्रिय झण्डा फहराएर सुरु गरिएको मध्यपहाडी (पुष्पलाल) लोकमार्ग केन्द्रित संकल्प यात्रा १५ औं दिनमा धनकुटा पुग्न लागेको हो । संकल्प यात्राको टोलीलाई भोलि बिहान लेगुवामा फूलमालासहित स्वागत गरेर जिल्ला प्रवेश गराइने एमाले धनकुटा अध्यक्ष इन्द्रमणि पराजुलीले जानकारी दिए ।
२८ गते बिहान ९ बजेतिर टोली धनकुटाकाे लेगुवा आइपुग्ने र टोलीमा सहभागि सबैलाई जिल्लामा स्वागत गरीने अध्यक्ष पराजुलीले बताए । लेगुवा, पाख्रिबास, हिले, जोरपाटी र सिधुवामा कार्यक्रमहरू राखिएका र त्यहाँका कार्यक्रमहरूमा सहभागि हुँदै टोली बसन्तपुर पुगेपछि त्यहाँ वृहत जनसभाकाे तयारी गरिएकाे उनले बताए ।
यात्राका क्रममा धनकुटाकाे लेगुवामा एमाले अध्यक्ष ओलीसहितको टोलीले ज्येष्ठ नागरिकहरूसँग भेटघाट र पाख्रिबासमा कृषि अनुसन्धान केन्द्रका वैज्ञानिकहरूसँग कृषिको सम्भावना र चुनौतीका विषयमा अन्तरक्रिया गर्ने बताइएकाे छ ।
यसैगरी अध्यक्ष ओलीले हिलेमा पार्क उद्घाटन र सोही अवसरमा धनकुटा नगरपालिकाका प्रमुख तथा एमाले जिल्ला उपाध्यक्ष चिन्तन तामाङले धनकुटा नगरको कार्यप्रगति र भावी योजनाको विषयमा अध्यक्ष ओलीलाई ज्ञापनपत्र बुझाउँने कार्यक्रम राखिएको एमाले धनकुटाका अध्यक्ष पराजुलीले बताए ।
एमाले धनकुटाका अनुसार जोरपाटीमा पनि संकल्प यात्राको टोलीलाई स्वागत गर्ने तयारी छ । सिधुवा पुगेर अध्यक्ष ओलीसहितको टोलीले त्यहाँका कृषकसहित कृषि क्षेत्रसम्बद्ध सरोकारवालाहरूसँग अन्तरक्रिया गर्ने कार्यक्रम तय गरिएको छ । सिधुवाको कार्यक्रम सकेर गएपछि वसन्तपुरमा दिउँसो आमसभा गर्न लागिएको हो ।
धनकुटा, तेह्रथुम र संखुवासभाको तर्फबाट संयुक्त रुपमा गर्न लागिएको आमसभामा १५ हजार भन्दा बढी मानिस सहभागि हुने एमाले धनकुटठाका प्रचार तथा प्रकाशन विभाग प्रमुख नैन विश्वकर्माले जानकारी दिए । आमसभामा धनकुटाबाट पाँच हजार भन्दा बढी मानिस जाने तयारी रहेकाे उनले बताए ।
१८ दिनसम्म सञ्चालन हुने संकल्प यात्राको अगुवाइ एमाले अध्यक्ष ओलीले गरिरहेका छन् । यात्रामा अध्यक्ष ओलीसहित वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेल, उपाध्यक्षहरू युवराज ज्ञवाली, अष्टलक्ष्मी शाक्य, रामबहादुर थापा, विष्णुप्रसाद पौडेल र सुरेन्द्र पाण्डे, महासचिव शङ्कर पोखरेल, उपमहासचिवहरू प्रदीपकुमार ज्ञवाली, पृथ्वीसुब्बा गुरुङ, विष्णु रिमालसहित पाँच सय नेता कार्यकर्ता सहभागि छन् ।
पुस १ गते पाँचथरको चिवाभञ्ज्याङ पुगेर संकल्प यात्रा समापन हुने एमालेले जनाएको छ ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
पौष ८ गते, २०८२ - १०:५८
काठमाडौं । नेपालमा डेंगुभन्दा कैयौँ गुणा घातक मानिने ‘जापानिज इन्सेफलाइटिस’ (जेई) को संक्रमण र मृत्युदर भयावह रूपमा बढ्दै गएको छ । पछिल्लो एक वर्षको त...
पौष ८ गते, २०८२ - १०:५०
काठमाडौं । नेपाली बजारमा आज सुन चाँदीको मूल्यले नयाँ रेकर्ड बनाएको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुनको मूल्य तोलामा ५५ सय र...
पौष ८ गते, २०८२ - १०:४५
गोरखा । जिल्लाको गोरखा नगरपालिका – ५ चिल्ड्रेनपार्क नजिकै रहेको लसुने जङ्गलमा मानव कङ्गाल फेला परेको छ । जिल्ला प्रहरी कार्यालय गोरखाका अनुसार मानव कङ...
पौष ८ गते, २०८२ - १०:४२
दोषीमाथि कडा कारबाहीको माग
पौष ८ गते, २०८२ - १०:३७
अदालत र सडक धाउँदै गर्दा चुनाव अनिश्चित !
पौष ८ गते, २०८२ - १०:२५
काठमाडौँ । जेनजी आन्दोलनका क्रममा आगजनी र तोडफोड भएका राजनीतिक दलका कार्यालयको अनुगमन तथा दलहरूसँग संवाद गर्न सरकारद्वारा गठित राजनीतिक संवाद समितिको ...
पौष ८ गते, २०८२ - १०:१६
सिरहा । देशमा बढ्दो बेरोजगारी समस्याको गम्भीर तस्वीर लहान नगरपालिकाको एक सूचनाले प्रष्ट पारेको छ । दलित तथा मुसहर बस्तीमा ट्युसन पढाउने शिक्षकका लागि ...
पौष ७ गते, २०८२ - १०:४४
पर्वत । पर्वतका पाखापखेरा र डाँडाकाँडाहरू यतिबेला पाकेका लप्सीले पहेँलपुर बनेका छन्। 'लप्सी जिल्ला' को पहिचान बनाएको पर्वतमा यतिबेला किसानहरूल...
पौष ७ गते, २०८२ - १०:४२
काठमाडौँ । नेपाली काँग्रेसका महामन्त्री गगनकुमार थापाले गत भदौ २३ गते भएको हिंसात्मक घटनाको सम्पूर्ण जिम्मेवारी तत्कालीन सरकारले लिनुपर्ने बताएका छन् ...
पौष ७ गते, २०८२ - १०:४१
कैलाली । चुरे गाउँपालिका–४, बालुवागडा नजिकैको जङ्गलमा नवलसिंह घर्ती र उनको परिवार विगत तीन वर्षदेखि पालमुनी जीवन बिताउन बाध्य छन् । केही वर्षअघि आएको ...




प्रतिकृया लेख्नुहोस्: