Khabar Dabali २६ चैत्र २०८२ बिहीबार | 9th April, 2026 Thu

टीकापुरमा हिंसात्मक झडपमा सात प्रहरी र एक नाबालकको मृत्युको नालीबेली यस्तो छ

\"tikapur\"काठमाडाैं । थरुहट प्रदेशको माग गर्दै कैलालीको टीकापुरमा भएको प्रदर्शन हिंसात्मक बनेको छ । प्रदर्शनकारी र प्रहरीबीच सोमबार दिउँसो भएको झडपमा एसएसपीसहित सात प्रहरी र एक नाबालकको मृत्यु भएको छ ।
अाजकाे नयाँ पत्रिका दैनिकमा खबर छ– दुवै पक्षका ५० भन्दा धेरै घाइते भएका छन् । झडपमा सेती अञ्चल प्रहरी प्रमुख एसएसपी लक्ष्मण न्यौपाने, इन्स्पेक्टरद्वय बलराम विष्ट र केशवराज बोहरा, जवानहरू लोकेन्द्र चन्द र लक्ष्मण खड्का, सशस्त्र प्रहरीका हवल्दारहरू रामबिहारी ठाकुर र ललित साउदको मृत्यु भएको छ । त्यस्तै, घरमा बसिरहेका दुई वर्षीय बालक टेकबहादुर साउदको गोलीको छर्रा लागेर मृत्यु भएको छ ।
कैलालीका प्रमुख जिल्ला अधिकारी राजकुमार श्रेष्ठका अनुसार झडपमा आन्दोलनकारीतर्फ भने कोही हताहत भएका छैनन् । ५० भन्दा धेरै घाइतेको टीकापुर अस्पतालमा उपचार भइरहेको छ । तीन आन्दोलनकारी गम्भीर रहेको प्रहरीले जनाएको छ । गम्भीर घाइतेलाई उपचारका लागि हेलिकोप्टरबाट काठमाडौं लगिएको छ ।
सात प्रहरी र एक नाबालकको मृत्यु, हराएका १५ प्रहरी राति सम्पर्कमा आए बिहान ११ बजे चारैतिरबाट टीकापुरतर्फ २३ साउनमा सुरु भएको र ४ भदौदेखि चर्किएको थरुहट आन्दोलनलाई नियन्त्रण गर्न प्रहरीले तीन दिनदेखि टीकापुरलाई निषेधित क्षेत्र घोषणा गरेको थियो, तर आदेश अवज्ञा गर्दै निरन्तर प्रदर्शन भइरहेको थियो । सोमबार पनि आन्दोलनकारीहरू नारा लगाउँदै टीकापुर बजारमा जम्मा हुन थाले । प्रदर्शनकारीहरू नयाँ शैलीमा चारैतिरबाट घेरा हाल्दै सहरतर्फ ओइरिन थाले । अपराह्न १ बजे सबैका हातमा हतियार पश्चिमतर्फबाट आइरहेको ठूलो समूहलाई निषेधित क्षेत्र प्रवेश नगर्न अनुरोध गर्न एसएसपी लक्ष्मण न्यौपाने आफैँ अघि सरे । बजारबाट डेढ किलोमिटर पर मोतीनगरस्थित हाटबजारमा प्रदर्शनकारी र न्यौपानेको टोलीबीच जम्काभेट भयो । न्यौपाने गाडीबाट झरेर प्रदर्शनकारीलाई अघि नबढ्न सम्झाउन थाले । प्रदर्शनकारीमा बूढाबूढी र महिला पनि थिए । उनीहरूले भाला, हँसिया र बन्चराजस्ता हतियार बोकेका थिए । प्रहरीको सानो समूह करिब पाँच सय प्रदर्शनकारीको घेरामा पर्‍यो । अपराह्न १:३० बजे सुरुमै आक्रमण प्रहरी सधैँजस्तै ढुंगामुढा भए बल प्रयोग गर्ने मनस्थितिमा गएको थियो, तर प्रदर्शनकारीले सीधै एसएसपीलाई निसाना बनाए, त्यो पनि तरबारले । आँखामा चोट लागेपछि लडेका न्यौपानेमाथि थप आक्रमण भयो । जोसँग जे हतियार छ, त्यसैले प्रहार गर्न थाले । न्यौपाने, उनका बडिगार्ड, इन्स्पेक्टरद्वय केशव बोहरा र बलराम विष्टसहित सात प्रहरी र एक बालकको निधन भयो । अपराह्न २ बजेअझ धेरै मारिएको हल्ला भीड बेकाबु भयो, हतियारधारी प्रदर्शनकारी हाबी भएपछि इलाका प्रहरी कार्यालयबाट समेत प्रहरीको भागाभाग भयो । आन्दोलनकारी मुख्य बजारमा आइपुगे, बजार कब्जामा लिएर नाराबाजी गरिरहे । कफ्र्यु लागे पनि आन्दोलनकारी बजार क्षेत्रमै थिए, साँझ पाँच बजे उनीहरू फर्किएपछि स्थिति अलिक शान्त भयो । त्यतिन्जेलसम्म कैयौँ प्रहरी सम्पर्कविहीन थिए । उनीहरू सबै मारिएको अनुमान भयो । त्यसैको आधारमा समाचार बने । तर, सशस्त्रका एसपी लक्ष्मण सिंहसहित साँझ सम्पर्कमा आए । २२ साउनदेखि ४ भदौसम्म बन्यो पृष्ठभूमि २२ साउन अखण्ड आन्दोलन सुरु सीमांकनबारे मुख्य दल निर्णायक बैठकमा बस्न थालेपछि सुदूरपश्चिममा प्रदर्शन सुरु भयो । कैलालीलाई सुदूरपश्चिम प्रदेशमा राख्ने, थारूबहुल प्रदेशमा राख्ने वा कैलालीलाई टुक्रयाएर दुईवटा प्रदेशमा राख्ने भन्ने विषयमा दलहरूका आ–आफ्नै अडान थिए । कैलालीलाई अलग हुन नदिन अखण्ड सुदूरपश्चिम आन्दोलन सुरु । २३ साउन थरुहट आन्दोलन सुरु कैलालीलाई थरुहट प्रदेशमा राख्न माग गर्दै थारूहरूको आन्दोलन सुरु भयो । यता काठमाडौंमा तीन मुख्य दल अखण्ड कैलालीलाई ६ नम्बर प्रदेशमा राख्न सहमत भएपछि अखण्डको आन्दोलन शिथिल भयो भने थारू आक्रोशित । टीकापुर र लम्कीमा तनाव भए पनि दुवै आन्दोलनको प्रभाव धनगढीमा खासै परेन । २४ साउन अखण्ड विजयी, थारू क्रोधित कैलालीलाई सुदूरपश्चिमबाट अलग नगर्ने चार दलको सहमतिपछि अखण्ड आन्दोलन सफल भएको भन्दै समापन भयो । तर, थरुहट आन्दोलन भने चर्किन सुरु गर्‍यो । थारूहरूको ७० प्रतिशत बसोवास रहेको लम्की, टीकापुरलगायतका कैलालीका १, २ र ३ नम्बर निर्वाचन क्षेत्र बढी प्रभावित भए । २८ साउन कैलालीमा मधेसी नेता थरुहट आन्दोलनप्रति ऐक्यबद्धता प्रकट गर्न उपेन्द्र यादव, राजेन्द्र महतो र अमरेशकुमार सिंहलगायतका नेता कैलाली पुगे । महतोले थरुहट प्रदेश स्थापना गरेर मात्र विश्राम लिने भन्दै सभाका सहभागीलाई शपथ पनि खुवाए । नेताहरूले उत्तेजक भाषण गरेको भन्दै संसद्को राज्य व्यवस्था समितिले कैलाली भाषणको अडियो टेप पनि मगायो । उता आन्दोलन चलिरह्यो । ४ भदौ, शुक्रबार नै झन्डै भयो अनर्थ बिहान १० बजे धनगढीबाट बाइक र्‍याली थारू आन्दोलनले लम्की, टीकापुर क्षेत्रका पहाडियाको मनोबल गिरेको निष्कर्षसहित अखण्ड जनआन्दोलन समितिका गोपाल देउवाको नेतृत्वमा करिब हजार मोटरसाइकलको र्‍याली धनगढीबाट राजमार्ग हुँदै लम्की आएर टीकापुरतर्फ अघि बढयो । दिउँसो १ बजे र्‍यालीमा गुलेली प्रहार पथरैया गाविसको अस्नेरी गाउँमा पुगेपछि थरुहट प्रदर्शनकारीले गुलेली हाने, तर प्रतिवादपछि भागे । त्यसपछि अखण्डवालाले बाटोछेउका थारूका घर तोडफोड गरे । दिउँसो २ बजे दुई समुदायबीच झडप सुरु अखण्डको र्‍याली तेरैयापुर पुग्दा थरुहटवालाहरू जम्मा भइसकेका थिए, त्यहीँ झडप भयो । र, चार घन्टासम्म चल्यो । प्रहरीले नियन्त्रण गर्न सकेन । साँझ ५ बजे अखण्डवाला घेरिए अखण्ड र्‍याली टीकापुर त पुग्यो, तर गाउँगाउँबाट आएका थारूहरूले टीकापुर बजार घेरिसकेकाले फर्किन सकेन । बीचमा प्रहरी बसेर अखण्डवालालाई सुरक्षा दिइरहेको थियो । स्थिति निकै तनावपूर्ण थियो । राति ८ बजे अखण्डवालाको ‘रेस्क्यु’ दुई समुदायबीच झडप भएपछि सेती अञ्चल प्रहरी कार्यालयबाट एसएसपी लक्ष्मण न्यौपानेको टोली टीकापुर पुग्यो । एसएसपी न्यौपानेले सुझबुझ देखाउँदै आधा सहभागीलाई प्रहरीको स्कर्टिङ गराएर राति नै धनगढी पुर्‍याए । बाँकी आधालाई स्कर्टिङ गराएरै शनिबार बिहान लगियो । राति ९ बजे टीकापुरमा कफ्र्यु प्रशासनले टीकापुरमा शुक्रबारदेखि राति कफ्र्यु र दिउँसो निषेधाज्ञा घोषणा गर्‍यो । तर, शनिबार बिहानदेखि थरुहट प्रदर्शन चर्कियो । त्यसयता टीकापुर क्षेत्रका बस्तीबस्तीमा थारू र पहाडियाबीच तनाव बढ्यो । थरुहट प्रदेशको माग गर्दै प्रदर्शन भइरह्यो । शनिबारयता हवाई फायरबीच प्रदर्शन थरुहट प्रदर्शनकारीलाई प्रशासनको आदेशले खासै फरक पारेन । शनिबार उनीहरूले निषेधित क्षेत्रको आदेश अवज्ञा गर्दै बजारमा निरन्तर प्रदर्शन गरिरहे । शनिबार दिनभर तनाव भयो भने आइतबार जोशीपुरमा प्रहरीले आठ राउन्ड हवाई फायर र १५ सेल अश्रुग्यास प्रहार गर्नुपर्‍यो ।
Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Salt
Vianet Nepal Internet
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending