बुटवल । बैंकको ब्याजदर एक अंकमा झार्न र व्यवसायीमैत्री नीति बनाउन बुटवलका व्यवसायीहरूले माग गरेका छन् । दुई अंकको बैंक ब्याजदरले व्यवसायीहरू संकटमा परेको भन्दै उनीहरूले व्यवसायमैत्री वातावरण बनाउन आग्रह गरेका हुन् ।
उद्योग व्यापार संघ बुटवलको पाँचौं वार्षिक साधारणसभा तथा तेस्रो अधिवेशनमा बोल्दै रुपन्देहीका व्यवसायीहरूले उद्योग व्यापारविना देशको विकास सम्भव नहुनेमा जोड दिँदै साना र मझौला व्यवसायीलाई सुहाउँदो ब्याजदर र तीन तहकै सरकारको नीति बन्न आवश्यक बताए ।
कार्यक्रममा बुटवल उपमहानगरपालिकाका प्रमुख खेलराज पाण्डेयले मुलुक संकटमा परेका बेला बैंकहरूले ब्याजदर बढाउँदै जाँदा आर्थिक क्षेत्रमा समस्या बढेको बताए ।
पाण्डेयले करको दर नभई दायरा बढाउने गरी पालिका अघि बढेको बताए । ‘कर्जा सम्झौताको बेलामा उल्लेख भएभन्दा दोब्बर ब्याज लिँदा आर्थिक क्षेत्रमा समस्या भयोु,उनले भने, ‘समस्या देखाउनभन्दा आफ्नो ठाउँमा सबै जिम्मेवार इमानदार बनौं ।’
उनले बुटवल बजार क्षेत्रको सडक विस्तारको डिजाइन परिवर्तन गरी व्यवसायीमैत्री सडक बनाउनुपर्ने बताए ।
उद्योग व्यापार संघ बुटवलका संस्थापक अध्यक्ष एवं नेपाल उद्योग व्यापार महासंघ केन्द्रीय महासचिव खिमनारायण पराजुलीले अबको व्यवसायीको लडाइँ राष्ट्र बैंक, अर्थ मन्त्रालय र बैंकर्स एसोसिएसनसँग रहेको बताए । बैंकर र व्यवसायी एउटै घराना हुँदा उनीहरूको दोहोरो भूमिकाले साना तथा मझौला व्यवसायी समस्यामा परेका पराजुलीले बताए ।
बुटवल उद्योग वाणिज्य, संघका अध्यक्ष हरिप्रसाद अर्यालले कर राजस्वका दर घटाउनुपर्ने बताए । प्रदेश सरकारको एकीकृत सम्पत्ति कर कानूनका कारण कर राजस्व अत्यधिक धेरै रहेका उनको भनाइ छ । ‘बैंक ब्याज दर लिँदा ८ प्रतिशत र तिर्दा १६ प्रतिशत हुँदा बैंकहरू मात्र मोटाउने परिपाटी अन्त्य हुनुपर्छ,’ अर्यालले भने ।
संघका अध्यक्ष गोविन्दराज गैरेले उद्योग व्यापारको विकासविना देशको आर्थिक विकास हुन नसक्ने बताउँदै बैंकको ब्याजदर घटाउन र बुटवलको सडक डिजाइन परिवर्तन गरी व्यवसायीमैत्री बनाउन आग्रह गरे ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
जेष्ठ २७ गते, २०८३ - २२:०१
हेटौंडा । विश्व रक्तदाता दिवसको अवसरमा मकवानपुरको हेटौंडामा बृहत् खुला रक्तदान कार्यक्रम आयोजना हुने भएको छ। खड्का समाज मकवानपुर र रक्तदाता समाज मकवान...
जेष्ठ २७ गते, २०८३ - २२:००
काठमाडौं । धान रोपाइँको मुख्य सिजन सुरु भएसँगै रासायनिक मल अभावको चिन्ता बढिरहेका बेला भारतबाट ५० हजार मेट्रिक टन मल नेपाल आउने निश्चित भएको छ। सरकार–...
जेष्ठ २७ गते, २०८३ - २१:५५
विराटनगर । मोरङको कानेपोखरीस्थित शुभलक्ष्मी अधिकारी सुनचाँदी पसलको बहुचर्चित ठगी प्रकरणमा भूमि आयोग मोरङका निवर्तमान अध्यक्ष नवीन पौडेलसमेत अनुसन्धानक...
जेष्ठ २७ गते, २०८३ - २१:४५
काठमाडौं । पछिल्ला केही दिनयता सक्रिय बनेको मौसम प्रणालीका कारण काठमाडौं उपत्यकासहित देशका विभिन्न क्षेत्रमा उल्लेख्य वर्षा भएको छ। राजधानीको कपन क्षे...
जेष्ठ २७ गते, २०८३ - २१:४३
काठमाडौं । सिरहामा माध्यमिक शिक्षा परीक्षा (एसईई) का क्रममा विद्यार्थीबाट जफत गरिएका मोबाइल फोन नष्ट गरिएको घटनाबारे सर्वोच्च अदालतले सम्बन्धित सरकारी...
जेष्ठ २७ गते, २०८३ - २०:१२
बाजुरा । रानीसैन संघर्ष समिति बाजुराले जिल्ला सदरमुकाम मार्तडीसहितका हाटबजार र कर्णाली करिडोर सडक बन्द गरेको छ।जिल्लाको हिमाली गाउँपालिका–३ रानीसैनमा ...
जेष्ठ २७ गते, २०८३ - ०९:३६
सुर्खेत । सम्भावित मनसुनजन्य विपद् न्यूनीकरण, पूर्वतयारी र प्रतिकार्यलाई प्रभावकारी बनाउन आयोजना गरिएको ‘प्रथम कर्णाली प्रदेश मनसुन फोरम २०२६’ सुर्खेत...
जेष्ठ २७ गते, २०८३ - ०९:३०
काठमाडौं । नेपाली कांग्रेसभित्र लामो समयदेखि अलग–अलग गतिविधि गर्दै आएका संस्थापन पक्ष र इतर समूह पहिलो पटक एउटै मञ्चमा देखिने भएका छन् । कोशी प्रदेशमा...
जेष्ठ २७ गते, २०८३ - ०९:१४
म्याग्दी । अन्नपूर्ण गाउँपालिका–४ भालेबासस्थित धवलागिरि आधारभूत विद्यालयमा विद्यार्थी र शिक्षक–कर्मचारीको सङ्ख्या बराबर भएपछि ग्रामीण शिक्षामा बसाइँसर...
जेष्ठ २७ गते, २०८३ - ०९:११
काठमाडौं । यस वर्ष मनसुन औसतभन्दा कम पानी पर्ने पूर्वानुमान गरिए पनि त्यसले विपद्को जोखिम घट्ने छैन भन्ने चेतावनी विज्ञहरूले दिएका छन्। बरु, छोटो अवधि...



प्रतिकृया लेख्नुहोस्: