हेटौंडा । लायन्स क्लब इन्टरनेशनल डिस्ट्रिक्ट ३२५ 'एस’ नेपाल र हिमालयना कट्रयाक प्रोजेक्टको संयुक्त आयोजना तथा हेटौंडा सामुदायिक आँखा अस्पतालको प्राविधिक सहयोगमा बिभिन्न स्थानहरुमा भएका नि:शुल्क आँखा परीक्षण शिविरबाट पहिचान भएका २५० जना मोतियाविन्दुका बिरामीमध्ये १०८ जना बिरामी सफल शल्यक्रियापश्चात् बिहीबार डिस्चार्ज भएका छन् ।
डिस्चार्ज भएका सबै बिरामीको स्वास्थ्यलाभको कामना गर्दै हेटौंडा उपमहानगर प्रमुख मीनाकुमारी लामाले लायन्स क्लबहरुले गरेका सामाजिक कार्यहरुको प्रशंसा गरिन् । बाँकी १४२ जना मोतियाविन्दुका बिरामीहरुको बिहीबार शल्यक्रिया भएको लायन्स क्लब इन्टरनेशनल डिस्ट्रिक्ट ३२५ 'एस’ नेपाल एरिया-२ का चिफ जेपी यादवले बताए । बिहीबार शल्यक्रिया भएका सबै बिरामीहरुलाई शुक्रबार डिस्चार्ज गरिने हेटौंडा सामुदायिक आँखा अस्पतालले जनाएको छ ।
मोतियाविन्दुको शल्यक्रिया भएपछि आँखा प्रष्ट देखिएको सिमराकी ६९ वर्षीया सोनादेवीले बताइन् । आँखा उपचारका लागि अस्पताल जानसक्ने अवस्था नहुँदा घरनजिक शिविर चलाइ नि:शुल्क उपचार गरिदिएकोमा शिविर सञ्चालन गर्ने संस्थाहरुलाई उनले धन्यबाद दिइन् ।
लायन्स क्लब इन्टरनेशनल डिस्ट्रिक्ट ३२५ ॅएस’ नेपाल एरिया-२ अन्तर्गत् क्रियाशील सम्पूणर् लायन्स क्लब तथा लियो क्लबहरुको सहकार्यमा माघ २० गतेदेखि २३ गतेसम्म बिभिन्न स्थानमा भएका आँखा परीक्षण शिविरमा १ हजार ६ सय १७ जनाको आँखा परीक्षण गरिएको थियो । जसमध्ये २५० जनामा मोतियाविन्दु पहिचान भएका थिए । मोतियाविन्दुका सबै बिरामीहरुलाई हेटौंडा सामुदायिक आँखा अस्पतालमा नि:शुल्क शल्यक्रिया गरिएको छ ।
लायन्स क्लबको वार्षिक भिजन कार्यक्रमअन्तर्गत् आँखा परीक्षण शिविर सञ्चालन गरिएको मुख्य कार्यक्रम संयोजक हरिवंश भेटवालले बताए । स्रोत र साधन अभावमा मोतियाविन्दुका कारण दृष्टिविहीन भएकाहरुलाई दृष्टि प्रदान गर्नु कार्यक्रमको उद्धेश्य भएको भेटवालले बताए । आँखा परीक्षण शिविर मकवानपुरको शिखरकटेरी, पाथीभरा, बुढीचौर, राईगाउ“, बागमती र बाराको इनरवासिरा, हरिपुर, हल्खोरिया र हरपुर तथा सर्लाहीको रामनगरमा सञ्चालन गरिएको थियो ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
श्रावण ३१ गते, २०८३ - १४:०७
काठमाडौं । नेपाली कांग्रेसका निवर्तमान सभापति शेरबहादुर देउवाले आफू हिन्दू धर्म मान्ने व्यक्ति भए पनि कुनै धर्म वा समुदायको विरोधी नरहेको स्पष्ट पारेक...
श्रावण ३१ गते, २०८३ - १३:५२
काठमाडौं । परराष्ट्रमन्त्री शिशिर खनालले नेपालको रूपान्तरणका लागि शिक्षा क्षेत्रमा बौद्धिक बहससँगै रचनात्मक आन्दोलन आवश्यक रहेको बताएका छन् । ग्राम...
श्रावण ३१ गते, २०८३ - १३:४०
काठमाडौं । देशभर एलपी ग्यासको अभाव चर्किएपछि ग्यास विक्रेता महासंघ नेपालले उद्योग तथा विभिन्न नाममा सञ्चालन भइरहेका बिक्री केन्द्रबाट हुने प्रत्यक्ष ब...
श्रावण ३१ गते, २०८३ - १३:२७
हिले। धनकुटाको साँगुरीगढी गाउँपालिका वडा ६ चारखोले गोलाईस्थित कोशी लोकमार्गमा यात्रुवाहक बस दुर्घटना हुँदा तीन जना घाइते भएका छन् । जिल्ला प्रहरी कार्...
श्रावण ३१ गते, २०८३ - १३:१३
जाजरकोट । चार जनाको ज्यान जाने गरी आएको बाढीपहिरोपछि उच्च जोखिममा रहेको जाजरकोटको भेरी नगरपालिका–२ रिसाङ क्षेत्रका करिब २०० स्थानीयलाई सुरक्षित स्थानम...
श्रावण ३१ गते, २०८३ - १३:०१
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेको प्रस्तावित चीन भ्रमणको मिति सरेको छ । यसअघि अगस्ट दोस्रो साता चीन जाने तयारीम...
श्रावण ३१ गते, २०८३ - १२:२८
जाजरकोट । अविरल वर्षापछि आएको पहिरोले जाजरकोटको भेरी नगरपालिकामा ठूलो जनधनको क्षति पुर्याएको छ । पहिरोमा परी मृत्यु हुनेको संख्या चार पुगेको छ भने ६ ...
श्रावण ३१ गते, २०८३ - १२:०६
काठमाडौं । नेपाली बजारमा सुनको मूल्य आइतबार फेरि बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको मूल्य प्रतितोला ३ लाख ५ हजार २ सय रुपैयाँ ...
श्रावण ३१ गते, २०८३ - ११:४७
जाजरकोट। अविरल वर्षाको कारण जाजरकोट जिल्लाको भेरी नगरपालिका–२ स्थित रिसाङ ईलाकामा आएको लेदोसहितको पहिरोमा परी मृत्यु हुनेको सङ्ख्या तीन पुगेको छ भने उ...
श्रावण ३० गते, २०८३ - १४:१५
कोलम्बिाया। कोलम्बियामा गत सोमबार गएको विनाशकारी भूकम्पमा परी ज्यान गुमाउनेको सङ्ख्या २८७ पुग्नुका साथै करिब ४०० जना अझै बेपत्ता रहेको जनाइएको छ । कोल...



प्रतिकृया लेख्नुहोस्: