Khabar Dabali २८ चैत्र २०८२ शनिबार | 11th April, 2026 Sat

बन्दका कारण सप्तरीका सरकारी कार्यालय सुनसान

\"Saptari\"सप्तरी । संयुक्त मधेसी मोर्चाले आह्वान गरेको निरन्तर बन्दका कारण सप्तरी जिल्लामा यातायात ठप्प भएपछि सदरमुकाम राजविराजमा रहेका सरकारी कार्यालयमा सेवाग्राही आउन छाडेका छन् । जिल्लामा यातायात सञ्चालन नभई पूर्णरुपमा यातायात ठप्प हुँदा यहाँको सरकारी कार्यालयमा सेवाग्राही नआउनाले अधिकांश कार्यालय सुनसान देखिएका छन् । सरकारी कार्यालयमा सेवाग्राही आउन छाडेपछि बिहान १० बजेदेखि बेलुका ५ बजेसम्म कर्मचारी हाजिरी गरी कार्यालयभित्रै त्यत्तिकै बसेर समय बिताउन बाध्य भएको एक कर्मचारीबाट बुझिएको छ । कार्यालयमा सेवाग्रही आएका भए कार्यालयमा अनेक काम हुन्थ्यो तर नआएपछि कर्मचारी त्यत्तिकै बसिरहेको जनाइएको छ । सदरमुकाम राजविराजबाट चल्ने लामो तथा छोटो दूरीका कुनै पनि सवारीसाधनलाई मोर्चाका कार्यकर्ताले चल्न दिएका छैनन् भने राजविराजका विभिन्न ठाउँठाउँमा कार्यकर्ताले सधैँ प्रदर्शन गर्ने भएपछि सेवाग्राही कार्यालयमा आउन छाडेको बताइएको छ । विगत दश दिनदेखि बन्दकर्ताले जिल्लाका विभिन्न ठाउँमा सडक अवरोध पार्ने र प्रदर्शन गरिरहेकाले सार्वजनिक यातायातका साधन चल्न छाडेपछि राजस्व उठ्ने सरकारी कार्यालयमा सेवाग्राही नआउँदा कार्यालय बन्द रहेकाले सरकारलाई पनि यसबाट दैनिक रकम उठ्ने कार्यालयबाट मोर्चाको बन्द भएपछि लाखौँको राजस्वमा घाटा हुने गरेको कर्मचारी बताउँछन् । दैनिक राजस्व प्राप्त हुने भन्सार, मालपोत, राजस्व सेवा, दूरसञ्चार, विद्युत्लगायतका कार्यालय हाल मोर्चाको बन्दका कारण सेवाग्राही आउन छाडेकाले कार्यालय सुनसान छन् । मोर्चाले आह्वान गरेको अनिश्चितकालीन बन्दको कारण सदरमुकाम राजविराजमा रहेको मालपोत, जिल्ला अदालतलगायतको कार्यालयमा सेवाग्राही आउन छाडेपछि जिल्लाका लेखापढी व्यवसायीको दैनिक जीवनयापनमा समेत समस्या परेको बताइएको छ । यसैबीच, प्रदर्शनकारीले कार्यालयमा ढुङ्गामुढा गरी कार्यालयमा आएर तोडफोड गर्छ भन्दै सदरमुकाममा रहेका हरेक सरकारी कार्यालयमा स्थानीय प्रशासनले सुरक्षा दिने उद्देश्यस्वरुप विभिन्न कार्यालयमा प्रहरीको सुरक्षामा तैनाथ गरिएको प्रहरीले जनाएको छ ।
Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Salt
Vianet Nepal Internet
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending