Khabar Dabali २६ चैत्र २०८२ बिहीबार | 9th April, 2026 Thu

नाती हृदयेन्द्रलाई राजा बनाउन पूर्वराजा दौडधुपमा

\"Hridayendra\"काठमाडौं । पूर्वराजा ज्ञानेन्द्र साह पारस पुत्र हृदयेन्द्रलाई सेरेमोनियल राजाको प्रस्ताव गर्न भारत भ्रमणमा गएको सनसनीपूर्ण समाचार आएको छ । नयाँ संविधान बनाउने पूर्वसन्ध्यामा तराई लगायत मुलुकका बिभिन्न भागमा हिंशा भड्किरहेको यो अवस्थामा पूर्वराजाको भ्रमणलाई राजावादीहरूले अति महत्वका साथ लिएको र ज्ञानेन्द्रले यस्तो तयारी गरेका दाबीसहित आजको समाचारपत्र दैनिकको खबरमा उल्लेख छ । हिन्दु राज्य र आफ्ना अस्तित्व जोगाउने पक्षमा पूर्वराजाले भारत भ्रमण गरेको हुनसक्ने आशंका गरिएको हो । पूर्वयुवराज पारसको समेत सहमतिमा छोरा हृदयेन्द्रलाई स्थान दिन पूर्व राजपरिवारको भारत भ्रमण भएको हुनसक्ने निर्मल निवास स्रोतले जनाएको छ। अति गोप्य भेटघाटमा भएको कुरा सार्वजनिक हुनसक्ने भन्दै सरकारी सुरक्षाकर्मीलाई नलिइ आफूमात्रै भ्रमणमा गएका पूर्वराजा केही दिन अझै थाइल्याण्डमै बस्ने भएका छन्। ‘खै कहिले आउनुहुन्छ थाहा छैन, हामीलाई अनिश्चित भनिएको छ,’निर्मल निवासका एक कर्मचारीले भने। थाइल्याण्डबाट पुनः भारत जाने सम्भावना रहेको भन्दै ति कर्मचारीले भने, ‘केही निचोड निस्किएपछि मात्रै उहाँ नेपाल आउने सम्भावना छ।’ १२ वर्ष पुगेका नाती हृदयेन्द्रको पक्षमा लबिङ गर्न भारत पुगेका पूर्वराजा ज्ञानेन्द्र र हिमानीले नेपालको पछिल्लो अवस्थाबारे पनि त्यहाँको उच्च स्रोतलाई जानकारी गराएका थिए। पूर्वराजाले भारतमा उच्च तहको भेटघाट गरेका थिए। नेपालबाट भारत प्रस्तान गर्दा राजनीतिक रूपमा चहलपहल हुने भएकाले उनी थाइल्याण्डबाट सुटुक्क भारत गएका थिए। अति गोप्य राजनीतिक भ्रमणमा उनले बुहारी हिमानीलाई पनि सँगै राखेका थिए। करिब एक साता अघि उनी थाइल्याण्डबाट गएर पुनः थाइल्याण्ड फर्किएका हुन्।
Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Salt
Vianet Nepal Internet
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending