Ntc summer Offer
Khabar Dabali ११ बैशाख २०८१ मंगलवार | 23rd April, 2024 Tue
NIMB

झापाका कृषक व्यावसायिक पशुपालनतर्फ

\"cowझापा । मासु र दुग्धजन्य पदार्थको मूल्य महँगिँदै गएपछि झापामा दिनानुदिन पशुपालन व्यवसाय फस्टाउँदै गएको छ । पछिल्लो समय जिल्लाका ग्रामीण क्षेत्रदेखि सहर बजारसम्मका कृषकले एकीकृत पशुपालन व्यवसाय सुरु गरेका छन् । पशुपालक कृषकका लागि सरकारले अनुदान रकमसमेत उपलब्ध गराउन थालेसँगै पशु पाल्ने कृषकको सङ्ख्या बढेर गएको जिल्ला पशु सेवा कार्यालयले जनाएको छ । बिर्तामोड नगरपालिका–४ निवासी शशीधर हुमागार्इंले पनि एक वर्षदेखि व्यावसायिक गाईपालन सुरु गरेका छन् । उनले हुमागार्इं गाई फार्म दर्ता गरेर व्यावसायिक रुपमा गाई पाल्दै आएका छन् । विदेसिने सोच बनाएका उनले श्रीमतीको सल्लाहबमोजिम फार्म दर्ता गरेर अहिले व्यावसायिक गाईपालन गर्दै आएका हुन । वाणिज्य बैंकबाट ऋण लिएर झन्डै २५ लाख बढी लगानी गरेर उनले गाई फार्म सञ्चालन गरेका हुन । उनको गाई फार्ममा अहिले १६ वटा उन्नत जातका गाई रहेका छन् ।  श्रीमती र छोराको सहयोगमा हुमागाईंले गाई फार्म सुरु गर्दा दूध बिक्रीको समस्या आउने जनाउँदै छरछिमेकीले डर देखाए पनि अहिले आफूलाई दूध पु¥याउन नै समस्या परिरहेको उनी बताउँछन् । उनी भन्छन , ‘विदेश जाने सोच थियो । ऋण काढेर विदेश जानुभन्दा श्रीमतीले यहीँ केही गरुँ भनिन् र गाई फार्म सुरु गरेँ ।’ हुमागाईंले थपे , ‘पहिला दूध नबिक्ला कि भन्ने चिन्ता थियो । अहिले गाउँलेले मागेअनुरुप दूध पु¥याउन सकिएको छैन ।’ उनले  पालेका एउटै गाईले झन्डै बीस लिटससम्म दूध दिने गरेको र उक्त दूध गाउँमै खपत हुने गरेको छ । पशुपालन व्यवसायबाटै हुमागार्इंले अहिले घर खर्च कटाएर मासिक रु २० हजार जति बचत गर्ने गरेको बताए । हुमागाईं जस्तै झापाकै शनिअर्जुन नगरपालिका निवासी हेमनाथ तिम्सिनाले पनि व्यावसायिक रुपमा गाई पालेका छन् । बिर्तामोड नगरविकास समितिका नगर निरीक्षकसमेत रहेका उनले गाईपालन व्यवसायबाट नै मनग्य आम्दानी लिने गरेको बताए । उता कनकाई नगरपालिका–२ सुरुङ्गाका नौजना युवकले झन्डै एक करोड खर्च गरेर सूर्योदय कृषि तथा पशुपक्षी फार्म सञ्चालन गरेका छन् । उक्त फार्ममा ९२ वटा उन्नत जातका गाई पालिएको छ । उक्त फार्ममा ६ जनाले रोजगारीसमेत पाएका छन् । यता, राजगढका महिलाले भने नागरिक सचेतना केन्द्र सिमलडाँगीमार्फत व्यावसायिक पशुपालन सुरु गरेका छन् । उनीहरुका घरमा उन्नत जातका गाई र भैँसी पालिएको छ । गाउँका ३० महिलाले पालेका गाई र भैँसीको दूध सङ्कलन गर्दै उनीहरुले आफैँले सञ्चालनमा ल्याएको दूध सङ्कलन केन्द्रमा बिक्री गर्ने गरेका छन् । सङ्कलित दूध बिक्री गरेर थप आयआर्जनमा लगाउने जनाउँदै दूध सङ्कलन केन्द्र सञ्चालनमा ल्याएको नागरिक सचेतना केन्द्रकी अध्यक्ष गीता मिश्रले बताइन । जिविसअन्तर्गत रहेको स्थानीय सामुदायिक विकास कार्यक्रम ९एलजिसिडिपी०ले प्रदान गरेको रु तीन लाख १५ हजार अनुदानले उक्त दूध सङ्कलन केन्द्र सञ्चालनमा ल्याइएको हो । विदेसिन लागेका श्रीमानलाई समेत रोक्दै उनीहरुले यहीँ पशुपालन व्यवसाय गर्न र मनग्य आम्दानी लिन सकिन्छ भन्दै  व्यावसायिक पशुपालन सुरु गरेका हुन् । जिविसले दूध सङ्कलन केन्द्रका लागि रु तीन लाख अनुदान दिएको अध्यक्ष मिश्रले बताए । नेपाल बहुउद्देश्यीय सहकारी संस्थाले पनि आफ्ना सेयर सदस्यलाई सहुलियत दरमा ऋण उपलब्ध गराउँदै पशुपालन व्यवसाय सञ्चालनका लागि पे्ररित गर्दै आएको छ । उनीहरुले उत्पादन गरेको दूध आफैँ सङ्कलन गर्ने गरेको छ । सहकारीले डेरी उद्योग सञ्चालन गरेर कृषकले उत्पादन गरेको दूध लिन सुरु गरेसँगै जिल्लाका अधिकांश कृषक विदेश जान छाडेर यही कृषि कर्ममा लागेका छन् । यहाँका अधिकांश कृषक पशुपालनमा आकर्षित भएसँगै जिल्लामा व्यावसायिक रुपमा पशुपालन व्यवसाय फस्टाउँदै गएको छ ।
Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending Alphabet Education Consultancy Pioneer Software Technologies