Khabar Dabali ३० श्रावण २०८३ शनिबार | 15th August, 2026 Sat
Investment bank

मेडिसिटी अस्पतालले शुरु गर्याे स्तन हेरचाह केन्द्र

खबरडबली संवाददाता

काठमाडौं । नेपाल मेडिसिटी अस्पतालले पौष ८ गते आइतबारबाट स्तन हेरचाह केन्द्र सञ्चालनमा ल्याएकोे छ । महिलाहरुमा बढ्दै गएको स्तन क्यान्सर र उपचारको अभावका कारण मृत्यु व्यहोरनुपर्ने अवस्थालाई मध्यनजर गर्दै उक्त सेन्टर सञ्चालनमा ल्याएको हो ।

स्तन हेरचाह केन्द्र अन्र्तगत महिलाहरुले सबै किसिमका उपचार, निदान, स्तन रिकन्सट्रक्सन तथा जनचेतनाका लागि तालिमको सेवा एकै छतमुनिबाट प्राप्त गर्न सक्नेछन् । यस विभागबाट विभिन्न परीक्षण, शल्यक्रिया तथा शल्यक्रिया पछि नक्कली स्तन प्रत्यारोपण गर्ने वा रिकन्स्ट्रक्सनको सुविधा पनि प्रदान गरिन्छ । 

सेन्टरको उद्धघाटन नायिका तथा सामाजिक अभियान्ता मानिषा कोइराला, नेपाल उद्योग वाणिज्य महासंघका पूर्व अध्ययक्ष भवानी राणा र महिला उद्यमी महासंघ नेपालका निवर्तमान अध्ययक्ष निरु रायमाझीबाट गरिएको हो । 

अस्पतालका अध्ययक्ष उपेन्द्र महतोले नेपालीहरुलाई स्वदेशमै सम्पूर्ण सेवा प्राप्त होस् भन्ने उद्धेश्यले विशेषज्ञ केन्द्रहरु एकपछि अर्को सञ्चालन गरेको बताए ।  कार्यक्रममा बोल्दै नायिका मनिषा कोइरालाले विदेशमा जसरी नै नेपालमा  पनि क्यान्सर रोगको केन्द्रिकृत उपचार अभ्यास हुनुपर्ने बताइन् ।

उनले क्यान्सरको अनुभव साट्दै सबै किसिमका क्यान्सरको उपचार नेपालमै हुनुपर्ने जोड दिइन् । उनले ग्रामिण भेगका महिलाहरुमा पनि उपचारको पहुँच भएको हेर्ने आफ्नो सपना रहेको बताइन् । 

त्यस्तै, नेपाल उद्योग वाणिज्य महासंघका पूर्व अध्ययक्ष भवानी राणाले नेपाल मेडिसिटीमा स्तन क्यान्सरको सबै उपचार सम्भव भएकोमा खुशी व्यक्ति गरिन् । उनले महासंघसँग जोडिएका ग्रामिण भेगका महिलाहरुमा जनचेतना फैलाउन आफूले पनि सहयोग गर्ने बाचा गरिन् ।

महिला उद्यमी महासंघ नेपालका निवर्तमान अध्यक्ष निरु रायमाझीले महिलाहरुमा जनचेतनाको कमी रहेको बताइन् । उनले भनिन्, “हाम्रो स्वास्थ्य प्रणाली महिलामैत्री छैन । सरकारले महिलालाई आर्थिक रुपमा सशक्तिकरण गर्ने उद्धेश्य बोकेको छ, तर जबसम्म महिलाहरुको स्वास्थ्य सुरक्षित हुँदैन, तबसम्म आर्थिकरुपमा सशक्तिकरण गर्न सकिँदैन ।”

आफैले छामेर पत्ता लाग्न सक्ने रोग भएतापनि कति महिलाहरुलाई कसरी जाँच्ने भन्ने विषयमा थाहै नभएका केन्द्रका प्रमुख तथा प्रिन्सिपल कन्सलटेन्ट डा. ज्योति रायमाझीले बताइन् । 

“स्तन क्यान्सरबारे जानकारी तथा छामेर पत्ता लगाउन सक्नेगरी हामीले स्व(स्तन परीक्षण प्रशिक्षण को व्यवस्था गरेका छौं,” डा.ज्योतीले भनिन् ।

त्यस्तै, स्तन क्यान्सर भन्नेवित्तिकै महिलालाई मात्र हुन्छ भन्ने भ्रम समाजमा फैलिएको छ, जुन गलत हो । यो रोग पुरुषमा पनि देखिन्छ । अध्ययनहरुका अनुसार एकलाख महिलामा ११८ जनामा स्तन क्यान्सर देखिन्छ भने एकलाख पुरुषहरुमा एक जनामा स्तन क्यान्सर देखिने गरेको छ । 

पुरुषहरुका लागि पनि हामीले सोही तरिकाबाट क्यान्सर पत्ता लगाउने तालिम प्रदान गर्दछौं । तालिममा कस्तो ट्युमर क्यासर हुन् र कस्तो ट्युमरलाई उपचार नगर्दा पनि शरीरलाई केही असर पार्दैन भन्ने विषयमा पनि सचेत गराउने उद्धेश्यका साथ यो सेन्टर स्थापना गरिएको डा. ज्योतीले बताइन् ।

त्यस्तै, रेडियोलोजिस्ट तथा ब्रिस्ट इमेजिङमा फेलोसिप गरेका डा. कुन्दना रायमाझीका अनुसार सबै स्तनको क्यान्सर छामेर पत्ता लगाउन सकिँदैन । यसको लागि म्यामोग्राम परीक्षण गराउनुपर्दछ । 

प्रारम्भिक चरणमै स्तन क्यान्सर छ वा छैन भन्ने पत्ता लगाउन म्यामोग्राम परीक्षण गरिन्छ । “मटरको दाना भन्दा सानो क्यान्सरको गिर्खा हुँदा हातले भेट्न सकिन्न तर म्यामोग्राम परीक्षण गर्दा पत्ता लाग्छ । त्यस्तै, क्यान्सर कुन स्टेजमा पुगेको छ भन्ने थाहा पाउन ग्रिर्खाको आकारमा भर पर्छ,’ डा कुन्दनाले भनिन् ।

सामान्यतया, म्यामोग्रामको परीक्षण ४० वर्ष नाघेपछि गरिन्छ भने ४० वर्ष भन्दा कम उमेर समूहका महिलाहरुलाई स्तनको अल्ट्रासाउण्ड परीक्षण मात्र गराइन्छ ।  तर जो महिलाको आमा अथवा परिवारमा कुनै व्यक्तिहरुलाई स्तन क्यान्सर भएको इतिहास छ भने स्तन क्यान्सर हुने जोखिम धेरै हुन्छ । त्यसैले ती महिलाले ३० देखि ३५ वर्षको उमेरमै म्यामोग्राम गराउन आवश्यक रहेको डा कुन्दना बताउँछिन् । 

केन्द्र खुलिसकेपछि विरामीहरुले स्तनसम्बन्धि सबैखाले परीक्षण अस्पतालमै गर्न पाउनेछन् । दक्ष  चिकित्सकहरुबाट जाँच्ने तथा सल्लाह लिने, स्तनको एमआरआई, बायोप्सी, युएसजी, म्यामोग्राम परीक्षण देखि सर्जरीको पनि सेवा एकै ठाउँबाट लिन सकिन्छ । 

केन्द्रबाट पाउने सेवा सुविधाहरु
स्तन क्यान्सर स्क्रिनिङ अन्र्तगत चिकित्सक कन्सलटेसन, रेडियोलोजी (म्यामोग्राम र VSG ), टिश्यू डायग्नोसिस (टिश्यू कट, एफएनए)  को परीक्षण गराइन्छ ।

बिनाइन ब्रिस्ट म्यानेजमेन्ट प्याकेज अन्र्तगत ब्रिस्ट पेन, ट्युमर तथा निप्पल डिस्चार्जको जाँच गरिन्छ भने ब्रिस्ट क्यान्सर म्यानेजमेन्ट अन्र्तगत ब्रिस्ट कन्र्जरभेसन सर्जरी, ब्रिस्ट मास्टेक्टोमी र सेन्टिनेल नोड बायोप्सी परीक्षण गरिन्छ ।

यसैगरी कस्मेटिक तथा रिकन्ट्रक्सन सर्जरी अन्र्तगत ब्रिस्ट अगमेनटेसन, ब्रिस्ट रिडक्सन, मास्टोप्याथी र निप्पल करेक्सन सर्जरी र अंकोप्लास्टिक सर्जरीको सेवा दिइन्छ । 

त्यस्तै, क्रिसमस तथा अंग्रजी नयाँ वर्ष २०२४ को उपलक्ष्यमा उपचारका लागि आउने सबै व्यक्तिहरुलाई एक महिनासम्म सबै परीक्षणमा १५ प्रतिशत छुट प्रदान गरिनेछ ।

योसँगै स्तन क्यान्सरसँग सम्बन्धित हरेक शल्यक्रिया तथा प्लास्टिक सर्जरी (सर्जिकल प्रसिडिउर) मा पनि १५ प्रतिशत छुट रहेको छ । यो छुट जनवरी ३१ सम्म रहन्छ ।

Khabardabali Desk–MB

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

शिक्षक–सरकार सम्झौता कागजमै सीमित, फेरि आन्दोलनको तयारी

माग पूरा नभए शिक्षक महासंघले भदौदेखि आन्दोलन चर्काउने

देउवा–कोइराला समूहको शक्ति प्रदर्शन, देउवाको सन्देश– ‘कांग्रेस एक हुनुपर्छ’

काठमाडौँ । नेपाली कांग्रेसको वर्तमान नेतृत्वलाई चुनौती दिँदै पूर्वसभापति शेरबहादुर देउवा र कोइराला समूहले काठमाडौँमा राष्ट्रिय भेला आयोजना गरेका छन् ।...

अवैध रूपमा औषधिजन्य वस्तु उत्पादन गर्ने फार्म सञ्चालक पक्राउ

वीरगन्ज । प्रहरीले वीरगन्जमा अनुमति बिना औषधिजन्य वस्तु उत्पादन तथा स्टिकर लेबलिङ गरिरहेको आरोपमा एक जना पक्राउ गरेको छ । वीरगन्ज महानगरपालिका–११ श...

ग्यास अभावपछि चार उद्योगले एकै ठाउँबाट थाले सिलिन्डर बिक्री

चितवन । खाना पकाउने एलपी ग्यासको अभाव भएपछि स्थानीय प्रशासनले चितवन र नवलपरासीका चार ग्यास उद्योगमार्फत उपभोक्तालाई एकै ठाउँबाट ग्यास बिक्रीको व्यवस्थ...

आठ हजारलाई रोजगारी दिएको जुट मिल खण्डहरमा, फेरि ब्युँताउने आशा

विराटनगर । बाहिरबाट हेर्दा रुख तथा झारले जेलिएको पुरानो संरचना। भित्र पस्दा खिया लागेका मेसिन, माकुराको जालो र ओसको गन्ध। कतै फोहोर र जमेको पानी, कतै ...

पहिरोले घर पुरिँदा बाजुरामा एक बेपत्ता, दुई घाइते

बाजुरा । अविरल वर्षापछि आएको पहिरोले घर पुरिँदा बाजुराको त्रिवेणी नगरपालिका–९ ताम्सुमा एक जना बेपत्ता भएका छन् भने दुई जना घाइते भएका छन्। स्थानीय ...

बाढी–पहिरोले बागलुङका दुई प्रमुख राजमार्ग ठप्प, यात्रु बाटोमै अलपत्र

बागलुङ । अविरल वर्षासँगै आएको बाढी तथा पहिरोका कारण बागलुङका दुई प्रमुख राष्ट्रिय राजमार्ग अवरुद्ध भएका छन्। कालीगण्डकी करिडोरको बागलुङ खण्ड र मध्य...

कांग्रेस इतर समूहको राष्ट्रिय भेला आज, देउवा प्रमुख अतिथि

काठमाडौँ । नेपाली कांग्रेसको संस्थापन इतर समूहको राष्ट्रिय भेला आजदेखि काठमाडौँमा सुरु हुँदैछ। सुकेधारास्थित मिराकल पार्टी प्यालेसमा हुने भेलामा कांग्...

पूर्वाधार र स्पष्ट नीतिबिनै बढ्दैछ विद्युतीय सवारीको प्रयोग, अर्बौं लगानी जोखिममा

काठमाडौँ । नेपालमा विद्युतीय सवारी साधनको आयात र प्रयोग तीव्र गतिमा बढिरहेको भए पनि यसको व्यवस्थापनका लागि आवश्यक पूर्वाधार, दक्ष जनशक्ति र स्पष्ट नीत...

२२ करोडको बुटवल बधशाला झाडीमा, करोडौँका उपकरण प्रयोगविहीन

बुटवल । स्वच्छ र सुरक्षित मासु उत्पादनका लागि करिब २२ करोड रुपैयाँ खर्चेर निर्माण गरिएको बुटवलको आधुनिक पशु बधशाला अहिले झाडीले ढाकिएको छ। सञ्चालनमा आ...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending