Khabar Dabali २६ चैत्र २०८२ बिहीबार | 9th April, 2026 Thu

अमरेश, उपेन्द्र र महतोकाे खुँडा र भाला रोपेर टीकापुरमा हिंसा फैलाउन दुई साताअघिको उद्घोष यस्तो थियो

\"madhesi\"काठमाडौं । कतिपय सभासद्ले तराईमा अकल्पनीय घटना गराउने चेतावनी दिएको केही दिनमै कैलालीमा प्रहरीका उच्च अधिकारीलगायत सुरक्षाकर्मीहरूलाई भाला रोपेर मार्नुले योजनाबद्ध रूपमै यस्तो घटना भएको पुष्टि भएको गृहमन्त्री वामदेव गौतमले दाबी गरेका छन् । सोमबार कैलालीको टीकापुर घटनापछि संसदमा बोल्दै गौतमले यस्तो दाबी गरेको आजको अन्नपूर्ण पोष्ट दैनिकमा खबर छ । कैलालीमा बिहानदेखि नै उत्तर, दक्षिण, पूर्व, पश्चिम चारैतिरबाट भाला, खुकुरी, बन्चरो, हँसियाजस्ता घरेलु हतियार लिएर आएका व्यक्तिले नेपाल प्रहरी र सशस्त्र प्रहरीलाई घेराबन्दी गरी निर्ममतापूर्वक हत्या गरेको जानकारी गृहमन्त्रीले संसद्मा दिए। एसएसपी लक्ष्मण न्यौपानेलाई भाला रोपेर आगो लगाउँदै मारेको र अन्य सुरक्षाकर्मीलाई पनि त्यसरी नै निर्मतापूर्वक हत्या गरिएको उनले बताए।   विधानसभाको आइतबार बसेको बैठकमा संघीय थरुहटका सभासद् रुक्मणी चौधरीले अब जनता भालासहितका हतियार लिएर उत्रने चेतावनी दिनुका साथै दुई साताअघि कांग्रेस सभासद् अमरेशकुमार सिंह, संघीय समाजवादी फोरम नेपालका अध्यक्ष उपेन्द्र यादव र सद्भावना पार्टीका अध्यक्ष राजेन्द्र महताले पहाडीलाई खुँडा र भाला रोप्दै लखट्ने घोषणा टीकापुरमै गरेका थिए। सुरक्षाकर्मीमाथि आक्रमण गर्नेहरूले सर्वसाधारणको घरमा लुकेर आ श्रय लिएको दाबीसमेत गौतमले संसद्मा गरे।   रौतहटको गौरमा पनि दक्षिणसहित चारैतिरबाट भाला, डन्डालगायतका हतियार लिएर सरकारी कार्यालयमा आक्रमण भएको उनले बताए। सर्लाहीलगायत अन्य तराईका जिल्लामा पनि त्यस्तै आक्रमण गर्ने योजना रहेको जानकारी गृहमन्त्री गौतमले दिए। आक्रमणमा बिभत्ससँग मारिएका कतिपय सुरक्षाकर्मी चिन्नसमेत नसकिने अवस्थामा रहेको गौतमले बताए। निन्दनीय र असामान्य : प्रधानमन्त्री प्रधानमन्त्री सुशील कोइरालाले कैलालीलगायतका जिल्लामा सोमबार भएका घटना संविधान, लोकतन्त्र र विकासको बाधक रहेको बताएका छन्। उनले संसद्मा भने, ‘आज कैलालीलगायतका ठाउँमा भएका घटनाले आमनेपालीलाई चिन्तित र संवेदनशील बनाएको छ। संविधानमा सबैको भावना समेटिएको छ र अझै पनि यो कार्य जारी छ।\' आफूले राष्ट्रका नाममा सन्देश दिएको भोलिपल्टै यस्तो निन्दनीय घटना हुनुलाई सामान्य रूपमा लिन नसक्ने उनले बताए। गृहमन्त्रीले घटनाबारे आवश्यक जानकारी दिइसकेको हुँदा सामाजिक सद्भाव खल्बलिने कार्य सबै क्षेत्रबाट रोक्न प्रधानमन्त्रीले अपिल गरे। ‘म विनम्रताका साथ अनुरोध गर्छु, कैलालीको टीकापुरमा जस्तो घटना रोकौं, यसका लागि हरप्रयास गरौं,ु उनले भने । संविधान नआओस् भन्दै बिथोल्ने कार्य ठिक भएन भन्दै उनले थपे, ‘७० वर्षदेखि जनताले चाहेअनुसार संविधान निर्माण कार्य अहिले अन्तिम अवस्थामा पुगेको छ। उत्तेजना होइन, सामाजिक सद्भाव र धार्मिक सद्भावले नै संविधान निर्माण पूरा हुन्छ ।’ उनले संविधान पत्थरको लकिर नभएको उल्लेख गर्दै आवश्यकताअनुसार संशोधन हुनसक्ने बताए।
Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Salt
Vianet Nepal Internet
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending