विराटनगर। लेटाङ्गका एक जना २३ बर्षका युवकको मुटुको प्वाल नोवेल मेडिकल कलेज टिचिङ्ग हस्पिटलमा विना शल्यक्रिया टालिएको छ । लेटाङ्ग निवासी अमिस मगरको विना शल्यक्रिया नोवेलका मुटुरोग बिषेशज्ञ प्रा. डा. राजेश नेपाल नेतृत्वको चिकित्सा टोलीले ए. एस. डी. क्लोजर (ASD Device Closure) प्रविधीबाट मुटुको जन्म जात प्वाल टालेको हो ।
करिव डेढ बर्ष अगाडी शौचालय जाने क्रममा एक्कासी लडेका उनको परिवारले केही होइन होला भनी त्यति गंभिरता पुर्वक नलिएको र छ महिना अगाडि पनि उनी फेरी बेहोसीमा लड्न पुगेका थिए । अस्पताल आउन भन्दा केही दिन पहिला यो घटना पुनः दोहोरिए पछि भने उनलाई परिवारले लेटाङ्गमा नै जाँच गराउदा मुटुमा प्वाल परेको थाहा भएको विरामीकी आमाले बताइन् ।
उनको भनाई अनुसार लेटाङ्गका नाम चलेका स्वास्थ्य कर्मी सिताराम लुईटेलले रोग पत्ता लगाई नोवेलमा थप उपचारका लागि पठाएका थिए । नोवेलमा उनको विना शल्यक्रिया मुटुको प्वाल टालिएको छ । मुटुको प्वाल टालिए पछि विरामी र विरामीको आमाले चिकित्सकलाई धन्यवाद दिदै अस्पताल सेवा प्रति खुशी व्यक्त गरे । त्यस्तै राजविराजका २६ बर्षिय मञ्जु देवी पंण्डीतको पनि मुटुको प्वालको ए. एस. डी. डिभाइसबाट उपचार गरिएको छ ।
थकाई लाग्ने, हिँडदा स्याँ स्याँ हुने, खाएको शरीरमा नलाग्ने समस्या भई उपचारका लागि नोवेल आएको उनको जम्मा तौल ३८ केजी मात्र रहेको र जाँचको क्रममा उनको मुटुको प्वालको आकार ठूलो रहेको पाईएकोले ३४ एम. एम. को ए. एस. डी. डिभाइस राखिएको थियो ।
डा. राजेश नेपालको भनाई अनुसार यो ए. एस. डी. भनेको मुटुमा हुने प्वाल हो । यो जन्म जात हुन्छ । धेरै मानिसहरुले यसलाई पहिला थाहा पाउदैनन्, पछिमात्र थाहा पाउछन् । किन भने लक्षण पछिमात्र देखा पर्न थाल्छ या अन्य कारणले इकोकार्डियोग्राम गर्दा थाहा हुन्छ । मुटुको प्वाल शल्यक्रिया गरेर वा नशाबाट छाता जस्तो सामाग्री (ए. एस. डी. डिभाईस) छिराएर प्वाल परेको स्थानमा टाल्ने गरिन्छ ।
मुटु जाँचको क्रममा टी. ई. ई. भन्ने परीक्षण गरे पश्चात भोको रहेको ६ घण्टा पछि क्याथ ल्यावमा यो प्रकृया गर्ने गरिन्छ । १५ देखि २० मिनटमा हुने यो प्रकृया सकिएको २ — ३ घण्टा पछि खाना खान मिल्ने हुन्छ । मुटुको प्वाल टालेको एक दिन पछि विरामीलाई घर पठाउन मिल्ने डा. नेपालको भनाई छ ।
नोवेलमा यो प्रविधीबाट मुटुको प्वाल टाल्ने विरामीको संख्या अहिले बढेको छ । मुटु रोगको पहिचान, सवै प्रकारका मुटुका समस्याहरुको उपचार र नेपाल सरकारको विपन्न नागरिक औषधी उपचार कोष अन्तर्गतका सेवा उपलव्ध हुने भएकोले विरामीलाई नोवेल आई उपचार गर्न सहज भएको महाप्रवन्धक दिपेश राईले जानकारी दिए ।
मुटु रोग, फोक्सो रोग, न्यूरो सर्जरी, न्यूरोलोजी, नेफ्रोलोजी, ग्यास्ट्रोइन्टेरोलोजी, अन्कोलोजी, इण्डोक्राइनोलोजी, हेपाटोलोजी, यूरो सर्जरी, ल्यापारोस्कोपिक सर्जरी, आई. भि. एफ., हेपाटो सर्जरी, बाथ रोग लगायतका विशिष्ट सेवाहरु सहितको एकै छाना मुनी सवै सेवा उपलव्ध भएकोले नोवेलमा पूर्वी नेपालका र भारतीय विरामीहरुको चाप उच्च हुने गरेको छ ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
पौष १ गते, २०८२ - १०:२४
तनहुँ । मुग्लिन–पोखरा सडकअन्तर्गत दमौली बजारमा निर्माणाधीन चार लेनको पुल आगामी वैशाखभित्र सम्पन्न गर्ने गरी कामलाई तीव्रता दिइएको छ । व्यास नगरपालिका–...
पौष १ गते, २०८२ - १०:२२
स्याङ्जा । स्याङ्जाको एउटै समूहले यस वर्ष ८७ लाख मूल्यको सुन्तला बिक्री गरेको छ । स्याङ्जाको पुतलीबजार नगरपालिका–७ स्थित अर्बकुना सुन्तला उत्पादन कृषक...
पौष १ गते, २०८२ - १०:१९
मुस्ताङ । मुस्ताङको वारागुङ मुक्तिक्षेत्र–१ मा अवस्थित हिन्दू तथा बौद्ध धर्मावलम्बीहरूको प्रसिद्ध धार्मिकस्थल मुक्तिनाथ मन्दिर नजिकैको ‘झारकोट’ गाउँ प...
पौष १ गते, २०८२ - १०:१४
काठमाडौँ । नेकपा एमालेको ११औँ महाधिवेशन अन्तर्गत नेतृत्व चयनका लागि उम्मेदवारीको अन्तिम नामावली सार्वजनिक भएको छ। केन्द्रीय निर्वाचन समितिले सार्वज...
पौष १ गते, २०८२ - १०:०५
चितवन । नेपाल सरकारले कतार सरकारलाई उपहारस्वरुप पठाउन लागेका दुईवटा हात्ती भैरहवा पुगेका छन् । बुधबार गौतमबुद्ध अन्तरराष्ट्रिय विमानस्थल हुँदै ती हात्...
पौष १ गते, २०८२ - १०:०५
म्याग्दी । बेनी नगरपालिका–७ मङ्गलाघाटमा स्थानीयवासीले सातमुरे पाखो सम्याएर ३५ मिटर लम्बाइ र १५ मिटर चौडाइ भएको खेलमैदान निर्माण गरेका छन्। बेनी नगरपाल...
पौष १ गते, २०८२ - १०:०४
काठमाडौँ । ट्रेकिङ एजेन्सिज् एसोसिएसन अफ नेपाल (टान) र कोरिया एसोसिएसन अफ ट्राभल एजेन्ट्स (काटा) बीच द्विपक्षीय पर्यटन प्रवर्द्धन र सहकार्य सुदृढ गर्...
पौष १ गते, २०८२ - ०९:५९
घनश्याम भुसाल संयोजक रहेको दस्तावेज लेखन समिति गठन
पौष १ गते, २०८२ - ०९:५३
काठमाडौँ । नेपाली कम्युनिस्ट पार्टीका नेता डा. भीम रावलले नेकपा एमालेको जारी ११औँ महाधिवेशनप्रति कडा प्रतिक्रिया दिएका छन्। सामाजिक सञ्जालमार्फत प्रति...
पौष १ गते, २०८२ - ०९:४७
काठमाडौं । ठेक्का सम्झौता गर्ने तर काम नगरेर वर्षौंदेखि अलपत्र पारेर रुग्ण बनाइएका सिँचाइतर्फका २२ वटा ठेक्का तोडिएको छ । ठेक्का तोडिएका आयोजनाहरुको क...




प्रतिकृया लेख्नुहोस्: