Khabar Dabali २६ चैत्र २०८२ बिहीबार | 9th April, 2026 Thu

'सशस्त्रसँग हतियार थियो, तर, आदेश छैन भन्दै गोली चलाएनन्'

\"tikapur\"काठमाडाैं । हिंसात्मक प्रदर्शनलाई शान्तिपूर्ण बनाउन कमाण्डर लचिलो भइदिंदा र साथमा हतियार नहुँदा प्रहरीले ठूलो क्षति बेहोरेको टीकापुर झडपका घाइते प्रहरीहरुले बताएका छन् । आजको कान्तिपुर दैनिकमा खबर छ कमान्डरले भीडको मड आकलन गर्न नसकेको उनीहरुको दुखेसो छ । आन्दोलनकारीहरु योजनावद्ध ढंगले आएको सुइकोसमेत राष्ट्रिय अनुसन्धान विभागले पाएको थिएन । ‘हात हातमा हतियार लिएको भीडलाई सम्झाउन जानु अर्को गल्ती थियो’ एक घाइते प्रहरीले भने । प्रदर्शशनकारीलाई सम्झाउन गएका सेती अञ्चल प्रमुख एसएसपी लक्ष्मण न्यौपानेलाई प्रदर्शनकारीले निर्मम हत्या गरेका थिए । तनाव बढ्न थालेपछि प्रहरीको धनगढी गणबाट १० दिनदेखि टोली टीकापुरमा थियो । प्रदर्शनकारीले ढुंगामुढा गर्न थालेपछि मात्र प्रहरीले आत्मरक्षाको लागि कोसिस गरेको घाइते प्रहरी हवल्दार मकेन्द्र अधिकारीले बताए । ‘हामीसँग अश्रुग्यास र प्लास्टिकका गोलीमात्र थिए’ उनले भने, ‘मास भडकिएपछि सशस्त्रले सघाउला भन्ने आशा थियो । नसघाएकैले ठूलो क्षति भयो ।’ आन्दोलनकारीले प्रहरीमाथि आक्रमण थालेपछि एसएसपी न्यौपानेले गोली चलाउन आदेश दिएका थिए । तर, प्रहरीसँग गोली थिएन । ‘सशस्त्रसँग हतियार थियो, तर, आदेश छैन भन्दै गोली चलाएनन् ।’ उनले भने । आन्दोलनकारीेले घेरेर आक्रमण गरेपछि खेतैखेत भागेर ज्यान जोगाएको उनले बताए । प्रदर्शनकारीले घरेलु हतियार, बन्चरो, भाला, खुकुरी र तरबारले लखेट्दा पनि आफूहरुले गोली चलाउन आदेश नपाएको सशस्त्र प्रहरीका सहायक हवल्दार सुरेन्द्र हमालले बताए । ‘आत्मरक्षाका लागि गोली चलाउन पाइएन’ उनले भने, ‘यस्तो कहिल्यै कल्पना गरेको थिइन् ।’ घाइते प्रहरी भोकै टीकापुरमा सोमबार थरुहट आन्दोलनले हिंसात्मक रुप लिएपछिको झडपमा घाइते भई उपचारार्थ कोहलपुर शिक्षण अस्पताल ल्याइएका सशस्त्र र नेपाल प्रहरीका जवानहरुले रातभर भोकैप्यासै बस्नुपरेको गुनासो गरेका छन् ।
Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Salt
Vianet Nepal Internet
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending