Khabar Dabali ३० मंसिर २०८२ सोमबार | 15th December, 2025 Mon
Investment bank

भरतपुर भ्रमण वर्ष सफल बनाउन नेपाल पर्यटन बोर्ड र भरतपुर महानगरपालिकाबीच सम्झौता

खबरडबली संवाददाता

चितवन । नेपाल पर्यटन बोर्ड र भरतपुर महानगरपालिकाबीच भरतपुर भ्रमण वर्ष २०२४ अभियान सञ्चालनको लागि सहकार्य गर्ने सम्झौता भएको छ । बुधबार भरतपुर महानगरपालिका सभाहलमा भरतपुर भ्रमण वर्ष २०२४ लाई प्रर्वद्धन गर्न दुई पक्षबीच सम्झौता भएको हो ।

भरतपुर भ्रमण वर्ष २०२४ को अभियान सञ्चालनमा लाग्ने कुल खर्च तीन करोड सत्तरी लाख मध्ये बोर्डले सत्तरी लाख रुपैयाँ बेहोर्ने छ । पर्या पर्यटन तथा मानव वन्यजन्तु द्धन्द्ध व्यवस्थापन कार्याशाला, ब्रसोर, स्टीकर, डिजिटल बोर्ड, होर्डिङ बोर्ड, वैदेशिक पर्यटन प्रर्वद्धन, विभिन्न सहरहरुमा प्रचारात्मक कार्यक्रम, नेचर गाईड तालिमलगायतका कार्यक्रम गर्न सो रकम खर्च गरिने सम्झौता पत्रमा उल्लेख छ ।

कार्यक्रमलाई सम्बोधन गर्दै भरतपुर महानगरपालिका प्रमुख रेनु दाहालले भ्रमण वर्षलाई सफल बनाउन बोर्ड गरेको सहयोगको उच्च प्रशंसा गरेकी थिइन् । बोर्डले अभियानलाई सफल बनाउन अहिलेसम्म भएका प्रयोगलाई उच्चतम प्रयोग गरी नमुना काम गर्न अनुरोध पनि गरेबी झन् । देशका भईरहेको आर्थिक मन्दी र त्यसबाट उत्पन्न निरासालाई उत्साहमा परिवर्तन भ्रमण वर्षले महत्वपूर्ण भूमिका निर्वाह गर्नेमा आशावादी रहेको प्रमुख दाहालले बताइन् ।

कार्यक्रममा बोल्दै बोर्डका वरिष्ठ निर्देशक हिक्मत सिंह ऐरले भ्रमण वर्ष सफल बनाउन निजी क्षेत्रको भूमिका महत्वपूर्ण रहने उल्लेख गरे । भ्रमण वर्षको आयोजना भरतपुर महानगरपालिकाले गरेको भएपनि निजी क्षेत्रले ल्याउने प्याकेज, सेवा सुविधा, तत्परताले अभियान सफल हुने वरिष्ठ निर्देशक ऐरले बताए ।

भरतपुर भ्रमण वर्ष सफल बनाउन नेपाल पर्यटन बोर्डले निजी क्षेत्रसँग समवन्य तथा सहकार्य गरी विभिन्न प्रचारात्मक कार्यक्रम अगाडि बढाउने कार्य तालिका रहेको जानकारी दिनुभयो ।
भरतपुर भ्रमण वर्षलाई राष्ट्रिय तथा अन्र्तराष्ट्रि रुपमा प्रचार गर्न विदेशी पत्रकारलाई नेपालमा ल्याउने कार्यक्रम तय भएको उनको भनाई छ ।

भ्रमण वर्षको तयारी तीब्र
भरतपुर भ्रमण वर्ष २०२४ को तयारीलाई तीब्र पारिएको छ । यही फागनु १८ गते नारायणी किनारमा हुने उद्घाटन समारोहलाई व्यवस्थित र फलदायी बनाउन बुधबार सरोकारवालासँग छलफल भएको थियो ।

महानगरपालिकाले भ्रमण वर्षको तयारीका लागि दैनिक रुपमा सरोकारवालासँग निरन्तर छलफल गर्ने पनि जनाएको छ । उद्घाटनको दिनमा नारायणी किनारमा ५० हजार जना सहभागि गराउने गरी वडागत रुपमा तयारी भईरहेको छ ।

कार्यक्रमको नेपाल सरकारका प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले उद्घाटन गर्ने कार्यक्रम रहेको छ । उद्घाटन कार्यक्रमका लागि निस्किने ¥याली, झाकी, मञ्च व्यवस्थापन, शैचालय व्यवस्थापन, आकास्मिक उपचारलगायतका विषयमा विज्ञहरुसँग छलफल भएको थियो । महानगर प्रमुख दाहालले भ्रमण वर्षलाई सफल बनाउन सबैको हातेमालो अवश्यक रहेकाले यसमा सबैले अपन्त्व लिनुपर्ने बताइन् । छलफलमा विषयगत समितिले अहिलेसम्म भइरहेको तयारीबारे बिफ्रिङ गरेका थिए ।

Khabardabali Desk–MB

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

सुनिता डङ्गोलदेखि अब्दुस मियाँसम्म एमाले केन्द्रीय सदस्य बन्दै

काठमाडौँ । नेकपा एमालेको ११औँ महाधिवेशनमा केही चर्चित युवा नेताहरू केन्द्रीय सदस्यको सूचीमा स्थान बनाउन लागेका छन्। प्रतिनिधि मनोनयन पश्चात् यी नयाँ अ...

मकवानपुरमा सिकार दुर्घटना: एकको मृत्यु, एक पक्राउ

मकवानपुर । मकवानपुरको मनहरी–६ सिस्नेरी पाखामा सिकार खेल्न गएका दुईजनामध्ये एक जनाको लडाइँबाट अन्यको मृत्यु भएको छ। राक्सिराङ–८ राजराङका ४५ वर्षीय ग...

एमाले महाधिवेशनमा ओलीपक्षभित्रै तँछाडमछाडकाे अवस्था

महासचिवमा प्रदीप ज्ञवालीको अडान, ओली–पोखरेल भिडन्त जारी

एमाले पदाधिकारी भिडन्तको खाका तयार

ईश्वर पोखरेल अध्यक्ष, महासचिवमा सुरेन्द्र पाण्डे तय

इको पहिरो दीर्घकालीन नियन्त्रणको सहमति, दुई महिनापछि खुल्यो तातोपानी नाका सडक

सिन्धुपाल्चोक । बाह्रबिसे–कोदारी राजमार्गअन्तर्गत पर्ने इको पहिरो दुई महिनाभित्र दीर्घकालीन रूपमा नियन्त्रण गरी बस्ती संरक्षणको काम थाल्ने सहमति भएपछि...

सुन्तला खेतीले उज्यालिँदै भोजपुरका किसानको आर्थिक अवस्था

भोजपुर । भोजपुरका किसानका लागि सुन्तला खेती भरपर्दो आम्दानीको आधार बन्दै गएको छ। व्यावसायिक रूपमा सुन्तला उत्पादन गर्दै आएका किसानले बजार विस्तार र रा...

काम रोकेर छोडियो: दुर्घटनाको पर्खाइमा हेटौँडा बजार

भत्किएका संरचना, स्क्र्याब र फुटपाथ अतिक्रमणले दुर्घटनाको जोखिम बढ्दो

राजनीतिसँगै उद्यमशीलता : दुर्गाजयन्ती राईको कृषिजन्य उत्पादनमा उदाहरणीय यात्रा

खाेटाङ । राजनीति गर्दैमा अरू कुनै पेसा गर्न नहुने भन्ने मान्यता छैन। बरु राजनीतिलाई मात्रै पेसा बनाउँदा देशमा भ्रष्टाचार बढेको आरोप लाग्दै आएको छ। यही...

जेनजी आन्दोलनको प्रभाव : अनुभवी नेताहरूको चुनावबाट स्वैच्छिक अवकाश

काठमाडौँ । सरकारले आगामी फागुन २१ गते प्रतिनिधिसभा निर्वाचन घोषणा गरेसँगै देशभर चुनावी माहोल तातेको छ। नेपाली कांग्रेस, नेकपा (एमाले) र नेकपा लगायत दल...

चोरीको आरोपमा समातिएका युवकको प्रहरी हिरासतमा मृत्यु

काभ्रेपलाञ्चोक । इलाका प्रहरी कार्यालय मंगलटारको हिरासतभित्र रहेको शौचालयमा झुण्डिएको अवस्थामा एक युवक मृत फेला परेका छन्। भ्रेपलाञ्चोकको रोशी गाउँपाल...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE Salt Trending