Khabar Dabali २६ चैत्र २०८२ बिहीबार | 9th April, 2026 Thu

घैंटे इन्काउन्टर रहस्यमय, प्रहरीमाथि प्रश्न

\"kumar-ghaite-400\"काठमाडौं । गुन्डागर्दीका नाइके कुमार घैँटे भनिने कुमार श्रेष्ठ मारिएको घटना रहस्यमय बन्दै गएको छ । आजको नयाँ पत्रिका दैनिकमा खबर राष्ट्रिय मानवअधिकार आयोग र प्रहरीबीच भएका पत्राचारले घटनालाई रहस्यमय बनाएको हो । कपुरधारास्थित आफ्नै घरअगाडि गत बिहीबार बिहान प्रहरीको गोलीबाट घैँटे मारिएका थिए । प्रहरीले मुठभेडमा घैँटे मारिएको जनाएको छ । घैँटेले त्यसअघि नै जीवन रक्षा गरिपाउँ भनेर आयोगमा २७ असारमा निवेदन दिएका थिए । त्यसयता प्रहरी र आयोगबीच पटक–पटक पत्र आदानप्रदान भएको छ । घैँटेले निवेदनमा २५ असारमा कपुरधारा तरकारी बजारमा सादा प्रहरीले पक्राउ गर्न खोजेको, तर ‘अहिलेलाई बाँचिस् अर्कोपटक छाडिँदैन’ भन्दै हिँडेको उल्लेख गरेका छन् । उनको निवेदनपछि आयोगले २९ असारमा प्रहरीलाई पत्राचार गरी जानकारी मागेको थियो । आयोगको पत्रमा भनिएको छ, ‘कुमार श्रेष्ठको सम्बन्धमा के–कसो भएको हो रु सोको सम्पूर्ण जानकारी यथाशीघ्र उपलब्ध गराई अनुसन्धान कार्यमा सहयोग पुर्‍याइदिनुहुन अनुरोध छ ।’ महानगरीय प्रहरी कार्यालयको मानवअधिकार शाखाले १२ साउनमा आयोगलाई लेखेको पत्रमा घैँटेलाई कुनै समस्या नरहेको उल्लेख छ । महानगरीय प्रहरी कार्यालयका वरिष्ठ प्रहरी उपरीक्षक सुशीलकुमार भण्डारीको हस्ताक्षरमा आयोगमा पठाइएको प्रतिउत्तरमा भनिएको छ, ‘स्थानीय र कुमार श्रेष्ठसमेतलाई बुझ्दा सादा पोसाकका प्रहरी नै हुन् भन्ने यकिन गर्न नसकिएको, स्थानीय व्यक्तिहरू एवं पीडितले दिएको हुलियाअनुसार स्थानीय कार्यालयबाट गएर गोप्य रूपबाट बुझ्दासमेत दिएको हुलिया मिल्ने व्यक्ति कुनै पनि स्थानीय प्रहरी कार्यालयको नभएको, निजलाई पक्राउ गर्न कुनै पनि प्रहरी कर्मचारी खटाएको नदेखिएको भनी प्रतिवेदन पेस गरेको हुँदा सोअनुसार खुलाई पठाइएको व्यहोरा सादर अनुरोध गरिएको छ ।’ घैँटेले निवेदनमा महानगरीय प्रहरी वृत्त महाराजगन्जका प्रहरी नायब उपरीक्षक र घुमुवा प्रहरी कुमार लामा, कुमार गुरुङ, देव दासलगायतको नाम उल्लेख गरेका छन् । घैँटेको परिवारले व्यक्तिगत रिसइबीले हत्या गरिएको आरोप लगाएका छन् । ‘व्यक्तिगत रिसइबीमा हत्या भएको छ,’ घैँटेकी फुपू सरस्वतीले नयाँ पत्रिकासँग भनिन् । काठमाडौं प्रहरी प्रमुख सर्वेन्द्र खनाल र घैँटेबीच १२ वर्षअघि भएको झगडाको रिस अहिले फेरिएको परिवारको आरोप छ । खनाल डिएसपी हुँदा उनलाई घैँटेको समूहले बियरका बोतलले आक्रमण गरेको थियो । एसएसपी खनाल र रमेश खरेल को एक नम्बरको डिआइजी हुने भन्ने दौडले पनि घैँटे मारिएको आरोप पनि लाग्ने गरेको छ । कांग्रेस नेता जगदीश्वरनरसिंह केसीले खनालले एक नम्बरको डिआइजी हुने महत्त्वकांक्षाले चर्चा कमाउन घैँटेको हत्या गरिएको आरोप लगाए । घैँटेका सहयोगी पक्राउ प्रहरी मुठभेडमा गत बिहीबार मारिएका गुन्डानाइके कुमार घैँटेको व्यावसायिक पार्टनर पक्राउ परेका छन् । घैँटेको सम्पत्ति अनुसन्धान गर्ने क्रममा महानगरीय अपराध महाशाखाले सहयोगी राजेश कार्कीलाई सोमबार पक्राउ गरेको हो ।
Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Salt
Vianet Nepal Internet
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending