Khabar Dabali २६ चैत्र २०८२ बिहीबार | 9th April, 2026 Thu

एसएसपी न्यौपानेका बडिगार्डको घटनाबारे बयान

\"sspटीकापुरसँगै जोडिएको चिलमचोकमा सोमबार दिउँसो करिब दुई बजे आन्दोलनकारी निषेधित क्षेत्रमा प्रवेश गर्न थाले एसपी सा’ब ९ सेती अञ्चल प्रहरी प्रमुख लक्ष्मण न्यौपाने० आफैं घटनास्थलमा उपस्थित भएर निषेधित क्षेत्र नतोड्ने बारे बाहिर आफ्नो कार्यक्रम गर्नुस् भनेर सम्झाउँदै हुनुहुन्थ्यो । आजको नयाँपत्रीका दैनिकमा न्यौपानेका बडिगार्ड मानबहादुर मगरको बयानमा भनिएको छ– ५–६ हजारको संख्यामा रहेका आन्दोलनकारीले चारैतिरबाट घेरा हाले । हामी घेरामा पर्यौं । आन्दोलनकारीले एकतर्र्फी गुलेली, ढुंगामुढा, लाठी, भालालगायतका हतियार हामीमाथि लगातार बर्साए । हामीसँग रबर बुलेट र अश्रुग्यास मात्रै थियो । त्यो भएसम्म प्रयोग गर्यौं । भएको सबै सकियो । स्थिति नियन्त्रणमा आएन । उनीहरु झन् उग्र हुँदै निरन्तर आक्रमण गर्न थाले । पछाडि सशस्त्र प्रहरीको टोली थियो, गोली चलाउने आदेश छैन भन्दै पछाडि फर्कियो । हामी नेपाल प्रहरी २५ जना मात्रै थियौं । एसएसपी साबले फायर खोल्न आदेश दिनुभयो । तर, हामीसँग गोली र हतियार थिएन । हामीसँग भएको रबर बुलेट र अश्रुग्यास सबै सकिइसकेको थियो । घाइते भए पनि एसएसपी सावले फायर खोल्नुस् भन्ने आदेश सशस्त्र प्रहरीलाई दिनुभयो, उनीहरुले मानेनन् । आफ्नै एसएसपी मारिँदा पनि सशस्त्रका एसपी लक्ष्मण सिंह आदेश छैन भन्दै आफ्नो ज्यान जोगाउन पछि हट्नुभयो । सँगैका प्रहरीहरुलाई चोटपटक लागेको छ । उनीहरुले दुई दिनसम्म पनि खाना खाएका थिएनन् । उनीहरु निकै थकित र त्रसित देखिन्थे । एसएसपी सा’ब एकपटक आक्रमणकारीको बीचबाट फुत्कन सफल पनि हुनुभयो । तर, भागेर जाने बेला नजिकैको घरको बारमा अड्किनुभयो । उहाँलाई नजिकैको घरमा भित्रै लुकाएर हामी बाहिर निस्कएर खेततिरको नालामा बस्यौं । सरको सञ्चार सेट थियो । सञ्चार सेट बजेको आवाज सुनेर आन्दोलनकारी घरभित्र छिरेर सरलाई बाहिर ल्याई लाडी र भालाले हानेर मारे । उहाँले नमार्नुस् तपाईंहरुकै दाजुभाइ हुँ भनेर हात जोड्दा पनि उल्टै बढी बोल्छस् भनेर मारेरै छाडे । दाहिने आँखा, टाउको र खुट्टामा हाने । (धनगढिस्थित सेती अञ्चल अस्पतालमा उपचाररत बुढामगरसँगको कुराकानीमा आधारित) - See more at: https://www.khabardabali.com/2015/08/35708/#sthash.f7krX0lx.dpuf
Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Salt
Vianet Nepal Internet
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending