Khabar Dabali २८ चैत्र २०८२ शनिबार | 11th April, 2026 Sat

प्रचण्ड/बाबुरामका आँखा आँसुले भरिएको साँझ

  • \"nachaghar\" झण्डा एउटै बाटो आफ्नो आफ्नो को छ आफ्नो, को छ र बिरानो
यो गीत जनवादी गायक झन्कार बुढा मगरले जमलस्थित राष्टिय नाचघरमा बुधबार दिउँसो गाउँदा दर्शकदीर्घामा उपस्थित माओवादी सुप्रिमो प्रचण्ड र नेता बाबुराम भट्टराईका आँखा टिलपिलटिलपिल गरे । सिंगानको सर्को छिटोछिटो तान्दै काँडैकाँडाको बाटो हिँडेका रोल्पा रुकुम सम्झिए । त्यसपछि आँखाबाट बेतालले झर्न बल गरिरहेका तिनै आँसुसित चिराचिरामा बाँडिएका माओवादीका विभिन्न खलक पनि आए । जनयुद्धका कमाण्डर प्रचण्ड र त्यसबेलाका जनसरकार प्रमुख भट्टराईसँगै कार्यक्रमस्थलमा सबैका आँखा भिजे । जनयुद्धको इपिसेन्टर रोल्पाका झन्कारको गीतले २०५२ फागुन १ देखि जनयुद्ध थाल्ने माओवादी विभिन्न चिरा परेको अहिलेका अवस्थालाई प्रतिविम्वित गरेको थियो । र, एक हुन आग्रह गरेको थियो । दर्शकका तालीको संगीतमा झन्कारको गीत मन्चबाट झरिरह्योः
  • भाका एउटै गीत आफ्नो आफ्नो लक्ष्य एउटै जित आफ्नो आफ्नो
लामो अन्तरालपछि जनयुद्धताका युद्धमा होमिएको सामना परिवारका कलाकारसहित थुप्रै जनवादी कलाकार एउटै स्टेजमा उभिएका थिए । त्यसपछि उद्घोषकले कार्यक्रमको औपाचारिकता सकाएर जनवादी कलाकार माइला लामालाई पहिलो प्रस्तुतिको लागि बोलाए । सहिद गायक धु्रव ज्ञवालीको स्वरमा रहेको
  • क्रान्तिकारी............ निस्कन झट्टटै निस्क बन्दुक बोकेर निस्क बोलको गीतलाई गायक लामाले प्रस्तुत गरे । त्यसपछि लामाले नै जन सेना हामी मुक्ती सेना हामी
गीतमा हातमा नक्कली बन्दुक र जनमुक्ति सेनाको पहिरनमा कलाकारहरुलाई नचाए । लामा संगीत र रचनामा जत्तिकै अब्बल छन् उद्घोषणमा पनि । ‘रक्तरञ्जित झण्डालाई बोकेर क्रान्तिको यात्रामा निरन्तर लागिरहने छु । सबैलाई लागि रहन आग्रह पनि गर्दछु’ भन्दै बमको छर्रा लागेर कान सुन्न र आँखा देख्न नसक्ने लामाले क्रान्तिमा निरन्तर लाग्न आग्रह गरे । लामा पछि जनवादी गायक जीवन शर्माले आफ्नै रचना/संगीतमा रहेको
  • मधेशी, पाहाडी, हिमालका हिमाली हामी सबै नैपाली !
गाए । लोकप्रिय गायक शर्माले फोक्ल्याण्डको टापुबाट  र सिमली छायाँमा बसी भरिया लामो सास फेरेको  जस्ता पुराना गीत पनि सुनाए । शर्माको प्रस्तुतिपछि माइला लामाको निर्देशनमा ‘जनयुद्धको दृश्य ओपेरा’ प्रस्तुत गरियो । ओपेराले जनमुक्ति सेनाले युद्ध मैदानमा लडेर जितेको र सहादत प्राप्त देखाएको थियो । ओपेरा पश्चात् प्रदिप देवानले
  • अरुण तरेर नाना, तमोर तरेर आयौँ हामि बिरताको गाथा कोरेर
गाए । गितारका कर्डहरु खेलाउँदै देवानले माओवादी आन्दोलनमा जस्तै आफ्नो स्वरमा पनि विचलन आएको र नमीठो भए नि सुनिदिन आग्रहसाथ गाए । जनवादी गायक तथा एमाओवादी सभासद् जेबी टुहुरेले अरुका भन्दा भिन्न ‘शान्ति चाहिन्छ’  बोलको गीत गाए भने जनवादी गायिका लक्ष्मी गुरुङले राष्ट्रभक्तिको गीत । गायक एवं संगीतकार चेतन सापकोटाले आफ्नै रचना र संगीत ‘बुद्ध पठाई देउ’  गाए । कार्यक्रममा कलाकारहरुले प्रहसनमार्फत् माओवादी आन्दोलनमा देखिएका विकृतिलाई उछिट्टो काढे । पाँचवटै माओवादीका कलाकारहरु एकै मञ्चमा भए पनि कार्यक्रममा पार्टी नेतृत्व र नेता भने एमाओवादीका मात्रै थिए । किरण नेतृत्वको नेकपा–माओवादीका पोलिटब्युरो सदस्य कुलप्रसाद केसी ‘सोनाम’ कार्यक्रमबीचमा आइपुगे भने विप्लव नेतृत्वको नेकपा माओवादी केन्द्रीय सदस्य माइला लामा कलाकारको रुपमा पुगे पनि अन्य नेता देखिएनन् । त्यस्तै मातृका यादव नेतृत्वको नेकपा (माओवादी) बाट पनि कोही नेता उपस्थित थिएनन् । कार्यक्रम संयोजन गरे पनि नेता तथा कलाकार मणि थापा स्वास्थ्यस्थितिका कारण उपस्थित हुन नसकेको आयोजकले जानकारी गराएका थिए । जनयुद्धताका जनवादी गीतसंगीतको नेतृत्व गरेका थापा कुशल गीतकार तथा संगीतकार हुन् । थापा माओवादीकै एउटा खलक क्रान्तिकारी कम्युनिष्ट पार्टी महासचिव हुन् । मुख्य नेता नपुगे पनि जमलको राष्ट्रिय नाचघर भने पाँच माओवादी कार्यकर्ताले खचाखच भरिएको थियो । टाउकोमा रातो कफन र जनसेनाको पहिरनमा ‘होसियार ! दलालहरु होसियार.....’ जोशिलो गीतसाथ कार्यक्रमको बिट मारिएको थियो ।
Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Salt
Vianet Nepal Internet
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending