हेटौंडा । लायन्स क्लब इन्टरनेशनल डिस्ट्रिक्ट ३२५ 'एस’ नेपाल र हिमालयना कट्रयाक प्रोजेक्टको संयुक्त आयोजना तथा हेटौंडा सामुदायिक आँखा अस्पतालको प्राविधिक सहयोगमा बिभिन्न स्थानहरुमा भएका नि:शुल्क आँखा परीक्षण शिविरबाट पहिचान भएका २५० जना मोतियाविन्दुका बिरामीमध्ये १०८ जना बिरामी सफल शल्यक्रियापश्चात् बिहीबार डिस्चार्ज भएका छन् ।
डिस्चार्ज भएका सबै बिरामीको स्वास्थ्यलाभको कामना गर्दै हेटौंडा उपमहानगर प्रमुख मीनाकुमारी लामाले लायन्स क्लबहरुले गरेका सामाजिक कार्यहरुको प्रशंसा गरिन् । बाँकी १४२ जना मोतियाविन्दुका बिरामीहरुको बिहीबार शल्यक्रिया भएको लायन्स क्लब इन्टरनेशनल डिस्ट्रिक्ट ३२५ 'एस’ नेपाल एरिया-२ का चिफ जेपी यादवले बताए । बिहीबार शल्यक्रिया भएका सबै बिरामीहरुलाई शुक्रबार डिस्चार्ज गरिने हेटौंडा सामुदायिक आँखा अस्पतालले जनाएको छ ।
मोतियाविन्दुको शल्यक्रिया भएपछि आँखा प्रष्ट देखिएको सिमराकी ६९ वर्षीया सोनादेवीले बताइन् । आँखा उपचारका लागि अस्पताल जानसक्ने अवस्था नहुँदा घरनजिक शिविर चलाइ नि:शुल्क उपचार गरिदिएकोमा शिविर सञ्चालन गर्ने संस्थाहरुलाई उनले धन्यबाद दिइन् ।
लायन्स क्लब इन्टरनेशनल डिस्ट्रिक्ट ३२५ ॅएस’ नेपाल एरिया-२ अन्तर्गत् क्रियाशील सम्पूणर् लायन्स क्लब तथा लियो क्लबहरुको सहकार्यमा माघ २० गतेदेखि २३ गतेसम्म बिभिन्न स्थानमा भएका आँखा परीक्षण शिविरमा १ हजार ६ सय १७ जनाको आँखा परीक्षण गरिएको थियो । जसमध्ये २५० जनामा मोतियाविन्दु पहिचान भएका थिए । मोतियाविन्दुका सबै बिरामीहरुलाई हेटौंडा सामुदायिक आँखा अस्पतालमा नि:शुल्क शल्यक्रिया गरिएको छ ।
लायन्स क्लबको वार्षिक भिजन कार्यक्रमअन्तर्गत् आँखा परीक्षण शिविर सञ्चालन गरिएको मुख्य कार्यक्रम संयोजक हरिवंश भेटवालले बताए । स्रोत र साधन अभावमा मोतियाविन्दुका कारण दृष्टिविहीन भएकाहरुलाई दृष्टि प्रदान गर्नु कार्यक्रमको उद्धेश्य भएको भेटवालले बताए । आँखा परीक्षण शिविर मकवानपुरको शिखरकटेरी, पाथीभरा, बुढीचौर, राईगाउ“, बागमती र बाराको इनरवासिरा, हरिपुर, हल्खोरिया र हरपुर तथा सर्लाहीको रामनगरमा सञ्चालन गरिएको थियो ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
मंसिर २७ गते, २०८२ - १७:१५
काठमाडौँ । नवनियुक्त महिला, बालबालिका तथा ज्येष्ठ नागरिकमन्त्री श्रद्धा श्रेष्ठले आज मन्त्रालयमा पदभार ग्रहण गरेकी छन्। प्रधानमन्त्री सुशीला कार्कीको ...
मंसिर २७ गते, २०८२ - १६:३५
काठमाडौँ। राष्ट्रपति रामचन्द्र पौडेलले राजनीतिका लागि पटकपटक सङ्घर्षबाट मुक्त भएर राजनीतिक परिवर्तनपछिको अबको समय आर्थिक विकास र समृद्धिमै केन्द्रित ...
मंसिर २७ गते, २०८२ - १६:२३
काठमाडौँ । नेकपा एमालेको सचिवालय बैठक पार्टी केन्द्रीय कार्यालय च्यासलमा सुरु भएको छ। बैठकमा आगामी महाधिवेशनलाई लक्षित गर्दै पदाधिकारी तथा केन्द्रीय क...
मंसिर २७ गते, २०८२ - १५:४९
काठमाडौं । नवनियुक्त चार जना मन्त्रीहरूले आज राष्ट्रपति कार्यालय शीतलनिवासमा आयोजित समारोहबीच पद तथा गोपनीयताको शपथ ग्रहण गरेका छन्। मन्त्रीमा नियु...
मंसिर २७ गते, २०८२ - १५:३६
काठमाडौँ। सञ्चार तथा सूचना प्रविधिमन्त्री जगदीश खरेलले जेनजी आन्दोलनलाई छाडेर गरिने कुनै पनि संवाद र कार्यक्रम अपूरो हुने बताएको छन्। राष्ट्रिय यु...
मंसिर २७ गते, २०८२ - १५:२०
हेटौँडा । हेटौँडा बजार क्षेत्रको सडक विस्तारविरुद्ध दायर मुद्दामा सर्वोच्च अदालतले मिसिल झिकाउने आदेश दिएको छ। सर्वोच्च अदालतको इजलास नम्बर २ मा शुक्र...
मंसिर २७ गते, २०८२ - १५:१२
काठमाडौं। गृह मन्त्रालयबाट विगत तीन महिनामा जेनजी आन्दोलन र यससँग सम्बन्धित विभिन्न ३२ वटा महत्वपूर्ण निर्णय भइ मन्त्रिपरिषदबाट स्वीकृत भएका छन् । गृह...
मंसिर २७ गते, २०८२ - १४:४४
सुर्खेत । रास्वपाका कार्यवाहक सभापति डीपी अर्यालले पार्टी सभापति रवि लामिछानेप्रति अहिलको सरकारले आफ्नो स्पष्ट धारणा तत्काल सार्वजनिक गर्नुपर्ने बताएक...
मंसिर २७ गते, २०८२ - १४:३३
हुम्ला। नाम्खा गाउँपालिका–६ को हिमालपारीको गाउँ लिमी आउजाउ पूर्ण रुपमा बन्द भएको छ । पाँच हजार मिटर उचाइको न्यालु लेकमा परेको यसअघिको हिउँ जमेर याताया...
मंसिर २७ गते, २०८२ - १४:१८
काठमाडौँ । पूर्व–पश्चिम राजमार्गको पथलैया–ढल्केबर खण्डअन्तर्गत बाराको दुधौरा खोलामाथि निर्माण भइरहेको चार लेनको ९० मिटर लामो कंक्रिट पुल आगामी पुस महि...




प्रतिकृया लेख्नुहोस्: