काठमाडौं । लामो समयसम्म हिउँदे वर्षा नहुदाँ दोलखाका हिउँदे खेतीका किसान समस्यामा परेका छन् । जिल्लाको माथिल्लो क्षेत्रमा हिउँदे आलु रोप्ने समय सुरु भए पनि समयमै वर्षा नहुदाँ जिल्लाका किसान चिन्तित बनेका हुन् ।
दोलखाको एवोका किसानलाई आलु रोप्नको लागि हिजोआज भ्याइनभ्याई छ। बाझो बारी खन्ने, मल बोक्ने तथा आलुको बिउको जोहो गरेर आलु रोप्न तमतयारका साथ हिउँदे वर्षा कुरेर बसेका किसानले माघको दोस्रो साता बित्दासमेत हिउँदे वर्षा नभएको गुनासो गरेका छन् । दुई करोड बराबरको आलु उत्पादन गर्ने यहाँका किसानले आलु रोप्ने समय घड्किन लागेको भन्दै टुसारो, चिसोले कक्र्याक बनेर बसेको सुक्खा माटोमै आलु रोप्न सुरु गरेको स्थानीय किसान बलराम कार्कीले बताए।
दोलखाको प्रायः सबै माथिल्लो क्षेत्रका किसानको मुख्य आम्दानी स्रोत हिउँदे आलु खेती हो। मंसिरमै बारी बनाएर हिउँदे बर्सादको पर्खाइमा बसेका किसानले लामो समयसम्म पनि पानी नपरे पछि खेतीको सिजन सकिएर उत्पादन घट्छकि भन्ने चिन्ता खेप्नु परेको वैतेश्वर गाउँपालिका कृषि प्राविधिक निरोज पाण्डे बताए।
हिउँदे वर्षाले आलु रोप्ने ठाउँको माटोमा सित, टुसारोले चिसोपन सोचेर माटोलाई कक्र्याएको ठाउँ चिसोपन ल्याँउदा रोपेको आलु चाडै उम्रने,माटो खुकुलो हुने तथा रोग किरा नलाग्ने बनाउने हुँदा पनि किसानले पानी परेपछि मात्रै आलु रोप्ने गर्छन् । आलु मात्रै हैन लेकका किसानले खेती गरेको हिउँदे तरकारी फलफूल तथा बेमौसमी खेतीपनि सुक्न थालेको जिल्लाका किसानहरूको दुखेसो रहेको छ। माघ, फागुन,चैत महिना किबीको बिरुवा लगाउने समय हो ।
यो समयमा धेरै किसानले किबी रोप्ने गर्छन् तर सुख्खा माटो कारण जिल्लाका किसानले लगाएको किबीको बोट समेत मार्ने वैतेश्वर गाउँपालिका–१ का कृषक कर्णबहादुर तामाङले बताए ।
तामाङले यस वर्ष करिब ६ हजार किबीका बिरुवा किसानलाई बिक्री गरिसकेको बताए। गत वर्षपनि ढिलो गरि पानी पर्दा जिल्लामा गहुँ उत्पादन पनि घटेको थियो । यस वर्षपनि सिंचाइ गर्ने समयसम्म आकाशे वर्षा नभएकाले गहुँ उत्पादन घट्ने किसानहरू बताउँछन् । जिल्लाका कतिपय किसान आकाशे वर्षाको भरपर्नुपर्ने बाध्यता रहेको छ। यता जिल्लाको कालिञ्चोक, शैलुङमा भने माघको पहिलो र दोस्रो साता नै हिमपात भएको छ।
हिमपातसँगै सामान्य हिउँदे वर्षापनि भएकाले यहाँका किसानलाई भने केही राहत मिलेको पाइएको छ। शैलुङ तथा कालिञ्चोकका किसानलाई भने हिमपातपछि आलु रोप्न सहज भएको हो।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
जेष्ठ १४ गते, २०८३ - २२:४४
काठमाडौं । केही दिनयता अत्यधिक गर्मीले तातेको तराई क्षेत्रमा अहिले मौसमले राहत दिएको छ। वर्षासहितको बदली मौसमका कारण तापक्रम घट्न थालेपछि सर्वसाधारणले...
जेष्ठ १४ गते, २०८३ - २२:३७
रुपन्देही । बाँकेको डुडुवा गाउँपालिकामा एक किशोरी प्रेमीलाई बोलाइदिन माग गर्दै मोबाइल टावरको टुप्पोमा चढेपछि स्थानीय क्षेत्रमा तनावपूर्ण अवस्था सिर्जन...
जेष्ठ १४ गते, २०८३ - २२:३२
काठमाडौं । सरकार गठनसँगै ठूलो प्रचारसहित सार्वजनिक गरिएको ‘सय कार्यसूची’ दुई महिना बित्दा पनि अधिकांश योजना कार्यान्वयनमा आउन सकेका छैनन्। समयसीमा तोक...
जेष्ठ १४ गते, २०८३ - २२:२९
काठमाडाैँ । कोलम्बियाको अमेजनमा विघटित फार्क छापामार आन्दोलनका दुई असन्तुष्ट गुटबिचको झडपमा ४८ जनाको मृत्यु भएको स्थानीय अधिकारीले बिहीबार एएफपीलाई बत...
जेष्ठ १४ गते, २०८३ - २२:१४
सुर्खेत । कर्णाली प्रदेशको राजधानी बिरेन्द्रनगरमा अहिले चरम विद्युत् संकट, खानेपानी अभाव र अत्यधिक गर्मीको दोहोरो–तेहेरो मारमा परेको छ। विकासउन्मुख सह...
जेष्ठ १४ गते, २०८३ - २२:०५
काठमाडौँ । संयुक्त राष्ट्रसङ्घले आगामी पाँच वर्ष विश्वका लागि थप तातो, थप जोखिमपूर्ण र नयाँ तापक्रम रेकर्डहरू कायम हुने समय बन्न सक्ने चेतावनी दिएको ...
जेष्ठ १४ गते, २०८३ - २२:०३
तनहुँ । तनहुँको शुक्लागण्डकी नगरपालिका–३ सिद्धार्थ टोलमा ३१ दिनको छोरीलाई खाल्डोमा पुरेर हत्या गरेको अभियोगमा प्रहरीले एक महिला(आमा)लाई बिहीबार पक्राउ...
जेष्ठ १४ गते, २०८३ - २२:००
काठमाडौँ । स्वदेशमै उच्च शिक्षा अध्ययन गर्ने विद्यार्थीको सङ्ख्यामा १० दशमलव नौ प्रतिशतले वृद्धि भएको छ । आर्थिक वर्ष २०८०/८१ मा उच्चशिक्षा अध्ययन गर्...
जेष्ठ १४ गते, २०८३ - २१:५७
गण्डकी । गरिबीबाट परिवारलाई उकास्ने सपना बोकेर विदेशिएका बर्दियाका ज्ञानबहादुर थापामगरको परिवार अहिले पीडामा डुबेको छ। कामका लागि रुस गएका ज्ञानबहा...
जेष्ठ १४ गते, २०८३ - २१:५३
कास्की । पोखराको फुस्रे खोलामा आज पौडी खेल्ने क्रममा डुबेर एक बालकको मृत्यु भएको छ। पोखरा महानगरपालिका–१७ छोरेपाटनस्थित सो खोलामा पौडी खेल्ने क्रममा ड...



प्रतिकृया लेख्नुहोस्: