Khabar Dabali ६ पुष २०८२ आईतवार | 21st December, 2025 Sun
Investment bank

बैंकको ब्याज दर एक अंकमा झार्न व्यवसायीको माग​

खबरडबली संवाददाता

बुटवल ।  बैंकको ब्याजदर  एक अंकमा झार्न र व्यवसायीमैत्री नीति बनाउन बुटवलका व्यवसायीहरूले माग गरेका छन् ।  दुई अंकको बैंक ब्याजदरले व्यवसायीहरू संकटमा परेको भन्दै उनीहरूले व्यवसायमैत्री वातावरण बनाउन आग्रह गरेका हुन् ।

उद्योग व्यापार संघ बुटवलको पाँचौं वार्षिक साधारणसभा तथा तेस्रो अधिवेशनमा बोल्दै रुपन्देहीका व्यवसायीहरूले उद्योग व्यापारविना देशको विकास सम्भव नहुनेमा जोड दिँदै साना र मझौला व्यवसायीलाई सुहाउँदो ब्याजदर र तीन तहकै सरकारको नीति बन्न आवश्यक बताए ।  

कार्यक्रममा बुटवल उपमहानगरपालिकाका प्रमुख खेलराज पाण्डेयले मुलुक संकटमा परेका बेला बैंकहरूले ब्याजदर बढाउँदै जाँदा आर्थिक क्षेत्रमा समस्या बढेको बताए ।

पाण्डेयले करको दर नभई दायरा बढाउने गरी पालिका अघि बढेको बताए । ‘कर्जा सम्झौताको बेलामा उल्लेख भएभन्दा दोब्बर ब्याज लिँदा आर्थिक क्षेत्रमा समस्या भयोु,उनले भने, ‘समस्या देखाउनभन्दा आफ्नो  ठाउँमा सबै जिम्मेवार  इमानदार बनौं ।’

उनले बुटवल बजार क्षेत्रको सडक विस्तारको डिजाइन परिवर्तन गरी व्यवसायीमैत्री सडक बनाउनुपर्ने बताए ।

उद्योग व्यापार संघ बुटवलका संस्थापक अध्यक्ष एवं नेपाल उद्योग व्यापार महासंघ केन्द्रीय महासचिव खिमनारायण पराजुलीले अबको व्यवसायीको लडाइँ राष्ट्र बैंक, अर्थ मन्त्रालय र बैंकर्स एसोसिएसनसँग रहेको बताए । बैंकर र व्यवसायी एउटै घराना हुँदा उनीहरूको दोहोरो भूमिकाले साना तथा मझौला व्यवसायी समस्यामा परेका पराजुलीले बताए । 

बुटवल उद्योग वाणिज्य, संघका अध्यक्ष हरिप्रसाद अर्यालले कर राजस्वका दर घटाउनुपर्ने बताए । प्रदेश सरकारको एकीकृत सम्पत्ति कर कानूनका कारण कर राजस्व अत्यधिक धेरै रहेका उनको भनाइ छ । ‘बैंक ब्याज दर लिँदा ८ प्रतिशत र तिर्दा १६ प्रतिशत हुँदा बैंकहरू मात्र मोटाउने परिपाटी अन्त्य हुनुपर्छ,’ अर्यालले भने । 

संघका अध्यक्ष गोविन्दराज गैरेले उद्योग व्यापारको विकासविना देशको आर्थिक विकास हुन नसक्ने बताउँदै बैंकको ब्याजदर घटाउन र बुटवलको सडक डिजाइन परिवर्तन गरी व्यवसायीमैत्री बनाउन आग्रह गरे ।

Khabardabali Desk–MB

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

धार्मिक सम्पदाको संरक्षण र प्रवर्द्धनमा जुट्दै भोजपुर

भोजपुर ।  भोजपुर नगरपालिका–९ काफ्ले धार्मिक तथा सांस्कृतिक सम्पदाको संरक्षण र प्रवर्द्धनमा सक्रिय रूपमा जुटेको छ । वडाभित्र उल्लेख्य सङ्यामा ऐतिहासिक,...

वारणमा ऐतिहासिक सफलता: गलगाँडको समस्या शून्यमा

काठमाडौँ । पछिल्ला दशकमा नेपालले गलगाँड (इन्डेमिक गोइटर) अर्थात् कण्ठरोग निवारणमा ऐतिहासिक सफलता हासिल गरेको छ । विगतमा आयोडिनयुक्त नुनको अभावका कारण ...

स्थानीय उत्पादन प्रवर्धनमा सरकारले सहयोग गर्ने: मन्त्री परियार

पाँचथर । सरकारले कृषकले उत्पादन गरेका स्थानीय उपजको प्रवर्धन र बजार व्यवस्थापनमा सहयोग गर्ने निर्णय गरेको छ। शनिबार पाँचथरको फिदिम पुग्नुभएका कृषि ...

श्चिम नवलपरासीमा चिसो बढेसँगै चोक–चोकमा दाउरा वितरण

पश्चिम नवलपरासी । तराईमा विगत केही दिनदेखि बढेको अत्यधिक चिसो र शीतलहरका कारण जनजीवन प्रभावित भएपछि रामग्राम नगरपालिकाले राहत कार्य सुरु गरेको छ। न...

त्रिविको ५१ औँ दीक्षान्त समारोह : २५ विद्यार्थीले पदक र पुरस्कार पाउने

  काठमाडौँ  । त्रिभुवन विश्वविद्यालयको ५१ औँ दीक्षान्त समारोह यही पुस १० गते दशरत रंगशालामा आयोजना हुने भएको छ। विश्वविद्यालयले जारी गरेको सूचना...

ठेक्का तोडिएका सडक योजनाको नयाँ टेण्डर प्रक्रिया सुरु गर्न मन्त्री घिसिङको निर्देशन

काठमाडौँ । ऊर्जा, जलस्रोत तथा सिँचाइ, भौतिक पूर्वाधार तथा यातायात र शहरी विकास मन्त्री कुलमान घिसिङले ठेक्का तोडिएका सडक र पुल निर्माण योजनाको काम सुन...

अझै फर्किएनन् तनहुँका ६८ जना कैदीबन्दी

तनहुँ । भदौ २४ गतेको जेन्जी आन्दोलनका क्रममा तनहुँ कारागारबाट फरार भएका ६८ जना कैदीबन्दी अझै फर्किएका छैनन् । कारागारमा रहेका ३२७ जनामध्ये २ सय ५९ ...

फैजुल्लाह आलमको निधनले प्रेस सेन्टर नेपालमा शोक

काठमाडौँ ।  प्रेस सेन्टर नेपालका साधारण सदस्य र अनुभवी फोटो पत्रकार फैजुल्लाह आलमको ५३ वर्षको अल्पायुमै निधन भएको छ। उनका निधनले संगठन र नेपाली पत्रका...

चिनी माग्ने बहानामा घर पसेर ९० भन्दा बढी चोट

झापा विद्रोहको रक्तरञ्जित शिकार बने सहिद उद्रकान्त राजवंशी

शेयर बजारमा ठगी र कृत्रिम मूल्य वृद्धि: ४९ लाख अवैध नाफा कमाएको आरोपमा दिपेन्द्र अग्रवाल पक्राउ

काठमाडौँ । धितोपत्र सम्बन्धी ऐन, २०६३ अन्तर्गतको कसूरमा संलग्न रहेको आरोपमा दिपेन्द्र अग्रवाल पक्राउ परेका छन् । नेपाल धितोपत्र बोर्ड (सेबोन)को प्रारम...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE Salt Trending