मोरङ । मोरङमा काठ तस्करी हुने क्रम बढ्दै गएपछि जिल्ला वन कार्यालय मोरङले उच्च सजगता अपनाएको छ । बन्दको मौका छोपी तस्करी हुने क्रम बढेसँगै वन कार्यालयले प्रहरीको सहयोगमा तस्करी नियन्त्रण कार्य सुरु गरेको हो । चोरी तस्करी नियन्त्रणका लागि वनक्षेत्रमा खटाइएका प्रहरी बन्द व्यवस्थापनमा सक्रिय भएपछि वन क्षेत्रमा तस्करको चहलपहल बढ्न थालेको जिल्ला वन कार्यालयले जनाएको छ ।
बन्दकै क्रममा मोरङको बेलबारीमा रहेको देवीथान सामुदायिक वन क्षेत्रबाट बुधबार राति काठ तस्करी गरिरहेको अवस्थामा तीनवटा साइकल र तीन थान सखुवाको लकडीसहित एकजना पक्राउ परेका छन् भने तस्करीमा संलग्न सातजना फरार भएका छन् । वन समूहका पदाधिकारीसहितको टोलीले वन अनुगमन र गस्ती गर्ने क्रममा बेलबारी नगरपालिका–६ का धनराज चौधरीलाई पक्राउ गरेको र अन्य सातजना भाग्न सफल भएको सो समूहका अध्यक्ष नारायण सुनुवारले बताए । तस्करीमा संलग्नले यसअघि दुईपटक गरेर २५ क्युबिक फिट जति काठ लगिसकेको र लैजाने तयारीमा रहेको अन्दाजी ५० क्युबिक फिट काठ नियन्त्रणमा लिएको जानकारी अध्यक्ष सुनुवारले दिए । त्यस्तै केही दिनअघि लिम्बुवानका पूर्वी कमान्डर बताउने सविन चेम्जुङ उर्फ कुलबहादुरसहित आठजना चुरेक्षेत्र तथा समथल फाँटमा रहेका जङ्गलबाट काठ तस्करी गर्दै गर्दा पक्राउ परेका थिए । पक्राउ परेका सबैलाई वन ऐनअन्तर्गत मुद्दा चलानसमेत गरिएको जिल्ला वन कार्यालयका प्रमुख दीपक ज्ञवालीले बताए। रासस
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
बैशाख २० गते, २०७८ - १०:२१
काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ । भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना ग...
बैशाख २० गते, २०७८ - ०७:२४
काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...
बैशाख २० गते, २०७८ - ०७:१७
काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...
बैशाख १९ गते, २०७८ - १६:०६
काठमाडाैं । नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...
बैशाख १९ गते, २०७८ - १३:४८
लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ। माओवादी र एमाले विभा...
बैशाख १९ गते, २०७८ - १०:३१
काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...
बैशाख १९ गते, २०७८ - १०:२६
काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ । पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...
बैशाख १९ गते, २०७८ - ०९:५१
काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...
बैशाख १९ गते, २०७८ - ०९:४७
चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले स्थलगत अध्ययन तथा छलफल गरेको छ । चितवनबाट प्रतिनिधित...
बैशाख १९ गते, २०७८ - ०९:४०
दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...
प्रतिकृया लेख्नुहोस्: