Khabar Dabali ७ पुष २०८२ सोमबार | 22nd December, 2025 Mon
Investment bank

सरकार गठनको एक वर्ष : परराष्ट्र सम्बन्ध सञ्चालन र कूटनीतिक सम्बन्ध विस्तारमा महत्वपूर्ण उपलब्धि

खबरडबली संवाददाता

काठमाडौँ । सरकार गठन भएको एक वर्षमा परराष्ट्र सम्बन्ध सञ्चालन र कूटनीतिक सम्बन्ध विस्तारमा महत्वपूर्ण गतिविधि तथा उपलब्धि हासिल भएका छन् । यस अवधिमा सार्वभौमिक समानता, पारस्परिक हित र लाभका आधारमा स्वतन्त्र तथा सन्तुलित परराष्ट्र नीति सञ्चालन भई छिमेकीलगायत विश्वका सबै मित्र राष्ट्रसँगको मैत्रिपूर्ण सम्बन्ध थप सुदृढ भएको छ ।

परराष्ट्रमन्त्री नारायणप्रकाश साउदले यस अवधिमा द्विपक्षीय भ्रमण तथा महत्वपूर्ण बैठक भएको जानकारी दिए। मित्रराष्ट्र भारतका प्रधानमन्त्री नरेन्द्र मोदीको निमन्त्रणामा प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले गत जेठ १७ देखि २० गतेसम्म भारतको औपचारिक भ्रमण गरेको थिए । उक्त अवसरमा विभिन्न सात सम्झौता र समझदारीपत्रमा हस्ताक्षर भएको तथा पाँच विभिन्न परियोजनाको उद्घाटन र शिलान्यास सम्पन्न भएका थिए । 

द्विपक्षीय भ्रमण र बैठक

यसैगरी मित्रराष्ट्र चीनका प्रधानमन्त्री लि छियाङको निमन्त्रणामा प्रधानमन्त्री दाहालले गत असोज ६ देखि १३ गतेसम्म चीनको भ्रमण गर्नुका साथै चीनको हाङ्जाउमा आयोजित १९औँ एसियाली खेलकुदको उद्घाटन समारोहमा सहभागी भए। सेप्टेम्बर २५ मा स्टेट काउन्सिलका प्रिमिएर लि छियाङसँगको प्रतिनिधिमण्डलस्तरीय द्विपक्षीय वार्तापश्चात्  विभिन्न समझदारीपत्रमा हस्ताक्षर भएको थियो ।

संयुक्त राज्य अमेरिकाका विदेशमन्त्री एन्टोनी ब्लिङ्केनको निमन्त्रणामा परराष्ट्रमन्त्री साउदले नेपाली प्रतिनिधिमण्डलको नेतृत्व गर्दै गत कात्तिक १२ देखि २८ सम्म अमेरिकाको भ्रमण गरे। भ्रमणका क्रममा परराष्ट्रमन्त्री साउदले विभिन्न उच्चस्तरीय भेटवार्ता गर्नुका साथै सो अवसरमा नेपाल–अमेरिका सम्बन्धको सुदृढीकरण एवं द्विपक्षीय सहयोग विस्तारका सम्भावनाका बारेमा महत्वपूर्ण छलफल भएका थिए । 

त्यस्तै गत मे ६ तारिखमा सम्पन्न संयुक्त अधिराज्य बेलायतका राजा चाल्र्स तृतीयको राज्याभिषेकमा परराष्ट्रमन्त्री साउद सहभागी भएको थिए । सो अवसरमा उहाँले नेपाल–बेलायत सम्बन्धका विविध पक्षहरुमा छलफल गरेको थिए । बङ्गलादेशको ढाकामा गत बैशाख ३० गते सम्पन्न छैठौं ईन्डियन ओसन कन्फेरेन्समा परराष्ट्रमन्त्री साउद सहभागी भइ उक्त सम्मेलनमा सहभागी हुने क्रममा विभिन्न देशका विदेशमन्त्री तथा उच्च अधिकारीसँग भेटवार्ता गर्नुका साथै आपसी हितका विभिन्न विषयमा छलफल गरेको थिए।

यस्तै परराष्ट्र सचिव भरतराज पौड्यालको मैत्रीपूर्ण निमन्त्रणामा भारतका परराष्ट्र सचिव विनय मोहन क्वात्राले फ्रेबुअरी १३ र १४ तारिखसम्म नेपालको भ्रमण गरेको थिए । उक्त अवसरमा अन्तरआबद्धता अभिवृद्धि, विद्युत् व्यापार, कृषि, स्वास्थ्यलगायत विविध विषयमा छलफल भएको थियो ।

यसैगरी बेलायतका ‘डिफेन्स पिपुल, भेट्रान्स एण्ड फेमिलिज मन्त्री एन्ड्रयु मोरिसनले गत माघ २६ गते नेपालको भ्रमण गरेको थिए ।  नेपाल र बेलायतले यस वर्षलाई नेपाल–बेलायतमैत्री सन्धि १०० वर्ष मनाइरहेका छन् । बेलायतका विदेश राष्ट्रमण्डल र विकास कार्यालयका राज्यमन्त्री एनी मारी ट्रेभल्यानले नेपालको भ्रमण गरेका साथै प्रधानमन्त्री दाहालसँगको भेटघाटका अवसरमा द्विपक्षीय सम्बन्धका विविध विषयमा छलफल गरेको थिए ।

यस्तै अमेरिकाका राजनीतिक मामिला सम्बन्धि उपविदेशमन्त्री भिक्टोरिया नुल्याण्डले गत माघ २९ र ३० गतेसम्म नेपालको भ्रमण गरी नेपाल–अमेरिका द्विपक्षीय सम्बन्धका व्यापार, लगानी प्रवद्र्धनलगायतका विविध विषयमा छलफल गरेको थियो । अन्तर्राष्ट्रिय साझेदारीका लागि युरोपेली आयुक्त जुट्टा उर्पिलेननले गत माघ २५ गते नेपाल भ्रमण गरी युरोपियन युनियनको सहयोगमा कार्यान्वयन भइरहेका कार्यक्रमको अवलोकन र उच्चस्तरीय भेटघाट गरेको थिए ।

जनवादी गणतन्त्र चीनको तिब्बत स्वायत्त क्षेत्रका पार्टी सचिव वाङ जुनझेङले नोभेम्बर ८ देखि ११ तारिखसम्म नेपालको भ्रमण गर्नुभएको र सो अवसरमा दुई सम्झौतामा हस्ताक्षर भएको थियो । नेपालको कूटनीतिक सम्बन्ध स्थापनालाई विस्तार गर्दै लगिएको छ । नेपाल र मार्सल आइल्याण्डबीच गत जुन २३ मा कूटनीतिक सम्बन्ध स्थापना भएको छ । यससँगै नेपालसँग कूटनीतिक सम्बन्ध स्थापना गरिएका मुलुकको सङ्ख्या कूल एक सय ८१ पुगेको मन्त्रलयको विवरणमा उल्लेख छ ।

नेपाल र छिमेकी मित्रराष्ट्र बङ्गलादेशबीच कूटनीतिक सम्बन्ध स्थापनाको ५० वर्ष पुगेको अवसरमा अन्तरसंवाद, गोष्ठि र सांस्कृतिक कार्यक्रम आयोजना गरी मनाइएको छ । यस अवधिमा युएसएआइडी प्रशासक सामन्था पावरले गत माघ २४ गते नेपाल भ्रमण गरी युएसएआइडीको सहयोगमा सञ्चालित विकास कार्यक्रम र आयोजनाको अवलोकन एवं उच्चस्तरीय भेटघाट गरेको थिए ।

द्विपक्षीय परामर्श संयन्त्रका बैठक

नेपाल–चीन द्विपक्षीय कूटनीतिक संयन्त्रको १५औँ बैठक गत चैत २३ गते बेइजिङमा सम्पन्न भयो । बैठकमा नेपाल–चीन सम्बन्धलाई अझ बलियो बनाउन उच्चस्तरीय भेटघाटको निरन्तरता, आर्थिक सहायता, व्यापार, लगानी तथा पर्यटन प्रवद्र्धन, सञ्जाल विस्तार तथा कृषि, शिक्षा, संस्कृति तथा जनस्तरमा सम्बन्ध विस्तार गर्ने सम्बन्धमा छलफल भएको थियो ।

नेपाल र युरोपेली संघबीच स्थापना भएको नेपाल–युरोपियन युनियनको संयुक्त आयोगको १४औँ बैठक गत माघ १८ गते बेल्जियममा सम्पन्न भयो । उक्त बैठकमा द्विपक्षीय सम्बन्धलाई अझ प्रभावकारी बनाउने, व्यापार तथा लगानी प्रवद्र्धन, हवाई सुरक्षा, जनस्तरमा सम्बन्ध विस्तार, मानव अधिकार, जलवायु तथा वातावरणलगायतका विषयमा छलफल भएको थियो ।

नेपाल–फ्रान्स द्विपक्षीय परामर्श संयन्त्रको तेस्रो बैठक गत माघ ३ गते काठमाडौँमा सम्पन्न भएको थियो । बैठकमा नेपाल–फ्रान्स द्विपक्षीय व्यापार, लगानी, प्रविधि हस्तान्तरण, पर्यटन तथा कोभिड–१९ पछाडिको आर्थिक पुन:रुत्थानका विषयमा छलफल भएको थियो । नेपाल–बेलायत द्विपक्षीय कूटनीतिक संयन्त्रको छैटौँ बैठक २६ अप्रिल २०२३ मा बेलायतको लण्डनमा सम्पन्न भएको थियो । उक्त बैठकमा नेपाल–बेलायतबीचको द्विपक्षीय सम्बन्धका विकास सहायता, व्यापार, लगानी, पर्यटन प्रवद्र्धन, शिक्षा, मानव विकासका साथै भूतपूर्व गोर्खा सैनिका विषयमा छलफल भएको थियो ।

नेपाल–दक्षिण कोरिया द्विपक्षीय संयन्त्रको छैटौँ बैठक गत वैशाख १ गते सिओलमा सम्पन्न भएको थियो । उक्त बैठकमा नेपाल–दक्षिण कोरियाबीच व्यापार, लगानी प्रवद्र्धन, पर्यटन प्रवद्र्धन, शिक्षा, ऊर्जा, प्रविधि हस्तान्तरण र जनस्तरमा सम्बन्ध विस्तार गर्न समन्वय गर्ने सम्बन्धमा छलफल भएको थियो । नेपाल–जापान द्विपक्षीय कूटनीतिक संयन्त्रको चौथो बैठक गत वैशााख ५ गते टोकियोमा सम्पन्न भएको थियो । बैठकमा नेपालको निर्यात व्यापार तथा लगानी प्रवद्र्धन, पर्यटन प्रवद्र्धन, फोहर व्यवस्थापन, विपद् व्यवस्थापन, वैदेशिक रोजगारी व्यस्थापन विषयमा छलफल भएको थियो ।

यसैबीच यही पुस ६ गते नेपाल र श्रीलङ्काबीच संयुक्त आयोगको पहिलो बैठक काठमाडौँमा सम्पन्न भएको छ । बैठकमा दुई देशबीचको व्यापार र लगानी अभिवृद्धि गर्ने, हवाई उडान विस्तार गर्ने, संस्कृति, पर्यटन र शिक्षा आदानप्रदान, सार्क र बिमस्टेक प्रक्रियालाई सुदृढ गर्नेलगायत क्षेत्रीय सहयोग र बहुपक्षीय फोरममा सहकार्य गर्ने विषयमा छलफल भएको थियो ।

बहुपक्षीय कूटनीतिको सञ्चालन

संयुक्त अरब इमिरेट्स ९युएई० का उपराष्ट्रपति एवं प्रधानमन्त्री शेख मोहम्मद विन रसिद अल मक्टौमको निमन्त्रणामा दुबईमा आयोजना भएको जलवायु परिवर्तनसम्बन्धी अन्तर्राष्ट्रिय सम्मेलन ९कोप–२८० को विश्व जलवायु कार्य सम्मेलनमा नेपाली प्रतिनिधिमण्डलको नेतृत्व गर्दै प्रधानमन्त्री दाहाल गत मङ्सिर १३ देखि १७ गते सम्म सहभागी हुनुभएको थियो । सम्मेलनमा उहाँले जलवायु परिवर्तनबाट नेपालजस्ता पर्वतीय मुलुकले भोग्नुपरेका समस्यालाई अन्तर्राष्ट्रिय समुदायका सामु जोडदार रुपमा प्रस्तुत गर्नुभएको थियो । 

यसै अवधिमा प्रधानमन्त्री दाहाल नेपाली प्रतिनिधिमण्डलको नेतृत्व गर्दै गत सेप्टेम्बर १७ देखि २१ तारिखसम्म संयुक्त राष्ट्रसङ्घको ७८औं महासभामा सहभागी हुनुभएको थियो । उहाँले राष्ट्रसङ्घको महासभालाई सम्बोधन गर्दै बहुपक्षीयताप्रति नेपालको पूर्ण प्रतिबद्धता व्यक्त गर्दै संयुक्त राष्ट्रसङ्घको समयानुकुल सुधार तथा पुन: संरचना गर्नुपर्नेमा जोड दिएको थिए ।
 
प्रधानमन्त्री दाहालको निमन्त्रणामा संयुक्त राष्ट्रसङ्घका महासचिव एन्टोनियो गुटेरेसले २९ अक्टोबरदेखि १ नोभेम्बरसम्म नेपालको भ्रमण गरेको थिए । महासचिव गुटेरेसले उच्चस्तस्तरीय भेटघाटका क्रममा नेपालको शान्ति प्रक्रिया, जलवायु परिवर्तन, गरीबी निवारणलगायत विषयमा छलफल गरेको थिए । साथै सो अवसरमा महासचिव गुटेरेसले सङ्घीय संसद्का दुवै सदनको संयुक्त बैठकलाई सम्बोधन गरेको थिए ।

उपप्रधानमन्त्री नारायणकाजी श्रेष्ठको नेतृत्वमा नेपाली प्रतिनिधिमण्डलले गत फागुन १९ गतेदेखि कतारको राजधानी दोहामा आयोजित संयुक्त राष्ट्रसङ्घको अतिकम विकसित मुलुकको पाँचौँ विश्वसम्मेलनमा सहभागिता जनाएको थियो । नेपालले ५ अप्रिल २०२३ देखि संयुक्त राष्ट्र सङ्घअन्तर्गत अतिकम विकसित मुलुकको ग्लोबल कोअर्डिनेशन ब्यूरो समूहको नेतृत्व लिएको छ । 

यसैगरी नेपाल संयुक्त राष्ट्रसङ्घको छ मुख्य परिषद्मध्येको एक ‘आर्थिक तथा सामाजिक परिषद्’मा सन् २०२४ देखि २०२६ सम्मका लागि सदस्यमा निर्वाचित भएको छ । गत ८ जुन २०२३ मा राष्ट्रसङ्घको मुख्यालय न्युयोर्कमा भएको मतदानमा नेपाल १४५ मतसहित एसिया प्रशान्त क्षेत्रका देशको समूहमा सर्वाधिक मतका साथ विजयी भयो ।

आर्थिक कूटनीति सञ्चालन र सेवा प्रवाह

बेलायतको लण्डनस्थित नेपाली राजदूतावासले नेपाल र संयुक्त अधिराज्यबीच सन् १९२३ मा सम्पन्नमैत्री सन्धि हस्ताक्षर भएको एक सय वर्ष पूरा भएको अवसरमा गत अक्टोबर ३१ तारिखमा सिटी अफ लण्डनको म्यान्सन हाउसमा एक उच्चस्तरीय लगानी सम्मेलनको आयोजना गरेको थियो । त्यस्तै गत वर्ष पुस १३ गतेदेखि नेपाल र जनवादी गणतन्त्र चीनबीचको रसुवा–केरुङ नाका द्विपक्षीय व्यापारका लागि खुला गरिएको थियो । हिल्सा–पुराङ नाका पनि एकातर्फ व्यापारका लागि खुला भएको थियो ।

गत अक्टोबर ७ तारिखमा दक्षिणी इजरायलको किवुज अलुमिममा बिद्रोही हमास समूहको आक्रमणमा परी निधन भएका १० नेपाली विद्यार्थीको शव नेपाल ल्याउन तथा नेपाल फर्कन इच्छुक इजरायलस्थित नेपालीको उद्धारका लागि समन्वय गरिएको थियो । उद्धारका लागि परराष्ट्रमन्त्री साउद स्वयम् इजरायल जानुभएको थियो भने सम्पर्कविहीन रहेका विद्यार्थी विपिन जोशीको खोजी भइरहेको मन्त्रालयले जनाएको छ ।

साथै विदेशमा समस्यामा परेका नेपाली नागरिकलाई उद्धार र स्वदेश फिर्तिमा सहजीकरण गर्न कूटनीतिक पहल गरिएको छ । यसका लागि विदेशस्थित कूटनीतिक नियोगलाई अधिकतम परिचालन गरिएको छ । सुडानमा विकसित राजनीतिक परिस्थितिका कारण अलपत्र परेका ३१ नेपाली नागरिकलाई परराष्ट्र मन्त्रालय तथा कायरो, रियाद र जेद्दास्थित नेपाली नियोगको सक्रिय समन्वय र प्रयासमा सकुशल उद्धार गरिएको छ ।

राहदानी सेवा व्यवस्थित गरिएको छ । एक महिनाका लागि अग्रिम अनलाइन आवेदन फाराम खोल्न सुरू गरिएको छ । यसबाट राहदानीका लागि सेवाग्राहीको भीड उल्लेख्य मात्रामा घटाउन सकिएको छ । कन्सुलर सेवा विभागले गत साउन २१ गतेदेखि प्रहरी चारित्रिक प्रमाणपत्रलाई पूर्णरुपमा अनलाइन माध्यमबाट प्रमाणीकरण गर्ने व्यवस्था गरेको छ । यसबाट सेवाग्राहीको पैसा र समय बचत हुनुका साथै विभागमा सेवाग्राहीको भीड उल्लेख्य मात्रामा घटाउन सकिएको छ ।

मन्त्री साउदले मन्त्रालय तथा मातहतका विभाग र विदेशस्थित नियोगबाट नेपाली नागरिकलाई प्रदान गरिने सेवालाई अझ प्रभावकारी बनाउन मन्त्रालयको सङ्गठन पुन:संरचना तथा दरबन्दी पुनरावलोकन गर्ने कार्य भइरहेको बताए । सोही सिलसिलामा पोर्चुगलमा नेपाली राजदूतावास खोल्ने निर्णयसमेत भइसकेको र श्रम गन्तव्य भएका युरेपेली मुलुकमा समेत नेपाली राजदूतावास खोल्ने विषयमा प्रारम्भिक छलफल भइरहेको उनले जानकारी दिए ।

Khabardabali Desk–PB

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

रास्वपाको केन्द्रीय समिति बैठक जारी

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को केन्द्रीय समिति बैठक सुरु भएको छ। सभापति रवि लामिछाने जेलबाट रिहा भएर फर्किएपछि आज पहिलोपटक केन्द्र...

यो बेलामा निर्वाचनमा जानुको विकल्प छैन: रवि लामिछाने

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले वर्तमान अवस्थामा निर्वाचनमा जानुको कुनै विकल्प नरहेको बताएका छन्। आइतबार प...

मधेश प्रदेशसभाको सभामुखमा जसपाका रामअशिष यादव निर्वाचित

जनकपुरधाम । मधेश प्रदेशसभाको सभामुखमा जनता समाजवादी पार्टी (जसपा) नेपालका रामअशिष यादव निर्वाचित भएका छन्। आज बसेको प्रदेशसभा बैठकमा भएको मत विभाजनमार...

कोशी प्राइड लिग क्रिकेट फागुन ९ देखि २१ गतेसम्म हुने

काठमाडौँ । घरेलु क्रिकेटलाई थप बलियो बनाउन तेस्रो संस्करणको कोशी प्राइड लिग (केपीएल) क्रिकेट आगामी फागुन ९ गतेदेखि २१ गतेसम्म हुने भएको छ ।  आयोजक ...

अनलाइन टिभी मिडियासँग सहकार्य गर्न सरकार तयार छ : मन्त्री खरेल

काठमाडौँ । सञ्चार तथा सूचना प्रविधिमन्त्री जगदीश खरेलले अनलाइन टिभी मिडियासँग सरकार सहकार्य गर्न तयार रहेको बताएका छन्। आइतबार मन्त्रालयमा आयोजित छलफल...

प्रतिनिधिसभा पुनर्स्थापनाको पक्षमा कांग्रेसका ६५ सांसदको हस्ताक्षर, शीर्ष नेताले गरेनन्

काठमाडौँ । विघटित प्रतिनिधिसभामा नेपाली कांग्रेसका तर्फबाट प्रतिनिधित्व गर्ने ६५ जना सांसदले प्रतिनिधिसभा पुनर्स्थापनाको पक्षमा हस्ताक्षर गरेका छन्। त...

रास्वपा केन्द्रीय कार्यालयमा रविलाई बाजागाजासहित स्वागत

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेलाई पार्टी केन्द्रीय कार्यालयमा भव्य स्वागत गरिएको छ। काठमाडौंको बनस्थलीस्थित पार...

मधेश प्रदेशसभाको सभामुख पदका लागि मतदान आज, दुई प्रस्ताव पेस

जनकपुरधाम । मधेश प्रदेशसभाको रिक्त सभामुख पदका लागि आज मतदान हुने भएको छ। आइतबार बसेको प्रदेशसभा बैठकमा सभामुखका लागि दुई प्रस्ताव पेस भएका छन्। ने...

२० अर्ब निक्षेप खिच्दै राष्ट्र बैंक

काठमाडौँ। अधिक तरलता कायमै रहेपछि ८४ दिनका लागि राष्ट्र बैंकले आइतबार निक्षेप सङ्कलन उपकरण बोलकबोलमार्फत निक्षेप खिच्न लागेको हो। अहिले कुल निक्षेप...

रास्वपाको केन्द्रीय समिति बैठकलाई रविले सम्बोधन गर्ने

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछाने पुन: पार्टी गतिविधिमा सक्रिय भएका छन्। सभापति लामिछानेको अध्यक्षतामा आज अपराह्न ...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE Salt Trending