भाद्र ९ गते, २०७२ बुधवार 26th August, 2015 Wed१५:२३:५९ मा प्रकाशित
खोटाङ । खोटाङका एक व्यक्तिले शिक्षण पेसा छाडेर व्यावसायिक कुखुरा फार्म सञ्चालन गरेका छन् ।
दिक्तेल नगरपालिका–३ का सुवास जोशीले लामो समयदेखि गर्दै आएको शिक्षण पेसा छाडेर कुखुरा फार्म सञ्चालन गरेका हुन् । जिल्लामा ब्रोइलर कुखुराको मासु सुपथ मूल्यमा सबै उपभोक्तासमक्ष पु¥याउने उद्देश्यले शिक्षण पेसा छाडेर कुखुरा फार्म सञ्चालन गरेको उनको भनाइ छ ।
‘अहिले प्रत्येक दिन २५० देखि ३०० किलोसम्म बिक्री हुन्छ’, उनले भने, ‘घरखर्च कटाएर मासिक रु ४० देखि रु ५० हजारसम्म बचत हुन्छ ।’
उन्नाइस वर्षसम्म शिक्षण पेसा गरेका जोशीले सदरमुकाम दिक्तेलमा त्रिशक्ति पोल्ट्रीफार्म दर्ता गरेर व्यावसायिक कुखुरापालन सञ्चालन गरेका हुन । जोशीले पञ्च माध्यमिक विद्यालय ६ वर्ष र माउण्ट एभरेष्ट बोर्डिङ स्कुलमा १३ वर्ष शिक्षण पेसा गरेका थिए ।
शिक्षण पेसा छाडेर व्यावसायिक कुखुरा फार्म सुरु गरेका जोशीले अहिले ११ जना स्थानीय युवालाई रोजगारीसमेत दिएका छन् । खान, लाउन र बस्नसहित सातजनालाई प्रतिव्यक्ति मासिक रु आठ हजार र एकजना प्राविधिकलाई रु १५ हजार तलब दिँदै आएका छन् ।
जोशीले सञ्चालन गरेको फार्ममा अहिले मासिक पाँच हजार ब्रोइलर कुखुरा उत्पादन हुने गरेको छ । उत्पादित कुखुरा सदरमुकाम दिक्तेलको विभिन्न ठाउँमा सञ्चालन गरिएको बिक्री केन्द्र तथा मुडे ब्यारेक, हलेसी गुल्म र जिल्ला प्रहरी कार्यालयमा खपत हुने गरेको जोशीले जानकारी दिए ।
नौ वटा फार्मलाई दाना, चल्ला, औषधि दिएर सहयोग गर्नुका साथै निःशुल्क प्राविधिक सेवासमेत उनले उपलब्ध गराउँदै आएका छन्। स्थानीय बासिन्दाको समन्वयमा दोर्पा र पाथेकामा त्रिशक्ति पोल्ट्री फार्मको उपशाखासमेत खोलेका छन् ।
ब्रोइलर कुखुराको फार्म सञ्चालन गरिरहेका जोशीले पछिल्लो समय अण्डा उत्पादन गर्ने लेयर्स कुखुराका साथै बङ्गुर फार्मसमेत सुरु गरेका छन् ।
भर्खरै सुरु गरेको लेयर्स कुखराले अहिले दैनिक एक हजार ५०० अण्डा दिन थालेका छन् । जिल्लामा पहिलो पटक कुखुरा फार्म सुरु गरेका उनले पछिल्लो समय अन्य कृषकलाई समेत एकीकृत बनाएर कालिका कृषि सहकारी खोलेका छन् । जोशी सो संस्थाका संस्थापक अध्यक्ष हुन ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...
काठमाडाैं । नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...
लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ। माओवादी र एमाले विभा...
काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ।
...
काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...
दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...
प्रतिकृया लेख्नुहोस्: